Thursday, September 24, 2020
Home भर्खरै भूकम्पको इपिसेन्टरमा बिहानै भागदौड, पहिरोको जोखिम झन बढ्यो

भूकम्पको इपिसेन्टरमा बिहानै भागदौड, पहिरोको जोखिम झन बढ्यो

सिन्धुपाल्चोक । आज बिहानै सिन्धुपाल्चोकको बाह्रविसे नगरपालिका–९ राम्चे आसपास केन्द्रबिन्दु भएर गएको ६ रिक्टर स्केलको भुकम्पले हालसम्म कुनै ठुलो क्षती भएको छैन । बिहानै गएको भुकम्पमा स्थानीयको भागदौड भने मच्चिएको थियो । बिहानै भुकम्प गएपछि बजार क्षेत्र सहित गाउँ–गाउँमा समेत स्थानीय घर छाडेर बाहिरीएका थिए ।

भागदौडका क्रममा राष्ट्रिय बाणिज्य बैंक जलविरे शाखाका एक कर्मचारी सामान्य घाइते भएका छन् भने जिल्ला कारगार कार्यालयमा रहेका एक कैदी पनि सामान्य घाइते भएको सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिए । भुकम्प गएपछि कारगारमा रहेका कैदीबन्दीहरुमा भागदौड भएको ढकालले बताए । त्यो बाहेक भुकम्पको केन्द्रबिन्दु रहेको राम्चे आसपासमा केही घरहरु चर्किएको स्थानीयले जानकारी दिएका छन् ।

भुकम्पपछि जिल्लाका चारै सुरक्षा अंगलाई अलर्ट गराइएको प्रजिअ ढकालले जानकारी दिए । नेपाली सेना,सशस्त्र,नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धानलाई अर्लटमा राखिएको उनले जानकारी दिए । भुकम्पको केन्द्रबिन्दु रहेको राम्चे आसपासमा नै रहेका जिल्ला प्रहरी कार्यालयका डीएसपी प्रकाश सापकोटाले पनि हालसम्म यस क्षेत्रमा कुनै क्षती नभएको जानकारी दिए ।

यो पनि पढ्नुहोस   छैटौं संविधान दिवसको अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीको संबोधनको पूर्णपाठ

पहिरोको जोखिम क्षेत्र आसपासमा नै केन्द्र बनाएर भुकम्पको कडा धक्का गएपछि पहिरोको जोखिम फेरी बढेको बाह्रविसे नगरपालिकाका मेयर निमफुञ्जो शेर्पाले जानकारी दिए । केही दिन अघि बाह्रविसे नगरपालिका–७ घुम्थाङको भिरखर्कमा आएको पहिरोमा १५ को मृत्यु र १६ बेपत्ता भएका थिए । भुकम्पको केन्द्रबिन्दु भएको राम्चे र घुम्थाङ बिचको दुरी झण्डै ३ किलोमिटर जति मात्रै भएको मेयर शेर्पाले जानकारी दिए ।

(Visited 239 times, 1 visits today)
Loading comments...

RAJDHANIDAILY VIDEO

HAMRO PATRO

प्रमुख

होम आइसोलेसनमा बसेका जिल्ला प्रशासनका कर्मचारीको कोरोनाबाट मृत्यु

सप्तरी । कोरोना संक्रमणबाट राजविराजमा बिहिबार बिहान थप एक जनाको मृत्यु भएको छ । जिल्ला प्रशासन कार्यालयका कार्यालय सहयोगी रहेका राजविराज ८ निवासी ६२...

सिन्धुपाल्चोक विपद संकटग्रस्त क्षेत्र, यस्तो छ सिन्धुले भाेगेकाे बिपत्ति श्रृङ्खला

सिन्धुपाल्चोक । एकपछि अर्काै लगातार प्राकृतिक विपत्ती भोग्दै आएको सिन्धुपाल्चोकलाई नेपाल सरकारले विपद संकटग्रस्त क्षेत्र घोषणा गरेको छ । संकटग्रस्त क्षेत्र घोषणा गरेसँगै अब...

बुटवल कोरोना अस्पतालमा दुई जना संक्रमितको मृत्यु

बुटवल । बुटवलस्थित कोरोना विशेष अस्पतालमा उपचार गराइरहेका दुईजना सङ्क्रमितको एकैदिन आज मृत्यु भएको छ । मृत्यु हुनेमा अस्पतालमा उपचाररत पश्चिम नवलपरासी र कपिलबस्तुका...

स्याङ्जामा पहिरोमा पुरिएर ५ जनाको मृत्यु, ४ बेपत्ता

वालिङ । पहिरोमा पुरिएर स्याङ्जाको वालिङमा पाँच जनाको मृत्यु भएको छ । आज बिहान ६ बजे वालिङ १४ तमादीस्थित माया नेपालीको घरमाथिबाट खसेको पहिरोमा...

भर्खरै

नारायणी नदीको सतहले खतराको विन्दु पार गर्यो

चितवन । विगत तीन दिनदेखि परेको निरन्तर वर्षापछि आएको बाढीसँगै नारायणी नदीको बहावले खतराको विन्दु पार गरेको छ । नदीको उद्गम थलोतर्फ निरन्तर पानी...

अझै तीनदिन देशभर वर्षा हुने

काठमाडौँ । पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले अझै तीन दिन देशभर वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । भारतको मध्य प्रदेशको...

होम आइसोलेसनमा बसेका जिल्ला प्रशासनका कर्मचारीको कोरोनाबाट मृत्यु

सप्तरी । कोरोना संक्रमणबाट राजविराजमा बिहिबार बिहान थप एक जनाको मृत्यु भएको छ । जिल्ला प्रशासन कार्यालयका कार्यालय सहयोगी रहेका राजविराज ८ निवासी ६२...

सिन्धुपाल्चोक विपद संकटग्रस्त क्षेत्र, यस्तो छ सिन्धुले भाेगेकाे बिपत्ति श्रृङ्खला

सिन्धुपाल्चोक । एकपछि अर्काै लगातार प्राकृतिक विपत्ती भोग्दै आएको सिन्धुपाल्चोकलाई नेपाल सरकारले विपद संकटग्रस्त क्षेत्र घोषणा गरेको छ । संकटग्रस्त क्षेत्र घोषणा गरेसँगै अब...

धेरै पढिएका

चार महिनाको बच्चा सहित १६ नेपाली सीमा क्षेत्रमा अलपत्र

नेपालगन्ज । कोबिड १९ (नोबल कोरोना) भाईरसको संक्रमण फैलिन नदिनको लागि उच्च सर्तकता अपनाउदै नेपाल भारतले आ–आफ्नो सीमा क्षेत्र शिल...

टिपरको ठक्करबाट आमा छोरीको मृत्यु, पनौती तनाबग्रस्त

काभ्रेपलान्चोक । जिल्लाको पनौतीमा टिपरको ठक्करबाट आमा छोरीको मृत्यु भएको छ । मृत्यु हुनेमा खानीखोला गाउँपालिका वडा नं १ की जुनी मायाँ गोले र...

राज्यसरकारको अनुमतिपछि बलिउडमा छायांकन सुरु

मुम्बई । बलिउड अभिनेता अक्षय कुमारले यो साता एउटा विज्ञापनको छायांकन गरेका छन् । भारतको महाराष्ट्र सरकारले उनलाई छायांकनका लागि अुनमति दिएको हो ।...

विद्यालय लिग गराउने एन्फाको तयारी

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले मंसिर दोस्रो सातादेखि विद्यालय लिग खेलाउने तयारी थालेको छ । एन्फाले मंगलबार एक सूचना जारी गर्दै सूचना...

ई-पेपर

(Visited 63 times, 1 visits today)