Thursday, September 24, 2020
Home प्रदेश प्रदेश ३ मुद्दा दर्ता गर्दा अब प्रतिवादीको नागरिकता र फोटो अनिवार्य

मुद्दा दर्ता गर्दा अब प्रतिवादीको नागरिकता र फोटो अनिवार्य

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सम्पत्ति शुद्धीकरण विभागले अदालतमा अभियोगपत्र पेस गर्दा प्रतिवादीको नागरिकता र फोटो अनिवार्य पेस गर्नैपर्ने भएको छ । भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणसँग जोडिएको व्यक्तिको तस्बिर र नागरिकताको फोटोकपी अनिवार्य पेस गर्न विशेष अदालतले दुई निकायलाई निर्देशन दिएको छ ।

विशेष अदालतले दुई संवैधानिक निकाय अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सम्पत्ति शुद्धीकरण विभागलाई परिपत्र गर्दै अभियोगपत्र पेस गर्दा प्रतिवादीको फोटो र नागरिकता जारी भएको जिल्ला, नागरिकता नम्बरजस्ता विषय अनिवार्य खुलाउनुपर्ने कानुनी व्यवस्था भएकाले सोहीबमोजिम गर्न भनेको छ ।

भ्रष्टाचारजन्य गतिविधि र सम्पत्ति शुद्धीकरणको मुद्दा उस्तै प्रकृतिको नाम हुने गरेको र अदालत समेत गुमराहमा पर्ने स्थिति सिर्जना हुन नदिनका लागि विशेष अदालतले सो निर्देशन लागु गरेको हो । यसअघि सर्वोच्च अदालतले मुद्दा दर्ता गराउँदा नागरिकता र फोटोसहितको व्यक्तिगत विवरण अनिवार्य उल्लेख गराउन गत २७ माघमा सबै अदालतलाई भनेको थियो ।

यो पनि पढ्नुहोस   थप १२४६ जनामा कोरोना पुष्टि, १२४३ जना डिस्चार्ज

‘मुद्दा दर्ता गर्दा प्रतिवादीको नागरिकताको विवरण पेस नगरेकाले अदालतबाट फैसला भएका व्यक्तिलाई कानुनी दायरामा ल्याउन समस्या भएको, कैद तथा जरिवाना असुलउपर गर्न बाँकी रहेका व्यक्तिहरूको सार्वजनिक सेवा सुविधा रोक लगाउने कानुनी व्यवस्थामा समेत असर परेकाले नागरिकताको विवरण अनिवार्य रूपमा उल्लेख गर्नू’ सर्वोच्चले भनेको छ ।

(Visited 627 times, 1 visits today)
Loading comments...

RAJDHANIDAILY VIDEO

HAMRO PATRO

प्रमुख

होम आइसोलेसनमा बसेका जिल्ला प्रशासनका कर्मचारीको कोरोनाबाट मृत्यु

सप्तरी । कोरोना संक्रमणबाट राजविराजमा बिहिबार बिहान थप एक जनाको मृत्यु भएको छ । जिल्ला प्रशासन कार्यालयका कार्यालय सहयोगी रहेका राजविराज ८ निवासी ६२...

सिन्धुपाल्चोक विपद संकटग्रस्त क्षेत्र, यस्तो छ सिन्धुले भाेगेकाे बिपत्ति श्रृङ्खला

सिन्धुपाल्चोक । एकपछि अर्काै लगातार प्राकृतिक विपत्ती भोग्दै आएको सिन्धुपाल्चोकलाई नेपाल सरकारले विपद संकटग्रस्त क्षेत्र घोषणा गरेको छ । संकटग्रस्त क्षेत्र घोषणा गरेसँगै अब...

बुटवल कोरोना अस्पतालमा दुई जना संक्रमितको मृत्यु

बुटवल । बुटवलस्थित कोरोना विशेष अस्पतालमा उपचार गराइरहेका दुईजना सङ्क्रमितको एकैदिन आज मृत्यु भएको छ । मृत्यु हुनेमा अस्पतालमा उपचाररत पश्चिम नवलपरासी र कपिलबस्तुका...

स्याङ्जामा पहिरोमा पुरिएर ५ जनाको मृत्यु, ४ बेपत्ता

वालिङ । पहिरोमा पुरिएर स्याङ्जाको वालिङमा पाँच जनाको मृत्यु भएको छ । आज बिहान ६ बजे वालिङ १४ तमादीस्थित माया नेपालीको घरमाथिबाट खसेको पहिरोमा...

भर्खरै

नारायणी नदीको सतहले खतराको विन्दु पार गर्यो

चितवन । विगत तीन दिनदेखि परेको निरन्तर वर्षापछि आएको बाढीसँगै नारायणी नदीको बहावले खतराको विन्दु पार गरेको छ । नदीको उद्गम थलोतर्फ निरन्तर पानी...

अझै तीनदिन देशभर वर्षा हुने

काठमाडौँ । पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले अझै तीन दिन देशभर वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । भारतको मध्य प्रदेशको...

होम आइसोलेसनमा बसेका जिल्ला प्रशासनका कर्मचारीको कोरोनाबाट मृत्यु

सप्तरी । कोरोना संक्रमणबाट राजविराजमा बिहिबार बिहान थप एक जनाको मृत्यु भएको छ । जिल्ला प्रशासन कार्यालयका कार्यालय सहयोगी रहेका राजविराज ८ निवासी ६२...

सिन्धुपाल्चोक विपद संकटग्रस्त क्षेत्र, यस्तो छ सिन्धुले भाेगेकाे बिपत्ति श्रृङ्खला

सिन्धुपाल्चोक । एकपछि अर्काै लगातार प्राकृतिक विपत्ती भोग्दै आएको सिन्धुपाल्चोकलाई नेपाल सरकारले विपद संकटग्रस्त क्षेत्र घोषणा गरेको छ । संकटग्रस्त क्षेत्र घोषणा गरेसँगै अब...

धेरै पढिएका

सरकारको अनुमति कुर्दै सिरी ‘ए’

रोम । इटालियन फुटबल फेडेरेसन (एफआईजीसी) ले यो सिजनको इटालीको शीर्ष तीन फुटबल लिग सिरी ‘ए’, सिरी ‘बी’ र सिरी ‘सी’ २० अगस्टसम्ममा सक्ने...

लेखा अधिकृत नहुदा समस्या

काठमाडौं । बाह्रविसे नगरपालिकामा लामो समयदेखि लेखा अधिकृत नहुँदा नगरपालिकाका दैनिककाममा समस्या भएको छ । नगरपालिकाकी लेखा अधिकृत सुनिता शर्मा २०७६ चैत १ देखि...

विचौलियाको हितमा काम नगर्न पर्यटनमन्त्रीको निर्देशन

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले कोही अमूक बिचौलियाको हितमा नभई बृहत्तर पशुपति क्षेत्रको हितमा लाग्न पशुपति क्षेत्र विकास कोषका पदाधिकारी...

विद्युत् माग २५ प्रतिशतले घट्यो

काठमाडौं । विश्वभर माहामारीका रूपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९)को प्रभाव दैनिक विद्युत् खपतमा परेको छ । सरकारले सम्भावित जोखिम कम गर्न गरेको...

ई-पेपर

(Visited 63 times, 1 visits today)