घुम्थाङ गाउँ : तंग्रिने तरखरमा

सिन्धुपाल्चोक । बाह्रविसे नगरपालिका–७ घुम्थाङको भिरखर्कबाट आएको पहिरोमा पुरिएका ३१ मध्ये १४ जनाको शब फेला परेको छ । १७ अझै बेपत्ता छन् । बेपत्ता भएका मध्ये थप तिन जनाको शब सोमबार फेला परेपछि मृत्यु हुनेको संख्या १४ पुगेको हो ।

जिल्ला प्रहरी कार्यालयका डीएसपी प्रकाश सापकोटाले सोमबार २२ बर्षीया कुमार विक,२१ वर्षीया सोनिया विक र ५३ वर्षीया सिंहबहादुर प्रधानको शब फेला परेको जानकारी दिए । जना पुरिएका ३१ मध्ये आइतबार बेलुकी सम्म ११ को शब फेला परेको थियो । अझै १७ जना वेपत्ता रहेको डीएसपी सापकोटाले जानकारी दिए ।

मर्ने मरे, बेपत्ताको खोजी जारी छ । प्राकृतिक विपत्तिमा परेर जोगिएका परिवारका लागि प्रदेश सरकार र स्थानिय सरकारले तत्काल राहतका प्याकेज दिन थालेपछि पहिरो पिडितहरु तंग्रिने तरखरमा छन्

रातो घेरमा पहिरो अघिको बस्ती

मर्ने मरे, बेपत्ताको खोजी जारी छ । प्राकृतिक विपत्तिमा परेर जोगिएका परिवारका लागि प्रदेश सरकार र स्थानिय सरकारले तत्काल राहतका प्याकेज दिन थालेपछि पहिरो पिडितहरु तंग्रिने तरखरमा छन् ।

घुम्थाङको पहिरोमा पुरिएर सात महिला,पाँच पुरुष र एक/एक बालकको ज्यान गएको छ । यसअघि आइतबार पाँच वर्षीया बालिका सरस्वती बिक, करणबहादुर श्रेष्ठ भक्तिमाया श्रेष्ठ, ट्याक्सी शेर्पा,ज्ञानीमाया प्रधान, जुनु बिक, सुकुलाल बिक, सन्देश बिक, सर्किनी नेवार, धनलाल नेवार, र हिरामाया श्रेष्ठ (को शब भेटिएको थियो ।

प्रहरीका अनुसार पहिरोमा रसबहादुर नेवार, दिलमाया श्रेष्ठ, रीता श्रेष्ठ, डालियल श्रेष्ठ, नादान श्रेष्ठ, अमृत श्रेष्ठ,मनिता श्रेष्ठ, रविना श्रेष्ठ, रेयुशा श्रेष्ठ, पदमकुमारी श्रेष्ठ, रामकुमारी श्रेष्ठ, लालबहादुर श्रेष्ठ, बुद्धलक्ष्मी श्रेष्ठ, लक्ष्मी श्रेष्ठ, र रुपा बिक,बेपत्ता छन् । बेपत्ता हुनेमा पाहुना आएकी एक महिला र दुई महिने एक बालकको पहिचान खुल्न नसकेको प्रहरीले जनाएको छ । वेपत्ताहरुको नेपाली सेना,शसस्त्र प्रहरी र नेपाल प्रहरीले खोजी जारी राखेको छ । पहिरोमा पुरिएर मृत्यु भएका र शब फेला परेको सबैको अन्तिम सदगतको लागि आफन्तले शब जिम्मा लिएको प्रहरीले जानकारी दिएको छ । पहिरोमा २२ घरमा क्षती पुगेको थियो । पहिरोको जोखीम उच्च भएपछि यस क्षेत्रका झण्डै २ सय परिवारलाई सुरक्षीत स्थानमा सारिएको बाह्रविसे नगरपालिकाका मेयर निमफुञ्जो शेर्पाले जानकारी दिए । विस्थापित भएर सुरक्षीत स्थानमा राखिएकाहरुलाई नगरपालिकाको तर्फबाट राहात प्रदान गरिएको मेयर शेर्पाले जानकारी दिए ।

प्रदेश सरकारको ३० लाख

बाह्रविसे नगरपालिकामा १४ को ज्यान र १७ बेपत्ता हुने गरी आइतबार बिहान पहिरो गएपछि तत्कालका लागि वागमती प्रदेश सरकारले बाह्रविसे नगरपालिकालाई ३० लाख रुपियाँ सहयोग गरेको छ । प्रदेश विपत व्यवस्थापन निर्देशक समितिको बैठकले बाढीपहिरोले क्षती पु-याएको प्रदेश भित्रका चार स्थानीय सरकारलाई सहयोग गर्ने निर्णय गरेको बागमती प्रदेशका उद्योग पर्यटन वन तथा वातवरण मन्त्री अरुण नेपालले जानकारी दिए । प्रदेश सरकारले बाह्रविसे र दुप्चेश्वर गापालाई ३०/३० लाख र सिन्धुपाल्चोककै हेलम्बु र मेलम्ची नगरपालिकालाई १५/१५ लाख रुपियाँ सहयोग गर्ने निर्णय गरेको मन्त्री नेपालले जानकारी दिए । आइतबार पहिरो स्थलमा पुगेका मन्त्री नेपालले पीडितहरुलाई सहयोग गर्ने प्रतिवद्धता जनाएका थिए ।

वास्तविक पिडितलाई राहत दिन एकद्धार

??

यसैबिच बाह्रविसे नगरपालिकाले पहिरोबाट पीडित भएकाहरुलाई विभिन्न व्यक्ति र संघ संस्थाहरुले राहात वितरण गर्दा बढी भिडभाड भएको र वास्तवीक पीडितहरुले राहात नपाउने सम्भावना भएकाले एकद्धार प्रणाली मार्फत पीडितहरुलार्ए सहयोग गर्न आग्रह गरेको छ । नगरपालिकाले सूचना जारी गर्दे भिडभाडका कारण कोरोना भाइरसको महामारी फैलने भएकाले सहयोगी दाता सबैलाई नगरपालिकामा नै आएर सहयोग गर्न आग्रह गरेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रमेश गौतमले जानकारी दिए । त्यस्तै जिल्ला विपद व्यवस्थापन समितिले पनि पीडितहरुलाई सहयोग प्रदान गर्दा नगरपालिका मार्फत नै गर्न आग्रह गरेको छ ।

प्रदेश विपत् व्यवस्थापन निर्देशक समितीको आजको बैठककले बाढीरपहिरोले क्षति पु-याएका स्थानीय तहमा तत्काल सहायताका लागि बाह्रबिसे न.पा. र दुप्चेश्वर गा.पा.लाइ ३०/३० लाख रुपैंया, मेलम्ची न.पा. र हेलम्बु गा.पा.लाइ १५/१५ लाख उपलब्ध गराउने निर्णय गरेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 227 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

‘अर्थतन्त्रमा दीर्घकालीन असर’

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
एमालेका प्रचार विभाग उपप्रमुख विष्णु रिजालको गृहपालिकामा कांग्रेसकी रिता शाही विजयी