Thursday, September 24, 2020
Home Not-to-be-missed क्रिकेटर ललितको उपचार ग्रान्डीमा

क्रिकेटर ललितको उपचार ग्रान्डीमा

काठमाडौं । सडक दुर्घटनामा परेर घाइते भएका राष्ट्रिय क्रिकेट टोलीका बायाँ हाते तीव्र गतिका बलर ललितसिंह भण्डारीलाई थप उपचारका लागि काठमाडौं ल्याइएको छ । ललितलाई सिम्रिक एयरको हेलिकोप्टरमार्फत काठमाडौंमा रहेको ग्रान्डी अस्पतालमा थप उपचारका लागि ल्याइएको हो ।

आइतबार राति कञ्चनपुरको झलारी बजारमा ललित र उनका नातेदार करण ठगुन्ना सवार मोटरसाइकललाई ट्रकले ठक्कर दिँदा ललित गम्भीर घाइते भएका थिए । अचेत अवस्थामा रहेका ललितलाई धनगढीको निसर्ग अस्पताल हुँदै आइतबार राति नै ११ बजे बाँकेस्थित कोहलपुर शिक्षण अस्पतालमा उपचार ल्याइएको थियो । थप उपचारका लागि उनलाई ग्रान्डी इन्टरनेसनल अस्पताल टोखामा ल्याइएको हो । दुर्घटनामा परि ललितको दायाँ हात, खुट्टा, टाउको र छातीमा चोट लागेको थियो । उनलाई हातको कुम, एंकललगायतका भागहरूमा चोट लागेको छ । उनको खुट्टा र हातको शल्यक्रिया गर्नुपर्ने अवस्था रहेको चिकित्सकल बताएका छन् ।

नेपाल क्रिकेट संघ (क्यान)का अध्यक्ष चतुरबहादुर चन्दले उपचारमा संलग्न हुने सम्पूर्ण चिकित्सक एवं मेडिकल टिमलाई उपचारमा सक्रिय भएर सहयोग गरिदिन अनुरोध गरेका छन् । चन्दले शीघ्र स्वास्थ्यलाभको कामना गर्दै संघको तर्फबाट समन्वय र सहयोग रहने प्रतिबद्धतासमेत व्यक्त गरेका छन् । यस्तै, नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान ज्ञानेन्द्र मल्लले पनि राष्ट्रिय क्रिकेट टोलीको तर्फबाट आवश्यक सम्पूर्ण सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । कप्तान मल्लले सम्बन्धित सरकारवाला निकायको गम्भीर ध्यानाकर्षणसमेत गराएका छन् ।

यो पनि पढ्नुहोस   आईपीएल : रोमाञ्चक खेलमा दिल्ली सुपरओभरमा विजयी

नेपाली फ्रेन्चाइज लिग र घरेलु क्रिकेटमा उत्कृष्ट प्रर्दशन गर्दै आएका बायाँ हाते तीव्र गतिका बलर ललितले पछिल्लो समय चोटकै कारण राष्ट्रिय टोली बाहिर थिए । ललित घरेलु क्रिकेट नेपाल पुलिसबाट खेल्ने गर्दछन् । ललितले सन् २०१७ मा आईसीसी वल्र्ड क्रिकेट लिग च्याम्पियनसिपअन्तर्गत संयुक्त अरब इमिरेट्र्स (यूएई)विरुद्ध राष्ट्रिय टोलीबाट डेब्यु गरेका थिए । ललितले सन् २०१८ मा नेदरल्यान्ड्सविरुद्ध एक दिवसीयमा डेब्यु गर्दै दुई विकेट लिएका थिए । तर, चोटका कारण ललितले टोलीमा नियमित स्थान बनाउन संघर्ष गर्दै आएका थिए ।

(Visited 31 times, 1 visits today)
Loading comments...

RAJDHANIDAILY VIDEO

HAMRO PATRO

प्रमुख

कांग्रेस महामन्त्री शशांक कोइराला कोरोनामुक्त

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री शशांक कोइराला कोरोनामुक्त भएका छन् । पछिल्लो पटक गरिएको पिसिआर परीक्षणका क्रममा उनमा कोरोना भाइरस नेगेटिभ देखिएको हो ।
यो पनि पढ्नुहोस   बद्री पंगेनीकाे स्वरमा प्रवासीका पिडा
महामन्त्री...

होम आइसोलेसनमा बसेका जिल्ला प्रशासनका कर्मचारीको कोरोनाबाट मृत्यु

सप्तरी । कोरोना संक्रमणबाट राजविराजमा बिहिबार बिहान थप एक जनाको मृत्यु भएको छ । जिल्ला प्रशासन कार्यालयका कार्यालय सहयोगी रहेका राजविराज ८ निवासी ६२...

सिन्धुपाल्चोक विपद संकटग्रस्त क्षेत्र, यस्तो छ सिन्धुले भाेगेकाे बिपत्ति श्रृङ्खला

सिन्धुपाल्चोक । एकपछि अर्काै लगातार प्राकृतिक विपत्ती भोग्दै आएको सिन्धुपाल्चोकलाई नेपाल सरकारले विपद संकटग्रस्त क्षेत्र घोषणा गरेको छ । संकटग्रस्त क्षेत्र घोषणा गरेसँगै अब...

बुटवल कोरोना अस्पतालमा दुई जना संक्रमितको मृत्यु

बुटवल । बुटवलस्थित कोरोना विशेष अस्पतालमा उपचार गराइरहेका दुईजना सङ्क्रमितको एकैदिन आज मृत्यु भएको छ । मृत्यु हुनेमा अस्पतालमा उपचाररत पश्चिम नवलपरासी र कपिलबस्तुका...

भर्खरै

कांग्रेस महामन्त्री शशांक कोइराला कोरोनामुक्त

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री शशांक कोइराला कोरोनामुक्त भएका छन् । पछिल्लो पटक गरिएको पिसिआर परीक्षणका क्रममा उनमा कोरोना भाइरस नेगेटिभ देखिएको हो । महामन्त्री...

कोरोनाका कारण झापाका एक वृद्धको मृत्यु

कनकाई । झापामा कोरोना सङ्क्रमणका कारण एक ७७ वर्षीय पुरुषको गए राति मृत्यु भएको छ । झापाको दक्षिणी क्षेत्र भारतसँग सीमा जोडिएको झापा गाउँपालिका...

बारामा एक महिनामा ३२ लाख नक्कली रुपैयाँ बरामद

बारा । बारा प्रहरीले एक महिनामा ३२ लाख नेपाली रुपैयाँ सवारी साधन चेकजाँच गर्ने क्रममा बरामद गरेको प्रहरीले जनाएको छ । प्रहरीले सिम्रौनगढ नगरपालिका...

नारायणी नदीको सतहले खतराको विन्दु पार गर्यो

चितवन । विगत तीन दिनदेखि परेको निरन्तर वर्षापछि आएको बाढीसँगै नारायणी नदीको बहावले खतराको विन्दु पार गरेको छ । नदीको उद्गम थलोतर्फ निरन्तर पानी...

धेरै पढिएका

घाटामा रहेका संस्थान मर्ज वा खारेज गरिने

काठमाडौं । व्यावसायिक सम्भावना नभएका र उद्देश्यअनुरूप कार्यसम्पादन गर्न नसकी लगातार घाटामा सञ्चालन भएका सार्वजनिक संस्थानको अध्ययन गरी एक आपसमा गाभ्ने वा खारेज गरिने...

स्याङ्जामा ३ सय ४९ जना कोरोना संक्रमित

स्याङ्जा । कोरोना मुक्त तयारीमा रहेको स्याङ्जा एक सातामै कोरोना संक्रमित बढेको छ । १ जना मात्रै संक्रमितले आईसोलेसनमा उपचार गराईरहेका बेला एकसातामा ३४...

आ–आफ्नै दाउमा नेकपा–राजपा

काठमाडौं । राष्ट्रियसभा निर्वाचनमा सहकार्य गरेका सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र प्रतिपक्षी राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल आ–आफ्नै दाउअनुसार अघि बढ्न...

रोकथामका लागि युद्धस्तरमा काम भइरहेको छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज राष्ट्रका नाममा सम्बोधन गर्दै कोरोना भाइरसको सङ्क्रमण रोकथाम र उपचारमा युद्धस्तरमा काम भइरहेको जनाउनुभएको...

ई-पेपर

(Visited 63 times, 1 visits today)