प्याजमा एकै दिन किलोमा १५ रुपैयाँ बढ्यो

काठमाडौं । नेपालमा प्याजको मुल्य बृद्धि भएको छ । छिमेकी मुलुक भारतले प्याज निर्यातमा बन्देज लगाएकै भोलिपल्ट नेपालमा भारतीय प्याजको मूल्य प्रतिकिलो १५ रुपैयाँले बढेको छ । कालिमाटी थोक बजारमा प्याजको मूल्य एकैदिनमा २५ प्रतिशत बृद्धि भएको छ । सोमबार थोक बजारमा प्रतिकेजी ६० रुपैयाँमा कारोबार भएको प्याजको मूल्य मंगलबार प्रतिकेजी ७५ मा कारोबार भएको छ ।

खुद्रा पसलमा ९० रुपैयाँमा बिक्री बितरण हुन थालेको छ । सोमबार मात्रै भारतले प्याज निर्यातसम्बन्धी नीतिमा परिवर्तन गर्दै प्रतिबन्ध लगाएको हो । भारतबाट केही दिनदेखि प्याज आयात कम हुन थालेपछि मूल्य बढिरहेको थियो ।

नेपाली बजारमा धेरै प्याज भारतबाटै आउने गर्छ । नेपालमा हिँउदमा रोपेर बैशाख जेठमा खनिने भएकाले भदौ असोजमा हरेक वर्ष प्याजको मूल्य बृद्धि हुने गरेको छ ।

केही समय अघि भारतले निर्यातमा प्रतिबन्ध लगाउँदा नेपाली बजारमा प्याजको मूल्य बढेर प्रतिकेजी २ सय ५० रुपैयाँसम्म पुगेको थियो । यदि भारतले निर्यातमा प्रतिबन्ध फुकुवा नगरेमा दसैंमा प्याजको मुल्य आकाशिने भएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 195 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

काठमाडौं उपत्यकामा आन्दोलन चर्किएपछि सेना परिचालन

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
जनकपुरको १७ मध्ये १० पालिकाका कांग्रेसका उम्मेदवार निर्वाचित (सूचीसहित)