अस्पतालको लापर्वाहीले कोरोना जितिसकेकी महिलाको मृत्यु

मृत्यु हुनु २ दिन पूर्व गण्डक अस्पतालमा उपचाररथ ती महिला ।

वीरगन्ज । अस्पतालमा उपचार गराइरहेका मध्ये गएको सोमबार यता कोभिड अस्पतालमा कसैको मृत्यु नभएको पर्सामा आइतबार एक महिलाको मृत्यु भएको छ । कोभिड अस्पतालमा मृत्यु भएपनि उनको कोरोनाले मृत्यु भएको संख्यामा थप हुने अवस्था रहेन । कारण उनको पछिल्लो रिपोर्ट नेगेटिभ आएको छ । कोरोना जित्दै गर्दा आइतबार स्थानीय शिक्षिका समेत रहकी उनको कोभिड अस्पतालमा नै मृत्यु भएको हो ।

दुई पटकको रिपोर्ट पोजेटिभ देखिएको मृतक महिलाको पछिल्लो रिपोर्ट भने नेगेटिभ आएको छ । तर उनको रिपोर्ट नेगेटिभ आउनु पूर्व नै आइतबार दिउँसो २ बजेर ५५ मिनेटमा कोभिड अस्पताल गण्डकमा मृत्यु भइसकेको नारायणी अस्पतालले जनाएको छ । रिपोर्ट नेगेटिभ आएपछि उनलाई दाह संस्कारका लागि परिवारको जिम्मा लगाइएको प्रवक्ता डा अतुलेश कुमार चौरसियाले बताए ।

फोक्सोमा समस्या भई गएको भदौ १२ गते नै अस्पतालमा भनाए भएकी उनको २२ गते भदौमा पनि रिपोर्ट पोजेटिभ नै आएको थियो । त्यस यता गण्डक अस्पतालको आइसियुमा नै उपचार भइरहेकी उनको तीब्र श्वास प्रश्वासको कारण मृत्यु भएको डा चौरसियाले बताए । मृतक महिलाको फोक्सोमा पानी जमेको र अक्सिजन जरुरी परिरहेको थियो । ‘अस्पतालका स्टाफले समयमा अक्सिजन नदिंदा संक्रमितमध्ये नै हामी केहीले अक्सिजनको अर्को सिलिन्डर जोडिदिन्थ्यौं’, अर्का संक्रमितले भने । हाम्रो वार्ड परिवर्तन भएपछि भने उनलाई अक्सिजनकै कमीले मृत्यु भएको हुने सक्ने ती संक्रमितले ठोकुवा गरे ।

अस्पतालको पूर्ण लापर्वही हो । पानी र अक्सिजन कुनै पनि उचित व्यवस्था बिरामीलाई थिएन उनले भने । तीनचार दिन अगाडी उनैले स्वास्थ्यकर्मीले चासो देखाएनन् भन्दै ती महिलाले बोलेको कुरा भिडियो बनाई सार्वजनिक गरेका थिए । अहिले महिलाको मृत्यु पश्चात महिलाले गुनासो गरेको पुरानो भिडियो स्थानीयमा भाइरल भएको छ । त्यो भिडियोमा अस्पतालका स्वास्थ्यकर्मीले स्लाइनपानी र अक्सिजन दिन लापर्वाही गरेको ती महिलाले बताएकी थिइन् । अस्पतालमा बसेका संक्रमितहरुले पनि गण्डक अस्पतालको लापर्वाहीले महिलाको मृत्यु भएको दाबी गरेका छन् ।

यो भन्दा अगाडी पर्सामा कोरोनाका कारण मृत्यु हुनेको संख्या ४२ पुगेको छ । गएको भदौ २२ गते सोमबार दिउँसो पर्साका एक र राति बाराका एक पुरुषको कोरोनाको कारण मृत्यु भएको थियो । त्यस यता वीरगन्जमा रहेका कोभिड अस्पतालमा संक्रमित भई अस्पताल भर्ना भएका कसैको मृत्यु भएको थिएन । आइतबारको घटना भने संक्रमण जितिसकेपछि मृत्यु भएको छ । यो घटनालाई कोरोनाले मृत्यु भएको भन्ने अस्पतालको आधार पनि गुमेको छ । कारण उनको रिपोर्ट नेगेटिभ आएको छ ।

मृतक महिला वीरगन्ज महानगरपालिका वडा नम्बर १० की ५५ बर्षीया शिक्षिका हुन् । फोक्सोको दुवै तर्फ फ्राइबोसिस संक्रमण भएको थियो । उनको तीब्र श्वास प्रश्वास समेत भएपछि निधन भएको डा चौरसियाले बताए । मृतक महिलालाई गएको भदौ १२ गते अस्पतालमा भर्ना गराएर उपचार सुरु भएको थियो । लामो समयको अस्पताल बसाइपछि पनि उनलाई बचाउन नसकिएको नारायणी अस्पतालले जनाएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 160 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

सुदूरपश्चिमको सत्ताले नाउपामा रडाको, रन्जिता पक्षका दुई सांसद पनि दुई तिर !

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
कैलालीमा सत्तारुढ गठबन्धनबीच सहमति