Friday, October 23, 2020
Home बिचार नेकपाको अबको कार्यभार

नेकपाको अबको कार्यभार

सत्तारूढ दल नेकपाको आन्तरिक विवादले निकास पाउने चरणमा पुगेको छ । गत ३० साउनमा महासचिव विष्णु पौडेलको संयोजकत्वमा गठन भएको कार्यदलले आफ्नो प्रतिवेदन ६ भाद्रमा अध्यक्षद्वयलाई बुझाएपछि जारी विवाद समाधानको बाटो लागेको हो । कार्यदलले सुझावसहित बुझाएको प्रतिवेदन सचिवालय बैठकले अनुमोदन गरिसकेपछि एकअर्काविरुद्धका टीकाटिप्पणी अहिले बन्द भएका छन् । २६ भाद्रमा बसेको स्थायी समिति बैठकमा अध्यक्षद्वयले कार्यदलको सुझावलाई समेत समावेश गरी पार्टी र सरकार सञ्चालनको नयाँ मोडालिटी पारित गरेको छ । उक्त मोडालिटी पारित भएपछि नेकपा पार्टी र सरकार प्रभावकारी रूपमा चल्नेछ । आशातीत काम गर्न नसकिरहेको पार्टी र सरकार प्रभावकारी एवं सशक्त हँुदै अघि बढ्नेछ । पार्टी सञ्चालन प्रचण्डले गर्ने र सरकार सञ्चालन अर्का अध्यक्ष केपी ओलीले गर्ने सहमतिसहित सकिएको स्थायी समिति बैठकले पार्टी र सरकार प्रभावकारी रूपमा अघि बढ्ने अठोट लिएको छ । पार्टी र सरकारबीच बढ्दै गएको आन्तरिक विवादले अब सकरात्मक निकास पाई पार्टी र सरकारको शक्तिलाई जनहितमा प्रयोग हुन सकोस् ।

स्थायी समिति सदस्य विष्णु पौडेलको संयोजकत्वमा गठित ६ सदस्यीय कार्यदललाई पार्टीभित्र देखिएका सबै असमझदारी र असन्तुष्टिलाई सम्बोधन हुनेगरी निकास निकाल्न दिएको कार्यादेशले पनि शीषर््ा नेतृत्व आरोप लगाइएजस्तो पार्टी फुटाउने रणनीतिमा रहेको देखिएन । शीर्ष नेतृत्व पनि सबै पक्षको सम्मान हुने खालको निकास निकाल्न चिन्तित रहेको पाइयो ।

नेकपाको एकता टुटको अवस्थामा पुगेको भए राष्ट्रिय राजनीतिमा नै नकारात्मक प्रभाव पर्नै निश्चित प्रायः थियो । उपल्लो वरिष्ठ तहका नेताको अडान र चर्काचर्की अभिव्यक्ति सुन्दा विवादको गाठो झनै कसिएको जस्तो देखिन्थ्यो । तर, ढिलै भए पनि अध्यक्षद्वयले एक कदम पछि हटेर विवादका अन्तर्वस्तुलाई सम्बोधन गर्न देखाएको तत्परताले आगामी दिनमा नेकपा थप संगठित र एकताबद्ध भई राष्ट्रिय कार्यभार पूरा गर्नेछ ।

पूर्वएमाले र माओवादीबीच एकता किन आवश्यकता प¥यो ? एकताका सहमतिहरू केके थिए ? एकतामा खटपटी कहाँबाट सुरु भयो ? एकता भङ्ग हुनेसम्मको अवस्थामा आइपुग्नुमा को दोषी छ ? पार्टी एकतासँग जोडिएको राष्ट्रिय कार्यभार के थियो ? सर्वप्रथम यी र यस्ता तमाम प्रश्नको जवाफ खोजेर नेकपाले आगामी कार्यभारलाई सफलतापूर्वक सम्पन्न गर्नेतर्फ बाटो तय गर्नुपर्दछ । गणित र गुटको पक्षपोषणले न पार्टीलाई बलियो बनाउँछ, न त जनविश्वास नै आर्जन गर्न सकिन्छ । यस्तो प्रवृत्तिले कार्यकर्ता एवं शुभचिन्तकमा ठूलो विचलन ल्याउने सम्भावना रहन्छ । यो वास्तविकतालाई मनन गरेर अब केही दिन केही समयपछिको नेकपामा आमूल परिवर्तन देखिनुपर्छ, पार्टी र सरकार सञ्चालनमा, राष्ट्रिय मुद्दालाई हेर्ने सवालमा, महामारीले सिर्जना गरेको त्रासदीपूर्ण अवस्थालाई सामान्यीकरण गराउने सवालमा ।

सत्ताको वरिपरि घुम्ने सम्भ्रान्तको समाजवाद र गरिब, निमुखा, विपन्न, श्रमजीवी, मजदुरलगायत बुझेको समाजवादबीच भेद पाउनु जरुरी छ

नेकपा नेतृत्वको अहिलेको सरकारले पाँच वर्ष निर्बाध रूपमा सत्ता सञ्चालनको जनादेश पाएको छ । सत्तासञ्चालनलाई केवल सत्तामा मात्र सीमित गरेर महŒवपूर्ण कार्यभारलाई बिर्सिएर सत्ता र शक्ति आर्जनमा मात्रै विवेक प्रयोग हुन थाल्यो भने देश र जनताले अब माफी गर्ने छैनन् । भनिन्छ, कम्युनिस्ट पार्टी व्यक्तिवादी हँुदैन, नीति प्रधान हुन्छ । विधि, पद्धति, अनुशासन, संगठन सामूहिकताको भावनाले चलेको हुन्छ । तर, जबजब कम्युनिस्ट सत्तामा पुग्छन्, यी सब कुरा बिर्सिएर ‘म नै राज्य हुँ’को शैलीमा प्रस्तुत भइदिँदा सच्चा कम्युनिस्टको शिर निहुरिएको छ । अब बन्ने नेकपा यस्तो हुनेछैन । ज्यादै ठूलो राष्ट्रिय कार्यभार काँधमा बोकेर, एकताको विशिष्ट चरणबाट अगाडि बढिरहेको पार्टीले महŒवपूर्ण सवालहरूमा उच्च सावधानी अपनाएर अघि बढ्नुपर्ने हुन्छ । पार्टीमा उत्पन्न विवाद समाधानार्थ गठन गरिएको कार्यदलले बुझाएको प्रतिवेदनले पार्टी र सरकारबीचको सम्बन्धलाई थप सशक्त बनाउनेछ ।

यो पनि पढ्नुहोस   सचेततापूर्वक दसैं मनाऔं

अघिल्लो केन्द्रीय समितिकै बैठकले आगामी चैत्र महिनामा एकता महाधिवेशन गर्ने भनी तोकिसकेको सन्र्दभमा अब पनि अनेक किसिमका शंका र उपशंकाले पार्टी र सरकारलाई क्षति पु¥याउने काम कसैबाट हुनुहुँदैन । एकता महाधिवेशनभन्दा अगाडि गर्नुपर्ने कार्यभार धेरै छन् । मुख्य रूपमा पार्टीभित्र वैचारिक बहसलाई खुला गर्नुपर्दछ । विचार र सिद्धान्तमा घनीभूत छलफल गर्दै नेपाली परिवेशको समाजवाद स्थापनाको मार्गचित्र कोर्नेतर्फ पार्टी एवं सरकारका नीतिकार्यक्रम, कार्यनीति, रणनीति किटान गरी अघि बढ्नुपर्दछ । सत्ताधारी दलको काम चुनावताका आफ्नो घोषणापत्रमा गरेका वाचा र प्रतिज्ञा पूरा गर्नेतर्फ केन्द्रित हुनुपर्दछ । तर, यतिमा मात्र उसको कार्यभार पूरा हुँदैन । विधि, पद्धति, अनुशासन, सुशासन कायम गर्दै राष्ट्र र जनतालाई समृद्धिको बाटोमा लिएर हिँड्ने महŒवपूर्ण कार्यभार सरकारले पूरा गर्नुपर्ने हुन्छ ।

तीन तहका निर्वाचनको जनादेशले नेकपालाई पाँच वर्षमा देशको समृद्धिको गुरुयोजना तयार पार्ननिर्देश गरेको छ । देशलाई स्थीर सरकार दिनुपर्ने, सुशासन कायम गराउनुपर्ने दण्डहीनताको अन्त गर्नुपर्ने, शिक्षा स्वास्थ्य एवं रोजगारीको सुनिश्चित गर्दै मुलुकलाई समाजवादको मार्गतर्फ दोहो¥याउनुपर्ने कार्यभारबाट सरकार विचलित हुने अब छुट छैन । करिब दुई तिहाइको कम्युनिस्ट सरकारको असफलताले भविष्यमा नेपालको कम्युनिष्ट आन्दोलनले विसर्जन र विघटनको बाटो त समाउन लागेको होइन भनेर प्रश्न उठ्न थालिसकेको अवस्थालाई मध्यनजर गर्दै नेतृत्व अघि बढ्नुपर्दछ । हामीले नै प्रशिक्षित गरेका, बनाएका नेता कार्यकर्ता त हुन नि, हामीले एकपटक भेटेर, भाषण गरेपछि फर्किहाल्छन् नि भन्ने नेतृत्वको यो गलत सोचाइले अब काम गर्नेवाला छैन ।

कसरी यो कम्युनिस्ट पार्टी हुन सक्छ, जब यो जातपात, धर्मको कुरा गर्छ, कर्पोरेटको हित र संरक्षणमा सरकार उभिन्छ ? व्यापारी, ठेकेदार, बिचौलियाको पन्जामा परेर आफ्नो निर्णय र अडानमा एकछिन पनि अडिग हुन सक्दैन ? आफ्ना नीति कार्यक्रम, बजेट बाँडफँड, निम्नवर्गसम्म पु¥याउन सक्दैन ? ठूलो संख्यामा रहेका युवाका समस्या समाधानमा उदासीन सरकारलाई कसरी कम्युनिस्ट चरित्रसँग दाँज्ने अन्योल उत्पन्न भएको छ । सत्ताबाहिर भएका मानिसको आवाजलाई सुझावको रूपमा ग्रहण गरेर अघि बढ्ने धैर्य सरकारले लिनुपर्दछ । राष्ट्रिय आवश्यकता र प्राथमिकताका आधारमा योजना परियोजनाको छनोट गरी प्रतिफल लक्षित वर्गसम्म पु¥याउने रणनीति तय गरेर अघि बढ्नुपर्ने हुन्छ ।

नागरिक समाज, बौद्धिकवर्ग, सञ्चारक्षेत्र, विभिन्न पेसाकर्मी एवं राष्ट्रिय जीवनका महŒवपूर्ण क्षेत्रमा योगदान पु¥याएका सम्मानित व्यक्तित्वसँगको सम्बन्धलाई प्राथमिकतामा राखेर सल्लाह र सुझाव लिने संस्कारको विकास हुनुपर्दछ ।
कोरोनाको वैश्विक त्रास बढिरहेको छ । औषधि र भेन्टिलेटरको अभावमा मृत्युवरण गर्नेको संख्या दिन प्रतिदिन बढिरहेको छ । खाडी मुलुकमा रोजगार गुमाएर भोकभोकै प्रताडित भएर बसेका नेपाली जनताप्रति सरकारको केही दायित्व छैन ? जसरी महामारीको उद्गमस्थल चीनको वुहानबाट १ सय ७५ जना नेपालीलाई सरकारले उद्धार गरेर स्वदेश फिर्ता ल्याएको थियो । त्यसैगरी खाडीलगायत अन्य मुलुकबाट पनि रोजगार गुमाएर पीडामा परेका जनतालाई

उद्धार गर्न किन ढिलाइ ?
अर्थतन्त्र कोमामा पुग्ने अवस्था आइसकेको छ । रोजगारी गुमाउने दिन प्रतिदिन बढिरहेका छन् । गरिब भोकले मरिरहेको छ, न्याय नपाएर छटपटाइरहेको छ । तर, महामारी र लकडाउनलाई व्यक्तिगत स्वार्थ पूरा गर्ने माध्यम बनाउने उच्च राजनीतिक तहका नेतृत्वलाई सरकारले कारबाही गर्न नसक्नुले सरकार कसको हितमा काम गरिरहेको छ भन्ने प्रश्न स्वाभाविक भएको छ । सत्तामा बस्ने र सत्ताको वरिपरि घुमिरहने सम्भ्रान्तको बुझाइको समाजवाद र गरिब, निमुखा, विपन्न, श्रमजीवी र मजदुरले बुझेको समृद्धि र समाजवादबीच रहेको खाडल नपुरेसम्म जनताको दैनिकी दयनीय अवस्थामा नै रहिरहन सक्छ ।

(Visited 39 times, 1 visits today)
Loading comments...

आजको समाचार

गोरखाबाट हनुमानढोका दरबारका लागि पठाइयो फूलपाती

गोरखा दरबारस्थित दशैँघरबाट काठमाडौँको हनुमानढोका दरबारका लागि फूलपातीसहितको डोली पठाइएको छ । विधिपूर्वक पूजाअर्चना गरी दरबारका सुसारेले आज बिहान ९ः१० बजेको शुभसाइतमा फूलपातीसहितको डोली...

जग्गादाताले आन्दोलन गर्ने

दोलखा । दोलखाको बैत्यश्वर गाउँपालिकालाई स्थानीय जनताले दान गरेको जग्गा अपचलन भएको भन्ने भ्रमक र गलत प्रचारमा भएको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाको केन्द्र...

दसैं सुरक्षा : देशभर ४८ हजार ८ सय प्रहरी परिचालन

काठमाडौं । तपाईं दसैंमा काठमाडौं उपत्यकाबाट बाहिर जाँदै हुनुहुन्छ ? तपाईंको घर वा डेराको सुरक्षामा शंका छ ? यदि त्यस्तो लाग्छ भने तपाईंले नजिकको...

मुख्यमन्त्री शाहीविरुद्धको अविश्वास प्रस्ताव अस्वीकृत

काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री एवम् नेकपा संसदीय दलका नेता महेन्द्रबहादुर शाहीविरुद्धको अविश्वास प्रस्ताव बहुमतले अस्वीकृत गरेको छ । आज शनिबार बसेको संसदीय दलको...

दशै मनाउन हस्तनाको परिवारलाई खाद्यान्न र नगद सहयोग

दैलेख । दैलेख आठविस नगरपालिका –५ कि हस्तना विकलाई दशै मनाउनको लागि आर्थिक सहयोग हस्तान्तरण गरिएको छ । जिल्ला स्थित विभिन्न सामाजिक संघ संस्था...

साताका लोकप्रिय समाचार

नेकपा कर्णाली प्रदेश सत्तासंघर्ष: ओली र दाहालबीचको छलफल निष्कर्षविहीन

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कर्णाली प्रदेशमा देखिएको विवाद समाधानका लागि अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच आइतबार भएको छलफल विनानिष्कर्ष...

मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, एक गम्भीर घाइते

काभ्रे (पाँचखाल) । जिल्लाको पाँचखाल नगरपालिका वडा नं ४ स्थित तामाघाटमा मोटरसाइकल दुर्घटना भएको छ । मोटरसाइकल दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु भएको छ भने...

यसरि नष्ट गरियो म्याद गुज्रेका खाद्य सामग्री

रौतहट । रौतहटको चन्द्रपुर नगरपालिकाले म्याद नाघेका करिब २ लाख बराबरको समान बरामद गरी नष्ट गरेको छ । चन्द्रपुर नगरपालिकाकी उप प्रमुख रामरती चौधरीको...

बिपी प्रतिष्ठानमा कोरोना संक्रमितले  ६० हजार धरौटी राखेर मात्र भर्ना पाउने

धरान । धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले कोरोना सङ्क्रमितका लागि धरौटी राखेर मात्र उपचार प्रक्रिया शुरु गर्ने निर्णय गरेको छ । यही कात्तिक...

धरानमा थप दुई कोरोना संक्रमितको मृत्यु

धरान । यहाँस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा दुई सङ्क्रमितको आज मृत्यु भएको छ । झापा, शिवगढी –११ का ५७ वर्षीय र सुनसरी, धरान...

ट्रेन्डिङ

स्याङजामा पहिरो : एकै घरका ९ सहित १० जनाको मृत्यु

स्याङ्जा । जथाभावी सडक खन्ने प्रचलन बढेसंगै स्याङ्जाका धेरै बस्तीहरु पहिरोको जोखिम मोल्न बाध्य छन् । स्थानीय तहदेखि प्रदेश र संघीय सरकारको सबै भन्दा...

डा. केसीसँग वार्ताका गर्न सरकारद्वारा समिति गठन

काठमाडौँ । सरकारले अनशनरत चिकित्सक प्रा डा गोविन्द केसीसँग वार्ताका लागि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव गोपीनाथ मैनालीको संयोजकत्वमा तीन सदस्यीय समिति गठन...

कोरोनाबाट थप १४ जनाको मृत्यु, मृतकको संख्या ३३६ पुग्यो

काठमाडौँ । पछिल्लो २४ घण्टामा कोरोना भाइरस सङ्क्रणबाट १४ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार यससँगै नेपालमा कोरोना सङ्क्रमणबाट ज्यान...

कार्कीद्वारा पदवहाली

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप)अन्तर्गत हालै संघसंस्था समन्वय शाखाको प्रमुखको जिम्मेवारी पाएका इन्द्रबहादुर कार्कीले आइतबार पदवहाली गरेका छन् ।
यो पनि पढ्नुहोस   सचेततापूर्वक दसैं मनाऔं
कार्कीलाई खेलकुद विकास विभागका प्रमुख...

पूर्वसदस्यसचिव सिंहको निधन

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप)का पूर्वसदस्यसचिव राजबहादुर सिंहको ८८ वर्षको उमेरमा निधन भएको छ । पूर्वफुटबल खेलाडीसमेत रहेका सिंहको शुक्रबार राति छाउनीस्थित आफ्नै...

रुपन्देहीमा कोरोना संक्रमित पुरुषको मृत्यु

रुपन्देही । कोरोना भाइरस सङ्क्रमणबाट थप एक जना पुरुषको मृत्यु भएको छ । बुटवलको कोरोना विशेष अस्पतालमा उपचाररत सैनामैना नगरपालिका–७ रामापुरका ४० वर्षीय पुरुषको...

वामदेव गौतमले लिए राष्ट्रिय सभा सदस्यको सपथ

काठमाडौं । राष्ट्रियसभा सदस्यमा मनोनित वामदेव गौतमले पद तथा गोपनियताको सपथ लिएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारील मन्त्रिपरिषदको सिफारिसमा गौतमलाई बिहीबार राष्ट्रियसभा सदस्य मनोनित गरेकी...

उच्च अदालत बार एशोसिएशनको अध्यक्षमा खड्का

इलाम । नेपाल बार एशोसिएशन उच्च अदालत बार एशोसियशन इलामको अध्यक्षमा बीरबहादुर खड्का चयन भएका छन् । शुक्रबार सम्पन्न बार एशोसिएशनको तेह्रौँ साधारणसभाले खड्कालाई...

RAJDHANIDAILY VIDEO

HAMRO PATRO

प्रमुख

बिपी प्रतिष्ठानमा कोरोना संक्रमितले  ६० हजार धरौटी राखेर मात्र भर्ना पाउने

धरान । धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले कोरोना सङ्क्रमितका लागि धरौटी राखेर मात्र उपचार प्रक्रिया शुरु गर्ने निर्णय गरेको छ । यही कात्तिक...

बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत कर्मचारीको काेराेनाबाट मृत्यु

धरान । बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा कार्यरत एक कर्मचारीको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ । प्रतिष्ठानको छात्रा होस्टलमा कार्यरत ५६ वर्षीया महिला...

उपत्यकामा १ हजार ५ सय ५२ जनामा कोरोना संक्रमण

काठमाडाैं । बिहीबार काठमाडौं उपत्यकामा १ हजार ५ सय ५२ जनामा कोरोना भाइरस (कोभिड-१९) स‌ंक्रमण पुष्टी भएकाे छ ।  आज काठमाडौंमा १ हजार २ सय...

मिथिलाञ्चलमा झिझिया नृत्यको रौनक

जनकपुरधाम । मिथिलाञ्चलका गाउँगाउँमा दसैंमा झिझिया नाचिन्छ । पूर्ण तान्त्रिक विधिअनुसार गरिने यो नृत्यको मिथिलामा आफ्नै महत्व छ । दसैंमा देवी स्तुतिका रूपमा झिझिया नृत्य...

भर्खरै

सवारी दुर्घटनामा परी १६ जना घाइते

सर्लाही । सर्लाहीमा बेग्ला बेग्लै भएको सवारी दु्र्घटनामा परी १६ जना घाइते भएका छन भने दुईको अवस्था चिन्ताजनक रहेको छ । हरिपुर न.पा. ३...

दशै मनाउन हस्तनाको परिवारलाई खाद्यान्न र नगद सहयोग

दैलेख । दैलेख आठविस नगरपालिका –५ कि हस्तना विकलाई दशै मनाउनको लागि आर्थिक सहयोग हस्तान्तरण गरिएको छ । जिल्ला स्थित विभिन्न सामाजिक संघ संस्था...

प्रशान्त र निष्ठा फिचर्ड ‘म तिमी’

काठमाडौं । मोडल प्रशान्त जंग शाहले आफ्नो पहिलो डेब्यु गीत ' म तिमी'को म्युजिक भिडियो सार्वजनिक गरेका छन् । रोमाण्टिक भर्सनको प्रेमी प्रेमिका विचको...

जग्गादाताले आन्दोलन गर्ने

दोलखा । दोलखाको बैत्यश्वर गाउँपालिकालाई स्थानीय जनताले दान गरेको जग्गा अपचलन भएको भन्ने भ्रमक र गलत प्रचारमा भएको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाको केन्द्र...

धेरै पढिएका

नेपालमा बलात्कार र यसको नियन्त्रण प्रयास

नेपालको एक लोकप्रिय दैनिक पत्रिकाले विगत केही समयदेखि बलात्कारका घटनाहरूलाई महत्वका साथ स्थान दिई सरकारको ध्यान आकर्षित गरिराखेको छ । पछिला समय १२ वर्षीया...

सचेततापूर्वक दसैं मनाऔं

नेपालीहरूको महान् चाडका रूपमा विजया दशमीलाई मानिन्छ । यसलाई बडा दसंै पनि भनिन्छ । विश्वभर छरिएर रहेका हिन्दू धर्मावलम्बीहरूका लागि यो सबैभन्दा ठूलो उत्सव...

‘खेलाडीको पीडा बुझेको छु’ – राखेप सदस्य खड्का

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप)का नवनियुक्त बोर्ड सदस्य हरि खड्काले आफू पनि खेलाडी भएकाले खेलाडीको पीडा राम्रोसँग बुझेको बताएका छन् । नेपाल राष्ट्रिय...

सेनाको इतिहास जति गर्विलो छ, वर्तमान उत्तिकै भरपर्दो र विश्वसनीय छः प्रधानमन्त्री

काठमाडाै‌ं ।  प्रधानमन्त्री केपी शर्मा ओलील संवेदनशील र गहन राष्ट्रिय सुरक्षा विषयबारे निरन्तर अनुसन्धान, छलफल र अन्तक्र्रियाको आवश्यकता औँल्याएका छन् । ‘पृतनापति समन्वयात्मक बैठकको...

ई-पेपर

छुटाउनुभयो कि?

(Visited 81 times, 1 visits today)