Monday, October 19, 2020
Home Not-to-be-missed पहिलो जितमा पीएसजीको संघर्ष

पहिलो जितमा पीएसजीको संघर्ष

पेरिस । इन्ज्युरी समयमा जुलियन ड्राक्सलरको गोल सहयोगमा साबिकको विजेता पेरिस सेन्ट जर्मेन (पीएसजी)ले फ्रेन्च लिग वानमा तीन खेलपछि पहिलो सफलता हात पारेको छ । १० खेलाडीमा समेटिएको पीएसजीले मेट्जमाथि १–० को झिनो जित हात पारेको हो ।

स्टार खेलाडीहरू कोरोना संक्रमण र प्रतिबन्धका कारण टोलीमा नरहँदा पीएसजीले मेटेजमाथि जित निकाल्न निकै संघर्ष गर्नुपरेको थियो । पीएसजी यसअघिको सुरुवाती दुई खेलमा लेन्स र मार्सेलीसँग समान १–० ले पराजित भएको थियो । पार्क डि प्रिन्सेस पेरिसमा बल पोजेसनमा ७१ प्रतिशत बल पोजेसन राखे पनि पीएसजीले गोलको लागि निकै नै संघर्ष गर्नुपरेको थियो । ११औं मिनेटमा एन्जल डि मारियाको क्रसमा मोउरो इकार्डीको हेरड पोस्टबाट थोरै बाहिरियो । लगत्तै १२औं मिनेटमा पाब्लो सारावियाको प्रहारलाई मेट्जका गोलरक्षक एलेसान्द्रे ओकिडजाले बचाए । ३२औं मिनेटमा डि मारियाकै क्रसमा इकाडीको प्रहार पोस्टबाट थोर बाहिरिँदा पीएसजी अग्रता लिनबाट चुक्यो । ३८औं मिनेटमा इब्राहिमा निएनले सुन्दर अवसर पाए पनि सदुपयोग गर्न नसक्दा मेट्ज अग्रता लिनबाट चुक्यो ।

६५औं मिनेटमा १० खेलाडीमा समेटिए पनि पीएसजीले बल पोजेसनमा पकड कायमै राख्यो । मेट्जका पीएसजीका इब्राहिमा निएनलाई फल गरेपछि पीएसजीका एब्डोउ डिएलो दोहोरो पहेंलो कार्ड खाँदै मैदानबाट बाहिरिए । ६९औं मिनेटमा डि मारियाको पासमा ओभरल्यापमा अघि पुगेका कोलिन डग्वाले क्रस गरेको बललाई पेनाल्टी बक्स नजिकै डि मारिया हेडर प्रयास गरे पनि पोस्टका दिशा लिन सकेन । ७६औं मिनेटमा जुलियन ड्राक्सलरको पासमा इकार्डीको अर्काे प्रहारमा गोलरक्षक बाधक बने । ७८औं मिनेटमा मेट्जका गोलरक्षकले उत्कृष्ट बचाउ गरेपछि पीएसजी अग्रता लिनबाट चुक्यो । इकार्डीको ब्याकहिल पासमा डि मारियाको प्रहारलाई मेट्जका गोलरक्षकले विफल पारेका थिए ।

इन्ज्युरी समयको थप गरिएको तेस्रो मिनेटमा ड्राक्सलरले गोल गर्दै पीएसजीलाई महŒवपूर्ण तीन अंक दिलाए । डि मारियाले क्रस गरेको बललाई इकार्डीले भेट्न नसकेको बललाई मेट्जका गोलरक्षकले बचाए पनि रिवाउन्डमा ड्राक्सलरले हेडरमार्फत खाली पोस्टमा जाली चुमाएका थिए । यस जितसँगै सुरुवाती दुई खेलमा अंक गुमाएको पीएसजीले लिग वानमा पहिलो अंक जोडेको छ । मेट्ज अझै अंकविहीन छ ।

यो पनि पढ्नुहोस   यस्तो छ नीर शाह र एलिना चौहानले अभिनय गरेको ‘दशैं गीत’

नेयमारलाई दुई खेलको प्रतिबन्ध
पेरिस सेन्ट जर्मेन (पीएसजी)का ब्राजिली स्टार नेयमारलाई दुई तथा पीएसजीकै डिफेन्डर लेभिन कुर्जावालाई ६ खेलको प्रतिबन्ध लागेको छ । प्रोफेसनल फुटबल लिग फ्रान्सले गत आइतबारको घटनाबारे छानबिन गर्दै नेयमारलाई दुई तथा कुर्जावालाई ६ खेलको प्रतिबन्ध सुनाएको हो ।

यस्तै, मार्सेका जोर्डन अमाभीलाई तीन खेलको तथा डारियो बेनेडेटोलाई एक खेलको प्रतिबन्ध सुनाएको छ । लिग वानअन्र्तगत मार्सेविरुद्धको १–० ले पराजित भएको खेलको अन्तिम समयमा हात हालाहाल गरेका जोर्डन अमाभी र लेभिन कुर्जावालाई रेफ्रीले सिधै रातो कार्ड देखाएका थिए । त्यसपछि मुख्य फलमा आबद्ध लियान्ड्रो पारेडेस र डारियो बेनेडेटोले दोस्रो पहेंलो कार्ड खाँदै मैदान बाहिरिए । रेफ्रीले नेयमारलाई कार्ड दिन भने भिडियो असिस्टेन्ट रेफ्रीको सहारा लिएको थियो । भीएआरमा नेयमारले मार्सेका डिफेन्डर अल्भारोलाई टाउको पछाडि हातले हानेको देखिएको थियो । रेफ्रीले त्यसपछि पहिले नै पहेंलो कार्ड पाएका नेयमारलाई सिधै रातो कार्ड देखाउँदै मैदानबाहिर पठाए ।

नेयमारले मैदानबाट बाहिरिने क्रममा अल्भारोले रंगभेदी टिप्पणी गरेको बताएका थिए । प्रोफेसनल फुटबल लिग फ्रान्सले मार्सेका गोन्जालेज र पीएसनीका एन्जल डि मारियाको विषयमा थप अध्ययन भइरहेको बताएको छ । नेयमारले गोन्जालेजलाई हात हाल्नुको कारण खेल दौरान रंगभेदी व्यवहार गरेको आरोप लगाएको थियो ।

नेयमार र लियान्ड्रो पारेडेसले बुधबार राति मेट्जमाथि १–० को जित निकालेको खेल स्वाभाविक रूपमा गुमाएका थिए । अब उनीहरूले नाइसविरुद्धको एक खेल गुमाउनेछ । उनीहरूले २७ सेप्टेम्बरमा रिम्सविरुद्धको खेलबाट अवसर पाउनेछ । अल्भारो र डि मारियाको विषयमा अर्काे सातामा निर्णय आइसक्ने लिग वानले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

(Visited 18 times, 1 visits today)
Loading comments...

आजको समाचार

सांसद प्रभु साहको चालकलाई कोरोना पोजेटिभ

काठमाडौ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता तथा सांसद प्रभु साहको एकजना चालकलाई कोरोना संक्रमण पुष्टि भएको छ । आइतबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको...

मेरो परिवार म बचाउछु, तँ आफ्नो लाज बचा सरकार !

मेरो परिवारका वहुमत सदस्यलाई कोरोना (कोभिड १९) पोजेटिभ देखिएपछि हामी काठमाडौंवाट अतालिदै घर आयौं । सिटामोलले ओराल्न नसकेको ज्वोरोले ममी, बुवा र बाबु (देवरबाबु)को...

असई हत्या प्रकरण : डीएसपीको नेतृत्वमा सिआइबी टोली परिचालन

धनगढी । शनिबार राति गस्तीमा गएको बेला हत्या गरिएका प्रहरी सहायक निरीक्षक (असई)को हत्या घटनाको अनुसन्धानका लागि डीएसपीको नेतृत्वमा केन्द्रिय अनुसन्धान ब्युरो (सिआइबी)को टोली...

सार्वजनिक सवारी साधनमा चालक, सहचालक र यात्रुलाई ‘भाइजर’ अनिवार्य

काठमाडौँ । यातायात व्यवस्था विभागले सार्वजनिक सवारी साधनमा चालक, सहचालक र यात्रुले मास्कसँगै भाइजर (फेस सिल) को प्रयोग अनिवार्य गरेको छ । विभागले आज...

अरिंगालको टोकाइबाट दैलेखमा बालिकाको मृत्यु

दैलेख । गएको आइतबार अरिंगालको टोकाईबाट दैलेखमा एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा ठाटीकाँध गाउँपालिका –१ सिराडीकी १५ बर्षीया मैन विक हुन्...

साताका लोकप्रिय समाचार

कालिञ्चोकबाट सुरु भयो ‘चोर पुलिस’ काे छायाङ्कन

काठमाडौं । फिल्म ‘चोर र पुलिस’को छायाँकन सुरु भएको छ । आरएल लामाको निर्देशनमा बन्न लागेको फिल्मको आइतबारदेखि दोलखाको कालिन्चोकबाट छायंकन सुरु भएको हो...

सीतालाई उपचार सहयोग

काठमाडौं । राष्ट्रिय खेलाडी कल्याणकारी कोषले ब्याडमिन्टन खेलाडी सीता राईलाई उपचारका लागि आइतबार आर्थिक सहयोग प्रदान गरेको छ । सीतालाई राष्ट्रिय खेलाडी कल्याणकारी कोषले...

यूईएफए नेसन्स लिगमा स्पेनको पहिलो पहिलो पराजय

लन्डन । नेसन्स लिग फुटबलअन्तर्गत गएराति भएको खेलमा युक्रेनसँग स्पेन १–० ले पराजित भयो । समूह डीमा रहेको स्पेनलले चार खेल खेल्दा पहिलो हार...

चाडपर्व र बजार बेथिति

मानवजाति यतिखेर नोबेल कोरोना भाइरस ‘कोभिड–१९’ सँग युद्ध लडिरहेको छ । यसको खोप पत्ता नलागेसम्म व्याप्त त्रास कायमै रहनेछ भने जनजीवन असहज नै रहनेछ...

मलमास आजदेखि सकिँदै

काठमाडौँ । प्रत्येक ३२ महिना १६ दिन एक घण्टा ३६ मिनेटमा आउने मलमास वा अधिकमास आजदेखि समापन हुँदैछ । असोज २ गतदेखि शुरु भएको अधिकमास...

ट्रेन्डिङ

अन्योलमा कांग्रेस महाधिवेशन

काठमाडौं । नेपाली कांग्रेसको पूर्वनिर्धारित १४औं महाधिवेशन अन्योलमा परेको छ । पूर्वनिर्धारित कार्यतालिकाअनुसार आगामी ७ देखि १० फागुनसम्म काठमाडौंमा हुने तय भएको कांग्रेस महाधिवेशन...

किर्ते दस्तखतमा उपभोक्ता समिति गठन

बैतडी । बैतडीको डिलाशैनी गाउँपालिकास्थित एक सडक निर्माणका लागि किर्ते दस्तखतमा उपभोक्ता समिति गठन गर्दै काम सञ्चालन गरेको पाइएको छ । गाउँपालिकाको २८ लाख...

ज्येष्ठ नागरिकको जागरूकता दिवस

प्रत्येक वर्षको अक्टोवर १ तारिकका दिन विश्व समुदायले अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस विश्वभरि मनाइन्छ । यस वर्ष भने कोरोना कहरको कारण संसारभरि कोलाहालपूर्ण अवस्थामा...

सशस्त्र प्रहरीमा कोरोना सङ्क्रमण पुष्टि

झापा । पूर्वी नाका काँकडभिट्टास्थित सशस्त्र प्रहरीको राजश्व तथा भन्सार गस्ती गुल्ममा कार्यरत २० जना पुरुषमा कोभिड–१९ सङ्क्रमण भएको छ । स्वास्थ्य कार्यालय झापाका...

थप २३२ जनामा कोरोना पुष्टि, संक्रमित सं‌ख्या १५ हजार ४९१ पुग्यो

काठमाडौँ । देशभर गत २४ घण्टामा थप २३२ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा आज आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका...

सर्लाहीको लालबन्दीमा एकैदिन २ कर्मचारीसहित २४ जनामा कोरोना पुष्टि

सर्लाही । सर्लाहीको लालबन्दी नगरपालिकामा आज (बिहिबार) एकै दिन २४ जना नयाँ कोरोना संक्रमितहरु थपिएको छ । हिजो (बुधबार) २ सय ३८ जनाको थ्रोट...

लकडाउनमा आत्महत्या गर्नेको संख्या बढ्यो

डडेल्धुरा । डडेल्धुरा जिल्लामा लकडाउनको समयमा आत्म हत्या गर्नेको संख्या बढेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराको तथ्यांकले जनाएको छ । कारोना रोग नियन्त्रणका लागी २०७६चैत्र...

जन्ती बस दुर्घटना अपडेट : ४ जनाको मृत्यु, मृतक बढन सक्ने

हेटौडा । मकवानपुरगढी गाउँपालिका वडा नम्बर २ मा जन्ती बस दुर्घटना भएको छ ।
यो पनि पढ्नुहोस   सीतालाई उपचार सहयोग
बुधबार साँझ जन्ती बोकेको ना ३ ख ३५५६ बस दुर्घटना भएको...

RAJDHANIDAILY VIDEO

HAMRO PATRO

प्रमुख

असई हत्या प्रकरण : डीएसपीको नेतृत्वमा सिआइबी टोली परिचालन

धनगढी । शनिबार राति गस्तीमा गएको बेला हत्या गरिएका प्रहरी सहायक निरीक्षक (असई)को हत्या घटनाको अनुसन्धानका लागि डीएसपीको नेतृत्वमा केन्द्रिय अनुसन्धान ब्युरो (सिआइबी)को टोली...

सुदूरपश्चिमका मुख्यमन्त्रीदेखी सांसदका स्वकीय सचिव समेतले बुझे ३५ लाख दशैंभत्ता

धनगढी । सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्री, मन्त्री तथा उनीहरुका स्वकीय सचिव र प्रदेशसभा सदस्यले ३५ लाख २९ हजार दशैंभत्ता बुझेका छन् । कोरोना कहरको समयमा जनप्रतिनिधि...

काठमाडौँ उपत्यकामा थपिए २३८८ संक्रमित

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा २ हजार ३८८ कोरोना सङ्क्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए । थपिएका...

 ३७९० जनामा कोरोना पुष्टि, सक्रिय संक्रमित ४० हजार नाघे

काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा थप ३ हजार ७९० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । यससँगै नेपालमा कोरोना भाइरसबाट सङ्क्रमितको सङ्ख्या १...

भर्खरै

संघीय मामिला तथा सामान्य सचिवको पदबहाली

काठमाडौ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव एकनारायण अर्यालले सोमबार पदभार ग्रहण गरेका छन् । गत विहीबार काठमाडौ महानगरपालिकाबाट संघीय मामिला तथा...

प्रधानमन्त्री एवं मन्त्रीपरिषद सदस्यले दशैंभक्ता नलिने

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्का सबै सदस्यले दसैँ भत्ता नलिने निर्णय भएको छ । मन्त्रिपरिषद्को बैठकले सो निर्णय गरेको हो । बैठकका निर्णयहरु सुनाउँदै सरकारका...

मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, एक गम्भीर घाइते

काभ्रे (पाँचखाल) । जिल्लाको पाँचखाल नगरपालिका वडा नं ४ स्थित तामाघाटमा मोटरसाइकल दुर्घटना भएको छ । मोटरसाइकल दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु भएको छ भने...

बैंकर रिमालको देशभक्तिपूर्ण गीत (भिडियोसहित)

काठमाडौं । बैंकर अजय रिमालको रचना रहेको देशभक्तिपूर्ण गीत ‘कुरा धेरै गरिसक्यौं, अब काम गरेर देखाउँ’ बोलको गीत सार्वजनिक भएको छ । विश्वव्यापी महामारीको रुपमा...

धेरै पढिएका

मंगलग्रह पृथ्वीबाट आज सबैभन्दा नजिक देखिने

काठमाडौं । आज मंगलग्रह पृथ्वीबाट सबैभन्दा नजिक देखिँदै छ । अमेरिकी अन्तरिक्ष एजेन्सी ‘नासा’ले जनाएका अनुसार आज मंगलबार मंगलग्रह, पृथ्वी र सूर्य एकसाथ समानान्तर...

नेपाल प्रहरीमा भर्ना खुल्यो, पाँच हजारले जागीर पाउने

काठमाडौं । नेपाल प्रहरीमा रिक्त रहेको प्रहरी जवान (जनपद) पदका लागि ५ हजार २ सय २७ जनाका लागि भर्ना खुल्ला भएको छ । खुल्ला...

केन्द्र सरकारले उपेक्षा गरेको प्रदेश मन्त्री साहको आरोप

सप्तरी, राजविराज । प्रदेश २ का सामाजिक विकास मन्त्री नवलकिशोर साहले विश्वमा संघियता भएका मुलुकले स्वास्थ्य क्षेत्रलाई प्रदेश मातहत स्वायत छोडेको भएपनि नेपालमा अझैं...

प्रदेशसभा सदस्य भट्टलाई कोरोना संक्रमण

बैतडी । बैतडीबाट निर्वाचित सुदूरपश्चिम प्रदेशसभा सदस्य लीलाधर भट्टलाई कोरोना सङ्क्रमण पुष्टि भएको छ । जिल्ला अस्पताल बैतडीको प्रयोगशालामा गरिएको परीक्षणमा प्रदेशसभा सदस्य भट्टलाई...

ई-पेपर

छुटाउनुभयो कि?

(Visited 80 times, 1 visits today)