Thursday, September 24, 2020
Home Editor-Picks मल आयात अलपत्र पर्ने दुई कम्पनीलाई कालोसूचीमा नराख्न उच्च अदालतको आदेश

मल आयात अलपत्र पर्ने दुई कम्पनीलाई कालोसूचीमा नराख्न उच्च अदालतको आदेश

काठमाडौं । पाटन उच्च अदालतले सम्झौताबमोजिम मल नल्याउने शैलुङ इन्टरप्राइजेज कम्पनीको बैंक ग्यारेन्टी तत्काल जफत नगर्न आदेश दिएको छ । पाटन उच्च अदालतका न्यायाधीश रमेशप्रसाद राजभण्डारीको एकल इजलासले बैंक ग्यारेन्टी जफत नगर्न आदेश दिएको हो । शैलुङले बैंक ग्यारेन्टी जफत गर्ने निर्णय र कालोसूचीमा राख्ने गरी काटिएको पत्र कार्यान्वयन नगर्न माग गर्दै दायर रिट दर्ता गरेको थियो ।

अदालतले सो कम्पनीलाई कालोसूचीमा तत्काल नराख्नसमेत आदेश गरेको छ । सम्झौताबमोजिम २० भदौसम्म मल नल्याएपछि कृषि सामग्री कम्पनीले शैलुङसँगको ठेक्का रद्द गर्दै बैंक ग्यारेन्टी राखेको ४ करोड ८० लाख धरौटी जफत गर्ने निर्णय गरेको थियो ।

सरकारले २२ भदौमा सो कम्पनीलाई कालोसूचीमा राख्ने निर्णय गरेको थियो । कृषि सामग्री कम्पनी लिमिटेडले सार्वजनिक खरिद अनुगमन कार्यालयलाई पत्र पठाएर शैलुङलाई कालोसूचीमा राख्न सिफारिस गरेको छ ।

कालोसूची राख्न सिफारिस
कृषि सामग्री कम्पनी लिमिटेडले मल आयात ठेक्का हातमा पारी मल नल्याउने शैलुङ इन्टरप्राइजेज र होनिको मल्टिपललाई कालोसूचीमा राख्न सिफारिस गरेको छ । सम्झौताअनुसार रासायनिक मल आयात नगरेपछि ठेक्का सम्झौता खारेज गरी कालोसूचीमा राख्न कृषि सामग्री कम्पनी लिमिटेडले सार्वजनिक खरिद अनुगमन कार्यालयमा सिफारिस गरेको हो ।

सम्झौताअनुसार मल आयात नगरेकामा २१ भदौमा दुवै कम्पनीको सम्झौता खारेज गरेको कृषि सामग्री कम्पनी लिमिटेडले कालोसूचीका लागि भने सोमबार मात्र सिफारिस गरेको हो ।

कम्पनीले २५ हजार मेट्रिक टन युरिया मल खरिद गर्न शैलुङ इन्टरप्राइजेजसँग र २५ हजार मेट्रिक टन युरिया मल खरिद गर्न होनिको मल्टिपल प्रालिसँग २४ र २७ अप्रिल २०२० मा सम्झौता गरेको थियो । कम्पनीले ५ सेप्टेम्बरभित्र मल आयात गरी सक्नुपर्ने म्याद दिएको थियो ।

यो पनि पढ्नुहोस   आन्तरिक उडानको ५० प्रतिशत बुकिङ

शैलुङ इन्टरप्राइजेज र होनिको मल्टिपलले मल आयातका लागि दिइएको समयाअवधि सकिँदासम्म रासायनिक मल आयात नगरेपछि २१ भदौमा दुवै कम्पनीको सम्झौता खारेज गरिएको थियो ।

कम्पनीका प्रबन्ध सञ्चालक नेत्रबहादुर भण्डारीले खरिद सम्झौताअनुसार दुवै कम्पनीले सम्झौताअनुसारका कार्य नगरेकाले सार्वजनिक खरिद अनुगमन कार्यालयलाई कालोसूचीमा राखी कारबाही गर्न सिफारिस गरेको जानकारी दिए ।

कम्पनीले कालोसूचीका लागि सार्वजिक खरिद अनुगमन कार्यालयलाई सिफारिस गरे पनि शैलुङ इन्टरप्राइजेजका अझै दुई वटा ठेक्क सम्झौता बाँकी नै छन् । कम्पनीका अनुसार शैलुङ इन्टरप्राइजेजसँग कम्पनीको ३० हजार मेट्रिक टन युरिया मल आयातका गर्ने सम्झौता अझै बाँकी छ । सो मल आयात गर्ने ठेक्दार कम्पनी शैलुङ इन्टरप्राइजेजको समयाअवधि अझै महिना दिनभन्दा बढी छ ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयका प्रवक्ता डा. हरिबहादुर केसीले कालोसूचीमा नराख्दासम्म यसअघि भएको सम्झौता यथावत् हुने बताए । उनले अहिले कम्पनीले कालोसूचीका लागि सिफारिस मात्र गरेको हुँदा शैलुङ इन्टरप्राइजेजले बाँकी रहेको सम्झौताअनुसार नै मल आयात गर्न सक्ने बताए । कालोसूचीमा परेपछि कानुनबमोजिम छलफल भएर कृषि सामग्रीले निर्णय लिन सक्ने प्रवक्ता केसीले बताए ।

केसीले भने, ‘शैलुङ इन्टरप्राइजेजका ठेकेदार शारदाप्रसाद अधिकारीले अहिलेसम्म बाँकी सम्झौताअनुसार मल समयमै आयात गर्छु भनिरहेका छन् तर उहाँको छाँटकाट हेर्दा बाँकी समयभित्र पनि मल आउला जस्तो देखिँदैन,’ प्रवक्ता केसीले भने ।

(Visited 115 times, 1 visits today)
Loading comments...

RAJDHANIDAILY VIDEO

HAMRO PATRO

प्रमुख

होम आइसोलेसनमा बसेका जिल्ला प्रशासनका कर्मचारीको कोरोनाबाट मृत्यु

सप्तरी । कोरोना संक्रमणबाट राजविराजमा बिहिबार बिहान थप एक जनाको मृत्यु भएको छ । जिल्ला प्रशासन कार्यालयका कार्यालय सहयोगी रहेका राजविराज ८ निवासी ६२...

सिन्धुपाल्चोक विपद संकटग्रस्त क्षेत्र, यस्तो छ सिन्धुले भाेगेकाे बिपत्ति श्रृङ्खला

सिन्धुपाल्चोक । एकपछि अर्काै लगातार प्राकृतिक विपत्ती भोग्दै आएको सिन्धुपाल्चोकलाई नेपाल सरकारले विपद संकटग्रस्त क्षेत्र घोषणा गरेको छ । संकटग्रस्त क्षेत्र घोषणा गरेसँगै अब...

बुटवल कोरोना अस्पतालमा दुई जना संक्रमितको मृत्यु

बुटवल । बुटवलस्थित कोरोना विशेष अस्पतालमा उपचार गराइरहेका दुईजना सङ्क्रमितको एकैदिन आज मृत्यु भएको छ । मृत्यु हुनेमा अस्पतालमा उपचाररत पश्चिम नवलपरासी र कपिलबस्तुका...

नरायणगढ–मुग्लिन सडक खण्ड आज पनि अबरुद्ध

चितवन । नारायणगढ–मुग्लिन सडक खण्डको चार किलोमा पहिरो खसेसँगै सडक पुनः अबरुद्ध भएको छ । इच्छाकामना गाउँपालिका वडा नम्बर ६ स्थित चार किलोमा बुधबार...

भर्खरै

अझै तीनदिन देशभर वर्षा हुने

काठमाडौँ । पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले अझै तीन दिन देशभर वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । भारतको मध्य प्रदेशको...

होम आइसोलेसनमा बसेका जिल्ला प्रशासनका कर्मचारीको कोरोनाबाट मृत्यु

सप्तरी । कोरोना संक्रमणबाट राजविराजमा बिहिबार बिहान थप एक जनाको मृत्यु भएको छ । जिल्ला प्रशासन कार्यालयका कार्यालय सहयोगी रहेका राजविराज ८ निवासी ६२...

सिन्धुपाल्चोक विपद संकटग्रस्त क्षेत्र, यस्तो छ सिन्धुले भाेगेकाे बिपत्ति श्रृङ्खला

सिन्धुपाल्चोक । एकपछि अर्काै लगातार प्राकृतिक विपत्ती भोग्दै आएको सिन्धुपाल्चोकलाई नेपाल सरकारले विपद संकटग्रस्त क्षेत्र घोषणा गरेको छ । संकटग्रस्त क्षेत्र घोषणा गरेसँगै अब...

‘भूकम्पले भन्दा डोजरले बढी पहिरो जोखिम निम्त्याएको छ’

काठमाडौँ । मुलुकका पहाडी गाउँबस्तीमा पछिल्लो समय पहिरो निम्त्याउने मुख्य कारक मानिएको डोजर आतङ्कबारे संसदीय समितिमा फेरि गम्भीरपरूपले प्रश्न उठेको छ । हुम्ला जिल्लाबाट...

धेरै पढिएका

रुकुममा महिला कुट्ने सुरक्षाकर्मीमाथि कारवाही सुरु

रुकुम पश्चिम । रुकुम पश्चिमको आठविसकोट नगरपालिकामा एक महिला नगर प्रहरी र नेपाल प्रहरीबाट कुटिएको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ । निर्घात रुपमा...

प्याजको कालोबजारी गर्ने तीन व्यापारी पक्राउ, पसल सील

लहान । भारतले प्याजको निर्यातमा प्रतिबन्ध लगाएसँगै सिरहामा प्याजको कालोबजारी शुरु भएपछि स्थानीय प्रशासनले बजार अनुगमनलाई तीव्र पारेको छ । अनुगमनका क्रममा प्याजको कालोबजारी...

जंगली विषालु च्याउ खाँदा आमाछोराको मृत्यु

डडेलधुरा । डडेल्धुराको नवदुर्गा गाउपालिका वडा नं. ३ मा जंगली च्याउ खाँदा ८ वर्षीय बालकको मृत्यु भएको ३ दिन पछि मंलगबार आमाको पनि मृत्यु...

तमोर नदीमा बेपत्ता भारतीय नागरिकको सशस्त्रको तालिमप्राप्त गोताखोर टोलीद्वारा खोजी सुरु

धनकुटा । धनकुटा नगरपालिका ९ स्थित तमोर नदीमा डुबेर बेपत्ता भएका भारतीय नागरिकको सशस्त्र प्रहरी बलको गोताखोर टोलीले खोजी कार्य सुरु गरेको छ । भारतको...

ई-पेपर

(Visited 63 times, 1 visits today)