लन्डन । फरवार्ड पेरिक एम्रिक औवामियाङले इंग्लिस क्लब आर्सनलकासँग नयाँ सम्झौता गरेका छन् । गावोनका फरवार्ड एम्रिकले आर्सनलसँग तीन वर्षका लागि नयाँ सम्झौता गरेका हुन् । नयाँ सम्झौतासँगै एम्रिक सन् २०२३ सम्म आर्सनलमा रहने छन् ।
३१ वर्षीय फरवार्डले आकर्षक तलबसहित आर्सनलसँग सम्झौता नवीकरण गरेका हुन् । एम्रिक र आर्सनलसँगको सम्झौता करिब १० महिना बाँकी थियो । तर, सम्झौता नसकिदै आर्सनलले एम्रिकसँगको सम्झौता नवीकरण गरेको हो । सन् २०१८ मा जर्मनी क्लब बोरुसिया डर्टमण्डबाट आर्सनल आएका एम्रिकले सिजनको पहिलो खेलमै गोल गरिसकेका छन् ।
फूलहमसँगको पहिलो खेलमा ३–० को जित निकाल्दा उनले एक गोल गरेका थिए । गत सिजन आर्सनलले एफए कपको उपाधि जित्दा औवामियाङले दुई गोल गरेका थिए ।