निषेधाज्ञा खुकुलो भएपछि पर्सामा कोरोना संक्रमित बढ्न थाले

वीरगन्ज । पर्सा जिल्लामा निषेधाज्ञा खुकुलो भएसँगै कोरोना संक्रमित थपिने क्रम फेरी बढ्न थालेको छ । नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षण रिपोर्टको हरेक २४ घण्टाको सार्वजनिक परिणाममा शुन्य अंकमा झरेको पर्साको तथ्याँक फेरि दुई अंकको डिजिट छुन थालेको हो ।

गएको २९ भदौमा पर्सामा एक जना पनि संक्रमित फेला परेका थिएनन् । त्यो दिन कुल नयाँ संक्रमित संख्या भने २६ थपिएको थियो । त्यो भन्दा अगाडी पनि भदौ २४ गते १६ जना थपिदा ७ जनामात्र पर्सा थिए । त्यसै गरी भदौ २५ गते १४ नयाँ संक्रमितमा २ जना, २६ गते २३ नयाँ संक्रमितमा ९ पर्साका, २७ भदौमा ६ नयाँ संक्रमित थपिदा ३ पर्साका, २८ भदौमा १८ नयाँ संक्रमित थपिदा ८ पर्साका र २९ मा २६ नयाँ संक्रमित थपिदा पर्साका एक जना पनि नभएको नारायणी अस्पतालको स्वास्थ्य प्रयोगशालाको सार्वजनिक रिपोर्टमा उल्लेख छ ।

तर गएको १९ भदौदेखि वीरगन्ज वाहेक पूरै जिल्ला र २५ भदौदेखि वीरगन्ज बजारमा समेत निशेधाज्ञा खुकुलो गरिएपछि भने फेरि त्यसको प्रभावले नयाँ संक्रमित बढ्ने क्रम दुई अंकको डिजिट पुगिसकेको नारायणी अस्पताले दुई दिन यता सार्वजनिक गरेको संक्रमितको तथ्याँकले देखाएको छ । पछिल्लो केही दिनदेखि घट्दै गएको कोरोना सङ्क्रमित थपिने क्रम दुई दिन यता अलि बढेको नारायणी अस्पतालका प्रवक्ता डा अतुलेश कुमार चौरसियाले बताए ।

भदौ ३१ यता संख्या बढ्यो
गएको भदौ ३१ गते नारायणी अस्पतालको प्रयोगशालामा गरिएको स्वाव परीक्षणको रिपोर्टमा १९ नयाँ संक्रमित थपिए । उनीहरुमध्ये पर्साका मात्र १७ जना थिए । असोज १ गतेको परीक्षणबाट थपिएका २४ संक्रमित मध्ये १४ जना पर्साका मात्र रहेको डा. चौरसियाले रिपोर्ट सार्वजनिक गर्दै भने । पछिल्ला दुईदिन यता सार्वजनिक तथ्याँकले निशेधाज्ञा खुकुलो बनाइएपछि संकलित स्वाव परिक्षण गर्दा फेरि पर्सामा संक्रमित बढ्न थालेको हो कि भन्ने संकेत गरेको नारायणी अस्पतालले जनाएको छ । पछिल्लो पटक थपिएका २४ नयाँ संक्रमितहरुमा बाराका ६ र रौतहटका भने ४ जना मात्र थपिएका छन् ।

अस्पतालको पिसिआर प्रयोशालामा पर्सा, बारा र रौतहटका विभिन्न स्थानबाट संकलन गरिएकोे २ सय ८८ जनाको थ्रोट स्वावको नमुनालाई परीक्षण गरिएको प्रवक्ता डा चौरसियाले बताए । पछिल्लो समयमा हरेक २४ घण्टामा २ सय ८५ देखि ३ सयसम्मको स्वाव परिक्षण नारायणी अस्पतालमा भइरहेको उनको भनाइ छ । थपिएका नयाँ संक्रमितहरुको सिटी भ्यालु १५ देखि ३४ सम्म रहेको छ । सिटी भ्यालु २४ भन्दा माथि भएका संक्रमितहरुले अरुमा संक्रमण सार्न सक्ने सम्भावना न्यून रहेको चिकित्सकहरुले बताएका छन् ।

साउन १० यता वीरगन्जमा निषेधाज्ञा जारी
वीरगन्ज महानगरपालिकामा साउन १० गतेदेखि निषेधाज्ञा सुरु भएको थियो । साउन १९ गतेबाट त्यो निशेधाज्ञा जिल्लाभर थपियो । साउन ३१ गतेको निर्णयबाट सेना समेत परिचालन गरी भदौ १३ गते बिहान ५ बजेसम्म निषेधाज्ञा बढाइयो । सो अवधि सकिनु पूर्व गएको भदौ १२ गतेको बैठकले जिल्लाभर लगाइएको निषेधाज्ञा पुनः खुम्च्याई वीरगन्ज बजार क्षेत्रमा मात्र लगाउने निर्णय भयो । लगत्तै भदौ १९ गतेदेखि भने वीरगन्जको मुख्य बजार क्षेत्रका एकतर्फी पसलहरु खुले ।

भदौ २२ गते बिहीबार भएको नयाँ निर्णयपछि भने वीरगन्ज महानगरपालिका क्षेत्र भित्र रहेका पसलहरु शनिबार वाहेक प्रत्येक दिन निर्धारित समयमा खोल्न पाउने निर्णय भयो । तर निषेधाज्ञा भने भदौ ३१ सम्म नै लम्ब्याइयो । भदौ ३१ मा पुनः सरकारी कार्यालयहरु पनि सुरक्षा सतर्कता अपनाई खोल्ने थप निर्णय भयो । निशेधाज्ञा भने आगामी असोज १५ सम्म लम्ब्याइएको छ । जिल्ला सुरक्षा समितिको निर्णय विपरीत कसैले पसल व्यवसाय संचालन गरेको पाइए संक्रामक रोग नियन्त्रण ऐन २०२० अनुसार कारबाही गरिने भनिए पनि अहिले वीरगन्ज बजारमा हेर्ने हो भने निषेधाज्ञाको कुनै आभाष पाईदैन ।

पहिले पनि निषेधाज्ञा खुकुलो गर्दा संख्या बढेको थियो
अघिल्लो पटक पनि निषेधाज्ञा खुकुलो गर्दा पर्सामा संक्रमित संख्या हत्तै बढेको थियो । संक्रमित संख्या ह्वात्तै बढ्दा असार ३१ गतेसम्म १ जना मृतक भएको पर्सामा मृतकको संख्या नै अहिले ४३ पुगिसकेको छ । डेड सय संक्रमित संख्या असारसम्म रहेको पर्सामा भदौ २९ गतेसम्ममा नै २ हजार ४ सय १३ पुगिसकेको तथ्याँकले देखाएको छ ।

तपाइको प्रतिक्रिया

अन्य समाचार पनि पढ्नुहोस्

कोरोना कोषमा रकम अभाव, सकियो २ अर्ब ४५ करोड
बलात्कारीलाई सजायँ : मृत्युदण्ड !
प्रधानमन्त्रीले बाेलाएकाे सर्वदलिय बैठक एमालेले बहिस्कार गर्ने
‘इब्राहिमोभिच मेसी र रोनाल्डकै स्तरका फरवार्ड’
प्रधानमन्त्री ओलीले गरे माथिल्लो तामाकोशी जलविद्युतको भर्चुअल उद्घाटन
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – १७ जेठ

आजको समाचार

गृहमन्त्री खाँणले गरे १२ जना सिडियाेकाे सरूवा
अरिङ्गालको टोकाइबाट ९ जना घाइते, ३ जनाको अवस्था गम्भीर
सिन्धुपाल्चोकमा बस दुर्घटना हुँदा ३५ घाइते

साताका लोकप्रिय समाचार

गृहमन्त्री खाँणले गरे १२ जना सिडियाेकाे सरूवा
यहि श्रावण १७ र १८ गते शैक्षिक मेला हुँदै ,४२ भन्दा धेरै कलेजले भाग लिने
उपराष्ट्रपतिकी श्रीमती पक्राउ

ट्रेन्डिङ

epaper

प्रमुख

अरिङ्गालको टोकाइबाट ९ जना घाइते, ३ जनाको अवस्था गम्भीर
धनुषामा एक युवककाे घाँटी रेटेर हत्या, मृतकको मोबाइल फेला
सरकारको गोजीमा दाम छैन, ८० प्रतिशत खर्च भए संचित कोष ‘माइनस’मा
पाँच जिल्ला कार्यक्षेत्र, कर्मचारी दुई जना मात्रै

भर्खरै

गृहमन्त्री खाँणले गरे १२ जना सिडियाेकाे सरूवा
Dhruba Lamsal || 17 October 2021
काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले १२ जना प्रमुख जिल्ला अधिकारी (प्रजिअ)को सरुवा गरेका छन् । दसैँ सकिन नपाउँदै आइतबार...

कुरी-कुरी