चामल खरिद प्रकरण: गल्ती लुकाउन ढाकछोप गर्दै खाद्य कम्पनी

काठमाडौं । चामल खरिदमा भएका बदमासी लुकाउन खाद्य व्यवस्था तथा व्यापार कम्पनी सक्रिय रूपमा लागेको छ । वार्षिक कार्यक्रमअनुसार चामल खरिद गर्ने क्रममा खाद्यले ठेकेदार कम्पनीसँग मिलेर बजार मूल्यभन्दा प्रतिक्विन्टल साढे चार सयदेखि सात सय रुपैयाँ बढी तिर्न लागिरहेको जनाइएको छ । खाद्यले कमिसन खान जानाजानी यो काम गरेको हो । यसका लागि कम्पनीले आफूलाई सहज हुने गरी तल्लो तहका कर्मचारी सरुवा पनि गर्ने गरेको छ ।

खाद्यले अहिले विभिन्न ठाउँमा वार्षिक कार्यक्रमअनुसार करिब ५५ करोड रुपैयाँमा १ लाख क्विन्टल चामल खरिद गर्दै छ । बजार मूल्यभन्दा साढे ४ सयदेखि ७ सय रुपैयाँमा खरिद गरेर राज्यलाई सिधै ५ करोडभन्दा बढी घाटामा पार्न खाद्य मरिमेटी लागिरहेको छ ।

सामान्यतया कुनै कार्यालयबाट अर्काे कार्यालयमा कर्मचारी सरुवा हुँदा अर्काे कर्मचारीलाई कार्यालयको बरबुझारथ गरेर जानुपर्ने हुन्छ । अर्काे कर्मचारी कार्यालयमा हाजिर नभएसम्म कि त त्यो कर्मचारी कार्यालयमा बस्नुपर्छ कि त अर्काे कर्मचारीलाई बरबुझारथ गर्नुपर्छ ।

सो कार्यालयमा कोही कर्मचारी छैन भने उसले अर्काे कर्मचारी कार्यालयमा हाजिर भएपछि मात्र सो कार्यालयको बरबुझारथ गरी सरुवा भएको कार्यालयमा हाजिर हुनुपर्ने हुन्छ ।

खाद्यको सोलुखुम्बु शाखा कार्यालय कर्मचारी नहुँदा करिब महिना दिनदेखि बन्द छ । त्यहाँ जिम्मेवारी पाएका कर्मचारी सिद्धिनाथ मिश्र अझै कार्यालयमा हाजिर भएका छैनन् ।

तर, खाद्यले अर्का कर्मचारी कार्यालयमा नआइपुग्दै कुनै बरबुझारथ नगरी कार्यालय नै बन्द गरेर अर्काे कार्यालयमा हाजिर गराएको छ । खाद्यले सो काम गलत नियतले गराएको देखिन्छ । यसैगरी, खाद्य कम्पनीकै खाद्य प्राविधिकलाई गुणस्तरहीन चामललाई गुणस्तर भएको रिपोर्ट तयार पार्न दबाब दिइएको पाइएको छ । कम्पनीका यस्ता कार्यले प्रस्ट हुन्छ कि खाद्यका कर्मचारीले चामल खरिदमा चलखेल गरिरहेका छन् ।

खाद्यले सोलुखुम्बु शाखा कार्यालयमा सरुवा गरेको कर्मचारी नआउँदै लहान र सोलुखुम्बु गरी दुवै कार्यालयको जिम्मेवारी दिएर राख्नु नै गलत नियत रहेको देखिन्छ । लहानमा चामल खरिद सुरु भएको हुँदा गलत नियतले हतार हतारमा लहानमा कार्यरत कर्मचारीलाई जनकपुर सरुवा गरी सोलुखुम्बुको कर्मचारी नआउँदै एकै व्यक्तिलाई दुवै कार्यालयको जिम्मा लगाएको देखिन्छ ।

चामल खरिदमा भइरहेको चलखेल र गलत नियतले कर्मचारीहरू सरुवा गरेका समाचार बाहिर आएपछि खाद्य कम्पनी आफ्ना गल्ती ढाकछोप गर्न लागिरहेको छ । कम्पनीले आफ्नो गल्ती ढाकछोप गर्न सूचना जारी गरी स्पष्टीकरणसमेत दिएको छ ।

जबकि खाद्यले अहिले पनि लहान मुख्य शाखा कार्यालय र सोलुखुम्बुका शाखा कार्यालयको जिम्मा कर्मचारी शम्भुप्रसाद रेग्मीलाई दिएको छ । रेग्मी १२ भदौदेखि सोलुखुम्बु शाखा कार्यालयको बरबुझारथ नगरी कार्यालय बन्द गरी लहानमा हाजिर भइरहेका छन् । जहाँ अहिले ७ करोड २७ लाख १३ हजार रुपैयाँमा १४ हजार ५ सय क्विन्टल चामल खरिद भइरहेको छ ।

खाद्यको सोलुखुम्बु शाखा कार्यालय कर्मचारी नहुँदा करिब महिना दिनदेखि बन्द छ । त्यहाँ जिम्मेवारी पाएका कर्मचारी सिद्धिनाथ मिश्र अझै कार्यालयमा हाजिर भएका छैनन् ।

कम्पनीको सोलुखुम्बु शाखा बन्द हुँदा त्यहाँका उपभोक्ता मर्कामा परेका छन् । कम्पनीको शाखा कार्यालय बन्द हुँदा सोलुखुम्बुका उपभोक्ताले बजारबाट महँगोमा चामल खरिद गरेर खानुपर्ने बाध्य छ ।

सोलुखुम्बु शाखा कार्यालयको जिम्मा पाएका सिद्धिनाथ मिश्र आफू ५ असोजपछि मात्र कार्यालयमा हाजिर हुन सक्ने बताउँछन् । लकडाउनका कारण आफू समयमा कार्यालयमा हाजिर हुन नसकेको उनको भनाइ छ । उनले भने, ‘नियमअनुसार लहानमा सरुवा भएका शम्भुप्रसाद रेग्मी आफैंले बरबुझारथ गरी जानुपर्ने हो । तर, उहाँ म कार्यालयमा हाजिर नहुँदै बरबुझारथ नगरी जानुभयो । कार्यालय सहयोगीको जिम्मा लगाएर उहाँ लहान जानुभयो ।’

तपाइको प्रतिक्रिया
(Visited 245 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

बागमतीका मुख्यमन्त्री जम्कट्टेलले चैत १९ मा विश्वासको मत लिने

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
उम्मेदवारको घरमा विस्फोट, श्रीमती घाइते