कांग्रेस महामन्त्री कोइरालाको स्वास्थ्य अवस्था सुधारोन्मुख

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको नेपाली कांग्रेसले जनाएको छ । कोरोना संक्रमण पुष्टि भएपछि महामन्त्री कोइराला उपचारका लागि हिजो ओम अस्पतालमा भर्ना भएका हुन् ।

नेपाली कांग्रेसले जारी गरेको विज्ञप्तिमा भनिएको छ, नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाको स्वास्थ स्थितिमा क्रमिक सुधार भइरहेको छ । ओम अस्पतालमा चिकित्सक टिमको संयोजन गरिरहनु भएका डा. विश्वनाथ कोइरालाका अनुसार निमोनियाको स्थिति नियन्त्रण हुँदै गएको छ र रेमडिसिभर औषधिको प्रयोगले उनको स्वास्थलाई सहज बनाइरहेको छ ।’

कांग्रेस सभापति शेरबहादुर देउवाले महामन्त्री कोइरालाको स्वास्थ’bout नियमित चासो राख्नुसाथै यथाशीघ्र स्वास्थलाभको कामना गरेका छन् । पार्टी मुख्य सचिव कृष्णप्रसाद पौडेलले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘महामन्त्री कोइराला चाँडै नै स्वस्थ भएर फर्कन नेपाली कांग्रेस पार्टी परिवारका तर्फबाट हामी हार्दिक शुभेच्छा व्यक्त गर्दछौं ।’

तपाइको प्रतिक्रिया
(Visited 181 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

सबै प्रकारका भुक्तानी बैंक खातामा विद्युतीय प्रणालीमार्फत गर्नुपर्ने

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
रुपन्देहीमा मात्रै ५ हजार उम्मेदवार