ललितको सफल शल्यक्रिया

काठमाडौं । सडक दुर्घटनामा परी घाइते भएका नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य ललितसिंह भण्डारीको सफल शल्यक्रिया गरिएको छ । क्रिकेट खेलाडी संघ नेपाल (सिप्यान)ले बिहीबार ललितको मुख्य चोटको सफल शल्यक्रिया गरिएको जनाएको छ ।

सडक दुर्घटनामा परेर गम्भीर घाइते भएका राष्ट्रिय क्रिकेटर ललितसिंह भन्डारीको काठमाडौंको ग्रान्डी अस्पतालमा सफल शल्यक्रिया भएको छ । आइतबार कञ्चनपुरको झलारीमा मोटरसाइकल दुर्घटनामा परी घाइते भएका ललितलाई सोमबार थप उपचारको ग्रान्डी अस्पताल टोखामा भर्ना गरिएको थियो । त्यसअघि उनको धनगढीको निसर्ग अस्पताल र नेपागन्ज मेडिकल कलेज कोहलपुरमा उपचार भएको थियो ।

फोक्सो र कलेजोमा पनि चोट देखिएकाले उनको भाँचिएको हात र खुट्टाको शल्यक्रियामा ढिलाइ भएको हो । बुधबार साँझ पेटभित्रको समस्यामा सुधार आएपछि बिहीबार बिहानैदेखि शल्यक्रिया सुरु गरिएको हो । ग्रान्डी अस्पतालका निर्देशक तथा हाडजोर्नी विशेषज्ञ डाक्टर चक्रराज पान्डेको नेतृत्वमा ललितको जटिल शल्यक्रिया सम्पन्न भएको र उनको अवस्था स्थिर रहेको सिप्यानले जनाएको छ ।

ललितको उपचारका लागि पछिल्लो समय सिप्यानले आर्थिक संकलन गरिरहेको छ । चोटकै कारण ललित पछिल्लो समय राष्ट्रिय टिमबाट बाहिर रहँदै आएका थिए । विभागीय टिम पुलिसमा आबद्ध ललितले घरेलु क्रिकेटका विभिन्न फ्रेन्चाइज प्रतियोगिता खेलिरहेका थिए ।

तपाइको प्रतिक्रिया
(Visited 14 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

सरकारद्वारा रोकथाम तथा नियन्त्रणसम्बन्धी आदेश जारी, के गर्न पाइन्छ, के पाइदैन ?

कुरी-कुरी