विश्वभरका हिन्दू धर्मावलम्बीका लागि महाशिवरात्रि पर्व महान् दिन हो । ब्रह्माण्डका सृष्टिकर्ता, सम्पूर्ण प्राणीका स्थितिकर्ता र जीवनको भोग सिद्धिएपछि संहारकर्ता परमात्मा शिव आर्यावर्तको परमपावन नेपालभूमिमा अवतरण हुनु भएको आजको दिनलाई शिवरात्रि पर्वको रूपमा भक्तिभावपूर्वक पूजा, आराधना, उपवास, जाग्राम गरेर मनाइन्छ । सम्पूर्ण प्राणीको पालक, रक्षक, भगवान्, शिव अलौकिक र शाश्वत हुनुहुन्छ । अजन्मा भएर पनि उहाँले प्राणीको हितसाधना गर्न धरातलमा भोलेबाबाको रूपमा भक्तलाई दर्शन दिनुहुन्छ । सबैको कल्याण गर्ने भगवान् शिव नै पशुपतिनाथ, विश्वनाथ, रुद्र, शंकर, अनेक नाम र अनेक रूपमा यस धर्तीमा प्रकट हुनुभएको छ । मानवरूपी हामी पशुका उहांँ पति अर्थात् मालिक हुनुहुन्छ, त्यसैले उहाँको नाम पशुपतिनाथ भयो । यस विश्वकै मालिक भएकाले उहाँ विश्वनाथ हुनुभयो । आÏना भक्तले जे मागे पनि दिने भएकाले उहाँ भोलेनाथ हुनुभयो र पापी, अन्यायी, अधर्मीलाई उनीहरूले गरेका कुकर्मको सजाय दिने भएकाले उहाँ उनीहरूका लागि काल, महाकाल र रुद्र बन्नुभएको छ ।
यसर्थ, श्रीपशुपतिनाथको ठूलो महिमा छ । श्रीपशुपतिनाथको स्तुति, पूजा, आराधना, मन्त्रको जप र यिनको महात्म्य’bout बेद, पुराण, धार्मिक साहित्य र तान्त्रिक ग्रन्थमा अतिविस्तृत रूपमा पाइन्छ । हाम्रोे हिन्दू समाजमा पनि परापूर्वकालदेखि नै शिवजी पूजा आजा, उपासना गर्ने चलन आजसम्म कायमै छ । नेपालका साथै भारतलगायत विश्वका हिन्दूको बाहुल्य भएका क्षेत्रका शिवमन्दिर, शिवालय, शिवलिंगेश्वर, ज्योतिर्लिंगेश्वर आदि स्थानमा यस पर्वमा असंख्य भक्तजनको भीड लाग्ने गर्र्दछ । फागुन कृष्ण चतुर्दशीमा महाशिवरात्रि पर्व काठमाडौंस्थित पशुपतिनाथको मन्दिरमा ठूलो महत्वका साथ सम्पन्न गरिन्छ । भारतलगायत विश्वका विभिन्न राष्ट्रबाट र स्वदेशमा साधु–सन्त, महन्थ, भक्तजन शिवरात्रि पर्वमा पशुपतिनाथको पूजा आराधना गरी दर्शनार्थ प्रत्येक वर्ष असंख्य नरनारी काठमाडौं पशुपति क्षेत्रमा मेला हुने गर्दछन् । महाशिवरात्रीका दिन पशुपतिनाथको शोडषोपचारले विधिपूर्वक पूजा–आराधना गरिन्छ ।
सन्तका लागि शिव र दुष्टका लागि महाकालको रूपमा रहनु भएका परमपिता परमेश्वर शिवको नाम स्मरण, आराधना, पूजा, महिमागानले व्यक्ति व्यक्तिले शिव, शिव मात्र भने पनि सम्पूर्ण समाजको भलाइ हुन्छ र जीवमध्ये सर्वश्रेष्ठ मानवजातिले आफ्नो मात्र होइन, अन्य प्राणीको पनि भलाइ गर्न सक्छ । मानवले सत्कर्म गरेमा सद्बुद्धि मिल्दछ र बुद्धिमतापूर्वक गरिएको कामबाट सम्पूर्ण समाजको भलाइ हुन्छ । वर्तमान विश्वमा मानिस भौतिक सुखको पछाडि आँखा चिम्लेर दौडदा अँध्यारो कुवामा खसेको पत्तै पाइँदैन । भौतिकवाद विनाशवाद हो भन्ने धेरैलाई ज्ञान नभएकाले भौतिक सुखमा नै सम्पूर्ण मानव लालयित भइरहेका छन् । वास्तवमा भौतिक प्रविधिले मानवलाई क्षणिक सुख र तुष्टि मात्र दिन्छ, यो क्षणिक र नाशवान् छ । आध्यत्मिक ज्ञानको अभावमा मानिस पशुझैं भएका छन् । उनीहरू उचित र अनुचित छुट्याउन सक्तैनन् । यसर्थ, समाजमा कलह, हिंसा, अशान्ति फैलिरहेको छ । आध्यत्मिक ज्ञानले परिपूर्ण मानव समाजमा अभाव र अशान्तिको स्थानै रहँदैन ।
भगवान् शिवको स्वरुपको दर्शन पाएका सन्त, तपस्वी, यशस्वी महापुरुषले उहाँको परिकल्पना गरेका छन् । हामी प्राणीसँग दुईवटा चर्मचक्षु त छ, तर, तेस्रो ज्ञानचक्षु छैन । ज्ञानचक्षुको अभावमा नै हामी यस नाशवान् संसारमा एक दिन नाश हुने शरीरका लागि सुख शयल, आरामको खोजीमा अनमोल जीवन गुमाउँछांै । यसमा कुनै सार्थकता छैन । शिवको तेस्रो नेत्रको आराधना गरेमा हामीलाई ज्ञानको ढोेका खुला हुन्छ र क्षणिक संसारको आभास मिल्दछ । हामीलाई शाश्वत शान्तिको ढोका हो भन्ने तथ्यलाई आज शिवरात्रीको दिनमा हामीले स्मरण गर्न सकेमा हामीलाई परम् शान्ति हुन्छ । शिवले सबैलाई सद्बुद्धि दिनुहुन्छ र पनि मानिसले त्यसलाई प्रयोग गर्न नजानेर दुःखको जञ्जालमा फसिरहेका छन् । आजका युवा सही ज्ञानको अभावमा विनाशकारी बाटोतर्फ अग्रसर हुँदै छन् । यो उनीहरूको दोष होइन । सामाजिक संरचना, शैक्षिक स्थिति र समुचित मार्गदर्शन नपाएर युवावर्ग क्षणिक सुखका लागि लागूपदार्थको दुव्र्यसनी बनेका छन् । लागूपदार्थले एक देशको मात्र होइन, विश्वका नै युवावर्गलाई आफ्नो दास बनाइसकेको छ र दिनानुदिन यो क्रम बढ्दो छ । युवावर्गलाई समुचित शिक्षा दिएर अभिभावकले सत्मार्ग देखाएर, भौतिकवाद र अध्यात्मवादका ’boutमा यथेष्ट ज्ञान गराएर कुलतबाट छुटकारा दिलाउन सकिन्छ । सही ज्ञानको अभावमा युवावर्ग पथभ्रष्ट भएका हुन् ।
समग्रमा भन्नुपर्दा प्रत्येक साल फागुन कृष्ण चतुर्दशीको दिन महाशिवरात्री पर्व मनाइन्छ । शिवलाई यजुर्वेदमा स्पष्ट रूपमा वर्णन गरेर उनलाई वैदिक देवताको रूप प्रदान गरिएको पाइन्छ । यसर्थ शिवजीको आराधना प्राचीन कालदेखि नै भएको बुझिन्छ । हाम्रा आराध्यदेव शिवजीलाई तन, मन, धनले श्रद्धा गर्छौं । जसमा शंकर, महेश, पशुपति, रुद्र, भोलानाथ, भोलेबाबा, महादेव, शम्भु, कैलाशपति, गिरिराज, नीलकण्ठ आदि छन् । हामी उनलाई
‘पशुपति’को संज्ञाले बडो श्रद्धा गर्दछौं । सारा नेपालीहरू चाहे हिन्दू होऊन् वा बौद्ध सबै पशुपतिनाथको मन्दिरमा गएर श्रद्धा भक्तिपूर्वक आराधाना गर्दछौं । यस महान् पर्वमा नेपाली मात्र नभएर छिमेकी मुलुक भारतका असंख्य श्रद्धालु भक्तजनको घँुइचो लाग्दछ । ‘पशुपति क्षेत्र’ले गर्दा नेपालको धार्मिक क्षेत्रका गौरवगाथालाई विश्वभरि चिनाउँछ । विशाल सगरमाथाको काखमा रहेको पुण्यभूमि नेपालमा हिन्दूधर्मको प्रधानता छ । यसरी प्राचीन नेपालमा पशुपतिनाथको अति नै महŒवपूर्ण स्थान हुनुको साथै पशुपतिको चर्चा टाढाटाढासम्म हिन्दूको बढ्दो धार्मिक प्रचार एवं प्रभाव सहन नसकी हिन्दू धर्मलाई नष्ट गर्ने उद्देश्यले तत्कालीन बंगालका सुलतान समसुद्दीनद्वारा सन् १३४६ अर्थात् विसं १४०९ मार्गमा काठमाडौं उपत्यकाभित्र समेत आक्रमण गरी विभिन्न हिन्दू र बौद्ध गुम्बा, मठ–मन्दिरका अतिरिक्त पशुपतिनाथको मूर्तिलाई तीन टुक्रा पार्ने तथा अन्य मन्दिर देवालय, बौद्धस्तुप भत्काउने, बिगार्ने कार्यजस्ता निन्दनीय कार्यद्वारा प्रशस्तः धनसम्पत्ति लुटी काठमाडौं उपत्यकामा हाहाकार मच्चाई ध्वंसात्मक कार्यहरू गरी हिन्दूधर्मको उपहास गरेका थिए ।
हलाहल विषलाई पिएर सम्पूर्ण ब्रह्माण्डको रक्षा गर्ने भगवान् शंकर सम्पूर्ण जीवका अधिष्ठाता हुनुहुन्छ । सबैको कल्याण गर्न उहाँले हलाहल जस्तो विषपान गर्नुभएको हो । समाजका अहितकारी वस्तुजस्तो कि, सबै लागूपदार्थ हामी शिवलाई समर्पण गरौं । शिवले हामीलाई त्यसबाट रक्षा गनुहुन्छ । हिन्दूहरू नेपालमा मात्र होइन, विश्वभरि छन् । त्यसैकारण महाशिवरात्रीको पर्व हाम्रो नेपालमा मात्र होइन, विश्वका विभिन्न देशमा पनि बडो उत्साह, उमंग र भक्तिभाव मनाइन्छ । यस दिन भोलेबाबाको शोडषोपचारको विधिले पूजाअर्चना गरिन्छ । आह्वान, आसन, पदय, अष्र्य, आचमन, स्नान, वस्त्र, उपवित, गन्धपुष्प, धूप दीप, नैवेध्य, तामूल, दक्षिणा, आरती, प्रदक्षिणा आदि गरिन्छ । यस अवसरमा श्रद्धालुहरू उपवास बस्दछन् । ती उपवास बस्ने र अन्य भक्तजन मन्दिर अधिल्तिर भजन कीर्तन गरी भगवान्मा लिन भएका हुन्छन् ।
त्यसै दिन टुँडिखेलमा राष्ट्र प्रमुखको सवारी भई विभिन्न रोचक तथा घोचक कार्यक्रमका साथ सोही अपसरमा देशवासीको नाममा शुभेच्छा प्रकट गरिने परम्परा अद्यावधिक नै कायम छ । समाजका सबैजसो अरिष्टलाई अँगाल्ने र गरिष्ठपदार्थ प्राणीलाई दिने भगवान् शिवको महिमा गाउने आजको दिनमा युवावर्गले सन्मार्गमा अग्रसर हुने प्रण गर्नु उनीहरूका लागि मात्र होइन, समाज र देशका लागि नै हितकार हुनेछ । भगवान् शिवले सबैलाई सद्बुद्धि दिएर सबैको रक्षा गर्नु हुनेछ । यसबाट नै सम्पूर्ण प्राणी मात्रको कल्याण हुने कुरामा कसैको पनि दुईमत नहोला ।