Thursday, September 24, 2020
Home Not-to-be-missed धनी फुटबलर: मेस्सीले उछिने रोनाल्डोलाई

धनी फुटबलर: मेस्सीले उछिने रोनाल्डोलाई

लन्डन । बार्सिलोनाका व्यवसायिक फुटबलर लियोनल मेसी सन् २०२० मा सर्वाधिक कमाउने खेलाडी भएका छन् । उनले १२ करोड ६० लाख डलर कमाइ गरेका छन् । त्यसभन्दा अघि युभेन्टसका क्रिस्टियानो रोनाल्डो सर्वाधिक कमाउने खेलाडी रहेका थिए । यो वर्ष उनी ११ करोड ७० लाख डलर कमाइसँगै दोस्रो स्थानमा छन् ।

संसारका धनीहरुको विवरण राख्ने म्यागेजिन फोर्ब्सका अनुसार बार्सिलोनाका मेस्सीले युभेन्टसका क्रिष्टियानो रोनाल्डोलाई पछि पार्दै शीर्ष स्थान हत्याएका हुन् । यी दुई फुटबलरबीच सबैजसो विषयमा प्रतिष्पर्धा भइरहँदा धन संकलनमा पनि उछिनाउछिन हुने गरेको छ ।

फोर्ब्सका अनुसार मेस्सीको अनुमानित वार्षिक आय १२६ मिलियन अमेरिकी डलर छ जबकी रोनाल्डोको ११७ मिलियन डलर रहेको छ । तेस्रो स्थानमा रहेको पेरिस सेन्ट–जर्मेन (पिएसजी) का नेइमारले यी दुईलाई पछ्याइरहेका छन् । उनको वार्षिक आय ९६ मिलियन डलर रहेको उक्त पत्रिकाको अनलाइन संस्करणमा उल्लेख छ ।

यो पनि पढ्नुहोस   रेल हेर्ने भिड नियन्त्रण गर्न प्रहरी परिचालन (फोटोफिचर)

सन् २०१९ मा पनि यी तीनै जना शीर्ष स्थानको यही सूचीमा रहेका थिए । तर यस पटक चौथो स्थान भने तीन स्थानमाथि उक्लिएर पिएसजीकै केलियन एमबाप्पेले हत्याएका छन् । उनी ४२ मिलियनसहित चौथो स्थानमा रहँदा लिभरपुलका मोहम्मद सालहले ३७ मिलियनसहित पाँचौँ स्थान ओगटेका छन् ।

छैटौँ स्थानका म्यानचेस्टर युनाइटेडका पउल पोग्बाको ३४ मिलियन र सातौँ स्थानका बार्सिलोनाका एन्टोनी ग्रिजम्यानको ३३ मिलियन, आठौँ स्थानका रियल मड्रिडका ग्यारेथ बेलको २९ मिलियन, नवौँ स्थानका बार्यन म्युनिखका रोबर्ट लेवान्डोस्कीको २८ मिलियन र दशौँ स्थानका म्यानचेस्टर युनाइटेडका डेविड डी जियाको २७ मिलियन डलर वार्षिक आय रहेको फोर्ब्सले जनाएको छ ।

(Visited 59 times, 1 visits today)
Loading comments...

RAJDHANIDAILY VIDEO

HAMRO PATRO

प्रमुख

होम आइसोलेसनमा बसेका जिल्ला प्रशासनका कर्मचारीको कोरोनाबाट मृत्यु

सप्तरी । कोरोना संक्रमणबाट राजविराजमा बिहिबार बिहान थप एक जनाको मृत्यु भएको छ । जिल्ला प्रशासन कार्यालयका कार्यालय सहयोगी रहेका राजविराज ८ निवासी ६२...

सिन्धुपाल्चोक विपद संकटग्रस्त क्षेत्र, यस्तो छ सिन्धुले भाेगेकाे बिपत्ति श्रृङ्खला

सिन्धुपाल्चोक । एकपछि अर्काै लगातार प्राकृतिक विपत्ती भोग्दै आएको सिन्धुपाल्चोकलाई नेपाल सरकारले विपद संकटग्रस्त क्षेत्र घोषणा गरेको छ । संकटग्रस्त क्षेत्र घोषणा गरेसँगै अब...

बुटवल कोरोना अस्पतालमा दुई जना संक्रमितको मृत्यु

बुटवल । बुटवलस्थित कोरोना विशेष अस्पतालमा उपचार गराइरहेका दुईजना सङ्क्रमितको एकैदिन आज मृत्यु भएको छ । मृत्यु हुनेमा अस्पतालमा उपचाररत पश्चिम नवलपरासी र कपिलबस्तुका...

स्याङ्जामा पहिरोमा पुरिएर ५ जनाको मृत्यु, ४ बेपत्ता

वालिङ । पहिरोमा पुरिएर स्याङ्जाको वालिङमा पाँच जनाको मृत्यु भएको छ । आज बिहान ६ बजे वालिङ १४ तमादीस्थित माया नेपालीको घरमाथिबाट खसेको पहिरोमा...

भर्खरै

कोरोनाका कारण झापाका एक वृद्धको मृत्यु

कनकाई । झापामा कोरोना सङ्क्रमणका कारण एक ७७ वर्षीय पुरुषको गए राति मृत्यु भएको छ । झापाको दक्षिणी क्षेत्र भारतसँग सीमा जोडिएको झापा गाउँपालिका...

बारामा एक महिनामा ३२ लाख नक्कली रुपैयाँ बरामद

बारा । बारा प्रहरीले एक महिनामा ३२ लाख नेपाली रुपैयाँ सवारी साधन चेकजाँच गर्ने क्रममा बरामद गरेको प्रहरीले जनाएको छ । प्रहरीले सिम्रौनगढ नगरपालिका...

नारायणी नदीको सतहले खतराको विन्दु पार गर्यो

चितवन । विगत तीन दिनदेखि परेको निरन्तर वर्षापछि आएको बाढीसँगै नारायणी नदीको बहावले खतराको विन्दु पार गरेको छ । नदीको उद्गम थलोतर्फ निरन्तर पानी...

अझै तीनदिन देशभर वर्षा हुने

काठमाडौँ । पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले अझै तीन दिन देशभर वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । भारतको मध्य प्रदेशको...

धेरै पढिएका

धनकुटाका कोरोना संक्रमितलाई ट्याक्टरमा राखेर लगियो अस्पताल

धनकुटा । धनकुटामा भेटिएका आठौं कोरोना संक्रमितलाई ट्याक्टरमा राखेर गाउँबाट अस्पताल पठाइएको छ । कोरोना संक्रमण पुष्टि भएका सहिदभूमी गाउँपालिका–७ का २७ बर्षीय संक्रमित...

कोरोना संक्रमित एक युवकको सिरहामा मृत्यु

सिरहा । बुधबार कोभिड–१९ को संक्रमण पुष्टि भएका सिरहाको गोलबजार नगरपालिका वडा नम्बर –१२ का २३ वर्षीय अशोक महतोको मृत्यु भएको छ । उनको...

तुलसीपुरमा ट्याक्टर पल्टिदा सहचालक घाइते

तुलसीपुर । तुलसीपुमरा ट्याक्टरको ट्राली पल्टिदा एक सहचालक घाइते भएका छन् । बिजौरीबाट बालुवातर्फ जाँदै गरेको रा १ त ८६९ नम्बरको ट्याक्टरको ट्राली पल्टिदा...

सामुदायिक विद्यालयका १६२ जना छात्राहरूलाई साईकल वितरण

सर्लाही। सर्लाहीको धनकौल गाउँपालिकामा सामुदायिक विद्यालयका १६२ जना छात्राहरूलाई साईकल वितरण गरिएको छ । प्रदेश सरकारको योजना बेटी पढाउ बेटी बचाउ कार्यक्रम भएपनि हाल...

ई-पेपर

(Visited 63 times, 1 visits today)