Thursday, September 24, 2020
Home बिचार कोभिड–१९ भन्दा खतरा ओजोन तहको विनाश

कोभिड–१९ भन्दा खतरा ओजोन तहको विनाश

आज १६ सेप्टेम्बर अर्थात् ओजोन तह संरक्षणका लागि अन्तर्राष्ट्रिय दिवस । विश्वभर बर्सेनि आजकै दिनलाई विश्व ओजोन तह बचाउ दिवस मनाइने गरिन्छ । र, यस दिन विश्वभरि विभिन्न कार्यक्रम गरेर मनाइन्छ । तर, यस वर्ष कोभिड–१९ को महामारीका कारण विगतका वर्षमा भन्दा भिन्दै रूप र स्वरूपमा यो दिवस मनाउने तयारी छ । विशेषगरी भर्चुअल माध्यमबाट विभिन्न कार्यक्रम मनाइँदै छ । साथै, नेपालमा पनि यसरी नै मनाइँदै छ । ग्लोबल वार्मिङका कारण पृथ्वीको तापमान बढ्दै गएकोमा विश्व समुदाय चिन्तित भइरहेकै बेला यो दिवस मनाइँदै छ ।

कोभिड–१९ को महामारी भइरहदा यो विषयले आशातीत ठाउँ पाउने विषयमा सन्देह प्रकट गर्न सकिन्छ । तथापि, जलवायु परिवर्तनका कारण कोभिड–१९ को महामारीले भन्दा धेरै ठूलो संकट निम्त्याउनेतर्फ यस क्षेत्रको अध्ययन अनुसन्धानमा लागेका वैज्ञानिकहरूले चिन्ता प्रकट गरिरहेका छन् । कोभिड–१९ ले विश्वभर मानव सभ्यतामाथि नै चुनौती थपिदिएको छ भने जलवायु परिवर्तनका कारण आज सिंगो पृथ्वी जुन अवस्थामा छ, अन्तिम समयसम्म त्यस्तै नरहने चिन्ता प्रकट भइरहेको छ । यसको मूल कारण हो, पृथ्वीमा कार्बनको मात्रा बढ्दै छ, ओजोनको तह पातलिँदै छ । जसको सीधा असर पृथ्वीको तापमानमा दिनदिनै बढ्दै छ ।

सन् १९९० देखि २०१२ सम्मको अवधिमा पृथ्वीको तापक्रम ०.८५ डिग्री सेन्टिग्रेडले बढेको छ । यही अवस्था रहिरहेमा सन् २०३० सम्म १.५ डिग्री सेन्टिग्रेड बढ्न सक्ने र यो शताब्दीमा २ डिग्री सेन्टिग्रेडभन्दा माथि जान सक्ने संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी अन्तरसरकारी मञ्चको अनुमान रहेको छ । नेपालको तापक्रम वार्षिक ०.०५६ डिग्री सेल्सियसका दरले बढिरहेको छ । वन तथा वातावरण मन्त्रालयका अनुसार यसअघि नेपालको तापक्रमको वृद्धिदर ०.०६ डिग्री सेल्सियस रहेकोमा पछिल्ला अध्ययनहरूले ०.०५६ डिग्री देखाएको छ ।

ओजोन तहको सुरक्षामा हामी सबैको अस्तित्व लुकेको छ । त्यसैले, ओजोन तहको रक्षा गर्नु हामी सबैको कर्तव्य पनि हो ।

ग्रिनहाउस उत्सर्जन नेपालले नगण्य मात्रामा गरे पनि यसको जोखिमको मारमा नेपाल परिरहेको छ । नेपालले प्रतिवर्ष ०.१ प्रतिशत मात्र ग्रिनहाउस ग्याँस उत्सर्जन गर्ने गरेको छ । जापान, अमेरिका, भारत, रुस, ब्राजिल, चीनलगायतका विकसित देशले ९५ प्रतिशत कार्बन उत्सर्जन गर्दछन् । ठूलाठूला औद्योगिक र शक्तिसम्पन्न देशहरूले विकास गर्नेक्रममा ठूलाठूला कलकारखाना, इन्धनको अधिक प्रयोगका कारण त्यसबाट निस्किएको कार्बनको असर नेपालजस्ता विकासशील राष्ट्रले अन्यायपूर्वक बराबरी भोग्नुपरिरहेको छ । वनजंगल, सिमसार क्षेत्र र नदीनाला संरक्षण नै कार्बन उत्सर्जन घटाउने मुख्य उपाय हो ।

विश्वव्यापी रूपमा निकै बहसमा रहेको जलवायु परिवर्तनसँग अन्योन्याश्रित रहेको ओजोन तह बचाउनकै लागि आजको दिनलाई जनचेतना फैलाउने र यसका लागि विभिन्न उपायका विषयमा छलफल, बहस र कार्यक्रमहरू गर्ने दिनका रूपमा लिइन्छ । सन् १९८७ आजकै दिन अर्थात् १६ सेप्टेम्बरमा विश्वका २४ राष्ट्रले ओजोन विनाशक हानिकारक तत्वहरूको उत्पादन कम गर्ने सम्झौतामा हस्ताक्षर गरेका थिए । जुन मन्ट्रिओल प्रोटोकलमा हस्ताक्षर भएको थियो । ओजोन तहलाई पातलो बनाइदिने रासायनिक पदार्थको प्रयोगमाथि प्रतिबन्ध लगाउने मन्ट्रिओल प्रोटोकललाई समय क्रममा संयुक्त राष्ट्रसंघका सबै १ सय ९७ सदस्य राष्ट्रले अनुमोदन गरे ।

यो नै विश्वव्यापी रूपमा अनुमोदन हुने पहिलो सन्धि पनि हो । मन्ट्रिओल प्रोटोकलमा १६ सेप्टेम्बर सन् १९८५ मा हस्ताक्षर भए पनि विश्व ओजोन दिवस भने सन् १९९५ देखि मनाउन थालिएको हो । पृथ्वीको वातावरणीय तहमाथि करिब १५ देखि ३० किमीमाथि रहेको ओजोन पृथ्वीको रक्षात्मक कवज हो । जसले सूर्यका हानिकारक किरणलाई पृथ्वीमा सोझै छिर्नबाट रोक लगाउने गर्छ । तर, रासायनिक पदार्थ, प्लास्टिकका फोम र विभिन्न क्षेत्रमा प्रयोग हुने रासायनिक पदार्थ माथिल्लो वायुमण्डलमा हुने ओजोन तहलाई नष्ट गर्ने कारक तत्व मानिन्छ । यो तत्वले गर्दा ओजोन तह नष्ट गर्दै ओजोनमा प्वाल पारेपछि ओजोन तह जोगाउनका लागि विश्वव्यापी बहस र छलफल चल्यो । र, यसका लागि कदम पनि चालियो । जे होस्, मानवीय क्रियाकलापले विश्वव्यापी तापमान वृद्धि हुँदा ओजोन तहको विनाश भइरहेको छ ।

यो पनि पढ्नुहोस   राजस्व छल्नु गम्भीर अपराध

ओजोन तहको विनाश हुँदा सूर्यबाट हानिकारक किरण पृथ्वीमा सीधा आउँदा विभिन्न प्रकारका रोग लाग्ने हुन्छ । खासगरी छालासम्बन्धी रोग । यसबाट छालाको क्यान्सरजस्ता घातक रोग बढ्छन् । यदि ओजोनलाई पातलो बनाउने रासायनिक पदार्थमाथि प्रतिबन्ध लगाउने कदम नचालेको भए एन्टार्टिकमाथि ओजोनमा भएको छिद्र (प्वाल) ४० प्रतिशतले ठूलो भइसक्ने वैज्ञानिकले अनुमान गरेका छन् । त्यस्तै, बेलायत, जर्मनी, नेदरल्यान्ड र ग्रीसमा वैज्ञानिकहरूका एक समूहले गरेको एक अध्ययनले मन्ट्रिओल सन्धिले छालाको क्यान्सर हुनबाट वार्षिक २० लाख मानिसलाई जोगाएको देखाएको छ ।

त्यस्तै, सवारीसाधनबाट निस्कने धुवाँ, एयर कन्डिसन, मानिसले प्रयोग गर्ने अत्तर अर्थात् बडी स्प्रे, सुगन्धात्मक पदार्थ (स्प्रे एरोसोल), अव्यवस्थित फोहोरमैला, आधुनिक अनि विलासी जीवनशैली, परमाणु शक्ति अनि न्युक्लियर भट्टीहरू ओजोन तह विनाश गर्ने क्लोरोफ्लोरो कार्बन उत्पादन गर्ने एक प्रकारको कारखाना हो ।

यसबाट ओजोन तहको विनाश त हुन्छ नै त्यसभन्दा बढी र ठूलो मूल्य पृथ्वीले चुकाइरहनुपरेको छ । जसले, गर्दा त्यसको असर मानवजातिमा मात्र होइन पारिस्थितिक प्रणालीमा नै परेको छ । यसबाट पृथ्वीकै आयु घट्दै गएको भन्दै वैज्ञानिकहरूले चिन्ता व्यक्त गरिरहेका छन् । यसले मानव, जीवजन्तु, चराचुरुंगी, वनजंगल समुन्द्रजस्ता प्राकृतिक सम्पदाहरू भएकै कारण रमाइलो पृथ्वीमाथि नै प्रहार गरेको छ ।

हाम्रो देश नेपाल र नेपालीका कारणले पृथ्वीको आयु घटाउने, पृथ्वीको तापमान वृद्धि गर्ने र ओजोन तह विनाश गर्ने कार्यमा नगण्य भूमिका खेले पनि त्यसबाट पर्ने भार सहन बाध्य छौं । तसर्थ आउनुहोस् पृथ्वीको बढ्दो तापक्रम कम गर्न र सूर्यबाट आउने किरण छान्ने ओजोन तह बचाउन हामीले आआफ्नो ठाउँबाट भूमिका खेलौं, जनचेतना फैलाऔं, यसका लागि सरकार र सरोकारवाला सबैलाई जिम्मेवार बनाउन प्रयत्न गरौंं । यो जिम्मेवारी तपार्इं हाम्रै हो । किनकि, ओजोन तहको सुरक्षामा हामी सबैको अस्तित्व लुकेको छ । त्यसैले, ओजोन तहको रक्षा गर्नु हामी सबैको कर्तव्य पनि हो ।

यो पनि पढ्नुहोस   उच्च महामारी, धिमा सरकारी गति

एकातिर अहिले विश्वमै कोभिड–१९ को महामारीको संकट छ । यो महामारी पनि कुनै न कुनै रूपमा जलवायु परिवर्तनसँग सम्बन्धित छ भन्नेहरू पनि छन् । यस विषयमा वैज्ञानिकहरूले अध्ययन गरिरहेको बताइन्छ । तर, आधिकारिक पुष्टि भइसकेको पाइँदैन । जेहोस्, कोभिड–१९ को महामारी केही समयपछि समाप्त होला नै । तर, जलवायु परिवर्तनको खतरा जीवित नै छ । त्यसैले, महत्वपूर्ण कुरा के हो भने ओजोन तह बचाउनका लागि अभियान नै चलाउन जरुरी छ । त्यसैले, कोभिड–१९ भन्दा खतराका रूपमा रहेको यो विषयप्रति समयमै सचेत बन्दै भविष्यका लागि आशावादी चित्र निर्माण गर्न सकौं । यसैमा सबैको भलाइ छ ।

(Visited 54 times, 1 visits today)
Loading comments...

RAJDHANIDAILY VIDEO

HAMRO PATRO

प्रमुख

कांग्रेस महामन्त्री शशांक कोइराला कोरोनामुक्त

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री शशांक कोइराला कोरोनामुक्त भएका छन् । पछिल्लो पटक गरिएको पिसिआर परीक्षणका क्रममा उनमा कोरोना भाइरस नेगेटिभ देखिएको हो । महामन्त्री...

होम आइसोलेसनमा बसेका जिल्ला प्रशासनका कर्मचारीको कोरोनाबाट मृत्यु

सप्तरी । कोरोना संक्रमणबाट राजविराजमा बिहिबार बिहान थप एक जनाको मृत्यु भएको छ । जिल्ला प्रशासन कार्यालयका कार्यालय सहयोगी रहेका राजविराज ८ निवासी ६२...

सिन्धुपाल्चोक विपद संकटग्रस्त क्षेत्र, यस्तो छ सिन्धुले भाेगेकाे बिपत्ति श्रृङ्खला

सिन्धुपाल्चोक । एकपछि अर्काै लगातार प्राकृतिक विपत्ती भोग्दै आएको सिन्धुपाल्चोकलाई नेपाल सरकारले विपद संकटग्रस्त क्षेत्र घोषणा गरेको छ । संकटग्रस्त क्षेत्र घोषणा गरेसँगै अब...

बुटवल कोरोना अस्पतालमा दुई जना संक्रमितको मृत्यु

बुटवल । बुटवलस्थित कोरोना विशेष अस्पतालमा उपचार गराइरहेका दुईजना सङ्क्रमितको एकैदिन आज मृत्यु भएको छ । मृत्यु हुनेमा अस्पतालमा उपचाररत पश्चिम नवलपरासी र कपिलबस्तुका...

भर्खरै

कांग्रेस महामन्त्री शशांक कोइराला कोरोनामुक्त

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री शशांक कोइराला कोरोनामुक्त भएका छन् । पछिल्लो पटक गरिएको पिसिआर परीक्षणका क्रममा उनमा कोरोना भाइरस नेगेटिभ देखिएको हो । महामन्त्री...

कोरोनाका कारण झापाका एक वृद्धको मृत्यु

कनकाई । झापामा कोरोना सङ्क्रमणका कारण एक ७७ वर्षीय पुरुषको गए राति मृत्यु भएको छ । झापाको दक्षिणी क्षेत्र भारतसँग सीमा जोडिएको झापा गाउँपालिका...

बारामा एक महिनामा ३२ लाख नक्कली रुपैयाँ बरामद

बारा । बारा प्रहरीले एक महिनामा ३२ लाख नेपाली रुपैयाँ सवारी साधन चेकजाँच गर्ने क्रममा बरामद गरेको प्रहरीले जनाएको छ । प्रहरीले सिम्रौनगढ नगरपालिका...

नारायणी नदीको सतहले खतराको विन्दु पार गर्यो

चितवन । विगत तीन दिनदेखि परेको निरन्तर वर्षापछि आएको बाढीसँगै नारायणी नदीको बहावले खतराको विन्दु पार गरेको छ । नदीको उद्गम थलोतर्फ निरन्तर पानी...

धेरै पढिएका

फोटो खिच्दा तमोर नदीमा बेपत्ता व्यक्ति एपीएफ टोलीद्वारा फेला

धनकुटा । फोटो खिच्ने क्रममा लडेर तमोर नदीमा बेपत्ता भएका भारतीय नागरिक २६ वर्षीय भिनित शर्माको शव एपीएफ टोलीले सात दिनपछि शुक्रबार फेला पारेको...

कपिलबस्तुमा १२ र रुपन्देहीमा एक जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । रुपन्देही र कपिलवस्तुमा थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भैरहवास्थित प्रदेश जनस्वास्थ्य प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा यी दुई जिल्लाका...

निहिता विश्वास पनि दिइन् स्वाब

ललितपुर । बिक्नी किलरका रूपमा कुख्याति कमाएका चाल्र्स शोभराजकी प्रेमीका निहिता विश्वास पनि महालक्ष्मी नगरपालिकामा सेल्फ क्बारेन्टाइनमा बसिरहेकी छिन् । गत चैत...

भक्तपुर अस्पतालमा सुत्केरीको मृत्यु, कोरोनाको आशङ्कामा सेवा बन्द

भक्तपुर । भक्तपुर अस्पतालमा एक सुत्केरीको मृत्यु भएपछि अस्पतालको सबै सेवा बन्द भएको छ । सुत्केरी व्यथा लागेपछि आइतबार साँझ अस्पताल आएकी सिन्धुपाल्चोक लिसङ्खु...

ई-पेपर

(Visited 63 times, 1 visits today)