Thursday, September 24, 2020
Home बिचार लामो दूरीका यातायात सञ्चालन र स्वास्थ्य सतर्कता

लामो दूरीका यातायात सञ्चालन र स्वास्थ्य सतर्कता

असोज ५ गतेदेखि सरकारले देशभित्रका लामा रुटहरूका गाडीहरू खोल्ने र आन्तरिक हवाई उडान सुचारु गर्ने निर्णय गरेको छ । महामारी संक्रमण फैलिइरहेका बेला यो आफैंमा बाध्यात्मक कदम भए पनि आर्थिक उपार्जनका गतिविधि अघि बढाउनैपर्ने आवश्यकता पनि सँगसँगै निर्माण भएकाले स्वागतयोग्य पनि छ । अब हामी एउटा हातमा कोरोना संक्रमणलाई फैलन नदिनका लागि महामारीकोे नियन्त्रणको समस्या र अर्को हातमा पेटपूजाका लागि आर्थिक गतिविधिका समस्या एक साथ लिएर अघि बढ्ने अवस्थामा पुगेका छौं । हाम्रो लक्ष्य र उद्देश्य भनेको कोरोना महामारीले हामीलाई नखाओस् र भोकले पनि नखाओस् भन्ने नै हुन पुगेको छ । तर, एकै साथ जन्मिएका दुई भिन्न समस्याले अन्तर्विरोधी वातावरण निर्माण भने गरिदिएका छन् । त्यो हो, खुला रूपमा आर्थिक गतिविधि बढाऔं त कोरोना संक्रमण बढ्ने अनुकूल वातावरण सिर्जना हुन्छ, नगरौं भने उल्टै भोकले मर्ने परिस्थिति आइपरेको छ । यस्तो बेला चाल्र्स डार्विनले भनेझैं अस्तित्वका लागि संघर्ष वा यी दुवै समस्याबाट बाँच्नका लागि संघर्ष जरुरी भएको छ ।

कोरोना महामारीको संक्रमण लम्बिदै र फैलँदै जाँदा हाम्रा अगाडि महामारी र भोकमरी दुवैले निर्विकल्प तर गम्भीर समस्या तेस्र्याए । त्यो हो, ती दुवैको एकैपटक सामना गर्ने वा काललाई निम्तो दिने ? पक्कै पनि हो, सरकारले महामारीलाई प्राथमिकता दिँदै आएको छ । महामारीबाट ज्यान बचाउन सकिएछ भने थप बाँच्नका लागि केही गर्न अवश्य सकिनेछ भन्ने सोच सरकारको रहेको देखिन्छ । विदेशमा रहेका तथा स्वदेशमा रहेका नेपालीले पनि सुरुमा स्वास्थ्यलाई प्राथमिकता दिए । रोजगारीका लागि बिदेसिएका नेपाली छिमेकी देश भारतबाट र समुद्रपारबाट स्वदेश फिर्ता भए र भइरहेका पनि छन् । तर, महामारी संक्रमण हिजोका आज सकिएन, स्वाभाविक रूपमा यसले दीर्घकालीन प्रक्रिया समात्यो र दशकसम्म यसको असर रहने देखायो । यसैको अभिव्यक्ति स्वरूप लकडाउन, निषेधाज्ञा र आन्तरिक तथा बाह्य बोर्डर सिलको प्रक्रियालाई खुकुलो बनाई जनजीवनको गतिशीलता र प्रवाहलाई फुकुवा गरियो । आखिर महामारीलाई ध्यानमा राखी स्वास्थ्य मन्त्रालयको मापदण्ड पालना गर्दै आर्थिक गतिविधि र जनप्रवाहलाई सुचारु गर्ने निर्णय भयो । यो आफैंमा देशभित्र सिर्जित संकटको अभिव्यक्ति हो । यस्तो वस्तुगत संकट कसैको पनि चाहना र इच्छासँग मेल खाँदैन ।

यो पनि पढ्नुहोस   संविधानवादको यात्राका पाँच वर्ष र चुनौती

बरु मानिसले सिर्जित नयाँ परिस्थितिअनुसार समाधानका नयाँ उपाय पहिल्याउनु र ती उपायलाई कलात्मक रूपमा प्रयोगमा ल्याउनु जरुरी हुँदै जान्छ । रोग र भोकजस्ता लुकेर वा थाहा नदिएर आक्रमण गर्ने शत्रुविरुद्ध मानिस भने प्रत्यक्ष खडा भएर सामना गर्न जान्नु र सक्नुपर्छ । यो रोग र भोकको प्रकृति जस्तो छ, त्यस्तै भएर ऊसँग लड्न सक्नुपर्छ । जसरी आउँछ, त्यसको सामना त्यसरी गर्नुपर्छ । जुन स्वरूपमा आउँछ, त्यसको सामना त्यही स्वरूप पहिचान गरेर गर्नुपर्छ । महामारी दीर्घकालीन भएर आइदियो, हामीले अल्पकालीन ‘फाइट टु फिनिस’को लडाइँ लडेर हुँदैन । हामीले पनि दीर्घकालसम्म कोरोना महामारीको सामना गर्न तयार हुनैपर्छ । महामारीले हाम्रो जीवनपद्धतिलाई पछ्याउँदै आयो, हामीले हाम्रो जीवनलाई महामारीबाट अलग गराउन सक्ने अवस्था नै रहेन । बरु साथसाथै लड्दै र भिड्दै जाने बाध्यात्मक अवस्था सिर्जना हुन गयो । कुशलतापूर्वक स्वास्थ्यका मापदण्ड अपनाएर महामारीको संक्रमणविरुद्ध लड्दै र भोकबाट पनि बच्न जनजीवनलाई आर्थिक मैत्री बनाऔं । उच्च सतर्कता अपनाऔं ।

(Visited 70 times, 1 visits today)
Loading comments...

RAJDHANIDAILY VIDEO

HAMRO PATRO

प्रमुख

होम आइसोलेसनमा बसेका जिल्ला प्रशासनका कर्मचारीको कोरोनाबाट मृत्यु

सप्तरी । कोरोना संक्रमणबाट राजविराजमा बिहिबार बिहान थप एक जनाको मृत्यु भएको छ । जिल्ला प्रशासन कार्यालयका कार्यालय सहयोगी रहेका राजविराज ८ निवासी ६२...

सिन्धुपाल्चोक विपद संकटग्रस्त क्षेत्र, यस्तो छ सिन्धुले भाेगेकाे बिपत्ति श्रृङ्खला

सिन्धुपाल्चोक । एकपछि अर्काै लगातार प्राकृतिक विपत्ती भोग्दै आएको सिन्धुपाल्चोकलाई नेपाल सरकारले विपद संकटग्रस्त क्षेत्र घोषणा गरेको छ । संकटग्रस्त क्षेत्र घोषणा गरेसँगै अब...

बुटवल कोरोना अस्पतालमा दुई जना संक्रमितको मृत्यु

बुटवल । बुटवलस्थित कोरोना विशेष अस्पतालमा उपचार गराइरहेका दुईजना सङ्क्रमितको एकैदिन आज मृत्यु भएको छ । मृत्यु हुनेमा अस्पतालमा उपचाररत पश्चिम नवलपरासी र कपिलबस्तुका...

स्याङ्जामा पहिरोमा पुरिएर ५ जनाको मृत्यु, ४ बेपत्ता

वालिङ । पहिरोमा पुरिएर स्याङ्जाको वालिङमा पाँच जनाको मृत्यु भएको छ । आज बिहान ६ बजे वालिङ १४ तमादीस्थित माया नेपालीको घरमाथिबाट खसेको पहिरोमा...

भर्खरै

बारामा एक महिनामा ३२ लाख नक्कली रुपैयाँ बरामद

बारा । बारा प्रहरीले एक महिनामा ३२ लाख नेपाली रुपैयाँ सवारी साधन चेकजाँच गर्ने क्रममा बरामद गरेको प्रहरीले जनाएको छ । प्रहरीले सिम्रौनगढ नगरपालिका...

नारायणी नदीको सतहले खतराको विन्दु पार गर्यो

चितवन । विगत तीन दिनदेखि परेको निरन्तर वर्षापछि आएको बाढीसँगै नारायणी नदीको बहावले खतराको विन्दु पार गरेको छ । नदीको उद्गम थलोतर्फ निरन्तर पानी...

अझै तीनदिन देशभर वर्षा हुने

काठमाडौँ । पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले अझै तीन दिन देशभर वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । भारतको मध्य प्रदेशको...

होम आइसोलेसनमा बसेका जिल्ला प्रशासनका कर्मचारीको कोरोनाबाट मृत्यु

सप्तरी । कोरोना संक्रमणबाट राजविराजमा बिहिबार बिहान थप एक जनाको मृत्यु भएको छ । जिल्ला प्रशासन कार्यालयका कार्यालय सहयोगी रहेका राजविराज ८ निवासी ६२...

धेरै पढिएका

काठमाडौँ उपत्यकामा ४ हजारमा कोरोना परीक्षण गर्दा ३ जनामा संक्रमण

काठमाडौँ । काठमाडौँ उपत्यकाका चार हजार जनाको नमूना परीक्षण गर्दा तीन जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । काठमाडौँ उपत्यकाको भीडभाड हुने ठाउँका अग्रपङ्क्तिमा काम...

डा. डीआर उपाध्यायको गिनिज अफ वल्डमा नयाँ कीर्तिमानी

काठमाडौं । गीति विधाबाट नेपालको नाममा फेरि एउटा गिनिज अफ वल्र्ड रेकर्ड थपिएको छ । गीत लेखनबाट पहिलोपटक गिनिज अफ वल्र्ड रेकर्ड थपिएको हो...

सिभिल बैंकको भीमसेनस्थान शाखा सुरु

काठमाडौं । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीले सिभिल बैंकको भीमसेनस्थान शाखाको उद्घाटन गरेका...

फिल्म हल खोल्न सञ्चालक र वितरकको माग

काठमाडौं । १ असारबाट लकडाउन खुकुलोसँगै काठमाडौं उपत्यका र मोफसलका डिपार्टमेन्टल स्टोल तथा पसलहरू खुलेका छन् । सामाजिक दूरी कायम गर्दै डिपार्टमेन्ट स्टोरमा ग्रहकका...

ई-पेपर

(Visited 63 times, 1 visits today)