बारामा अफिमसहित ६० वर्षीय वृद्ध पक्राउ

बारा । बारामा २ केजी लागूऔषध अफिमसहित ६० वर्षीय एक वृद्ध पक्राउ परेका छन् । पचरौता नगरपालिका–६ पकडी बस्ने सहजमान मिया अन्सारी पक्राउ परेका हुन् । भारतिय सिमानासँग टाँसिएको वडा नम्वर ४ ईनर्वास्थित पिलर नम्वर ३६६÷६ स्थित दशगाजा क्षेत्रमा अन्सारीलाई पक्राउ गरिएको सशस्त्र प्रहरी उपरिक्षक रोविनराज कर्णजितले जानकारी दिए ।

विशष सुराकीको आधारमा अन्सारीमाथि शंका लागेपछि चेकजाँच गर्ने क्रममा खानतलासी गर्दा निजसँग रहेको लागूऔषध अफिमको एक–एक केजीको दुईवटा पोका बरामद गरिएको उपरिक्षक कर्णजितले बताए । पक्राउ परेका अन्सारीलाई आवश्यक कारवाहीका लागि पठाउने तयारी भइरहेको उनले बताए ।

तपाइको प्रतिक्रिया
(Visited 286 times, 1 visits today)

Ads Space Available

epaper

राजधानी दैनिकमा वार्षिक ग्राहक न्यानो उपहार योजना

भर्खरै

अखिलको २३औं सम्मेलनः अध्यक्षका लागि ६ जना प्रतिस्पर्धामा

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
विजयनगर गाउपालिका बन्यो एमालेको लालकिल्ला