Thursday, September 24, 2020
Home बिचार प्रहरी प्रशासनमा गरिनुपर्ने सुधार

प्रहरी प्रशासनमा गरिनुपर्ने सुधार

२००८ सालदेखि अहिलेसम्म २८ व्यक्ति नेपाल प्रहरीको आईजीपी बने । यसमध्ये १०औं आईजीपी खड्गजितसिंह बराल र १२औं दिलबहादुर लामा सुधारवादी आईजीपीका रूपमा चिनिए । आईजीपी बरालले पाटी पौवामा रहेर सेवा प्रदान गर्दै आएको प्रहरीलाई ब्यारेक र कार्यालय भवनमै बसेर सेवा प्रदान गराउने बनाए । विभिन्न स्थानमा प्रहरी आवास (ब्यारेक) र कार्यालय भवन निर्माण गरे । प्रहरीका निम्ति शासनको व्यवस्था पनि आईजीपी बरालले नै मिलाए । यसैगरी, आईजीपी डीबी लामाले प्रहरी अस्पताल निर्माण गरेर प्रहरीले आफ्नै अस्पतालबाट स्वास्थ्य सेवा पाउने व्यवस्था मिलाए । लामाले प्रहरीलाई अनुशासित बनाई सेवाप्रति बफादार बनाउनुको साथै सबै तहको पीरमर्का र गुनासो आफैंले सुनेर अधिकृत जवानबीच रहँदै आएको तत्कालको दूरी हटाएका थिए । उनले प्रहरीको सेवा, सुविधा, सरुवा र बढुवालाई स्वच्छ र पारदर्शी गराए । लामाले नै प्रहरीका सन्ततिहरूको पठनपाठनका निम्ति साँगा भन्ज्याङमा प्रहरी विद्यालय स्थापना गरे । यस्तै, दीर्घकालीन महŒवका कार्यले खड्गजितसिंह बराल र डीबी लामाको नाम अहिलेसम्म अग्रपंक्तिमा रहँदै आएको हो ।

यसपछिका आशा लाग्दा १६आंै आईजीपी अच्युतकृष्ण खरेल र १७औं ध्रुवबहादुर प्रधानले भने चरम राजनीतिक हस्तक्षेप र खिचातानीकै कारण नेताकै खेलौना बन्नुपर्दा आफूमा भएको क्षमता प्रदर्शित गराउने अवसरै पाएनन् । यसबाहेकका अन्य आईजीपी भने आफ्नो पदावधि समाप्त नभएसम्म पदमा रहे, पदावधि समाप्त हुनासाथ अवकाश भएर गए । १०औं आईजीपी बरालदेखि २१औं आईजीपी हेमबहादुर गुरुङसम्म १२ जनाको कार्यकालसम्म प्रहरी सेवामा बिताउँदाको प्रत्यक्ष व्यावहारिक अनुभव तथा २२औंदेखि २८औं आईजीपीसम्मको कार्य प्रस्तुतिको झलकबाटै स्तम्भकारले गरेको अनुभूतिमा आधारित यो सामान्य टिप्पणी हो । यही क्रममा सैलेश थापा छेत्री नेपाल प्रहरीको २८औं आईजीपी भएका छन् । व्यक्तिगत रूपमा उनी इमानदार र नैतिकवान् छन् । तर, इमानदार एवं नैतिकवान् व्यक्ति मुलुकको विद्यमान राजनीतिक वातावरणभित्र हाँसको बीच बकुल्लोजस्तो अडमिल्दो हुने भएकाले यही वातावरणमा उनले चाहेअनुरूपको कार्य गर्न पाउँछन्÷पाउँदैनन् ? त्यो भन्न सकिन्न । थापाको अहिलेसम्मको प्रयास सकारात्मक देखिए पनि कार्य रूपमा परिणत भएको छैन ।

प्रहरी भावनात्मक रूपमै एक भए स्वार्थमा प्रयोग गर्न नसकिने आशंकाले उच्च पदस्थ प्रहरी अधिकारीलाई नेताले नै काखा र पाखाको व्यवहार गर्दै आएका छन् । प्रहरीभित्रका विकृति हटाई संगठनलाई स्वच्छ र पारदर्शी बनाउन प्रहरीमा आमूल सुधारको आवश्यक छ । तनावमा रहेका प्रहरीको मनोबल बढाई समय सापेक्ष जनउत्तरदायी बनाउन आईजीपी थापाले तत्कालै निम्न कार्यामा सुधार ल्याउनुपर्दछ । यस्ता कार्यमा सुधार ल्याए भने आईजीपी थापाले अग्रपंक्तिको तेस्रो आईजीपीमा आफ्नो नाम लेखाउन सक्छन् ।

१. आवास र कार्यालय व्यवस्था: नागरिकको सुरक्षा गर्ने प्रहरी अहिले आफैं असुरक्षित छ । अत्यधिक खटाईबाट उत्पन्न हुने मानसिक एवं शारीरिक तनाव छँदै छ, त्यसको अतिरिक्त आराम गर्ने समयमा पनि प्रहरी चिन्ता मुक्त बन्न सकेको छैन । भरपर्दो आवास र कार्यकक्षको अभावमा अहिले पनि धेरै प्रहरी छाप्रो, ठहरो, जीर्ण पुरानो भवन, पाटी पौवा र पालमै आश्रित बन्दै आएका छन् । बाढी र पहिरोको जोखिम मोलेरै नागरिकहरूको सेवामा समर्पित रहने प्रहरीको आश्रयस्थलै भरपर्दो छैन ।

दुर्गम गाउँबस्तीका प्रहरी अहिले कुन अवस्थामा सुरक्षा प्रदान गर्दै छन् ? भन्नेबारेमा स्थानीय सिंहदरबारमा बस्नेले नदेखेका छैनन् । केन्द्र र प्रदेशका पदाधिकारीको त कुरै छोडौं, जिल्लास्तरीय प्रहरी प्रमुखले नै मातहत प्रहरीको बसोबासको अवस्थाप्रति चासो दिएका छैनन् । विकट स्थानमा रहेका तल्लो तहका प्रहरीको निम्ति आधारभूत सुविधायुक्त आवास र कार्यकक्षासम्म आईजीपी थापाले निर्माण गरिदिए सर्वसाधारण नगरपालिको मात्र होइन, आईजीपी थापा मातहतकै अधिकृत जवानको धन्यवादको पात्र बन्ने छन् ।

प्रहरीले छद्मभेषी इसारामा होइन, स्वच्छ पारदर्शितामा आधारित सेवा दिई जनमैत्री व्यवहार प्रदर्शन गर्नुपर्छ

२. सेवाप्रति आकर्षण र मनोबल : प्रहरी कर्मचारीलाई सेवाप्रति आकर्षित गराउने प्रमुख माध्यम आकर्षक पारिश्रमिक, पर्याप्त रासनको व्यवस्था, गुणस्तरीय पोसाक, सुनिश्चित वृत्ति विकास, कार्य गर्ने अनुकूल वातावरण, समान व्यवहार र यथोचित आदर सम्मान नै हो । जसले प्रहरीलाई चिन्तामुक्त बनाई उच्च मनोबलका साथ जनसेवामा समर्पित हुने प्रेरणा प्रदान गराउँछ । पारिवारिक तनाव हल हुने भएकाले कर्मचारीको सेवाप्रतिको निष्ठा बढ्छ । लादिएर होइन स्वःस्फूर्त कार्य गर्ने उत्साह आउँछ । काठमाडौंलगायतकै कतिपय जिल्लामा कार्यरत अधिकांश प्रहरीहरू दैनिक १६ देखि १८ घन्टासम्म खटिएका हुन्छन् । ५-६ घन्टाको समयमा आराम गर्न लाग्दासमेत चोरी भयो, बलात्कार भयो, आगलागी भयो, पहिरोले घर पु¥यो, लोग्ने स्वास्नीबीच मारमुग्री हुँदै छ भन्ने सन्देशसहितको टेलिफोन घन्टी बज्नासाथ, म आराम गर्दै छु, बिहान आउँछु भनी प्रहरीले पन्छन मिल्दैन तुरुन्त उसले घटनास्थलमा पुग्नैपर्छ । अन्यथा उसले कारबाहीको भागीदार बन्नुपर्छ । प्रहरी र निजामती कर्मचारीकै कार्य प्रकृतिलाई तुलनात्मक रूपले हेर्ने हो भने ठूलो अन्तर पाइन्छ । अधिकांश निजामती कर्मचारीहरू बिहान साढे १० बजे कार्यालय पुग्ने र साढे चारबजे नै फर्कने गर्दछन् । उनीहरूले सात घन्टा पनि कार्य गरेका हुँदैनन् । उनीहरूले लादिएर कार्य गर्नुपर्दैन, आज गर्दिन भोलि गर्छु भन्न पाउँछन् । इच्छाएको ठाउँबाहेक अन्यत्र सरुवा जान्न भन्ने अधिकार उनीहरूलाई छ ।

यो पनि पढ्नुहोस   सरकारहरूका बीच अन्तरसम्बन्ध र समन्वय

यही विभेदको कारण प्रहरी कार्य प्रभावकारी नहुने, वितृष्णा बढ्ने, जागिरबाट अलग हुने र केही नलागे आत्महत्याको बाटो रोज्ने अवस्थामा प्रहरी पुगेको देखिँदै आएको हो । यसैले, सात घण्टा ड्युटी गर्ने निजामती कर्मचारीसरहकै सेवा सुविधा दिई प्रहरीलाई १८ घण्टा काममा रगट्नु न्योयोचित होइन । प्रहरी मनोबल उच्च गराई सेवाप्रति आकर्षित गराउने र प्रभावकारी सेवा लिने हो भने समान तहको निजामती कर्मचारीलाई प्रदान हुने तलब स्केलको घटीमा डबल तलब स्केल प्रहरीलाई प्रदान गर्नुपर्दछ ।

३. व्यावसायिक दक्षतामा वृद्धि : प्रहरी प्रशिक्षण पनि सबै प्रशिक्षार्थीलाई उत्तीर्ण गराउने उद्देश्यमा आधारित फित्तलो हुनुहुँदैन । कमजोर व्यक्ति कार्यक्षेत्रमा पुगेको कारण प्रहरी आलोचित बन्ने अवस्था नै यही हो । पाठ्यक्रम एउटै, प्रशिक्षक उही, प्रशिक्षण शैली एकै भए पनि कोही दक्ष बनेर निस्कन्छन् त कोही अदक्ष । यस्तो हुनुको पहिलो कारण व्यक्ति विशेषमा हुने स्मरणशक्तिको अवस्था र लगनशीलता नै हो । यसको अलावा अर्को कारण सत्ता शक्तिको बलमा प्रशिक्षणलाई केवल औपचारिकतामै समाप्त पार्ने मानसिकताले प्रशिक्षणलाई महत्व नदिनु । प्रशिक्षण केन्द्रको बदनाम हुन्छ भनेर कमजोर व्यक्तिलाई उत्तीर्ण गराउनुहुँदैन ।

पुनः प्रशिक्षणमा राख्नुपर्दछ जसले मिहिनेत गर्नैपर्ने बाध्यता गराउँछ तर प्रहरी प्रशिक्षण व्यवहारमा यस्तो छैन । प्रहरी प्रशिक्षण पाठ्यक्रममा मात्रै आधारित छ, जहाँ सबै प्रकारका व्यावहारिक समस्या समेटिएको छैन । जिज्ञासु प्रशिक्षार्थीले पेसागत ज्ञान अभिवृद्धि गर्न चाहेमा पाठ्यक्रमबाहेककै सन्दर्भसामग्री उपलब्ध गराइदिने, पुस्तकालयको प्रयोगमा बन्देज नलगाउने, कार्यक्षेत्रमा आइलाग्ने व्यावहारिक समस्यालाई प्रशिक्षणमा महत्व दिने, प्रशिक्षित व्यक्ति कार्यक्षेत्रमा निसंकोच कार्य गर्न सक्ने अवस्थाको भयो-भएन ? भनी अनुगमन र मूल्यांकन गर्ने गरिए सबै प्रशिक्षार्थी दक्ष बन्छन् । यो पक्षमा प्रहरीमा सुधारको आवश्यक देखिन्छ ।

यो पनि पढ्नुहोस   राजस्व छल्नु गम्भीर अपराध

४. राजनीतिक हस्तक्षेप मुक्त गर्ने : राजनीतिक हस्तक्षेपले प्रहरीलाई कमजोर बनाएको छ । स्वार्थमा प्रहरीलाई प्रयोग गर्ने नेतामुखी प्रवृत्ति अन्त्य हुनुको सट्टा झन् मौलाउँदै आएको छ । आईजीपी परिवर्तन हुँदाको आईजीपी बन्यो ? भन्ने कुराले भन्दा कसले आईजीपी बनायो ? र आईजीपीको कार्य कुन दलसँग निकट हुन्छ ? भन्ने कुराले बढी महŒव पाउने गर्दछ । लोकतन्त्र स्थापनापछिका नौ जना आईजीपीमध्ये आफ्नो र पराई दृष्टिकोणबेगर अपवादकै रूपमा रोलक्रममा आईजीपी हुने एउटै व्यक्ति शैलेश थापा छेत्री हुन् । मातहतका अधिकृतहरूको बढुवामा पनि नेताको सिफारिसलाई होइन, व्यक्तिको ज्येष्ठता र कार्य दक्षतालाई आधार मान्ने नियमानुसारको व्यवस्थालाई आईजीपी थापाले व्यवहारमा उतार्नुपर्दछ ।

५.जनमैत्री व्यवहार र पारदर्शी सेवा : नेताको मौखिक आदेशमा परिचालित प्रहरी सेवा कहिले पनि जनहितकर एवं स्वच्छ र पारदर्शी हुन सक्दैन । यस्तो प्रकृतिको सेवा प्रतिस्पर्धीलाई बदला लिने, गल्ती गर्ने आफ्नो पक्षलाई उन्मुक्ति दिलाउने, अनियमित धन्दा सञ्चालित गराई फाइदा लिने उद्देश्यमा आधारित रहन्छ । यही प्रकृतिको प्रहरी कार्य अहिले आलोचित बन्दै आएको हो । यसैले प्रहरीले छद्मभेषी इसारामा होइन, स्वच्छ पारदर्शितामा आधारित सेवा गर्नुपर्दछ । यसक्रममा जनमैत्री प्रहरी व्यवहार पनि उत्तिकै आवश्यक छ । प्रहरीले जनसहयोगबेगर एक्लै आफ्नै व्यावसायिक कार्य गर्न सक्दैन । जनसहयोग प्रहरी कार्य सफलताको आधार स्तम्भ हो । यसक्रममा मिजासिलो शिष्ट र मृदुभाषी व्यवहार अपनाएर प्रहरीले जनताको मन जित्न सक्नुपर्दछ । सहयोग आदानप्रदान हुने अनुकूल वातावरण निर्माण गर्नुपर्छ । यस्ता प्रयास बराबर हुँदै आए पनि स्थायी रूपमा कार्यान्वयन भई उपलब्धिमूलक बन्न सकेको छैन । यसमा सुधार ल्याए आईजीपी थापाले प्रहरीलाई लोकप्रिय बनाउन सक्छन् ।

(Visited 75 times, 1 visits today)
Loading comments...

RAJDHANIDAILY VIDEO

HAMRO PATRO

प्रमुख

होम आइसोलेसनमा बसेका जिल्ला प्रशासनका कर्मचारीको कोरोनाबाट मृत्यु

सप्तरी । कोरोना संक्रमणबाट राजविराजमा बिहिबार बिहान थप एक जनाको मृत्यु भएको छ । जिल्ला प्रशासन कार्यालयका कार्यालय सहयोगी रहेका राजविराज ८ निवासी ६२...

सिन्धुपाल्चोक विपद संकटग्रस्त क्षेत्र, यस्तो छ सिन्धुले भाेगेकाे बिपत्ति श्रृङ्खला

सिन्धुपाल्चोक । एकपछि अर्काै लगातार प्राकृतिक विपत्ती भोग्दै आएको सिन्धुपाल्चोकलाई नेपाल सरकारले विपद संकटग्रस्त क्षेत्र घोषणा गरेको छ । संकटग्रस्त क्षेत्र घोषणा गरेसँगै अब...

बुटवल कोरोना अस्पतालमा दुई जना संक्रमितको मृत्यु

बुटवल । बुटवलस्थित कोरोना विशेष अस्पतालमा उपचार गराइरहेका दुईजना सङ्क्रमितको एकैदिन आज मृत्यु भएको छ । मृत्यु हुनेमा अस्पतालमा उपचाररत पश्चिम नवलपरासी र कपिलबस्तुका...

नरायणगढ–मुग्लिन सडक खण्ड आज पनि अबरुद्ध

चितवन । नारायणगढ–मुग्लिन सडक खण्डको चार किलोमा पहिरो खसेसँगै सडक पुनः अबरुद्ध भएको छ । इच्छाकामना गाउँपालिका वडा नम्बर ६ स्थित चार किलोमा बुधबार...

भर्खरै

अझै तीनदिन देशभर वर्षा हुने

काठमाडौँ । पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले अझै तीन दिन देशभर वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । भारतको मध्य प्रदेशको...

होम आइसोलेसनमा बसेका जिल्ला प्रशासनका कर्मचारीको कोरोनाबाट मृत्यु

सप्तरी । कोरोना संक्रमणबाट राजविराजमा बिहिबार बिहान थप एक जनाको मृत्यु भएको छ । जिल्ला प्रशासन कार्यालयका कार्यालय सहयोगी रहेका राजविराज ८ निवासी ६२...

सिन्धुपाल्चोक विपद संकटग्रस्त क्षेत्र, यस्तो छ सिन्धुले भाेगेकाे बिपत्ति श्रृङ्खला

सिन्धुपाल्चोक । एकपछि अर्काै लगातार प्राकृतिक विपत्ती भोग्दै आएको सिन्धुपाल्चोकलाई नेपाल सरकारले विपद संकटग्रस्त क्षेत्र घोषणा गरेको छ । संकटग्रस्त क्षेत्र घोषणा गरेसँगै अब...

‘भूकम्पले भन्दा डोजरले बढी पहिरो जोखिम निम्त्याएको छ’

काठमाडौँ । मुलुकका पहाडी गाउँबस्तीमा पछिल्लो समय पहिरो निम्त्याउने मुख्य कारक मानिएको डोजर आतङ्कबारे संसदीय समितिमा फेरि गम्भीरपरूपले प्रश्न उठेको छ । हुम्ला जिल्लाबाट...

धेरै पढिएका

कोरोनाको आशङ्का गरिएका ९ बिरामी स्वस्थ्य रहेको पुष्टि

लहान । कोरोना भाइरस (कोभिड १९) को सङ्क्रमणको आशङ्कामा थप परीक्षणका लागि जनकपुर पठाएका सबै बिरामी स्वस्थ्य रहेको पुष्टि भएको छ । केही दिनअघि...

बैतडी शिवनाथका थप ३१ जनाको आरडिटी रिपोर्ट पोजेटिभ

बैतडी । बैतडीको शिवनाथ गाउँपालिकाका थप ३१ जनाको आरडिटी रिपोर्ट पोजेटिभ आएको छ । भारतबाट फर्केर गाउँपालिकाका विभिन्न क्वारेन्टाइनमा बसीरहेका ३१ जनाको मंगलबार आरडटी...

युवाको मानसिक स्वास्थ्यबारे छलफल निरन्तर

काठमाडौं । अन्तर्राष्ट्रिय युवा दिवसको अवसर पारेर द स्कुल अफ साइकोलोजी नेपाल, रोटरी क्लब अफ न्यूरोड सिटी र साइकडेक्स फाउन्डेसनले साताव्यापी युवाको मानसिक स्वास्थ्यका...

भारतको आईसीपी यार्डबाट ६९ ट्यांकर छुटे

वीरगन्ज । भारतको बरौनीबाट पेट्रोलियम पदार्थ लिएर आएका ६९ वटा ट्यांकर नेपाल–भारत संयुक्त भन्सार जाँच चौकी (आईसीपी) यार्डबाट छुटेका छन् । भारतीय आयल कर्पोरेसन...

ई-पेपर

(Visited 63 times, 1 visits today)