Saturday, January 23, 2021
Home बिचार विश्वकर्मा, सृष्टि र सौन्दर्य

विश्वकर्मा, सृष्टि र सौन्दर्य

हरेक वर्ष १ आश्विनका दिन श्री विश्वकर्मा भगवान्को पूजा गरिन्छ । देशैभरि भएका ठूलठूला कलकारखाना र ससाना कारखानामा पनि श्री विश्वकर्माको पूजा गरिन्छ । काम गर्ने ज्यावल विश्वकर्मा भगवान्को मूर्ति वा फोटोको अगाडि राखेर पूजा गर्ने गर्दछन् । घर निर्माणका काम गर्ने सिकर्मी, डकर्मी, फलाम र विभिन्न किसिमका धातुका सामान बनाउने कालीगढ, घरको नक्सा बनाउने ओभरसियर, इन्जिनियर, घर वा सडक बनाउने ठेक्का लिने ठेकेदारले पनि श्री विश्वकर्मा भगवान्लाई भव्य रूपमा पूजा गरेर मान्दछन् । ललितपुरको महालक्ष्मी देवीलाई विश्वकर्मा देवताको रूपमा मान्दछन् । त्यसैले, १ आश्विनका दिन त्यहाँ भिड लागिरहन्छ ।

उपत्यकाका आदिवासी नेवारमध्ये कुमालेले पनि विश्वकर्मालाई पूजा गर्दछन् । काठमाडौं, भक्तपुर र ललितपुरका कुमालेले माटोका भाँडाकुडा बनाउँछन् । उनीहरूले विश्वकर्मालाई कुल देवताका रूपमा पनि मान्दै आएका छन् । हिन्दू धर्मअनुसार सबैभन्दा पुरानो धर्मग्रन्थ यजुर्वेदमा उल्लेख भएबमोजिम सृष्टिकर्ता र शिल्प रचना गर्नेलाई प्रजापति भनिन्छ । ब्रह्माको अर्को नाम प्रजापति हो । त्यसैले, आफूलाई ब्रह्माण्डको सृष्टि गर्ने ब्रह्माका सन्तान हौं भनी प्रजापति कुमालेले भन्ने गर्दछन् । भारतको प्रजापति वंशावलीअनुसार ब्रह्माले प्रजापति नामक ऋषिको सृष्टि गरेर उही ऋषिबाट माटोका विभिन्न किसिमका भाँडा बनाएर माटोको कार्यको प्रचार गरेको हो । भारतमा आश्विन संक्रान्तिका दिन देशैभरि व्यापक रूपमा विश्वकर्माको पूजा गरिन्छ ।

काठमाडौंको माथिल्लो टोल ज्याठाका कुमाालेले गणेशलाई विश्वकर्मा भगवान्को रूपमा पूजा गर्दै आइरहेका छन् । ज्याठामा भएका कुमालेले ज्याठामैं रहेको गणेशलाई नै ब्रह्म गणेश र विश्वकर्मा भगवान्को रूपमा पूजा गर्दछन् । काठमाडांैको तल्लो टोलका कुमालेले भने कुल देवताको रूपमा धुम्बाराहीको पूजा गर्दछन् । भक्तपुरमा अझ विशेषगरी थिमी देशमा भेटिएको लिच्छविकालीन विकुम्हा देवताको शिलालेखअनुसार पनि प्रजापति कुमाले जातिले श्री विश्वकर्मा भगवान्लाई विकुम्हाको रूपमा मानिरहेका छन् ।

विश्वकर्माको बारेमा धार्मिक, ऐतिहासिक कथा छन् । एकपटक सबै ऋषि मिलेर धर्मक्षेत्र कुरुक्षेत्रमा एउटा ठूलो गोष्ठी गरेका रहेछन् । उक्त गोष्ठीमा प्रमुख अथिति धर्मज्ञ सूतजीसँग ऋषिले श्री विष्णु भगवान्का अनेक रूपको वर्णन सुनेका छौं तर तीमध्ये सबैभन्दा श्रेष्ठ कुन हो भनी सोध्दा सूतजीले भन्नुभयो, यो अत्यन्तै रहस्यमय प्रश्न हो । एकपटक यस्तै प्रश्न लक्ष्मीले विष्णु भगवान्सँग सोध्नुभएको थियो । त्यही कुरा मैले यहाँ बताउने प्रयास गर्नेछु ।

लक्ष्मीको प्रश्नको जवाफ दिनुहुँदै विष्णु भगवान्ले भन्नुभयो, ‘यो विश्व ब्रह्माण्डको सृष्टि गर्नेक्रममा मैले सूर्य समान तेज भएका विश्वकर्माको रूप धारण गरें । त्यसपछि ब्रह्माको सृष्टि गरें । अनि ऋग्वेद, यजुर्वेद, सामवेद सृष्टि गरें । त्यस्तै, शिला विद्याका लागि अथर्ववेद पनि सृष्टि गरें । यिनै वेदबाट ज्ञान लिएर शिल्पकारले विभिन्न किसिमका सामान बनाउने गर्दछन् । मेरो जति पनि रूप छन्, तीमध्ये मुख्य रूप भन्नु नै विश्वकर्माको रूप हो । यही विश्वकर्माको रूपबाट नै मैले विश्व ब्रह्माण्डको सृष्टि गर्न सकेको हुँ । जसले यो अद्भूत रूपको एकैछिन भए पनि ध्यान गर्छ, उसको सवै विध्न नाश हुनेछ ।’

काठमाडौं, भक्तपुर र ललितपुरमा माटोका भाँडाकुडा बनाउने कुमालेले विश्वकर्मालाई कुल देवताका रूपमा मान्दै आएका छन्

सूतजीले बताउनुभएको यो कथा सुनिरहेका ऋषिले यस्तो अद्भूत रहस्य तपाईंले कसरी थाहा पाउनुभयो अनि यो देवताको पूजा कसरी सुरु भयो, संसारमा कसरी प्रचारप्रसार भयो भन्ने प्रश्न राखे । अनि सूतजीले भन्नुभयो, ‘महर्षि अंगिराले हिमालय पर्वतको फेदमा गंगा नदीको किनारमा बसी तपस्या गरे पनि, गर्मीमा चर्को घाममा बसी तपस्या गरे पनि, जाडेमा नदीको चिसो पानीमा डुबेर तपस्या गरे पनि केही फल नपाई मन अशान्त भई मृगजस्तै यताउता दौडिरह्यो ।’ त्यही समयमा आकाशवाणी हुन्छ, ‘तिमी बेकारमा यताउता दौडिरहेका छौ । सृष्टि र संहार गर्ने, जे माग्यो त्यही फल दिने, सरस्वती र लक्ष्मीले पनि पूजा गर्ने, दश हात र मुख भएका श्री विश्वकर्मा भगवान्लाई औंसीका दिन पूजा गर्नू वा ध्यान गर्नू ।’

यो आकाशवाणी सुनेपछि अंगिरा मुनि ध्यानमा बस्छन् । विश्वकर्माको एकचित्तले ध्यान गरिरहँदा अंगिरा मुनिको चित्तमा शिल्पशास्त्रको भण्डार अर्थसहित अथर्ववेदको ज्ञान पाई धन्य हुन्छ । अनि अंगिरा मुनिले आफ्नो बुद्धिको प्रयोग गरेर विमानको आविष्कार गर्छन् । अन्य जति पनि यो संसारमा काम लाग्ने र प्रयोग गर्नुपर्ने सामान सबै बनाउँछ । उही समयदेखि श्री विश्वकर्मा भगवान्को नाम संसारमा प्रख्यात भएको हो । जसले यो कथा पढ्छ, उसलाई ज्ञान प्राप्त हुनेछ भन्ने मान्यता छ ।

यो पनि पढ्नुहोस   तोडिनैपर्छ माफिया र बिचौलियाको जालो

सूतजीले अर्को एउटा कथा पनि सुनाउनुभयो । पहिला प्रमांगद नामक एक राजा थिए । उसले आफ्ना प्रजालाई छोरा समान लालनपालन गर्ने गर्दथे । तर, त्यस राजालाई कुष्ठरोग भएर अति नै दुःख भयो । राजा अत्यन्तै दुःखी भइरहेको देखेर रानीले भन्छिन्, ‘हाम्रा पुरेत उपमन्युुले आँखाको रोग भएर अन्धो भइरहेको बेलामा उसले श्री विश्वकर्माको व्रत पूजा ग¥यो । त्यसैको प्रभावले उसलाई दिव्य दृष्टि प्राप्त भयो । तपाईं पनि विश्वकर्मा भगवान्को शरणमा जानुहोस् ।’ राजालाई यो कुरा उचिल लाग्यो । अनि प्रत्येक औंसीमा श्री विश्वकर्माको व्रत बस्न थाले । यसको प्रभावले राजाको कुष्ठरोग निको हुँदै गयो । त्यसैले, जसले श्री विश्वकर्माको दिनदिनै ध्यान गर्छ, उसको सबै रोग मुक्त हुन्छ भन्ने मान्यता छ ।

सूतजीले फेरि अर्को जगत्लाई नै चकित पार्ने कथा बताउनुभयो । वनारसको एउटा गाउँमा देवताको रथ बनाउने कार्यमा निपूर्ण एक जना कालीगढ रहेछ । ऊ यताउता रथ बनाउने कार्यमा आफ्नो कौशल देखाउँदै रह्यो तर पैसा भने कमाउन सकेन । उसको सन्तान पनि छैन । उनकी पत्नीले सन्तान होस् भनी विभिन्न देवीदेवता र साधु सन्तकहाँ गएर मन्त्र, तन्त्र गरिरहँदा पनि इच्छा पूरा नभएपछि दम्पत्ति नै धेरै दुःखी भइरहे । उनीहरूको यस्तो अवस्था देखेर एक जना ब्राह्मणले उनीहरूलाई भन्छन्, ‘तिमीहरूले अन्य सबै उपाय छोडेर श्री विश्वकर्मा भगवान्को शरणमा जानू । श्री विश्वकर्माले नै तिमीहरूको दुःख मुक्त गरिदिनुहुन्छ ।’ ती कालीगढ दम्पतीले ब्राह्मणको उपदेशअनुसार श्री विश्वकर्मा भगवान्को पूजा गरेर व्रत बसेको प्रभावले छोरा– र नातिसमेत भए ।

सूतजीले फेरि अर्को एउटा कथा पनि बताउनुभएको छ । उज्जैन सहरमा एक जना प्रख्यात धर्मात्मा महाजन धनधान्यले परिपूर्ण रहेछन् । उनीसँग छिमेकी र अन्य गाउँका मानिसले समेत ऋण लिन आउँदा रहेछन् । सबैलाई उपकार गर्ने काम गरिरहेका भए पनि धन कम हुँदै गएपछि त्यो महाजनले दुःख पाएछन् । उसलाई कसैले पनि सहयोग गरेनन् । त्यसैले उनी निराश भएर जंगलमा गएर कन्दमुल, फलफूल जे भेटिन्छ त्यही खाएर जीवन चलाइरहे । एकदिन त्यो महाजनले तपस्या गरिरहेका लोमश ऋषिलाई पशुझैं ठानी जजिकै गएर हेरिरहे । लोमश ऋषिले तपस्या गर्दागर्दा जुँगादारी र कपाल लामो भई भइसकेको रहेछ । आफ्नो नजिकै आएर हेरिरहेका महाजनलाई देखेर लोमश ऋषिले सोध्दछन्, ‘सन्चै हुनुहुन्छ ? कता घुमेर आउनुभएको ?’

ऋषिले यसरी सोधेकाले महाजन अकमकिन्छन् । लोमश ऋषिले भन्नुहुन्छ, ‘भगवान् श्री विश्वकर्माको पूजा गर्नुहोस् । आखिरमा तपाईं हामीलाई ऋषि गर्ने उहाँ नै हुनुहुन्छ । त्यसैले, अद्भूत शक्ति भएका श्री विश्वकर्माको शरणमा जानोहोस् । विश्वकर्मा भगवान्का अनेक रूप छन् । दुई हात, चार हात र दश हात, एउटा मुख, चार मुख र पाँच मुख भएका अद्भूत रूप भएका श्री विश्वकर्मा भगवान्को व्रत बस्नुहोस् । अनि तपार्इंको दुःख नाश हुनेछ ।’ लोमश ऋषिको आदेशबमोजिम महाजनले श्री विश्वकर्माको पूजा गरेर व्रत बसेदेखि उसको दुःख नाश भएर सुखपूर्वक जीवन बिताइरहन्छ ।

भगवान् श्री एमले पनि लंकामा जान सेतु बन्धन नामक पुल बनाउनुअघि पनि श्री विश्वकर्माको पूजा गर्नुभएको थियो । यस्तो अत्यन्तै महŒवले भरिएको अद्भूत शक्ति भएका श्री विश्वकर्मा भगवान्को हरेक वर्ष आश्विन संक्रान्तिका दिन नेपाल र भारतमा एउटा पर्वको रूपमा पूजा गर्ने र व्रत बस्ने चलन छ ।

(Visited 97 times, 1 visits today)
Loading comments...

आजको समाचार

मासिक तीन लाख कमाउछन् यी भिडियो सम्पादक

काठमाडौं । कोरोनाको कहरले नेपाली चलचित्रका प्राविधिक निकै मारमा परे । तर, पछिल्लो समय म्युजिक भिडियोको छायांकनको क्रम बढेपछि आफूहरूलाई राहत मिलेको उनीहरूको भनाई...

बागमति प्रदेशसभामा मुख्यमन्त्रीविरुद्धको अविश्वास प्रस्तावमाथि आजै छलफल हुने

हेटौडा । बागमति प्रदेशसभामा मुख्यमन्त्रीविरुद्ध दर्ता भएको अविशस प्रस्तावमाथि आजैबाट छलफल हुने भएको छ । प्रदेशसभाको सातौं अधिवेशन आज दिउँसो १ बजेदेखि पुनः सञ्चालन...

वर्न्लीसँग लिभरपुल स्तब्ध

लन्डन । इङ्लिस प्रिमियर लिगको साविक विजेता लिभरपुल वर्न्लीसँग पराजित भएको छ । आफ्नै घरेलु मैदानमा आज बिहान सम्पन्न खेलमा अंक तालिकाको १७औं स्थानमा...

मुख्यमन्त्री विरुद्ध अविश्वासको प्रस्ताव सदनमा प्रवेश

चुरे मकवानपुर । पार्टीभित्रको आन्तरीक बेमेलको कारण आफ्नै पार्टीभित्रको सांसदबाट मुख्यमन्त्री विरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरिएको बागमती प्रदेशमा यो विषय अब सदनमा प्रवेश गरेको...

दाहाल–नेपाल समूहको शक्ति प्रदर्शन (फाेटाेफिचर)

काठमाडौँ । प्रतिनिधिसभा विघटनको विरोधमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहले राजधानीमा शक्ति प्रदर्शन गरेकाे छ । राजधानीका विभिन्न स्थानबाट विरोध जुलुस निकालेको छ...

साताका लोकप्रिय समाचार

केपी ओलीको विरोध गरे मधेशको विकास असम्भव : महेश बस्नेत

सप्तरी, राजविराज । विपक्षी दलले आन्दोलन गरिरहेको बेला सप्तरीमा नेकपाको सत्तापक्षिय राष्ट्रिय यूवा संघ नेपालले प्रधानमन्त्री ओलीको पक्षमा प्रदर्शन र सभा गरेको छ । विहीबार...

‘संविधानमा प्रतिनिधिसभा विघटन गर्ने अधिकारबारे कहीँकतै उल्लेख गरिएको छैन’

काठमाडौँ । प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिट निवेदनबमोजिम आज संवैधानिक इजलासमा भएको सुनुवाइमा रिट निवेदकका तर्फबाट अधिवक्ता सन्तोष भण्डारीले प्रतिनिधिसभाको कार्यकाल पाँच वर्षका लागि भएकाले...

गलत मार्गचित्रका कारण मुलुक संकटको दलदलमा भासियो : कमल थापा

हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले २०६२/०६३ पछि अबलम्बन गरिएको त्रुटिपूर्ण मार्गचित्रका कारण मुलुक संकटको दलदलमा भासिएको बताएका छन् । आज मकवानपुरको मकवानपुरगढी...

अन्तर्राष्ट्रिय व्यापारलाई सहजीकरण गर्न राष्ट्रिय एकद्वार प्रणाली

काठमाडौँ । आयात र निर्यातलाई भन्सारसँग आवद्ध गरी अन्तर्राष्ट्रिय व्यापारलाई सहजीकरण गर्न आगामी सातादेखि नेपाल राष्ट्रिय एकद्वार प्रणाली सुरु हुने भएको छ । अर्थ...

संगीतकार संघमा नयाँ नेतृत्व चयन

काठमाडौं । संगीतकार संघ नेपालमा नयाँ कार्यसमिति चयन भएको छ । संगीतकार पारस मुकारुङको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको हो । काठमाडौंमा शनिबार बेलुका...

ट्रेन्डिङ

चामल खरिदमा स्वार्थै स्वार्थ, सरकार मौन

काठमाडौं । सरकारको पूर्ण स्वामित्वमा रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनीको आन्तरिक मिलेमतोमा चामल खरिदमा ठूलो चलखेल भएको पाइएको छ । कम्पनीले सार्वजनिक खरिद...

कोरोना टिप्स : यस्ताे छ तनावमुक्त हुने तरिका

काेरोना महामारी मानिसका लागि तनावपूर्ण बनेको छ । नयाँ रोग विषयमा डर र चिन्ता हुनु स्वभाविकै हो । विशेषगरी, बालबालिका र वयस्कमा यसले नकारातमक...

वेपत्ता परिवारको प्रश्न : सरकार सासको आश त छैन, लाश कहाँ छ ?

बर्दिया । ठाकुरबाबा–८ सुतैयाकी जयन्ती शाही गाउँको बाटो भएर कोही मानिस आउँदा हत्तपत्त दैलोमा आउँछिन् । खबर केही आयो कि भन्ने आशमा केही क्षण...

राजधानीकर्मी अधिकारी सम्मानित

बर्दिया । बर्दियाका राजधानी सहकर्मी सुदीप अधिकारी सम्मानित भएका छन् । ठाकुरबाबा नगरपालिका १ भुरिगाउँको हाम्रो मध्यवर्ती राधाकृष्ण बचत तथा ऋण सहकारी संस्थाले आफनो...

फेरि एक जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेपालगञ्जमा थप एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भेरी अस्पताल नेपालगञ्जमा परीक्षण गर्दा शुक्रबार १६ वर्षका पुरुषमा कोरोना संक्रमण पुष्टि...

ओलम्पिक स्वर्णधारी मोरोको निधन

न्युयोर्क । ओलम्पिकमा स्वर्णपदक जित्न सफल अमेरिकी धावक बोबी जोय मोरोको निधन भएको छ । मोरोको ८४ वर्षको उमेरमा निधन शनिबार राति निधन भएको...

अख्तियार प्रमुख आइसोलेशनमा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख नविन घिमिरेलाई कोरोना संक्रमण भएको छ । घिमिरेलाई मंगलबार कोरोना संक्रमण भएपछि आइसोलेसनमा बसेका छन् । केही सातायता...

सप्तरीमा कोरोना संक्रमणबाट थप एकको मृत्यु

राजविराज । कोरोना संक्रमणबाट सप्तरीको तीन जनाको लगातार मृत्यु भएपछि जिल्लामा अझै त्रास थपिएको छ । पछिल्लो पटक शनिबार बिहान राजविराज ७ निवासी ६२...

RAJDHANIDAILY VIDEO

हाम्रो पात्रो

प्रमुख

लखेटी–लेखटी चौधरीको हत्या गर्ने ३ जना पक्राउ

तुलसीपुर । दाङमा एक जनाको हत्या गरेको आरोपमा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । बिहिबार दिउँसो राप्ती गाउँपालिका ६ बस्ने बर्ष ४० को...

तस्विरमा प्रतिनिधिसभा विघटन विरुद्ध प्रर्दशन

काठमाडौं । प्रतिनिधिसभा विघटनको विरोधमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समुहले शुक्रवार काठमाडौंमा शक्ति प्रर्दशन गरेको छ । काठमाडौंको विभिन्न स्थानहरुबाट निस्किएको जुलुस रत्नपार्कमा...

थप ३०२ जनामा कोरोना पुष्टि, ७ जनाको मृत्यु

काठमाडौँ । देशभर पछिल्लो २४ घण्टामा थप ३०२ जनामा कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो...

ओलीलाई तह लगाउन नसकेकोमा प्रचण्डद्धारा आत्मालोचना

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी दाहाल नेपाल समुहका पक्षका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केपी ओलीलाई तह लगाउन नसकेको बताएका छन् । शुक्रवार राजधानीमा आयोजित प्रदर्शनपछिको...

भर्खरै

लखेटी–लेखटी चौधरीको हत्या गर्ने ३ जना पक्राउ

तुलसीपुर । दाङमा एक जनाको हत्या गरेको आरोपमा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । बिहिबार दिउँसो राप्ती गाउँपालिका ६ बस्ने बर्ष ४० को...

मुख्यमन्त्री विरुद्ध अविश्वासको प्रस्ताव सदनमा प्रवेश

चुरे मकवानपुर । पार्टीभित्रको आन्तरीक बेमेलको कारण आफ्नै पार्टीभित्रको सांसदबाट मुख्यमन्त्री विरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरिएको बागमती प्रदेशमा यो विषय अब सदनमा प्रवेश गरेको...

कार्यक्रम ‘खेलौं जुहारी’ को प्रसारण सुरु

काठमाडाैं। युवा पुस्तामा नसुन्ने भन्ने लोक तथा दोहोरी गीतहरु सर्वप्रिय वन्दै जाँदा आजवाट अर्काे नयाँ दोहोरी कार्यक्रम खेलौँ जुहारीको प्रसारण सुरु भएको छ । ईन्टरटेन्टमेन्ट...

तस्विरमा प्रतिनिधिसभा विघटन विरुद्ध प्रर्दशन

काठमाडौं । प्रतिनिधिसभा विघटनको विरोधमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समुहले शुक्रवार काठमाडौंमा शक्ति प्रर्दशन गरेको छ । काठमाडौंको विभिन्न स्थानहरुबाट निस्किएको जुलुस रत्नपार्कमा...

धेरै पढिएका

दूरदर्शिता र राष्ट्रियताको खडेरी

यस आलेखको प्रारम्भ गर्नुअघि सेवारत रहँदा हासिल गरेको देश विदेशका केही अनुभवको स्मरण गर्न पुगेको छु । माओवादी भर्खरै शान्ति प्रक्रियामा आएका बखत अस्ट्रेलियाको...

चौथो टेस्ट भारतको पक्षमा

ब्रिसवन । अस्ट्रेलियाविरुद्धको चौथो टेस्ट भारतले आफ्नो पक्षमा पारेको छ । यो जीतसँगै भारतले चार टेस्टको शृङ्खला २–१ ले जितेको छ । एक खेल...

ओलीले पद छोड्दैनन्, हिक्कहिक्क हुँदा पनि बसिरहन्छन् : नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी दाहाल–नेपाल समूहका अध्यक्ष माधव नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजीनामा दिनुपर्ने बताएका छन् । मंगलबार राजधानीमा आयोजित प्रेस संगठन...

म्यानचेस्टर शीर्ष स्थानमा कायमै

लन्डन । म्यानचेष्टर युनाइटेड इङ्लिस प्रिमियर लिगको पुनः अग्रस्थानमा उक्लिएको छ । आज बिहान सम्पन्न खेलमा फुलह्यामलाई २-० ले पराजित गर्दै  युनाइटेड शीर्ष स्थानमा...

ई-पेपर

छुटाउनुभयो कि?

(Visited 102 times, 1 visits today)