Saturday, September 19, 2020
Home Editor-Picks पुष्प व्यवसाय क्षेत्रको सात अर्ब लगानी बालुवामा पानी

पुष्प व्यवसाय क्षेत्रको सात अर्ब लगानी बालुवामा पानी

काठमाडौं । कोरोना महामारीका कारण पुष्प उद्योग व्यवसाय क्षेत्रको सात अर्ब लगानी बालुवामा पानी हालेसरह भएको छ । महामारीका कारण जारी लकडाउन र निषेधाज्ञाले व्यवसायीले उत्पादन गरेका पूmल बिक्री गर्न नपाएपछि सबै लगानी खेर गएको हो । जन्म, मृत्यु, विवाह ब्रतबन्ध, पूजापाठ सभासमारोह विभिन्न मठमन्दिर, होटल, रेस्टुरेन्ट, घर, गाडी र विभिन्न ठाउँकोसजावटका लागि पूmल आवश्यक पर्छ तर कोभिडका कारण यी सबै गतिविधि ठप्प हुँदा लगानी खेर गएको छ ।

फ्लोरिकल्चर एसोसिएसन नेपालका अनुसार विभिन्न पूजाआज सजावटका लागि दैनिक १ करोडका पूmल कारोबार हुने गथ्र्याे । तर, यसवर्ष देशभरि गरेको लकडाउनले सबै मठमन्दिर सभासमारोह विवाह ब्रतबन्धलगायतकाक्रियाकलाप महिनौंदेखि बन्द हुँदा सबै पुष्प उद्योग व्यवसाय तहसनहस भएको व्यवसायी बताउँछन् ।

सरकारले नेपाल भ्रमण वर्ष २०२० घोषणा गरेको खबर पाएपछि २-३ वर्षअघिबाटै फूल रोपेका व्यवसायी नराम्रोसँग घाटामा गएका छन् । प्mलोरिकल्चर एसोसिएसन नेपालका अध्यक्ष कुमार कसजु श्रेष्ठ भन्छन्,‘लामो समयदेखि पुष्प व्यवसाय ठप्प हुँदा व्यवसायीले यो क्षेत्रमा लगाएको ७ अर्ब रुपैयाँ खेर गएको छ ।’

‘पुष्प व्यवसाय ठप्प हुँदा लिएको ऋण तिर्न नसकेर व्यवसायी आजित छन् । अब सरकारले लकडाउन मात्र गरेर बस्ने होइन । जनतालाई बचाउनकै लागि सबै व्यवसाय सञ्चालन गर्न दिनुपर्छ ।’

अध्यक्ष श्रेष्ठले भने, ‘सरकारले यसवर्ष नेपाल भ्रमण वर्ष घोषणा गरेको हुँदा फूलको आवश्यकता धेरै पर्छ भनेर हामीले पुष्प क्षेत्रका लगानी बढाएका थियौं । विश्वव्यापी कोरोना महामारी सुरु भएपछि सरकारले सभासमारोह, होटल, मठमन्दिर बन्द गर्ने निर्णयपछि पुष्प व्यवसाय नै ठप्प छ ।’

सरकारले गत ११ चैतदेखि लकडाउन सुरु गरे पनि पुष्प व्यवसाय भने फागुन महिनादेखि नै ठप्प भइसकेको थियो । सरकारले २५ जनाभन्दा धेरै एकै ठाउँमा जम्मा नहुन निर्देशन दिएदेखि नै पुष्प व्यवसाय ठप्प भएको हो । उनले भने,‘यसवर्ष हाम्रो लक्ष्य दैनिक १ करोड रुपैयाँबराबरको फूल कारोबार गर्ने थियो । तर, लकडाउनले सबैको लक्ष्य र योजना तहसनहस गरिदियो ।

यो पनि पढ्नुहोस   क्वारेन्टिनबाट १ लाख ३४ हजार नागरिक बाहिरिए

लामो समयदेखि पुष्प व्यवसाय ठप्प हुँदा यो क्षेत्रमा व्यवसाय गर्दै आएका ७ सय व्यवसायीको सबै लगानी धरासायी भएको छ । यो क्षेत्रबाट रोजगारी पाएकाले रोजगारी गुमाएका छन् । व्यवसाय नहुँदा २० प्रतिशतभन्दा बढी कामदार र व्यवसायी रोजगारविहीन भएका छन् । श्रेष्ठले भने, ‘व्यवसायीले पूmल रोप्दा पूmलमा राखेको मलको समेत पैसा दिन सकेको अवस्था छैन । धेरैले गर्दा जग्गा भाडा लिएर खेतीगरेका हुन्छन् ।

अहिले व्यवसाय ठप्प भएपछि खेती गरेको जग्गाको भाडासमेत कसरी तिर्ने भन्ने चिन्तामा व्यवसायी छन् । घर भाडा र बैंकबाट लिएको ऋण कसरी चुक्ता गर्ने भन्ने चिन्ता छुट्टै छ । नत सरकारले पुष्प उद्यमी व्यवसायीका लागि राहत प्याकेज नै दिएको छ । नत आर्थिक वर्षको बजेट कार्यक्रममा पुष्प उद्योगको उत्थानका लागि केही राहतका कार्यक्रम छन् । नत मौद्रिक नीतिमा समेटेको छ । मौद्रिक नीतिमा बैंकमा पुनर्कर्जाका केही छुट दिने भनेको छ । तर, हाम्रो कारोबार सबै सहकारीबाट हुने हुँदा बैंकबाट दिइन छुट हामी पुष्प व्यवसायीका लागि काम छैन । सहकारीसँग हुने कारोबारमा कुनै छुट छैन ।

उनले भने, ‘सरकारले अब हाम्रो लागि केही गर्नुपर्दैन मात्र लकडाउनलाई खुकुलो गरेर अर्थतन्त्रलाई चलायमान बनाउनुपर्छ । महिनौंदेखिको लकडाउनले काम गर्न नपाएर रोगले भन्दा भोक मर्न थालेका छन् ।

अध्यक्ष श्रेष्ठले भने,‘पुष्प व्यवसाय ठप्प हुँदा लिएको ऋण तिर्न नसकेर व्यवसायी आजित छन् । अब सरकारले लकडाउन मात्र गरेर बस्ने होइन । जनतालाई बचाउनकै लागि सबै व्यवसाय सञ्चालन गर्न दिनुपर्छ ।’ उद्यमी व्यवसायीलाई कोठामा बन्द नगरेर स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर सबै बजार व्यवसाय सञ्चालन गर्न दिनुपर्ने पनि उनले बताए ।

(Visited 542 times, 1 visits today)
Loading comments...

RAJDHANIDAILY VIDEO

HAMRO PATRO

प्रमुख

काठमाडौं उपत्यकामा थपिए ७११ कोरोना संक्रमित, ५ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौँ उत्यकामा ७११ जना कोरोना सङ्क्रमित थपिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए । ती मध्ये...

थप १२०४ जनामा कोरोना संक्रमण पुष्टि, १४४७ जना डिस्चार्ज

काठमाडौँ । पछिल्लो २४ घण्टामा थप १२०४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना भाइरसबाट सङ्क्रमितको सङ्ख्या ६२ हजार ७९७...

उपत्यकामा मात्रै ६०० भन्दा बढी स्वास्थ्यकर्मी संक्रमित

काठमाडौँ । कोभिड–१९ को सङ्क्रमण पछिल्ला दिनमा स्वास्थ्यकर्मीमा बढी देखिन थालेको छ । मुलुकभर कोभिड–१९ को सङ्क्रमित बढिरहेको बेला उपत्यकामा अग्रपङ्क्तिमा काम गरिरहेका स्वास्थ्यकर्मीमा...

काँग्रेस महामन्त्री कोइराला अस्पतालबाट ‘डिस्चार्ज’

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री डा शशाङ्क कोइराला अस्पतालबाट ‘डिस्चार्ज’ भएका छन् । केही दिन पहिला कोरोना सङ्क्रमण पुष्टि भएका महामन्त्री कोइरालामा सामान्य ज्वरो...

भर्खरै

ठमेलमा टोलवासीको रात्रि सुरक्षागस्ती (फोटो फिचर)

काठमाडौं । ठमेलको पहिचानमा विकृति आउन नदिन र स्थानीयवासीको अमनचयनलाई कायम राख्न टोलीवासीले रात्रि सुरक्षागस्ती सुरु गरेका छन् । ठैटीदेखि गल्कोपाखासम्म राति ८ बजेदेखि...

काठमाडौं उपत्यकामा थपिए ७११ कोरोना संक्रमित, ५ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौँ उत्यकामा ७११ जना कोरोना सङ्क्रमित थपिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए । ती मध्ये...

कोरोनाबाट थप ११ जनाको मृत्यु, मृतकको संख्या ४०१ पुग्यो

काठमाडौँ । पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रणबाट ११ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ७ महिला र ४ जना पुरुष...

थप १२०४ जनामा कोरोना संक्रमण पुष्टि, १४४७ जना डिस्चार्ज

काठमाडौँ । पछिल्लो २४ घण्टामा थप १२०४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना भाइरसबाट सङ्क्रमितको सङ्ख्या ६२ हजार ७९७...

धेरै पढिएका

‘बढी उमेरका व्यक्तिलाई कोरोना संक्रमण हुँदा मृत्यु दर पनि बढी हुन्छ’

काठमाडौँ । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओको नेपालस्थित कार्यालयका प्रतिनिधि डा जोस भ्यानडिलिएरले कोरोना भाइरसबाट बढी उमेरका व्यक्तिमा सङ्क्रमण बढेसँगै मृत्यु दर पनि बढ्ने बताएका...

विश्वको बढी प्रभावित १० मुलुकहरूको कोरोना सङ्क्रमितको सङ्ख्या (अपडेट)

बेइजिङ । विश्वमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या ९८ लाख पुगेको जोन हकिन्स विश्वविद्यालय, विज्ञान तथा इन्जिनियरिङ व्यवस्था केन्द्रले जनाएको छ । विश्वविद्यालयको शनिबार...

सडकमा क्रस गरेर अकासे पानी र ढल

काठमाडौं । ललितपुरस्थित महालक्ष्मी नगरपालिका–६ मा सडकमाथि क्रस गरेर पानी र ढल बग्ने बनाएपछि सडकमै डुबान भइरहेको छ । वर्षाको पानी बगेर सडक भत्किएपछि...

बीपीको राष्ट्रिय एकता र मेलमिलापको नीति अझै सान्दर्भिक

काठमाडाै‌ं । नेपाली काङ्ग्रेसका संस्थापक नेता एवं जननायक बीपी कोइरालाको ३८ औं स्मृति दिवस मंगलबार देशभर मनाइएको छ । हरेक वर्षको साउन ६ गते...

ई-पेपर

(Visited 63 times, 1 visits today)