सञ्चारमन्त्रीको यस्तो थियो कमिसन संवाद

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले ७० करोडको ‘बार्गेनिङ’ गरेको अडियो सार्वजनिक भएपछि राजीनामा दिएका छन् । सेक्युरिटी प्रेस खरिदबाट आउने कमिसनमा बार्गेनिङ गरिरहेको अडियो सार्वजनिक भएपछि मन्त्री बाँस्कोटाले बिहीबार राजीनामा दिएका हुन् । मन्त्री बाँस्कोटाको राजीनामा बिहीबार नै स्वीकृत भएको छ ।
मन्त्री बाँस्कोटाले बार्गेनिङ गरेको अडियो सार्वजनिक भएलगत्तै प्रधानमन्त्री ओलीले उनको राजीनामा मागेका थिए । बाँस्कोटाले एक स्विस कम्पनीसँग ७० देखि ७५ करोड रुपैयाँ कमिसन आउँदा त्यसको ७० प्रतिशत कमिसन आफूलाई दिन बार्गेनिङ गरेको अडियो टेप सार्वजनिक भएको छ । अडियोमा बाँस्कोटाले स्विस कम्पनीका स्थानीय एजेन्ट विजयप्रकाश मिश्रसँग बार्गेनिङ गर्दै कमिसन मागेका छन् ।

तीन वर्षअघि सेक्युरिटी प्रेस राख्ने औपचारिक प्रक्रिया सुरु भए पनि कमिसनकै कारण यो प्रक्रिया टुंगोमा पुग्न सकेको थिएन । यस विषयमा बेलाबेलामा भएका विरोधाभासपूर्ण निर्णयले विभिन्न शंकाहरू जन्माएका छन् । बैंक नोट, राहदानी, हुलाक टिकट, राजस्व स्टिकर, स्मार्ट कार्डलगायत काम नेपालमै छाप्न मन्त्रालयले सेक्युरिटी प्रेस जडान गर्ने विषय अघि ल्याएको थियो ।

सञ्चारको जिम्मेवारी खतिवडालाई
यसैबीच बिहीबार नै प्रधानमन्त्री ओलीले बाँस्कोटाको राजीनामा पछि रिक्त भएको सञ्चार मन्त्रालयको जिम्मेवारी अर्थ मन्त्री डा. युवराज खतिवडालाई दिएका छन् । यस्तै, भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्त नेम्वाङलाई सहरी विकास मन्त्रालयको समेत जिम्मेवारी दिइएको छ ।

प्रधानमन्त्री ओलीले समाजवादी पार्टीले सरकार छाडेपछि रिक्त भएको सहरी विकास मन्त्रालयको जिम्मेवारी समेत गोकुल बाँस्कोटालाई दिएका थिए । प्रधानमन्त्री ओलीको बालकोट स्थित घरमा बस्दै आएका बाँस्कोटाले सो घर छोड्ने भएका छन् । ओली प्रधानमन्त्री भएपछि बालुटार र बाँस्कोटा मन्त्री भएपछि बालकोटमा बस्दै आएका छन् । बालुवाटार स्रोतका अनुसार बाँस्कोटालाई बालकोट घर खाली गर्न ओलीले निर्देशन दिइसकेका छन् ।

यस्तो थियो घुस संवाद
विजय मिश्र :
१२ गते १२ बजेपछि स्विस एम्बेसी आउँछ । त्यसमा उनीहरू, स्विस एम्बेसी आउने हो, तपाईंहरूले बोलाएर आउने होइन । सकेसम्म एमओयू गर्ने हो कि भन्ने उ गर्नुभएको छ । उसले तपाईंहरूको कार्यक्रम’bout उमेश दाइले चाहिँ छुट्टै छलफल गर्न चाहेको छ । तपाईंले टाइम मिलाइदिनुप‍¥यो । अनि उसका लागि आउट अफ ट्र्याक जाने कि तपाईंले भनेअनुसार नै जाने, ल भन्नुस् । यसअघि अँ, अँ मात्र भनेका सञ्चारमन्त्री बाँस्कोटा बोल्छन्, ‘अब क्यापासिटीको कुरा ।’.

विजय: कुरा चाहिँ मैले राखेको छु उनीहरूलाई ।
बाँस्कोटा : उनीहरूले नर्मलमा ५० भन्या ? उनीहरूलाई कति निकाल्छन् ?

विजय : यसमा टोटल पर्सेन्टेजमा आउने हो ।
बाँस्कोटा : कति निस्कन्छ, त्यो हेरौं न ।

विजय : त्यहाँ केही न केही त भइराखेको छ, त्यही बेसमा जाने हो हामी त । मेनिस उनीहरूकै ल्याउने भएपछि अर्कोले पनि उनीहरूको भन्दा अलि बढी हालेको होला । यसमा केही छैन, बेसचाहिँ तपाईंहरूकै उसमा जाने हो हामी ।
बाँस्कोटा : अब सकेसम्म २५ र २७ अर्बमा सक्न पाए हुन्थ्यो भन्ने लागेको छ । मान्नुस्, २५ निस्कियो भने कति आउँछ ?

विजय : ७० जत्ति आउँछ कि । आउट अफ ट्र्याकमा जाँदा ६० देखि ७० को हाराहारीमा ।
बाँस्कोटा : तपाईंलाई के गर्छन् ?

विजय : टोटल ७४ जति आउँछ भन्ने हाम्रो अनुमान छ । यसमा हामीले ७० प्रतिशत तपाईंहरूलाई दिने, ३० प्रतिशत हामीले राख्ने हो । यसमा एकदम ट्रान्सपरेन्ट हुन्छ ।
बाँस्कोटा : कति हुन्छ ?

विजय : तपाईंहरूलाई ५४ र ५५ आउने हो । १५ र १६ हामीलाई । हामीले पनि त हैन ।
त्यसपछि बाँस्कोटाले ‘मु’ कर्मचारी भन्दै अश्लील बोल्छन् र उनीहरूसँग कुरा नगर्न मिश्रलाई आग्रह गर्छन् । प्रस्ताव बनाउनेतर्फ संकेत गर्दै उनले ३५ अर्बको प्रस्ताव बनाउनेलाई २७ मा झार्न सकिन्छ भने २८ बनाऊ भन्छन् ।

तपाइको प्रतिक्रिया
(Visited 92 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

खोलो तर्यो लौरो बिर्सो

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – कार्तिक ३०, २०७९
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – कार्तिक ३०, २०७९