Tuesday, October 27, 2020
Home बिचार स्कुल खोल्न सकिन्छ त !

स्कुल खोल्न सकिन्छ त !

बाबा ! मैले त स्कुल जाने बाटो नै बिर्सिसकें । साथीहरू र शिक्षकको अनुहार बिर्सिसकें । स्कुल कहिले खुल्छ ? अनलाइन कक्षा सकिनेबित्तिकै छोरीले प्रश्न गरिन् ।

छोरी ! समय नै यस्तो छ, के गर्ने त ? अनलाइनमा आँखा तानीतानी पढ्दा थाकेकी र साथीहरूसँग उफ्रिएर रमाउन नपाउँदा आत्तिएकी छोरीलाई मैले सम्झाउने कोसिस गरें ।

छोरीका प्रश्नले मेरो मथिंगल झनझनायो । कोरोनाको महामारीको कारण लकडाउन भएर स्कुलहरू महिनौदेखि बन्द छन् । लाखौं विद्यार्थी अन्योलमा छन् । विद्यार्थीहरूलाई स्कुल बोलाउने हिम्मत कसैले जुटाउन सकेका छैनन् । विद्या आर्जनका लागि विद्यार्थी स्कुलमा अनिवार्य रूपमा उपस्थित हुनुपर्दछ । स्कुल होटल रेस्टुरेन्ट, मल, सैलुन, पार्लरजस्तो गए पनि हुने र नगए पनि हुने स्थान होइन । विद्यार्थी जम्मा हुने थलो भएकाले संक्रमण तीव्र हुन सक्ने भयले अभिभावक, विद्यार्थी र सरकार त्रसित मनोविज्ञानमा रहेका छन् । स्कुल खोल्ने र सञ्चालन कसरी गर्ने भन्ने विषयले शिक्षक, विद्यार्थी, अभिभावक, स्कुल सञ्चालक, समुदाय र सरकारलाई अनिदानीय पीडा दिएको छ ।

विद्यार्थीको पीडा : कोरोनाको संक्रमणले च्याप्दै ल्याएपछि देशव्यापी लकडाउन भयो । कक्षा चढ्न परीक्षाहरू मुखैमा आएका थिए । विद्यार्थीहरू परीक्षाको तयारीमा थिए । शैक्षिक संसारमा अनिश्चितताको बादल लामो समयसम्म लागिरको छ । स्कुल बन्द छन् । घरपरिवार समाज कठिन मोडमा खडा छ । त्यसको प्रभाव पनि विद्यार्थीमाथि परेको छ । लामो समय घरभित्र बस्नुपर्दा विद्यार्थीले स्कुलको जीवन सम्झनु स्वाभाविक हो । स्कुलमा गएर सिकेको शिक्षा दिगो पनि हुन्छ । विद्यार्थी साथीहरूसँग खेल्दा र रमाउँदा मानसिक रूपमा स्वस्थ र पढ्न उत्पे्ररित पनि हुन्छन् । स्कुलहरू बन्द भएकाले पाँच वर्षदेखि २१ वर्ष उमेर समूहका विद्यार्थी घरभित्र सीमित भएर बसेका छन् ।

शिक्षकको पीडा : संक्रमणको भयले स्कुलहरू बन्द भएपछि सरकारले दीर्घकालीन सोचबिना अभिभावकलाई स्कुलको फी नतिर्नु भन्यो । सरकार वा सामुदायिक विद्याालयमा पढाउने अभिभावकले विद्यालयको शुल्क खासै बुझाउनुनपर्ने भएकाले त्यसको असर पनि शून्य रह्यो । सामुदायिक स्कुलका शिक्षकले तलबभत्ता महिनैपिच्छे पाइरहे । तर, निजी विद्याालयका अभिभावकलाई छोराछारीको फी तिर्नुपर्छ भन्ने हुँदाहुँदै पनि सरकारले भनेको भनेर उनीहरूले बितेको शैक्षिक सत्रको फी पनि नतिरिकन बसेका छन् । त्यसको असर सोझो रूपमा निजी विद्यालयमा पढाउने शिक्षकमाथि प¥यो । शिक्षकहरूले ५÷६ महिनादेखि तलब पाएका छैनन् । विद्यालय सञ्चालक विद्यार्थीले बुझाएपछि दिउँला भन्दै टारिरहेका छन् । अहिले शिक्षकको दैनिक गुजरा नै जोखिममा परेको छ । सरकारी स्कुलका शिक्षकले तलब पाउने र निजी विद्यालयका शिक्षकले तलब नपाएको असमान विषयमा सरकार भने मौन छ ।

सरकारको अलमल : सरकारले वैकल्पिक शिक्षण विधिको रूपमा सूचना प्रविधि अवलम्बन गरेर विद्यार्थीलाई पढाउने व्यवस्था मिलायो । एसईईको नतिजा प्रकाशित ग¥यो । स्कुलको मूल्यांकनको आधारमा विद्यार्थीहरू कक्षा चढे । ११ को परीक्षा स्कुललाई लिने भन्यो । भारत सरकारले पनि जुन महिनामा नै विद्यार्थीहरूले सामान्य अवस्थामा पढ्ने पाठयक्रमको भार २० प्रतिशतले कम गरेर विद्यार्थीहरूलाई हल्का बनायो । ११÷१२ कक्षाको नतिजा प्रकाशित ग¥यो । तर, हामी शैक्षिक सत्र सुरु भइसक्दा पनि पाठ्यक्रम, विद्यार्थी र शिक्षकको बारेमा नीतिगत रूपमा स्पष्ट हुन र १२ को परीक्षा कसरी गर्ने वा गर्ने कि नगर्ने टुंगोमा पुग्न र अनलाइन पढाइलाई मान्यता कसरी दिने भन्ने विषयमा स्पष्ट हुन सकेका छैनौं । १ र ११ मा भर्ना गर्न पनि अलमलिएका छांै ।

अनलाइन र दूरशिक्षाको प्रभावकारिता : १ असार २०७७ बाट स्कुल नगइकन रेडियो टेलिभिजनबाट दूरशिक्षा र अनलाइन कक्षा चलाउने व्यवस्था आरम्भ भएको छ । घरभित्र बस्दाबस्दा आत्तिएका विद्यार्थीलाई अनलाइन पढाइ वा दूरशिक्षाले केही राहत दियो । सरकारी र निजी स्कुल कलेजले नयाँ शैक्षिक सत्रका लागि पनि पढाइ प्रारम्भ गरे । विद्यार्थीहरू अनलाइन र दूरशिक्षाको माध्यमबाट पढने कोसिस गरिरहेका छन् । २०६८ सालको जनगणनाअनुसार नेपालको कुल जनसंख्याको ५१ प्रतिशतको रेडियोमा, ५६ प्रतिशतको टेलिभिजनमा र ५५ प्रतिशत जनसंख्याको मोबाइल फोनमा पहुँच पुगेको थियो भने ३ प्रतिशत जनसंख्या मात्र इन्टरनेट सुविधामा आबद्ध थिए । रेडियो प्रयोगकर्ता गाउँमा ५० प्रतिशत र सहरमा ५४ प्रतिशत थिए भने टेलिभिजन प्रयोगकर्ता गाउँमा ४१ प्रतिशत र सहरमा ११४ प्रतिशत रहेका थिए ।

सबै स्कुल बन्द भएकाले पाँच वर्षदेखि २१ वर्ष उमेर समूहका विद्यार्थीहरू घरभित्र सीमित भएर बसेका छन्

यसैगरी, मोबाइल फोन प्रयोगकर्ता गाउँमा ६० प्रतिशत र सहरमा ८४ प्रतिशत रहेको थियो भने इन्टरनेट प्रयोग गर्ने जनसंख्या गाउँमा ४ प्रतिशत र सहरमा १३ प्रतिशत मात्र थियो । १५औं योजनाले आर्थिक वर्ष २०७५÷७६ सम्ममा विद्युत् सेवा पुगेको जनसंख्या ८८ प्रतिशत र इन्टरनेट सुविधा पुगेको जनसंख्या ६६ प्रतिशत रहेको देखाएको छ । यसबाट अनलाइन र दूरशिक्षामा विद्यार्थीको पहुँच कम रहेको स्पष्टै देखिन्छ । सहरको तुलनामा ग्रामीण, धनीको तुलनामा गरिब, निजी विद्यालयमा पढ्ने विद्यार्थीको तुलनामा सरकारी विद्यालयमा पढ्ने विद्यार्थीको अनलाइन शिक्षा र दूरशिक्षामा पहुँच कम छ । यसले भविष्यमा शिक्षा आर्जनमा ठूलो असमानता ल्याउने जोखिम देखिएको छ ।

रेडियो, टेलिभिजन, मोबाइल फोन र इन्टरनेटमा पहुँच बढ्दै गएको भए पनि शैक्षिक गतिविधि चलाउन ती साधनको गुणस्तर पनि उचित हुनुपर्दछ । गाउँदेखि सहरसम्मका निम्नवर्गका जनता एउटै कोठा, कोठा नभएको घरमा ५÷६ जना बस्ने, सँगै टेलिभिजन हेर्ने पढ्ने गरेका हुन्छन् । गरिब विद्यार्थीका लागि दूरशिक्षा वा अनलाइनमा पढ्ने वातावरण छैन । सबै परिवारसँग स्मार्ट मोबाइल पनि छैन । शिक्षाविद्हरू अनलाइन दूरकक्षाको गुणस्तरको हिसाबमा हेर्ने हो भने केवल एक तिहाइ विद्यार्थीले मात्र सिक्न सकेको राय प्रस्तुत गर्दछन् ।

सामान्यतः पाँच वर्षदेखि १७ वर्ष उमेर समूह स्कुले उमेर हो अभिभावक शिक्षकले पढ् भनेर उत्पे्ररित गर्दा पनि पढ्नभन्दा साथीसँग खेल्न रमाउने उमेर हो । मोबाइल, टिभी र सामाजिक सञ्जालले किताब पल्टाउन नै मन नलाग्ने गरी विद्यार्थीलाई भड्काएको छ । घरमा थुनिएर बसेका छोराछोरीलाई बाबुआमाले पढ्पढ् भनेर धेरै कर गर्न सक्ने अवस्था पनि छैन । बाबुआमाको रोजगारी टुटेको र आयआर्जन रोकिएको अवस्थाामा तत्कालै ल्यापटप, रेडियो र टिभी किन्न सक्ने ल्याकत पनि छैन । विद्यार्थीलाई अनलाइन कक्षा र दूरशिक्षामा केन्द्रित गराउन हम्मेहम्मे परिरहेको छ ।

निजी स्कुलहरूले वैशाखदेखि अनलाइन पढाइ सुरु गरेका थिए । निजी स्कुलले चलाएका अनलाइन कक्षाको पहुँच करिब ७०-८० प्रतिशत विद्यार्थीसम्म पुगेको र गुणस्तर पनि राम्रो भएको अनुमान रहेको छ । शैक्षिक सत्रको कोर्स नै सक्न लागेको विद्यार्थी सुनाउँछन् । तर, सरकारी शिक्षकमा देखिएको उदासीनताले सामुदायिक स्कुलको अनलाइन पढाइले गति लिन सकेको छैन । करिब ३ लाख ५० हजार सरकारी शिक्षकमध्ये केवल ३० प्रतिशत शिक्षक मात्र अनलाइन पढाइमा संलग्न रहेको शिक्षाविद्हरूको अनुमान छ । सरकारी शिक्षकको उदासीनता अस्वीकार्य छ भने अनलाइन र दूरकक्षा चलाएर ढुक्क हुने अवस्था छैन ।

शैक्षिक सत्रको संरक्षण
कोरोना कोभिड–१९को संक्रमण विश्वलगायत नेपालमा पनि उच्च दरमा बढिरहेको छ । संयुक्त राष्ट्रसंघीय व्यापार तथा विकास संस्थाले कोरोना संक्रमणको अवस्थालाई आशावादी चरण, मध्यवादी चरण र निराशावादी चरण गरी तीन भागमा बाँडेको छ । आशावादी चरण भनेको खोपको आविष्कार र प्रयोगको अवस्था, जहाँ सबै निर्धक्क हिँडडुल गर्न सक्दछन् । दोस्रो, मध्यवादी चरण भनेको खोपको अनुसन्धान भइरहेको र संक्रमणको तीव्रता धिमा भएको र तेस्रो निराशावादी चरण कोरोना संक्रमण उच्च दरमा फैलिएको अवस्था हो ।

शैक्षिक सत्र लाखौं विद्यार्थीको भविष्यसँग जोडिएको विषय हो । हामी निराशावादी चरणमा स्कुल खोल्ने कल्पना पनि गर्न सक्दैनौं भने आशावादी चरणमा स्कुल खोल्न केहिले पनि रोकेको हुँदैन । महामारीको संक्रमण तीव्र भइरह्यो भने स्कुल कलेज बन्द गरेर शैक्षिक सत्र नै गुजार्नुपर्ने अवस्था नआउला पनि भन्न सकिन्न । अहिले विश्व संक्रमणको मध्यवादी चरणमा छ । लकडाउन खुकुलो भएसँगै मानिसहरू मास्क लगाएर, सामाजिक दूरी कायम गरेर, हातमा स्यानिटाइजर दलेर काममा संलग्न हुन थालेका छन् । भ्याक्सिन निर्माणको क्रममा छ । बिस्तारै आर्थिक क्रियाकलाप चल्न थालेका छन् । अफिस कार्यालयबाट सेवा प्रवाह सुरु भएको छ । घरबाट पनि अफिसका काम भएका छन् । टेक अवे रेस्टुराँहरू खुलेका छन् । तर, बन्द स्कुल कलेज खुल्न सकेका र विद्यार्थीहरू स्कुल जान पाएका छैनन् । विद्यार्थीको शैक्षिक सत्र कसरी जोगाउन सकिएला भनेर विभिन्न कोणबाट चिन्तन रबहस भइरहेका छन् ।

मनोवैज्ञानिक कोभिडको सक्रमणभन्दा विद्यार्थी घरभित्रै रहँदा हुन सक्ने घटनाको जोखिम उच्च हुने तर्क गरिरहेका छन्

बहसका लागि प्रस्ताव
विद्यार्थीहरूलाई अनलाइन र दूरकक्षा चलाउने, अनलाइन र दूरकक्षा सञ्चालन गर्न शिक्षकलाई तालिम दिने, सक्ने स्थानीय तहले रेडियो टेलिभिजन बाँड्ने, केही शिक्षकले घरदैलो शिक्षा कार्यक्रम सञ्चालन गर्ने, स्कुल बोलाएर विद्यार्थीलाई होमवर्क दिएर होमवर्कमार्फत पढाउने गरका छन् । शिक्षक र विद्यालयले भच्र्युअल ल्याब बनाएर विद्यार्थीलाई विज्ञान वा विविध विषयको सीप सिकाउने प्रयास पनि गरिरहेका छन् । सिकाउने शिक्षक र सिक्ने विद्यार्थीलाई यस घडीमा धन्यवाद भन्नैपर्छ । तर, एकातर्फ छुटेका ठूलो मात्राका विद्यार्थीलाई कसरी अनलाइन अध्ययनमा समेट्ने भन्ने प्रश्न गम्भीर छ भने अर्कोतर्फ पढाइ र सिकाइको गुणस्तर कसरी मापन गर्ने भन्ने पनि चिन्ताको विषय बनेको छ । यस पृष्ठभूमिमा संक्रमणको मध्यवादी चरणको अवस्थामा शैक्षिक सत्र जोगाउने, विद्यार्थी स्कुल जान पाउने वातावरण बन्ने र उनीहरूमा कुनै प्रकारको मनोवैज्ञानिक समस्या नआओस् भन्ने उद्देश्य राखी बहसका लागि देहायबमोजिमको रणनीतिक प्रस्ताव प्रस्तुत छ ।
– सरकारले अस्थायी रूपमा पाठ्यक्रमको भार घटाएर सानो बनाउने, १२ कक्षाको परीक्षाको विषयमा तत्काल निर्णय लिने, हरेक कक्षा सातामा पाँच दिन चलाउने, अनलाइन तथा दूरशिक्षाको पढाइलाई मान्यता दिने तथा एक र ११ को भर्ना खुलाउने,
– विद्यालयले विद्यालय शिक्षा र अनलाइन कक्षा सँगसँगै चलाउने । अनलाइन शिक्षणका लागि मार्गनिर्देशिका बनाउने, विद्यालय शिक्षा नभएका दिनमा चार दिन अनलाइन कक्षा चलाउने, विद्यालयमा अनलाइन कक्षा चलाउन कम्प्युटर ल्याब बनाउने र आवश्यक परे शिक्षकलाई तालिम दिने, संक्रमित नभएका जिल्लाहरूमा कम भिड हुने गरी स्कुलमा नै कक्षा चलाउने व्यवस्था गर्ने,
– विद्यालयहरू हरेक साता बिहान ९ बजेदेखि साँढे १२ बजेसम्म र १ बजेदेखि साँढे ४ बजेसम्म गरी दुई सिफ्टमा केवल दुइवटा कक्षा (सेक्सनसहित) सञ्चालन गर्ने,
– एउटा कक्षा (वा सेक्सन)को पढाइ सातामा एक दिन मात्र गर्ने,
– विद्यार्थीको संंख्या हेरेर विद्यालयले कुन सिफ्टमा कुन कक्षालाई बोलाउने निर्णय गर्ने, एउटा कक्षामा १०÷१५ जनाभन्दा धेरै विद्यार्थी नराख्ने, एउटा कक्षाका सानासाना सेक्सन बनाएर पढाउने,
– एक दिनमा सबै विषयको पढाइ गर्न सक्नेगरी कक्षाको समय विभाजन गर्ने, हरेक कक्षामा शिक्षक, विद्यार्थी विद्यार्थीबीचको दूरी कम्तीमा एक मिटर कायम गर्ने, ब्रेकको समयमा विद्यार्थीलाई एकआपसमा छोएर खेल्ने खेल खेल्न वा गफ गर्न मनाही गर्ने,
– विद्यार्थीलाई कक्षाकोठामा जाँदा र निस्कँदा दुई मिटरको दूरी बनाएर हिँड्न लगाउने,
– अभिभावकले नै विद्यार्थी लैजाने र ल्याउने व्यवस्था गर्ने, स्कुल बस प्रयोग नगर्ने,
– विद्यालय र कक्षाकोठा हरेक दिन निसंक्रमित गर्ने र विद्यालयमा स्यानिटाइजर, साबुनपानीको व्यवस्था गर्ने,
– विद्यार्थी र शिक्षकले अनिवार्य रूपमा मास्क लगाउने, स्यानिटाइजर बोकेर हिँड्ने र शिक्षकले विद्यार्थीलाई हरेक कक्षा अगाडि र पछाडि स्यानिटाइजर हातमा लगाउन लगाउने । मास्क लगाए÷नलागाएको अनुगमन गर्ने,
– शिक्षकले विद्यार्थीलाई होमवर्क दिने र सोको जवाफ शिक्षकले कक्षामा बताइदिने । विद्यार्थीको किताबकापी नछुने,
– स्कुलमा पढाइका अतिरिक्त कुनै पनि प्रकारको कार्य नगर्ने र भिडभाड हुन नदिने,
– अभिभावकले छोराछोरी स्कुलबाट फर्केपछि उनीहरूको किताबकापी निसंक्रमित गर्ने र ब्याग तथा ड्रेस धुने व्यवस्था गर्ने,
– विद्यार्थीले स्कुलमा पिउने पानीबाहेक कुनै प्रकारको टिफिन नलैजाने, स्कुल क्यान्टिन पनि नचलाउने र
– एक दिनमा एउटा कक्षाका परीक्षा मात्र सञ्चालन गर्ने वा अनलाइन परीक्षा लिने ।

यी बुँदाहरू मान्नैपर्छ भन्ने होइन । विद्यार्थीको पढाइलाई निरन्तरता दिनु आजको आवश्यकता हो । विद्यार्थीको उमेर र सिकाइबीच घनिष्ट सम्बन्ध रहेको हुन्छ । निरन्तर पढ्न नपाएको अवस्थामा पढेको सबै बिर्सने स्थिति आउँछ । वर्ष दिन पढ्न नपाउँदा वा समयमा परीक्षा नहुँदा माथिल्लो तहमा पढ्ने अवसर छुटन् सक्दछन् । स्कुल गएर पढ्न नपाउँदा किशोर किशोरीहरूमा मानसिक समस्या आउन सक्छ । मनोवैज्ञानिक कोभिडको संक्रमणभन्दा विद्यार्थी घरभित्रै बसिरहँदा हुन सक्ने घटनाको जोखिम उच्च हुने तर्क गरिरहेका छन् । एक दिन मात्र स्कुल आउँदा पनि विद्यार्थीमा सिक्ने ऊर्जा बढ्छ । यसकारण विद्यालय खोल्न सबै सरोकारवालाले गम्भीर भएर पहल गर्नुपर्ने देखिएको छ ।

(Visited 82 times, 1 visits today)
Loading comments...

आजको समाचार

सुनिल र एलिनाको ‘मसला’मा भट्टीमा आउने ग्राहकको कथा

काठमाडौं । लोकप्रिय लोकपप गायक सुनिल गिरीको नयाँ गीत मसला सार्वजनिक भएको छ । सुनिल र एलिना चौहानको स्वरमा सजिएको गीतमा पछिल्लो समय चर्चित...

मर्यादपुरमा प्रतिगामी षड्यन्त्र, नागरिकद्वारा प्रतिकार

गौर। मौलापुर नगरपालिकाको मर्यादपुरमा आयोजित शुभकामना आदानप्रदान प्रदान तथा जनचेतना कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ । सोमबार नेकपा नेता तथा सांसद प्रभु साहद्वारा आयोजित...

बसन्तको ‘डाँफे चरी’मा पल र रियासाको प्रेम

कात्तिक । गायक बसन्त लम्सालको नयाँ गीत ‘डाँफे चरी’ सार्वजनिक गरिएको छ । सार्वजनिक गरिएको गीतमा बसन्त सँगै शान्ति श्रीसार्वज परियारको स्वर रहेको छ ।...

ह्यारी र सनको तालमेल

लन्डन । इङ्गलिस प्रिमियर लिग फुटबल अन्तर्गत गएराति भएको खेलमा टोटनह्याम हट्सपरले बर्नलेलाई १ –० गोल अन्तरले पराजित गरेको छ । टोटनह्यामको जितमा ह्यारी...

कोलकतालाई पञ्जावको धक्का

युएइ । इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत गएराति सम्पन्न खेलमा किंग्स इलेभन पञ्जाव विजयी भयो । पञ्जावसँग कोलकता नाइट राइडरलाई ८ विकेटले पराजित मात्र...

साताका लोकप्रिय समाचार

दसैं आयो, बृद्ध र एकल महिलाको भत्ता आएन

सङ्खुवासभा । सामाजिक सुरक्षा भत्ताको आशमा रहेका खाँदबारी नगरपालिकाका बृद्ध बृद्धाको यो सालको दसैँ खल्लो भएका छ । कोरोना भाइरस संक्रमण तथा बढ्दो महंगी...

अबको लडाई समृद्धि र विकासका लागिः सांसद प्रभु साह

गौर । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता तथा रौतहट क्षेत्र नम्बर ३ का सांसद प्रभु साहले अबको लडाई समृद्धि र विकासको लागि...

टिकटक स्टार हुने, बिजेतालाई कार पुरस्कार

काठमाडौँ । सामाजिक सञ्जालमा लोकप्रिय हुँदै गएको टिकटकको लोक प्रियतालाई ध्यान दिंदै एचपी ईन्टरटेन्मेटले ‘टिकटक स्टार’ अनलाईन प्रतिस्पर्धा आयोजना गर्ने भएको छ । घरमै...

४४९९ कोरोना संक्रमित थपिए, थप १७ जनाको मृत्यु (तथ्यांकसहित)

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ४४९९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ४४९९ जनामा कोरोना...

कोरोनाका बाबजुद दसैंको रौनक: आज फूलपाती

ललितपुर । कोरोना महामारीका बीच दसैंको रौनक छाएको छ । सुरक्षा विधि अपनाउँदै नेपालीहरू दसंै पर्वलाई हर्षोल्लासका साथ मनाउन जुटेका छन् । आज फुलपाती...

ट्रेन्डिङ

धनकुटामा करेन्ट लागेर एकजनाको मृत्यु

धनकुटा । धनकुटाको पाख्रीबास नगरपालिका–६ डढुवामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । बत्ती बनाउन पोलमा चढ्दा करेन्ट लागेर डढुवाका २६ बर्षीय पबन...

क्वारेन्टाइनमा बलात्कार : कहाँ छ सुरक्षा ?

बलात्कारीको देश, धर्म, सीमा र समय हुँदैन भन्ने कुरा हालै कैलालीको लम्कीचुहा नगरपालिकामा रहेको शहीद स्मृति माध्यमिक विद्यालयको क्वारेन्टाइनमा भएको बलात्कार घटनाले पुष्टि गरेको...

प्रहरीको यातनाले दलित युवकको मृत्यु भएको भन्दै प्रहरी कार्यालय घेराउ

गौर । रौतहटमा प्रहरी हिरासतमा रहेका एक दलित युवकको मृत्यु भएपछि स्थानीयले आन्दोलन सुरु गरेका छन् । प्रहरीको ज्यादती बढेको भन्दै आज (बिहीबार) हजारौंको संख्यामा...

प्रधानमन्त्री कार्यालयका ६७ सुरक्षाकर्मी संक्रमित

काठमाडौं । प्रधानमन्त्री तथा निवासको सुरक्षामा खटिएका विभिन्न सुरक्षा निकायका ६७ जना सुरक्षाकर्मीमा कोरोना संक्रमण पुष्टि भएको छ । नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र...

बजेटमा के प-यो ? के छुट्यो ?

आगामी आर्थिक वर्ष २०७७-७८ को बजेट जारी भएको छ । यस बजेटका गुणदोषमाथि जत्ति नै माथापच्चीसा गरे पनि यही बजेट संसद्बाट पारित भई कार्यान्वयनमा...

राजनीतिक नियुक्तिको सान्दर्भिकता

नेपाल सरकार, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयअन्तर्गत नियमित संस्थागत संरचनाबाहेक विकास समिति २४, विकास कोष तीन, संस्थान एक, प्रतिष्ठान चार, संग्राहलय तीन, प्राधिकरण...

निजामती सेवा दिवसको सान्दर्भिकता

प्रत्येक वर्ष हामी निजामती सेवा दिवस मनाउँछांै, केही कर्मचारी पुरस्कृत हुनेदेखि एउटा सुन्दर नाराको तय यस दिवसमा हुने गरेको छ । २०६१ बाट प्रारम्भ...

भारतमा एकैदिनमा १३ हजारभन्दा बढी सङ्क्रमित

नयाँदिल्ली । भारतमा शुक्रबार एकैदिनमा अहिलेसम्मकै सवैभन्दा धेरै सङ्क्रमित भएको विवरण सार्वजनिक भएको छ । सरकारी अधिकारीहरुले दिएको जानकारीअनुसार भारतमा पछिल्लो २४ घण्टामा कोरोनाभाइरसबाट...

RAJDHANIDAILY VIDEO

HAMRO PATRO

प्रमुख

कोरोनाले चौपट सप्तरीको शिक्षा : विद्यालय जान सरकारले दिएको साईकल घरमै थन्कियो

राजविराज । सप्तरीको तिलाठी कोईलाडी गाउँपालिका स्थित बभनगामा कट्टीकी संगीताकुमारी मण्डललाई विद्यालय जान सहयोग पुगोस् भन्दै गत फागुनमा साईकल प्रदान गरियो । बभनगामा कट्टीस्थित...

रावणको संहार गर्नु अघि भगवान रामले नीलकण्ठ चराको दर्शन गरेका थिए

जनकपुरधाम । तपाई दर्शन गर्नु भयो ? विहानैदेखि जनकपुरधाममा एकअर्कालाई सोध्ने गरिएको देखियो । प्रसिद्ध धार्मिक पिठ राजदेवी मन्दिर वा दुर्गा माताको दर्शनको कुरा...

त्यसपछि हस्तनाको घरमा दसैं आयो

दैलेख । दैलेख आठविस नगरपालिका –५ कि हस्तना विक दसैं कसरी मान्ने होला भनेर चिन्तामा थिइन् । केही दिन अगाडी ६ सन्तानकी एक्ली आमा...

दशैँको मुख्य दिन विजयादशमी, उत्तम साइत १०ः१९ बजे

काठमाडौँ । दुर्गापक्षको मुख्य दिन आज विजयादशमी मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाएर मनाइँदैछ ।...

भर्खरै

आज दशैंको दोस्रो दिन, टीका र आर्शिवाद थाप्ने क्रम जारी

काठमाडौं । आज दशैंको दोस्रो दिन हो । टीका र आर्शिवाद थाप्ने शुभसाइत सोमबार नै सकिए पनि टीका लगाउने र मान्यजनबाट आर्शिवाद थाप्ने क्रम...

ह्यारी र सनको तालमेल

लन्डन । इङ्गलिस प्रिमियर लिग फुटबल अन्तर्गत गएराति भएको खेलमा टोटनह्याम हट्सपरले बर्नलेलाई १ –० गोल अन्तरले पराजित गरेको छ । टोटनह्यामको जितमा ह्यारी...

कोरोनाले चौपट सप्तरीको शिक्षा : विद्यालय जान सरकारले दिएको साईकल घरमै थन्कियो

राजविराज । सप्तरीको तिलाठी कोईलाडी गाउँपालिका स्थित बभनगामा कट्टीकी संगीताकुमारी मण्डललाई विद्यालय जान सहयोग पुगोस् भन्दै गत फागुनमा साईकल प्रदान गरियो । बभनगामा कट्टीस्थित...

कोलकतालाई पञ्जावको धक्का

युएइ । इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत गएराति सम्पन्न खेलमा किंग्स इलेभन पञ्जाव विजयी भयो । पञ्जावसँग कोलकता नाइट राइडरलाई ८ विकेटले पराजित मात्र...

धेरै पढिएका

मुम्बई इन्डियसन्स शीर्ष स्थानमा

युएइ । इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत गएराति सम्पन्न खेलमा मुम्बाइ इन्डियन विजयी भयो । उसले चेन्नाइ सुपर किंगलाई १० विकेटले पराजित गरेको हो...

वडा अध्यक्ष र सदस्यले दिए आफुले पाउने दसैं भत्ता स्वास्थ्य चौकीलाई

बाजुरा(मार्तडी) । बडिमालिका नगरपालिका वडा न ७ का वडा अध्यक्ष धर्मराज पाध्याय लगायत वडा सदस्यहरुले आफुहरुले पाउने बिभिन्न भत्ताको रकम स्वास्थ्य चौकीको स्तरउन्नतिका खर्च...

जिल्ला समन्वय समितिको भूमिकालाई प्रभावकारी बनाउने उपाय

१. पृष्ठभूमि:  नेपालको संविधानमा तीन तहका सरकारका अतिरिक्त जिल्ला सभा तथा समन्वय समितिसमेतको व्यवस्था गरिएको छ । संविधानको धारा २२० मा तथा स्थानीय सरकार सञ्चालन...

७ सय ७९ सदस्यीय जसपाको केन्द्रीय समिति घोषणा

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) संघीय परिषद्को अध्यक्षमा डा. बाबुराम भट्टराई नियुक्त भएका छन् । जसपा कार्यकारिणी समितिको मंगलबार सम्पन्न दुई दिने बैठकले...

ई-पेपर

छुटाउनुभयो कि?

(Visited 85 times, 1 visits today)