Thursday, September 24, 2020
Home Not-to-be-missed थिएमले जिते यूएस ओपन उपाधि

थिएमले जिते यूएस ओपन उपाधि

न्युयोर्क । तेस्रो वरीयताका अस्ट्रेलियन डोमिनिक थिएमले यूएस ओपन टेनिसको उपाधि जितेका छन् । पहिलोपटक ग्रान्डस्लाम च्याम्पियन बन्ने क्रममा थिएमले सातांै वरीयताका जर्मन एलेक्सान्डर जेभेरेभलाई ३–२ को सेटमा पराजित गर्दै उपाधि जितेका हुन् ।

थिएमले सुरुवाती दुई सेटमा पछि परे पनि उत्कृष्ट पुनरागमन गर्दै पहिलो ग्रान्डस्लाम उपाधि हात पारेका हुन् । यससँगै थिएम सन् २००४ को फ्रेन्च ओपनमा अर्जेन्टिनी गेस्टन गाडियापछि दुई सेट गुमाएर उपाधि जित्ने पहिलो खेलाडी बनेका छन् । यस्तै, थिएम विश्व टेनिसमा ६ वर्षपछि नयाँ च्याम्पियन खेलाडी बने । पछिल्लो ६ वर्ष सर्वियन नोभाक जोकोभिच, स्पेनिस राफयल नाडाल, स्विस रोजर फेडेरर र बेलायती एन्डी मर्रेले कुनै न कुनै ग्रान्डस्लामको च्याम्पियन बन्दै आएको थियो ।

अमेरिकाको न्युयोर्कमा सोमबार बिहान भएको फाइनलमा थिएमले पहिलो र दोस्रो सेट २–६ र ४–६ ले गुमाएको थियो । तर, त्यसपछि पुनरागमन गरेका थिएमले तेस्रो सेट ६–४ ले जित्दै खेलमा फर्कने संकेत दिए । चौथो सेट थिएमले ६–३ ले आफ्नो पक्षमा पार्दै खेललाई २–२ सेटको बराबरीमा ल्याए । निकै नै प्रतिस्पर्धात्मक बनेको पाँचांै तथा निर्णायक सेटमा थिएम ७–६ (८–६) को जित निकाल्दै च्याम्पियन बन्न सफल भए ।

यो पनि पढ्नुहोस   पहिलो जितमा पीएसजीको संघर्ष

थिएम यसअघि एकपटक अस्ट्रेलियन ओपन र दुईपटक फ्रेन्च ओपनको फाइनलमा पुगेर चुकेका थिए । अस्ट्रेलियन ओपनमा नोभाक जोकोभिचसँग पराजित भएका थिएन अस्ट्रेलियन ओपनमा दुवैपटक राफायल नाडालसँग पराजित भएका थिए । तर, यसपटक थिएम चुकेनन् । सातौं वरीयताका जेभेरेभ पहिलोपटक ग्रान्डस्लामको फाइनलमा प्रवेश गरेर सुरुवाती दुई सेट जितेर पनि सोही प्रदर्शनलाई निरन्तरता दिन नसक्दा च्याम्पियन बन्न असमर्थ रह्यो ।

(Visited 11 times, 1 visits today)
Loading comments...

RAJDHANIDAILY VIDEO

HAMRO PATRO

प्रमुख

होम आइसोलेसनमा बसेका जिल्ला प्रशासनका कर्मचारीको कोरोनाबाट मृत्यु

सप्तरी । कोरोना संक्रमणबाट राजविराजमा बिहिबार बिहान थप एक जनाको मृत्यु भएको छ । जिल्ला प्रशासन कार्यालयका कार्यालय सहयोगी रहेका राजविराज ८ निवासी ६२...

सिन्धुपाल्चोक विपद संकटग्रस्त क्षेत्र, यस्तो छ सिन्धुले भाेगेकाे बिपत्ति श्रृङ्खला

सिन्धुपाल्चोक । एकपछि अर्काै लगातार प्राकृतिक विपत्ती भोग्दै आएको सिन्धुपाल्चोकलाई नेपाल सरकारले विपद संकटग्रस्त क्षेत्र घोषणा गरेको छ । संकटग्रस्त क्षेत्र घोषणा गरेसँगै अब...

बुटवल कोरोना अस्पतालमा दुई जना संक्रमितको मृत्यु

बुटवल । बुटवलस्थित कोरोना विशेष अस्पतालमा उपचार गराइरहेका दुईजना सङ्क्रमितको एकैदिन आज मृत्यु भएको छ । मृत्यु हुनेमा अस्पतालमा उपचाररत पश्चिम नवलपरासी र कपिलबस्तुका...

स्याङ्जामा पहिरोमा पुरिएर ५ जनाको मृत्यु, ४ बेपत्ता

वालिङ । पहिरोमा पुरिएर स्याङ्जाको वालिङमा पाँच जनाको मृत्यु भएको छ । आज बिहान ६ बजे वालिङ १४ तमादीस्थित माया नेपालीको घरमाथिबाट खसेको पहिरोमा...

भर्खरै

नारायणी नदीको सतहले खतराको विन्दु पार गर्यो

चितवन । विगत तीन दिनदेखि परेको निरन्तर वर्षापछि आएको बाढीसँगै नारायणी नदीको बहावले खतराको विन्दु पार गरेको छ । नदीको उद्गम थलोतर्फ निरन्तर पानी...

अझै तीनदिन देशभर वर्षा हुने

काठमाडौँ । पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले अझै तीन दिन देशभर वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । भारतको मध्य प्रदेशको...

होम आइसोलेसनमा बसेका जिल्ला प्रशासनका कर्मचारीको कोरोनाबाट मृत्यु

सप्तरी । कोरोना संक्रमणबाट राजविराजमा बिहिबार बिहान थप एक जनाको मृत्यु भएको छ । जिल्ला प्रशासन कार्यालयका कार्यालय सहयोगी रहेका राजविराज ८ निवासी ६२...

सिन्धुपाल्चोक विपद संकटग्रस्त क्षेत्र, यस्तो छ सिन्धुले भाेगेकाे बिपत्ति श्रृङ्खला

सिन्धुपाल्चोक । एकपछि अर्काै लगातार प्राकृतिक विपत्ती भोग्दै आएको सिन्धुपाल्चोकलाई नेपाल सरकारले विपद संकटग्रस्त क्षेत्र घोषणा गरेको छ । संकटग्रस्त क्षेत्र घोषणा गरेसँगै अब...

धेरै पढिएका

बेहोस हुने इन्जेक्सन दिएर स्वाथ्यकर्मीले बलात्कार प्रयाश गरेपछि…

बारा । महिलालाई जबरजस्ती गर्न खोज्ने एक जना स्वास्थ्यकर्मी पक्राउ परेका छन् । जबरजस्ती गर्न खोज्ने स्वास्थ्यकर्मीलाई निजगढ प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान सुरु गरेको...

थेग्नै नसक्ने गरी संक्रमण फैलिए घरमै उपचार

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले समुदायबाट समुदायमा संक्रमण फैलिएको अवस्थामा त्यसलाई पूर्ण रूपमा नियन्त्रणमा लिने गरी घरमै उपचार गर्ने व्यवस्था मिलाउने तयारी थालेको...

विपन्नलाई राहतस्वरुप रोजगारी

गुल्मी । लकडाउन भएपछि गाउँका धेरै युवा बेरोजगार छन् । बुटबल, काठमाडौ, भैरहवा लगायतका देशका विभिन्न सहर तथा विदेशबाट समेत गाउँ आएका छन् ।...

उत्कृष्ट २५ व्यवसायी सम्मानित

काठमाडौं । सरकारले उत्कृष्ट २५ व्यवसायीलाई महत्वपूर्ण व्यावसायिक व्यक्ति (सीआईपी)बाट सम्मान गरेको छ । मुलुकको अर्थतन्त्रमा वाणिज्य क्षेत्रको योगदान बढाउन महत्वपूर्ण भूमिका...

ई-पेपर

(Visited 63 times, 1 visits today)