Thursday, August 5, 2021
Homeभर्खरैसार्वजनिक यातायात र हवाई उडान खुल्ने

सार्वजनिक यातायात र हवाई उडान खुल्ने

व्यवसायीद्वारा स्वागत

,
sharethis

काठमाडौं । सरकारले अन्तरजिल्ला तथा लामो दुरीका यातायात र आन्तरिक हवाई उडान खुला गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले ९ चैत २०७६ बाट बन्द भएको छोटो, मध्यम र लामो दुरीका यातायात र आन्तरिक हवाई उडान खोल्ने निर्णय गरेको हो ।

कोरोना भाइरस (कोभिड–१९)का संक्रमित काठमाडौंमा देखिएपछि सरकारले ११ चैतबाट देशव्यापी रूपमा लकडाउन गरेको थियो । त्यसपछि असारमा लकडाउन खुले पनि मध्यम तथा लामो दुरीका सार्वजनिक यातायात सञ्चालन भएका थिएनन् । लकडाउन खुलेपछि पनि स्थानीय सरकार तथा जिल्ला प्रशासन कार्यालयले कोभिड संक्रमणको अवस्था हेरेर निषेधाज्ञा गरेका थिए । जसका कारण सार्वजनिक सवारी साधन ग्यारेजमा थन्किएका थिए ।

सुरक्षा मापदण्ड पालना गरेर लामो दुरीका यातायात र आन्तरिक हवाई उडान सञ्चालन गर्ने निर्णय भएको पर्यटनमन्त्री योगेश भट्टराईले जानकारी दिए ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष हरिशरण केसी ‘हुस’ले व्यवसायीको मागलाई सम्बोधन गर्दै अन्तरजिल्ला तथा लामो दुरीको यातायात सञ्चालन गर्ने निर्णय भएको बताए ।

‘हामीले कोभिड–१९ को संक्रमण रोक्नका धेरै धैर्य ग-र्यौं तर केही नलागेपछि १ असोजबाट सार्वजनिक यातायात सञ्चालन गर्ने बताएका थियो । सरकारको निर्णयको स्वागत गर्दछौं ।’

दसैंमा घर फर्केनका लागि सहज गराउने उद्देश्यले समेत समयमै अन्तरजिल्ला यातायात र आन्तरिक हवाई उडान खोल्ने निर्णय भएको हो । यस वर्ष कात्तिकमा दसैं परेको छ । यातायात व्यवसायीहरुले समेत करिब ६ महिनादेखि सवारी साधन सञ्चालन गर्न नपाएका कारण घाटा बेहोर्नुपरेको भन्दै १ असोजबाट अनुमति नदिए पनि सवारी साधान सञ्चालन गर्ने बताएका थिए ।

सरकारले यातायात व्यवसायी र यात्रुलाई समेत मध्यनजर गरेर अन्तरजिल्ला यातायात र आन्तरिक हवाई उडान सञ्चालन गर्ने निर्णय गरेको र यस विषयमा थप जानकारी दिने एक मन्त्रीले बताए । भाडा दरको विषयमा केही जानकारी सार्वजनिक भएको छैन । व्यवसायी र यात्रु दुवैलाई सहज हुने गरी भाडादर तोकिने भएको छ ।
हाल उपत्यकामा जोर-बिजोर लागु गरेर सार्वजनिक यातायातसमेत सञ्चालन भएका छन् ।

नेपालमा यात्रुवाहक र मालवाहक सवारी साधनमा १० खर्ब बढी लागनी रहेको बताइन्छ । जसमा बैंक तथा वित्तीय क्षेत्रको लगानी ७० प्रतिशत बढी रहेकाले व्यवसायी मर्कामा परेको बताउँदै आएका थिए । यसमा आश्रित मजदुरले समेत रोगले भन्दा भोकले मर्न लागेको भन्दा सरकारलाई दबाब दिएका थिए । यातायात स्वतन्त्र मजदुर संगठनका अध्यक्ष भीमज्वाला राईले यातायात मजदुरको अवस्था नाजुक बनेको बताउँदै आएका छन् । ३ लाख यात्रुवाहक सवारी साधनमा २० लाखबढी आश्रित रहेको बताइन्छ ।

(Visited 2,784 times, 1 visits today)

आजको समाचार

संघीयता मात्रै दोषी हो र ?

नेपालको प्रमुख समस्या भनेको गरिबी, बेरोजगारी, महँगी, शान्ति सुरक्षाको कमजोर अवस्था तथा आर्थिक अनियमितता हो । आर्थिक पारदर्शिता र सुशासनबिना नेपालजस्तो देशको प्रगति असम्भव...

यूएन मिसनको प्रश्नपत्र ‘लिक’ले प्रहरीमा हंगामा

काठमाडौं । संयुक्त राष्ट्रसंघ (यूएन)को शान्ति मिसनमा जान लिइने नेपाल प्रहरीतर्फको आन्तरिक परीक्षाको प्रश्नपत्र बाहिरिएको विषयमा प्रहरी प्रधान कार्यालयले छानबिन अघि बढाएको छ । यूएन...

सर्वोच्चबाट ठाकुरको पक्षमा अन्तरिम आदेश दिन अस्वीकार

काठमाडौं । सर्वोच्च अदालतले जनता समाजवादी पार्टीका नेता महन्थ ठाकुरको मुद्दामा अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ । न्यायाधीश प्रकाशमान सिंह राउतको एकल...

निरन्तर ६ वर्षदेखि नाफा कमाएको निगम अहिले ४ अर्ब घाटामा

काठमाडौं । निरन्तर ६ वर्षदेखि नाफा कमाउँदै आएको नेपाल आयल निगमले पछिल्लो समय निरन्तर घाटा बेहोर्दै आएको छ । निगमका नायब कार्यकारी निर्देशक नागेन्द्र...

हामी सचेत छौं, सक्रिय छैनौं

यहाँ हामी भन्नाले समग्र नेपाली नागरिकलाई भन्न खोजिएको हो । पढेलेखेको, राजनीतिक सुझबुझ भएको, जानेबुझेको, देशदुनियाँ देखेको सचेत वर्गलगायत आमनागरिक नै हामी हौं ।...

साताका लोकप्रिय समाचार

ब्राजिल लगातार तेस्रोपटक फाइनलमा

टोकियो । साविकको विजेता ब्राजिल लगातार तेस्रो संस्करण ओलम्पिकअन्तर्गतको फुटबलतर्फ पुरुष यू–२३ तर्फको फाइनलमा प्रवेश गरेको छ । कासिमा सकर स्टेडियममा मंगलबार भएको टोकियो...

सुनिता दुलालको नयाँ तिज गीत ‘परदेशी छोरी’

  काठमाडौं । गायिका सुनिता दुलालको नयाँ तिज गीत सार्वजनिक भएको छ । ‘परदेशी छोरी’ बोलको गीतमा सुनिताको स्वर रहेको छ । ज्योती गुरुको शब्द...

सुनसरीमा ३ सय ६ जनाको निधन

इटहरी । कोरोना भाइरस संक्रमणको दोस्रो लहर सुरु भएयता सुनसरीमा कोरोनाले तीन सय ६ जना मानिसको निधन भएको छ । जिल्ला स्वास्थ्य कार्यालयले सार्वजनिक...

‘दाचुुर्ला काण्ड’ को विरोधमा विप्लव माओवादीको विरोध

तुलसीपर । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी दाङले तुलसीपुरमा विरोध प्रर्दशन गरेको छ । जयसिंह धामी हत्याको विरुद्ध ‘दार्चुला काण्ड’मा तुलसीपुर बजारमा विरोध प्रदर्शन...

माथिल्लो तामाकोसीको चौथो युनिटबाट विद्युत् उत्पादन सुरु

काठमाडौं । दोलखामा निर्माण भएको राष्ट्रिय गौरवको ४ सय ५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको चौथो युनिटबाट समेत विद्युत् उत्पादन सुरु भएको छ ।...

ट्रेन्डिङ

अग्रिम टिकट नखुले पनि समस्या भएन

काठमाडौँ । सरकारले विगतका वर्षमा जसरी दशैँ तिहार, छठलगायतका चाडपर्वमा घर जान चाहने नागरिकका लागि अग्रिम टिकट नखुलाए पनि यात्रु कम भएकाले सजिलै टिकट...

प्राकृतिक प्रकोप पीडितको तत्काल पुनस्र्थापना गर

यस वर्षको मनसुनी वायुसँगै सुरु भएको अविरल वर्षाका कारण नेपालमा ठूलो जनधनको क्षति हुन गयो । वैशाखयताका प्राकृतिक विपद्ले गर्दा १ हजार ८ सय...
1

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 194 times, 1 visits today)