Saturday, January 23, 2021
Home Breaking News राप्रपा सहमति : चिह्न ‘हलो’, झन्डा ‘गाई’

राप्रपा सहमति : चिह्न ‘हलो’, झन्डा ‘गाई’

तर विधानमा अलमल

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीभित्र पार्टी एकता हुँदादेखि नै नसुल्झिएको निर्वाचन चिह्नको विवाद एकताको ६ महिनापछि टुंगिएको छ । गत २८ फागुनमा पार्टी एकता हुँदा थाती राखिएको चिह्न विवाद पटक पटकको अध्यक्षत्रयबीचको छलफलपछि बुधबार टुंगिएको हो ।

राप्रपा अध्यक्षत्रय कमल थापा, पशुपतिशमशेर राणा र प्रकाशचन्द्र लोहनीबीचको पटक पटकको छलफल पछि एकीकृत पार्टीको निर्वाचन चिह्न ‘हलो’ र झन्डामा ‘गाई’ राख्ने सहमति भएको हो ।

जसअनुसार अब चिह्न एकताअघि राणा समूहले मान्दै आएको ‘हलो’ तथा झन्डा एकताअघि कमल थापा नेतृत्वको राप्रपाले मान्दै आएको ‘गाई’ अंकित हुनेछ । पार्टी एकता हुँदा भने ६ महिनाभित्र चिह्न तय गर्ने सहमति गरिएको थियो ।
राप्रपा केन्द्रीय सदस्य जनक पाठकले निर्वाचन चिह्नमा ‘हलो’ र झन्डामा ‘गाई’ अंकित हुने गरी अध्यक्षत्रयबीच सहमति भएको दाबी गरे ।

कार्यदलमा रहेका नेताहरू नै विषयको व्याख्यामा पुरानै गुटअनुसार पक्ष विपक्षमा उभिएपछि बाँकी विषयमा निर्णय गर्ने अधिकार तीन अध्यक्षलाई नै दिइएको थियो ।

‘निर्वाचन चिन्हमा ‘हलो’ र झन्डामा ‘गाई’ अंकित हुने गरी अध्यक्षत्रयबीच सहमति भएको छ,’ पाठकले राजधानीसँग भने । तीन अध्यक्षबीच अझै पनि पार्टीको विधानका विषयमा सहमति जुट्न बाँकी छ । थापा पक्षीय नेताहरू आफ्नो पक्षबाट पहिले निर्वाचन आयोगमा बुझाइएको विधानलाई नै एकीकृत पार्टीको अन्तरिम विधान कायम गरिनुपर्ने पक्षमा छन् भने राणा–लोहनी पक्ष त्यसो गर्दा पार्टी एकताको भावनाविपरीत हुने भन्दै त्यसलाई अस्वीकार गर्दै आइरहेका छन् ।

तर थापा पक्षले भने एकीकरणको भावनाअनुरूप हुने गरी सामान्य संशोधन गरेर जान सकिने मत राख्दै आइरहेको छ । सो पक्षले राजासहितको प्रजातन्त्र एकीकरणको भावनाको मूल लक्ष्य रहेकाले सो कुरा पुरानो विधानमा पनि रहेको, अध्यक्ष एक जना रहने भन्नेमा तीन अध्यक्ष भन्ने शब्द राख्ने, केन्द्रीय समिति १ सय ६५ सदस्यीय भन्नेमा ३ सय २७ राख्ने र चिह्नमा हलो राखेर सामान्य संशोधन गरी पुरानै विधानलाई अन्तरिम विधान मान्न सकिने भन्दै आइरहेको छ ।

यो पनि पढ्नुहोस   कर्णाली जाग्दा देश नै जाग्छ : माधव नेपाल

तर, राणा–लोहनी समूह भने राप्रपामा पार्टी परित्याग नभई एकीकरण गरेर आएको भन्दै एकीकरणकै भावनाअनुरूप हुनुपर्ने अडानमा छन् । राप्रपा नेता मोहन श्रेष्ठले एकताको भावनाअनुरूप नै शीर्ष तहमा छलफल भइरहेको तथा केही विषयमा सहमति जुटेको र केहीमा सहमति नजिक पुगिसकेको भन्दै त्यसलाई केन्द्रीय समितिबाट अनुमोदन गरिने बताए ।

‘एकताको भावनाअनुरूप नै शीर्ष तहमा छलफल भइरहेको छ, केही विषयमा सहमति भयो, केहीमा सहमति नजिक पुगिसकिएको छ, शीर्ष सहमतिपछि केन्द्रीय समितिबाट अनुमोदन गर्छौं,’ नेता श्रेष्ठले भने ।

राप्रपाद्वारा एकताको आधार पत्रलाई व्याख्या र विवादित विषय टुंगाउन ६ सदस्यीय कार्यदलसमेत बनाइएको थियो । कार्यदलमा रहेका नेताहरू नै विषयको व्याख्यामा पुरानै गुटअनुसार पक्ष विपक्षमा उभिएपछि बाँकी विषयमा निर्णय गर्ने अधिकार तीन अध्यक्षलाई नै दिइएको थियो ।

राप्रपाका तीन समूहबीच एकीकरण भइसके पनि केही विषयमा विवाद जारी रहँदा निर्वाचन आयोगमा एकीकरणपछिको दल दर्ता प्रक्रिया टुंगोमा पुगेको छैन ।

राप्रपा नेपाल र राप्रपाबीच पार्टी एकता हुनुअघि अध्यक्षत्रय थापा, राणा र डा. प्रकाशचन्द्र लोहनीले एकीकरणको आधारपत्रमा हस्ताक्षर गर्दै विवादित विषयलाई ६ महिनाभित्र टुंग्याउने सहमति गरेका थिए ।

(Visited 1,496 times, 1 visits today)
Loading comments...

आजको समाचार

ओलीले हिटलर शैली प्रदर्शन गरे : राजेन्द्र महतो

सप्तरी । जनता समाजवादी पार्टीका वरिष्ठ नेता राजेन्द्र महतोले संसद विघटन गरेर प्रधानमन्त्री केपी शर्मा ओलीले हिटलरको शैली प्रदर्शन गरेको आरोप लगाएका छन् । राजविराजमा...

बागमति प्रदेशसभामा मुख्यमन्त्रीविरुद्धको अविश्वास प्रस्तावमाथि आजै छलफल हुने

हेटौडा । बागमति प्रदेशसभामा मुख्यमन्त्रीविरुद्ध दर्ता भएको अविशस प्रस्तावमाथि आजैबाट छलफल हुने भएको छ । प्रदेशसभाको सातौं अधिवेशन आज दिउँसो १ बजेदेखि पुनः सञ्चालन...

कर्णाली जाग्दा देश नै जाग्छ : माधव नेपाल

कर्णाली । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले कर्णाली जाग्दा देश नै जाग्ने बताएका छ । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा...

वाटमोरलाई क्यानको तीन सर्त

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक डेभ वाटमोरलाई बिहीबार पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको छ । उनी एक साताअघि...

मासिक तीन लाख कमाउछन् यी भिडियो सम्पादक

काठमाडौं । कोरोनाको कहरले नेपाली चलचित्रका प्राविधिक निकै मारमा परे । तर, पछिल्लो समय म्युजिक भिडियोको छायांकनको क्रम बढेपछि आफूहरूलाई राहत मिलेको उनीहरूको भनाई...

साताका लोकप्रिय समाचार

बर्दीमै तास खेलेका १४ प्रहरीलाई कारवाही

सर्लाही । सर्लाहीको वरथहवामा रहेको इलाका प्रहरी कार्यालय बरथहवामा बर्दीमै तास खेल्ने प्रहरी कर्मचारीलाई कारवाही गरिएको छ । प्रहरी नियमावली, २०७१ ९(संशोधनसहित) को परिच्छेद...

डिम्याट खाता खोल्नेहरुको संख्या २५ लाख नाघ्यो

काठमाडौं । पछिल्लो समय सेयर बजारमा लगानीकर्ताको आकर्षण बढेसँगै अहिले डिम्याट खाता खोल्नेहरुको संख्या उल्लेखनीय रुपमा बृद्धि भई २५ लाख नाघिसकेको छ । जसका...

घमिरको वडा कार्यालयमा तेस्रो पटक तोडफोड

गुल्मी । गुल्मीको मालिका गाउँपालिका –७ घमिरको वडा कार्यालयमा तेस्रो पटक तोडफोड भएको छ । सिसिटिभिको भिडियोअनुसार बुधबार राति १० बजेर १९ मिनेटमा एकजना...

ल्हासामा हिमालय एयरलाइन्सको परीक्षण उडान

काठमाडौँ । नेपालबाट अन्तर्राष्ट्रिय उडान भर्ने निजी क्षेत्रको हिमालय एयरलाइन्सले चीनको ल्हासामा आज परीक्षण उडान गरेको छ । नेपाल र चीनको संयुक्त साझेदारीमा सञ्चालित...

सोलुखुम्बुमा आइचर दुर्घटना, तीनको मृत्यु

सोलुखुम्बु । सोलु दूधकुण्ड नगरपालिका र नेचा सल्यान गाउँपालिका सिमानास्थित महादेव भिरमा आइचर दुर्घटना हुँदा तीनको मृत्यु भएको छ भने एक जना घाइते भएका...

ट्रेन्डिङ

विश्व बैंकद्वारा २२ अर्ब ८२ करोड ऋण सहयोग

काठमाडौं । विश्व बैंकले भूकम्पपछि बस्ती पुनर्निर्माण परियोजना कार्यान्वयन गर्न नेपाल सरकारलाई रु २२ अर्ब ८२ करोड ऋण सहयोग उपलब्ध गराउने भएको...

पैसा खर्च गरेर चुनाब जित्नेका दिन सकिए : डिला संग्रौला

काठमाडौँ । प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसकी सांसद डा. डिला संग्रौलाले अहिलेको संकटबाट देशलाई निकास दिने हो भने एउटा नयां ‘सोशल कन्ट्रयाक्ट’ वा ‘सामाजिक सम्झौता’...

रेमिट्यान्समा कोरोनाको असर

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चैत मसान्तसम्मको तथ्यांकले बैंकिङ कारोबारमा आधारित सरकारको वित्त स्थिति ५६ अर्ब २८ करोड घाटामा गएको देखाएको छ । अघिल्लो...

नेकपामा केन्द्रीय कमिटी बैठकको माग

काठमाडौं । नेकपामा देखिएको विवाद समाधान गर्न आइतबार पनि नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच रस्साकस्सी भएको छ...

एकैदिन थपिए २४ कोरोना संक्रमित

काठमाडौं । नेपालमा थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसंगै नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्या एक सय ३४ पुगेको छ...

अज्ञात समूहद्वारा रानाभाटको सालिक तोडफोड

तनहुँ । जिल्लाको ब्यास-१ भादगाउँस्थित निर्मल माध्यमिक विद्यालयको प्राङ्गणमा रहेको निर्मल रानाभाटको सालिक दोस्रोपटक अज्ञात समूहले तोडफोड गरेको छ।
यो पनि पढ्नुहोस   तस्विरमा प्रतिनिधिसभा विघटन विरुद्ध प्रर्दशन

डोरमणी पौडेललाई हटाएर अष्टलक्ष्मी शाक्य संसदीय दलको नेता

काठमाडौं । प्रचण्ड–माधव नेपाल नेतृत्वको नेकपाले वागमती प्रदेशको संसदीय दलको नेताबाट डोरमणि पौडेललाई हटाएको छ । पौडेललाई हटाएर अष्टलक्ष्मी शाक्यलाई दलको नेता चयन गरेको...

धनकुटाका ९ बर्षीय बालकसहित ६ जनामा कोरोना संक्रमण

धनकुटा । धनकुटाका थप छ जनामा शनिवार कोरोना संक्रमण पुष्टि भएको छ । बिराटनगरस्थित प्रदेश जनस्वास्थ्य प्रयोगशालामा पीसीआर परीक्षण गर्दा धनकुटा नगरपालिका क्षेत्रका ९...

RAJDHANIDAILY VIDEO

हाम्रो पात्रो

प्रमुख

लखेटी–लेखटी चौधरीको हत्या गर्ने ३ जना पक्राउ

तुलसीपुर । दाङमा एक जनाको हत्या गरेको आरोपमा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । बिहिबार दिउँसो राप्ती गाउँपालिका ६ बस्ने बर्ष ४० को...

तस्विरमा प्रतिनिधिसभा विघटन विरुद्ध प्रर्दशन

काठमाडौं । प्रतिनिधिसभा विघटनको विरोधमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समुहले शुक्रवार काठमाडौंमा शक्ति प्रर्दशन गरेको छ । काठमाडौंको विभिन्न स्थानहरुबाट निस्किएको जुलुस रत्नपार्कमा...

थप ३०२ जनामा कोरोना पुष्टि, ७ जनाको मृत्यु

काठमाडौँ । देशभर पछिल्लो २४ घण्टामा थप ३०२ जनामा कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो...

ओलीलाई तह लगाउन नसकेकोमा प्रचण्डद्धारा आत्मालोचना

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी दाहाल नेपाल समुहका पक्षका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केपी ओलीलाई तह लगाउन नसकेको बताएका छन् । शुक्रवार राजधानीमा आयोजित प्रदर्शनपछिको...

भर्खरै

लखेटी–लेखटी चौधरीको हत्या गर्ने ३ जना पक्राउ

तुलसीपुर । दाङमा एक जनाको हत्या गरेको आरोपमा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । बिहिबार दिउँसो राप्ती गाउँपालिका ६ बस्ने बर्ष ४० को...

मुख्यमन्त्री विरुद्ध अविश्वासको प्रस्ताव सदनमा प्रवेश

चुरे मकवानपुर । पार्टीभित्रको आन्तरीक बेमेलको कारण आफ्नै पार्टीभित्रको सांसदबाट मुख्यमन्त्री विरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरिएको बागमती प्रदेशमा यो विषय अब सदनमा प्रवेश गरेको...

कार्यक्रम ‘खेलौं जुहारी’ को प्रसारण सुरु

काठमाडाैं। युवा पुस्तामा नसुन्ने भन्ने लोक तथा दोहोरी गीतहरु सर्वप्रिय वन्दै जाँदा आजवाट अर्काे नयाँ दोहोरी कार्यक्रम खेलौँ जुहारीको प्रसारण सुरु भएको छ । ईन्टरटेन्टमेन्ट...

तस्विरमा प्रतिनिधिसभा विघटन विरुद्ध प्रर्दशन

काठमाडौं । प्रतिनिधिसभा विघटनको विरोधमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समुहले शुक्रवार काठमाडौंमा शक्ति प्रर्दशन गरेको छ । काठमाडौंको विभिन्न स्थानहरुबाट निस्किएको जुलुस रत्नपार्कमा...

धेरै पढिएका

जो बाइडेनले लिए सपथ, ट्रम्पले बधाई समेत दिएनन्

वासिङटन । अमेरिकाको ४६औं राष्ट्रपतिमा निर्वाचित जो बाइडेनले क्यापिटोल हिलमा बुधबार आयोजित समारोहमा पद तथा गोपनीयताको सपथ लिएका छन् । उनलाई अमेरिकी सर्वोच्च अदालतका प्रधान...

राजावादीको षड्यन्त्रमा नेकपा विभाजन : गृहमन्त्री

धनकुटा । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले राजावादीले नेकपाभित्रका असन्तुष्ट पक्षलाई उक्साएर पार्टी विभाजन गराएको आरोप लगाएका छन् । नेकपा धनकुटाको केपी ओली पक्षले...

लखेटी–लेखटी चौधरीको हत्या गर्ने ३ जना पक्राउ

तुलसीपुर । दाङमा एक जनाको हत्या गरेको आरोपमा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । बिहिबार दिउँसो राप्ती गाउँपालिका ६ बस्ने बर्ष ४० को...

बैतडीमा कोरोनाका सक्रिय संक्रमित ‘शुन्य’

बैतडी । बैतडीमा तत्कालका लागि कोरानाको सक्रिय संक्रमितको संख्या शुन्य भएको छ । जिल्लाको दशरथचन्द नगगरपालिका ४ का एकजनाले कोरोना जितेसंगै जिल्लामा सक्रिय संक्रमित...

ई-पेपर

छुटाउनुभयो कि?

(Visited 102 times, 1 visits today)