Thursday, September 24, 2020
Home अर्थ अन्तर्राष्ट्रिय विमानस्थलका महत्वपूर्ण चार आयोजना सम्पन्न

अन्तर्राष्ट्रिय विमानस्थलका महत्वपूर्ण चार आयोजना सम्पन्न

काठमाडौं । कोभिड–१९ महामारीकाबीच त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको महत्वपूर्ण चार आयोजनाको निर्माण सम्पन्न भएको छ ।

मुलुकको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थलको क्षमता विस्तार योजना अन्तर्गत ३०० मिटर धावनमार्ग विस्तार, अन्तर्राष्ट्रिय जहाज पाकिङ्ग स्थल, अत्याधुनिक सुविधा सम्पन्न अन्तर्राष्ट्रिय प्रस्थान हल (स्टेराइल हल गेट लाउन्ज), अन्तर्राष्ट्रिय आगमन ‘एराइभल कभर्ड वल्कवे’ र कभर्ड हल निर्माणको काम सम्पन्न भएको हो ।

यी चारवटै आयोजनाको आज अन्तर्राष्ट्रिय विमानस्थलमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले एक कार्यक्रमकाबीच उद्घाटन गरे । सो अवसरमा मन्त्री भट्टराईले कोभिड महामारीकाबीच पनि आयोजनाको निरन्तर अनुगमन, निर्देशनका साथै व्यवस्थापकीय कामको सहजीकरणको परिणाम स्वरुप विमानस्थलको महत्वपूर्ण भौतिक संरचना विस्तारको काम सम्पन्न भएको बताए ।

‘सङ्क्रमणको जोखिम मोलेर आत्मवल र आत्म विश्वासका साथ निरन्तरताको प्रयासपछि चारवटै आयोजनाको परिणाम आएको छ । विमानस्थलको क्षमता विस्तारका साथै सेवा आधुनिकीकरणको कामलाई आगामी दिनमा पनि जारी राखिनेछ”, पर्यटनमन्त्रीले भने ।

हालैको मन्त्रिपरिषद् वैठकले अन्तर्राष्ट्रिय उडान संख्या थप्ने निर्णय गर्नुका साथै असोज ५ गतेदेखि आन्तरिक हवाई उडान पनि सञ्चालन गर्नेनिर्णय गरेकाले विमानस्थल अब विस्तारै पुरानै लयमा फर्किने उनले बताए ।

‘अब विमानस्थल छिट्टै पुरानै लयमा फर्किनेछ, विमानस्थलको चहलपहल विस्तारै बाक्लिनेछ ।’ मन्त्री भट्टराइले भने ।
उहाँले कोभिड महामारीबाट सुरक्षित रहेर सरकारले जारी गरेको स्वास्थ्य सुरक्षा मापदण्डको परिपालना गर्दै सुरक्षित हवाई सेवाको सुनिश्चितताका लागि सबैको सक्रिय सहयोग चाहिने खाँचो औंल्याए ।

यो पनि पढ्नुहोस   सातामा १४ अर्ब बढीको कारोबार

पर्यटनमन्त्री भट्टराईले विमानस्थलमा थपिएका नयाँ संरचनाले क्षमता विस्तारका साथै सेवाको अत्याधुनिकीकरण र सुरक्षित र भरपर्दो उडानका लागि महत्वपूर्ण सहयोग पुग्ने विश्वास व्यक्त गरे । विमानस्थलको विस्तारको संरचनाले विमानस्थलको चाप कम गर्नुका साथै जहाज आकासमा फन्को लगाउने ‘होल्ड’ हुने अवस्थाको पनि कमी आउने धारणा राखे । मन्त्री भट्टराईले विमानस्थलको सुविधा सम्पन्न भौतिक पूर्वाधार तथा आवागमन तर्फ अत्याधुनिक नयाँ आगमन हलले जोकोही नेपाली ताथ विदेशीलाई आकर्षण गर्नुका साथै विकसित मुलुकको झझल्को दिने उल्लेख गरे ।

विमानस्थलको विद्यमान संरचनाका साथै क्षमता विस्तारका अन्य कामको पनि चाडै काम थालिने जनाइएको छ । समानान्तर ट्याक्सी वे, विमानस्थलको उत्तरतर्फ साना ठूला २४ वटा जहाज अटाउने पार्किङ्ग स्थल, आन्तरिक तथा अन्तर्राष्ट्रिय दुबैतर्फ नयाँ टर्मिनल भवन, सेवा विस्तार लगायतका कामसहित विमानस्थलको गुरुयोजनाको काम छिट्टै टुङ्गो लगाएर निर्माण प्रारम्भ गरिने पनि मन्त्री भट्टराईले जानकारी दिए ।

(Visited 103 times, 1 visits today)
Loading comments...

RAJDHANIDAILY VIDEO

HAMRO PATRO

प्रमुख

होम आइसोलेसनमा बसेका जिल्ला प्रशासनका कर्मचारीको कोरोनाबाट मृत्यु

सप्तरी । कोरोना संक्रमणबाट राजविराजमा बिहिबार बिहान थप एक जनाको मृत्यु भएको छ । जिल्ला प्रशासन कार्यालयका कार्यालय सहयोगी रहेका राजविराज ८ निवासी ६२...

सिन्धुपाल्चोक विपद संकटग्रस्त क्षेत्र, यस्तो छ सिन्धुले भाेगेकाे बिपत्ति श्रृङ्खला

सिन्धुपाल्चोक । एकपछि अर्काै लगातार प्राकृतिक विपत्ती भोग्दै आएको सिन्धुपाल्चोकलाई नेपाल सरकारले विपद संकटग्रस्त क्षेत्र घोषणा गरेको छ । संकटग्रस्त क्षेत्र घोषणा गरेसँगै अब...

बुटवल कोरोना अस्पतालमा दुई जना संक्रमितको मृत्यु

बुटवल । बुटवलस्थित कोरोना विशेष अस्पतालमा उपचार गराइरहेका दुईजना सङ्क्रमितको एकैदिन आज मृत्यु भएको छ । मृत्यु हुनेमा अस्पतालमा उपचाररत पश्चिम नवलपरासी र कपिलबस्तुका...

स्याङ्जामा पहिरोमा पुरिएर ५ जनाको मृत्यु, ४ बेपत्ता

वालिङ । पहिरोमा पुरिएर स्याङ्जाको वालिङमा पाँच जनाको मृत्यु भएको छ । आज बिहान ६ बजे वालिङ १४ तमादीस्थित माया नेपालीको घरमाथिबाट खसेको पहिरोमा...

भर्खरै

नारायणी नदीको सतहले खतराको विन्दु पार गर्यो

चितवन । विगत तीन दिनदेखि परेको निरन्तर वर्षापछि आएको बाढीसँगै नारायणी नदीको बहावले खतराको विन्दु पार गरेको छ । नदीको उद्गम थलोतर्फ निरन्तर पानी...

अझै तीनदिन देशभर वर्षा हुने

काठमाडौँ । पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले अझै तीन दिन देशभर वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । भारतको मध्य प्रदेशको...

होम आइसोलेसनमा बसेका जिल्ला प्रशासनका कर्मचारीको कोरोनाबाट मृत्यु

सप्तरी । कोरोना संक्रमणबाट राजविराजमा बिहिबार बिहान थप एक जनाको मृत्यु भएको छ । जिल्ला प्रशासन कार्यालयका कार्यालय सहयोगी रहेका राजविराज ८ निवासी ६२...

सिन्धुपाल्चोक विपद संकटग्रस्त क्षेत्र, यस्तो छ सिन्धुले भाेगेकाे बिपत्ति श्रृङ्खला

सिन्धुपाल्चोक । एकपछि अर्काै लगातार प्राकृतिक विपत्ती भोग्दै आएको सिन्धुपाल्चोकलाई नेपाल सरकारले विपद संकटग्रस्त क्षेत्र घोषणा गरेको छ । संकटग्रस्त क्षेत्र घोषणा गरेसँगै अब...

धेरै पढिएका

उपाध्यायको आयो नयाँ गीत

काठमाडौं । गीतकार डीआर उपाध्यायले आफ्नो नयाँ गीत साक्षी राखेर भगवान्लाई...को भिडियो रिलिज गरेका हुन् । उनले यो गीतको भिडियो डीआर म्युजिक एन्ड क्रिएसनमार्फत...

धनुषामा विषाक्त मदिरा सेवनबाट मृत्यु हुनेको संख्या १७ पुग्यो

धनुषा । धनुषामा घरेलु विषाक्त मदिरा सेवनका कारण थप दुई जनाको मृत्यु भएको छ । यससँगै धनुषामा विषाक्त मदिरा सेवनबाट मृत्यु हुनेको सङ्ख्या १७...

विषादी सेवनबाट एक जनाको मृत्यु, एकको अवस्था चिन्ताजनक

जलेश्वर । विषादी सेवन गरी महोत्तरीमा एक जनाको ज्यान गएको छ भने एक जनाको अवस्था चिन्ताजनक रहेको छ । जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता एंव...

पाँच खेलाडी परिवर्तन गर्न पाइने

जुरिच । विश्व फुटबलको सर्वाच्च निकाय (फिफा)ले खेलको नियम नियन्त्रण गर्ने निकाय अन्तर्राष्ट्रिय फुटबल एसोसिएसन बोर्ड (आईएफएबी)को एकै खेलमा पाँच खेलाडी परिवर्तन गर्न पाउने...

ई-पेपर

(Visited 63 times, 1 visits today)