Saturday, September 26, 2020
Home प्रदेश तिघ्रामा गोली हानी तीन लाख लुटियो

तिघ्रामा गोली हानी तीन लाख लुटियो

सर्लाही । सर्लाहीमा अज्ञात व्यक्तिले तिघ्रामा गोली हानेर तीन लाख रुपैयाँ लुटिएको छ । सर्लाहीको कविलासी नगरपालिका वडा नं. ३ बिनगरा बस्ने ४० वर्षिय सुरेन्द्र चौधरीले साथमा रहेको नगद ३ लाख रुपैयाँ दुई जना अज्ञात व्यक्तिले लुटनुको साथै तिघ्रामा गोलि हानेर भागेको बताए ।

चौधरी आफनो घरबाट ३ लाख रूपैया लिएर चक्रघटा गाउँपालिका स्थित एनआईसी बैकमा जाँदै थिए । दाई उपेन्द्र चौधरीलाई पैसा डिपोजिट गर्न जाने क्रममा चक्रघट्टा गाउँपालिका वडा नं. ५ पर्ने मदनपुर चोकबाट अलि अगाडि रहेको बाटोमा पुगेपछि लुटिएको बताए । जिल्ला प्रहरी कार्यालय सर्लाहीले गोली हानेर तीन लाख लुटिएको जनाएको छ ।

चौधरीले २५ वर्षिय प्रमोद कुमार यादवको रकम लुटने व्यक्तिहरु सँग साठगाँठ रहेको भन्दै आफुलाई लुटाएको आरोप लगाएका छन् ।

‘मलाई बाटोमा यादवले पटक पटक ओभर टेक गरेका थिए यादवले इसारा गरेपछि सुनसान ठाउँमा बाटो छेकेर मास्क लगाएका दुई जनाले रकम लुटे र तिघ्रामा गोली हानेँ ।’ चौधरीले भने ।

यो पनि पढ्नुहोस   सामाजिक सेवा दिवस मानाइयो

घटनामा संलग्न रहेको आशंकामा पक्राउ परेका यादवले आफु निर्दोष रहेको बताएका छन् । चौधरीसंगै आफनो पनि ४० हजार नगद लुटिएको यादबले बताए ।

पक्राउ परेका यादव एक महिना पहिले मोटरसाइकल चोरी गरेको अभियोगमा पक्राउ परेका थिए । त्यस्तै पिडित चौधरीको तिघ्रामा गोलि लागि हाडमा गएर अडिएकोले मलंगवा अस्पतालमा प्राथमिक उपचार पछि थप उपचारको लागि काठमाडौं रेफर गरिएको मलंगवा अस्पतालले जानकारी दिएको छ ।

घटना संलग्न रहेको आशंकामा यादवलाई पक्राउ गरी अन्य अनुसन्धान पक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता तथा प्रहरी निरीक्षक राजु प्रसाद कुर्मिले जानकारी दिए ।

(Visited 143 times, 1 visits today)
Loading comments...

RAJDHANIDAILY VIDEO

HAMRO PATRO

प्रमुख

बैतडीमा कोरोना संक्रमणबाट एक जनाको मृत्यु

बैतडी । बैतडीमा कोरोना भाइरसको संक्रमणका कारण एकजनाको मृत्यु भएको । मृत्यु भएका ब्यक्तिको नेपाली सेनाले व्यवस्थापन गर्ने भएको छ । जिल्लाको पुर्चौडी नगरपालिका...

चितवनमा उपचाररत कोरोना संक्रमित पुरुषको मृत्यु

चितवन । जिल्लामा थप एक जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । चितवन मेडिकल कजेलमा उपचाररत हेटौँडा उपमहानगरपालिका वडा ९ का ७४ वर्षीय पुरुषको...

आजदेखि मौसम सफा रहने

काठमाडौँ । पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले विगत केही दिनयतादेखि प्रभावित मौसम आजदेखि सफा हुँदै हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।...

जोखिम कायम रहेकाले तत्काल विद्यालय नखोल्न शिक्षामन्त्रीको आग्रह

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले कोभिड–१९ को जोखिम कायमै रहेकाले केही समय विद्यालय खोल्नभन्दा वैकल्पिक सिकाइ प्रणालीलाई प्राथमिकता दिन आग्रह गरेका...

भर्खरै

दसैं–तिहार अग्रिम टिकट बुकिङ अन्योलमा

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) का कारण यस वर्ष दसैं–तिहारमा खोलिने अग्रिम टिकट बुकिङ नै अन्योलमा परेको छ । कोरोना नियन्त्रणका लागि गरिएको लकडाउन...

बैतडीमा कोरोना संक्रमणबाट एक जनाको मृत्यु

बैतडी । बैतडीमा कोरोना भाइरसको संक्रमणका कारण एकजनाको मृत्यु भएको । मृत्यु भएका ब्यक्तिको नेपाली सेनाले व्यवस्थापन गर्ने भएको छ । जिल्लाको पुर्चौडी नगरपालिका...

रौतहटमा धारिलो हतियार प्रहारबाट श्रीमतीको हत्या, श्रीमान गम्भीर घाइते

रौतहट । रौतहटमा फेरी एउटा हत्या भएको छ । रौतहटको देवाही गुनाही नगरपालिका वाड नं. ५ टिकुलियामा दम्पतीकै हत्या गर्ने उदेश्यले भएको आक्रमणमा श्रीमतीको...

कोरोना संक्रमणबाट थप एक सैनिक जवानको मृत्यु

काठमाडौँ । कोराना संक्रमणबाट नेपाली सेनामा कार्यरत थप एक सैनिकको मृत्यु भएको छ । बझाङ घर भई काठमाडौँ उपत्यकामा कार्यरत सैनिक जवानको शुक्रबार वीरेन्द्र...

धेरै पढिएका

फिफाको ‘दि बेस्ट’ अवार्ड यो वर्ष नहुने

जुरिच । विश्व फुटबलको निकाय (फिफा)ले हरेक वर्ष आयोजना हँदै आएको ‘दि बेस्ट’ अवार्ड यो वर्ष नहुने घोषणा गरेको छ । कोरोना भाइरस (कोभिड–१९)को...

हाम्रो प्रदेश धेरै विषयमा पहिलो बनेको छ : मुख्यमन्त्री राई

मोरङ । प्रदेश १ को प्रदेश सभाको पाँचौं तथा हिउँदे अधिवेशन सुरु भएको छ । बिहीबार बसेको प्रदेश सभा बैठकमा प्रदेश...

सिटीको विजयी सुरुवात

लन्डन । साबिकको उपविजेता म्यानचेस्टर सिटीले नयाँ सिजनको इग्लिस प्रिमियर लिगमा सुखद सुुरुवात गरेको छ । नयाँ सिजनको पहिलो खेलमा वल्भ्सलाई ३–१ ले पराजित...

सरकारले लिपुलेक र कालापानी समेटेर नयाँ नक्सा सार्वजनिक गर्ने

काठमाडौं । नेपाल सरकार अन्तराष्ट्रिय सीमाको सुरक्षा गर्न प्रतिवद्ध रहेको राष्ट्रपति विद्यादेवी भण्डारीले बताएकी छन् । आगामी वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै उनले...

ई-पेपर

(Visited 63 times, 1 visits today)