Sunday, May 16, 2021
Home Editor-Picks कोरोना संक्रमणबाट बाँचौं र बचाऔं

कोरोना संक्रमणबाट बाँचौं र बचाऔं

,

सामाजिक सञ्जालमा विगत केही दिनदेखि भ्रम फैलाउने कुरा प्रकाशित भइरहेका छन् । जस्तै : कोरोना केही होइन । यसले केही गर्दैन । मास्क लगाउनुहुँदैन । यो लगाउँदा हानि गर्छ । यस्ता यावत् कुरा दिनहुँ युट्युबमा या अन्य मिडियामार्फत सुनिरहेका छौं । यस्ता कुरामा कुनै सत्यता छैन । हो लकडाउन थप्नुहुँदैन । अब यो कोरोनामा कसरी आफ्नो रोजगार व्यवसाय चलाउने यो सिक्दै जाने कुरा हो । हामी सबैलाई थाहा छ । कोरोना भाइरस त छ, यसले कसैकसैलाई बिरामी बनाउँछ । त्यस्ता बिरामीलाई आईसीयूको जरुरत पनि पार्न सक्छ । हामीलाई कोरोनाको लक्षण छैन भन्दैमा अरूलाई यसले केही गर्दैन भन्ने त अवश्य होइन नि ।

हाम्रो कर्तव्य भनेको अरूलाई बचाउने हो । हामीलाई लागिहाल्यो भने पनि हाम्रो कारण अरू संक्रमित नहोऊन् । यो हाम्रो प्रमुख दायित्व हुनुपर्छ । यो कोरोना जति धेरै मानिसलाई लाग्छ, उति मृत्यु दर बढ्न सक्छ । मृत्यु हुनेमा हाम्रा आफन्त या हामी आफैं पनि त हुन सक्छौं । भिडभाड धेरै मानिस भएको ठाउँमा धेरै देखिन सक्छ । त्यसैले, ठूलाठूला सहरमा यसको प्रकोप बढ्न सक्छ । बाहिर देशमा यस्तो छ, यसो गरे भनेर भनिरहँदा हाम्रो देशमा के छ ? हामीसँग कति जोहो छ ? कति तालिम प्राप्त स्वास्थ्यकर्मी छन् ? आदि आदि कुराबारे सोच्नु जरुरी छैन र ?

आफू निको भएपछि हामीले दिएको थोरै रगतले यदि कसैको जिन्दगी बच्दछ भने किन नदिने प्लाज्मा

आज यतिका महिना लकडाउन गर्दा पनि हाम्रो तयारी के भयो भन्ने प्रश्नको उत्तर समयले बताइसक्यो । यतिका दिनमा न कुनै अस्पताल को जोहो गरियो, न भेन्टिलेटरको संख्या बढाइयो । तर, सधैं सरकारलाई मात्र दोष दिने ? हामी नागरिकले गर्नु पर्ने कर्तव्य के हो ? यो कहिले सोचेका छौं ? जथाभावी हिँड्ने, मास्क नलगाउने, चिया पसलमा गफ चुटेर बस्ने, यस्तो कोरोनाको बेला पनि भोजभतेर, सभा, गोष्ठी, पूजाआजा आदि गरेर मानिस जम्मा हुने के यही हामी नागरिक को दायित्व हो ? नानाथरी कुरा नसुनी आफ्नो काम गर्नुहोस् । जसलाई कोरोना लाग्छ या जसको परिवारमा कोरोना हुन्छ र लक्षण पनि देखिन्छ, बज्रपात त उसलाई र उसको परिवारलाई प-यो होइन र ?

त्यसैले, एक चिकित्सकको नाताले भन्छु, कृपया, सामाजिक दूरी कायम गर्नुहोस् । बाहिर जाँदा मास्कको प्रयोग अनिवार्य गर्नुहोस् । साबुनपानीले या स्यानिटाइजरले हात सफा गर्नुहोस् । जहाँ साबुनपानी छ भने योभन्दा राम्रो अर्को केही छैन । आफ्नो घर आफन्त छर छिमेकी हुन उहाँहरूलाई त कोरोना छैन होला भन्ने भ्रम कहिल्यै नपाल्नुहोला । कोरोना जसलाई पनि हुन सक्छ, उहाँलाई लक्षण छैन । तर, तपाईंलाई हुन पनि सक्छ । जसलाई कोरोना लागेर निको भइसक्नुभएको छ, कृपया अरूलाई बाँच्न सहयोग गर्नुहोस् ।

कोरोनाजस्तो महामारीमा हामी सबै साथ रहेर सँगै यो रोगसँग लड्ने हो । हाम्रो कर्तव्य भनेको संक्रमण अझ फैलन नदिने हो । यो रोग को उपचार त छैन । त्यसैले, यसको रोगथाम नै उत्तम उपाय हो । आज कति जना मानिस कोरोना लागेर पनि निको भइसक्नुभएको छ भने कतिजना कोरोनाको संक्रमणले ग्रसित भएर अस्पतालको शøयामा छटपटाइरहनुभएको छ । के हाम्रो कर्तव्य बन्दैन कि जो अझै निको हुनु भएको छैन, उहाँलाई सहयोग गरौं । आफू निको भएपछि हामीले दिएको थोरै रगतले यदि कसैको जिन्दगी बच्दछ भने किन नदिने प्लाज्मा । त्यसैले, फेरि भन्दछु, रक्त दान जीवन दान ।

यो प्लाज्मा दान दिँदैमा तपाईंको शरीरमा भएका एन्टीबडी सकिँदैन । आफू त कोरोनाबाट बाँचियो के अरूलाई नबचाउने त ?
(लेखक ग्रान्डी इन्टरनेसनल हस्पिटलसँग सम्बद्ध छन् ।)

(Visited 203 times, 1 visits today)
Loading comments...

आजको समाचार

टी–२० विश्वकपमा २० टोली

दुबई । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले हाल १६ टोलीबीच हँुदै आएको टी–२० विश्वकपमा २० टोलीलाई खेलाउने प्रस्ताव अघि सारेको छ । यसै वर्ष भारतमा...

२ जेठ २०७५ मा फर्किन ओली सहमत

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली २ जेठ २०७५ मा फर्किन सहमत भएका छन् । सिंहदरबारमा शुक्रबार राति...

दोलखामा अक्सिजन प्लान्ट बनाउने निर्णय

दोलखा । सामाजिक सञ्जालमा दोलखाका जनप्रतिनिधिहरुको चौतर्फी आलोचना भएपछि जिल्लामै अक्सिजन ग्याँस प्लान्ट स्थापना गर्ने निर्णय भएको छ । जिल्ला संकट व्यवस्थापन केन्द्रले जनप्रतिनिधि मात्र...

सर्वोच्चमा ‘भर्चुअल’ बहस पैरवी

काठमाडौं । सर्वोच्च अदालतले कोभिड–१९ संक्रमण ध्यानमा राखेर मुद्दा बहस पैरवी ‘भर्चुुअल’ माध्यमबाट गर्ने भएको छ । सर्वोच्चको शुक्रबार बसेको पूर्ण बैठकले यस्तो निर्णय...

“सेतो सिपाही”

कोभिडले थला परेर काम गर्न नसक्ने मेरी आमाको फोक्सोमा एक मुठी अक्सिजन भर्न तिमीले एक रफ्तारले छाति थिचिरहँदा तिम्रा कोमल औँलाहरुमा मेरी आमाको प्राण चलेको देख्छु ---------------------------- सेतो पि पि इ भित्र बाफिएको जिन्दगी...

साताका लोकप्रिय समाचार

उकालो लाग्दै मृत्युदर,अवस्था थप जटिल

काठमाडौं । देशभर कोरोना संक्रमित र मृत्युदर उकालो लागेपछि अवस्था थप जटिल बन्दै गएको छ । अधिकांश अस्पताल कोरोना संक्रमितले भरिभराउ छन् भने अक्सिजन,...

डिजिटल प्लेटफर्म खोज्नुपर्ने सिनेकर्मीको भनाइ

काठमाडौं । कोरोना संक्रमणका कारण १६ वैशाखदेखि काठमाडौं उपत्यकालगायत मुलुकका विभिन्न स्थानमा लकडाउन सुरु भएपछि नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) यतीबेला डिजिटल माध्ययमबाटै भर्चुअल...

बेहुला बेहुलीमा कोरोना संक्रमण देखिएपछि गाउँ सील गरेर परिक्षण

संखुवासभा । संखुवासभा मादी नगरपालिका –३ का बेहुला बेहुलीलाई कोरोना संक्रमण भएको छ । मादी –३ का २५ बर्षीय विरेन्द्र कुमार मण्डल र २०...

श्रीमतीको शव व्यवस्थापन आफैँले गर्नु पर्दाको पीडा

धनगढी । कैलालीको भजनी नगरपालिका–१ को हो स्थानीय ४३ वर्षीय महिलाको मङ्गलबार बिहान कोरोना सङ्क्रमणका कारण ज्यान गयो । मृत्युको पीडा त छँदै थियो,...

९३०५ नयाँ संक्रमित, १६८ जनाको कोरोनाले मृत्यु

काठमाडौं । नेपालमा गत २४ घण्टामा ९३०५ नयाँ संक्रमित थपिएका छन् । २०,३६२ जनाको पीसीआर परीक्षण गर्दा ९२३८ र ४२४ जनाको एन्टीजेन परीक्षण गर्दा...

ट्रेन्डिङ

रविभवनको सोल्टी सिटी अपार्टमेन्टमा आगलागी

काठमाडौँ । काठमाडौंको रविभवनस्थित सोल्टी सिटी अपार्टमेन्टमा आगलागी भएको छ । सोमबार दिउँसो अपार्टमेन्टको माथिल्लो तलामा आगलागी भएको प्रहरी जनाएको छ । दमकल, प्रहरी, स्थानीयवासीको...

फेरि जोर बिजोर ?

काठमाडौं । सरकारले काठमाडौं उपत्यकासहित केही जिल्लामा कोरोना संक्रमणको गति तीव्र रूपमा बढ्दै गएपछि निजीसहित सार्वजनिक सवारीमा फेरि जोर बिजोर प्रणाली लागु गर्ने तयारी...

होम आइशोलेसनमै बसेर बर्दियाका एक पत्रकारले जिते कोरोना

बर्दिया । दुई साता होम आइशोलेसनमा बसेका बर्दियाका एक वरिष्ठ पत्रकारले कोरोना जितेका छन् । नेपाल पत्रकार महासंघ बर्दियाका पूर्वअध्यक्ष कमलकुमार पन्थीले कोरोना जितेका...

काठमाडौं उपत्यकामा थप ३७७ जनामा कोरोना संक्रमण

काठमाडौ । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ३७७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर. गौतमका अनुसार काठमाडौमा...

सूर्योदय नगरपालिकाका किसानलाई मोटरसहितको घाँस काटने मेसिन

इलाम । इलामको सूर्योदय नगरपालिकाले १४ वडाका ५६ जना पशुपालक किसानहरुलाई मोटरसहितको घाँस काटने मेसिन वितरण गरिएको छ । कृषिमा आधुनिकिकरण गर्दै उत्पादन लागत...

बिस्का : जात्रा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौँ । सर्वोच्च अदालतले भक्तपुरमा मनाउने बिस्का: जात्रा नरोक्न अन्तरिम आदेश जारी गरेको छ। जिल्ला प्रशासन कार्यालयले बिस्का: जात्रा नगर्न बरू सामान्य तरिकाले मनाउन...

झडपमा घाइते भएका पूर्वमन्त्री झा र यादवसहित ४ जनालाई काठमाडौं रिफर

जनकपुरधाम । जनकपुरधाममा प्रहरीसंगको झडपमा घाइते भएका पूर्व मन्त्री रामचन्द्र झासहित चार जनालाई काठमाडौं रिफर गरिएको छ । नेकपा प्रचण्ड–नेपाल समुहका नेता पुर्व मन्त्री रामचन्द्र...

सबै पास रद्ध, सरकारी र वित्तीय क्षेत्रका कर्मचारीलाई छुट्टै पास

काठमाडौं । विश्वभरी महामारीको रुप लिइरहेको कोरोना भाइरस (कोभिड–१९) का संक्रमित नेपालमा बढ्दै गएपछि सरकारले लकडाउनमा थप कडाई गरेको छ । सरकारले एक जिल्लाबाट अर्को...

संसद् विघटनविरुद्ध उत्रियो कांग्रेस

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसद् विघटनविरुद्ध सडकमा निस्किएको छ । संसद् विघटनलगत्तै पदाधिकारी बैठक बसेर निर्णयको विरोध गरेको कांग्रेस विरोध प्रदर्शनमा...

भूमिहीन समस्याबारे मन्त्रीबाट जवाफ माग

काठमाडौँ । राष्ट्रियसभाका सांसदले सुकुम्बासी, भूमिहीन समस्या र अव्यवस्थित बसोबासबारे मन्त्रीको जवाफ माग गरेका छन् । सङ्घीय संसद, राष्ट्रियसभाको आजको बैठकको विशेष समयमा सांसदले...

मास्क लगाउनै मान्दैनन् भीआईपी

काठमाडौं । गत वर्षको फागुनबाट नेपालमा कोरोना संक्रमण सुरु भयो । हाल नेपालमा कोरोना संक्रमितको संख्या १ लाख नाघिसकेको छ । संक्रमण बढ्दै जाँदा...

केन्द्रीय बैंककाे पुन : कर्जा कार्यविधि, पाँच प्रतिशत ब्याजमा १५ लाखसम्म पाइने

काठमाडाै‌ं । नेपाल राष्ट्र बैंकले साना, लघु र घरेलु साना उद्यमका लागि रु १५ लाखसम्मको पुनःकर्जा दिन सकिने प्रावधानसहितको पुनःकर्जा कार्यविधि, २०७७ ल्याएको छ...

ई-पेपर

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 155 times, 1 visits today)