ललितलाई सहयोग गर्ने क्यानको प्रतिबद्धता

काठमाडौं । मोटरसाइकल दुर्घटनामा परी गम्भीर घाइते भएका तीव्र गतिका बायाँ हाते बलर ललितसिंह भण्डारीको उपचारमा नेपाल क्रिकेट संघ (क्यानले) आर्थिक सहयोग गर्ने भएको छ । क्यानका अध्यक्ष चतुरबहादुर चन्दले ललितको उपचारको लागि आफूहरूले सक्दो सहयोग गर्ने बताएका हुन् । ‘हामीले सक्दो सहयोग छौं । खेलाडीको उपचारमा सहयोग गर्नु हाम्रो दायित्व हो । तुरुन्तै पैसा हाल्न सक्ने भने होइन । कोषाध्यक्ष र महासचिव बोलाएर निर्णय गर्नेछौं ।

हामीले सहयोगका लागि कुनै कमि र पछि पर्दैनौं,’ चन्दले भने । ‘ठक्कर दिने ट्रकको मालिकले पैसा तिर्छु भनेको छ । पहिला उसको शल्यक्रिया हुन्छ । ४ लाख त हेलिकोप्टरमै लागेको छ । यो हाम्रो पहिलो घटना हो जस्तो लाग्छ । यस्तो अवस्था’bout पूर्वतयारी केही थिएन । यस्तो घटना’bout सचेत हुनुपर्छ भन्ने बुझेका छौं,’ उनले भने, ‘अन्तर्राष्ट्रिय खेलाडी घाइते भएमा क्यानले के गर्ने भनेर नीति बनाउन आवश्यक छ । पहिलो कुरा खेलाडीको जीवन विमा गर्न प-यो ।

खेलाडीलाई सहयोग त गर्नैपर्छ, मेरो हिसाबमा नेपाल प्रहरीको पनि केही दायित्व हुन्छ । सबै सहयोगको लागि आफ्नो स्थानबाट पहल गरिरहेका छन् । पारस खड्कालगायतका खेलाडी सबै उपचार सहयोगका लागि आफ्नो स्थानबाट लागेका छन्,’ चन्दले भने ।

यस्तै, क्रिकेट खेलाडी संघ नेपाल (सिप्यान) ले ललितको उपचारका लागि सहयोगको अपिल गरेको छ । सिप्यानले विज्ञप्ति जारी गर्दै भण्डारीको दुर्घटनाले स्तब्ध भएको जनाएको छ । सिप्यानले घटनास्थलदेखि काठमाडौं ल्याउन तथा उपचारमा सहयोग गर्ने अस्पताल, क्रिकेटर, शुभेच्छुकलगायत सम्पूर्णमा कृतज्ञता व्यक्त गर्दै भण्डारीको उपचारका लागि सम्पूर्ण सहयोग गर्न प्रतिबद्ध रहेको जनाएको छ ।

खेलाडीको हकहितका लागि विगतदेखि नै काम गर्दै आएको सिप्यानले भण्डारीको सहयोगका लागि सम्पूर्ण समर्थकलगायत सरोकारवालासमक्ष सिप्यानको बैंक खातामार्फत सहयोग रकम जम्मा गर्न अपिल गरेको छ । सिप्यानले संकलित सम्पूर्ण रकम घाइते भण्डारीलाई हस्तान्तरण गर्नेछ ।

तपाइको प्रतिक्रिया
(Visited 309 times, 1 visits today)

Ads Space Available

epaper

राजधानी दैनिकमा वार्षिक ग्राहक न्यानो उपहार योजना

भर्खरै

नेपाल–भारत डीआईजीस्तरीय सीमा बैठक : सीमा क्षेत्रमा हुने अवैध क्रियाकलाप नियन्त्रण सम्बन्धमा गम्भीर छलफल

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
माझी महिला बनिन् वडाअध्यक्ष