Tuesday, October 27, 2020
Home भर्खरै सरकारले बनाइदिएको नयाँ घर

सरकारले बनाइदिएको नयाँ घर

सिन्धुली । पक्कि घर, घर अगाडी मोटर बाटो र घर नजिकै सफा चर्पी । मुसहर वस्तीमा हुर्केकाहरुका लागि कल्पना भन्दा टाढाको कुरा थियो । प्राय आफ्नै जमिन नभएका मुसहर समुदायका परिवारका सदस्यले सिमित आम्दानीमै चित्त बुझाउ वाध्य थिए ।

सरकारले जनता आवास कार्यक्रम मार्फत पक्कि घर निर्माण गरिदिएपछि मुसहर समुदायका स्थानिय मख्ख छन् । शुक्रबार वाग्मति प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलले बस्तीको साँचो हस्तान्तरण गरिरहँदा नयाँ मुसहर समुदायका व्यक्तिको अनुहारमा विषेश चमक थियो । वाग्मति प्रदेश सरकारको लगानीमा जनता आवास कार्यक्रम अन्तर्गत निर्माण सम्पन्न भएको मुसहर बस्तीको साँचो मुख्य मन्त्री डोरमणी पौडेलले दुधौली नगरपालिकाका मेयर घनश्याम राउतलाई हस्तान्तरण गरेका छन् ।

अहिले दुधौलीका ३५५ मुसहर परिवारको घर निर्माण भएको छ । शुक्रबार दुधौली नगरपालिका वडा नं. ४ का ९, ५ का ४, ६ का २, ७ का ३१, ९ का १८१, १० का ५० र ११ का ८० परिवारले नयाँ घरले नयाँ घर पाएका छन् । सिमेन्ट र ईटा जोडिएको २ कोठे घर बनेको छ उनीहरुका लागि ।

प्रति घर ३ लाख १६ हजार ७८ रुपैंया लागत परेको शहरी विकास तथा भवन डिभिजन कार्यालय सिन्धुलीले जनाएको छ । हालसम्म मुसहरहरुको आवास निर्माणमा ११ करोड २२ लाख ७ हजार ६ सय ५१ रुपैंया बजेट खर्च भएको छ ।

दुधौली नगरपालिकामा ७ सय ५० घर निर्माण गर्नुपर्ने गरि पहिचान गरिएकोमा २ सय ९५ घरहरु निर्माणको प्रतिक्षा सूचिमा रहेका छन । प्रतिक्षा सूचिमा रहेका घरहरु निर्माणका लागि ८ करोड ४० लाख लगानी लाग्ने अनुमान गरिएको छ । यस्तै दुधौली नगरपालिका वडा नं. ९ लखिमामा र ७ को पोखरेमा एकीकृत मुसहर बस्ती निर्माण सञ्चालन गरिएको छ । जसका लागि सडक, डे«न, सामुदायिक भवन र स्वागत द्धार निर्माणका लागि ठेक्का प्रक्रिया भई काम सुचारु हुन थालेको शहरी विकास तथा भवन डिभिजन कार्यालय सिन्धुलीका प्रमुख दुर्गा घिमिरेले बताए । उनका अनुसार कार्यालयले प्रदेश सरकारको बजेटमा तिनपाटन र दुधौली नगरपालिकामा गरि १२ सय २५ घर निर्माण गर्ने कार्ययोजना रहेको छ ।

सडकमा बस्नु पर्ने अवस्था हुदैन : मुख्यमन्त्री पौडेल

नमुना मुसहर वस्तीको नयाँ भवनहरु मुसहर समुदायलाई हस्तान्तरण गर्दै मुख्य मन्त्री पौडेलले नयाँ संविधानले दिएको देन र उपलब्धिका रुपमा मुसहर वस्तीको उद्घाटनलाई लिन आग्रह गरे ।

यो पनि पढ्नुहोस   जुम्ला बस्छन्, चित्रकलाबाटै वार्षिक ५ लाख कमाई गर्छन्

कार्यक्रममा सम्बोधन गर्दै उनले कमजोर आर्थिक अवस्था हुनेहरु, पिछडिएका वर्गहरु, सिमांकृत वर्गहरुले आवास नपाएर सडकमा बस्नुपर्ने अवस्था नहुने बताए । उनले भने, ‘कुनै पनि नेपालीहरु भोकै बस्नु पर्ने छैन, कुनै पनि नेपालीहरु सडकमा बस्न पर्ने छैन, छानो भित्र बस्न पाउनुपर्ने छ भन्ने अठोट र संकल्पको अभियानको अंशका रुपमा जनता आवास कार्यक्रम लागु गरिएको हो ।’

उनले नेपालको संविधानले पनि यहि कुरालाई महत्व राख्ने उदाहरणका रुपमा यो कार्यक्रमलाई लिन आग्रह समेत गरे ।
कार्यक्रममा बोल्दै उनले सरकारले समृद्धिको यात्रा सुरु गरेको र संमृद्ध नेपाल सुखी नेपालीको अभियानमा लागि रहेको बताए । उनले देशभित्र हजारौं वस्ती बसाल्नुपर्ने बताउँदै बस्ती निर्माणमा संघिय, प्रदेश र स्थानीय सरकारको जिम्मेवारी र प्रतिवद्धता रहेको बताए ।

उनले दुधौलीका ४ सय ९५ घर पनि निर्माण हुने र बनिसकेको बस्तीमा न्युनतम पूर्वाधारहरु शौचालय र खानेपानी तुरुन्तै निर्माण गरिने प्रतिवद्धता जनाएका छन् । पौडेलले बाग्मति प्रदेशमा जनता आवास कार्यक्रम अन्तर्गत बनाइदै गरेका १३ सय घरमध्ये पहिलो चरणमा दुधौलीमै बस्ती हस्तान्तरण गरिएको र चालु आर्थिक वर्ष भरिमा ती सबै घर हस्तान्तरण हुने समेत बताए । उनले नयाँ वस्ती निर्माणका काम समेत सुरु हुने जानकारी गराए ।

यसैबीच दुधौली नगरपालिकाका मेयर घनश्याम राउतले मुख्यमन्त्री समक्ष दुधौली नगरपालिकाका समस्या राखेका छन । उनले मुख्य सडकदेखि नगरपालिकाको केन्द्रसम्म जाने सडक कालोपत्रे गर्न, कमला तथा तावा खोला किनारका बस्ती तथा जमिन कटानको जोखिम कम गर्न बनाईएको एकीकृत योजनालाई गौरवको आयोजना बनाई बजेट विनियोजन गर्न, सामुहिक चक्लाबन्दी खेति क्षेत्रमा पर्यटन विकासका लागि होमस्टे लगाएतका व्यवस्थापन गर्न र जनता आवास कार्यक्रम अन्तर्गत भईरहेको बस्ती विकास क्षेत्रमा खानेपानी र शौचालय लगाएतका पूर्वाधार निर्माणमा बजेट विनियोजन गर्न माग गरेका छन ।

मेयर राउतले मुसहर समुदाय, आवासिय सुविधा दिने र भविष्यमा रोजगारी सृजना गर्ने योजना ७५० घर धुरी घर निर्माण गर्ने अभियान रहेको बताउँदै मुसहरपछि अन्य विपन्न वर्गको पनि गास वास कपास, शिक्षा स्वास्थ्य रोजगारीको ज्ञारेन्टी गर्नुपर्ने अवस्था रहेका भन्दै प्रदेश सरकारको ध्यानाकर्षण समेत गराए ।

(Visited 94 times, 1 visits today)
Loading comments...

आजको समाचार

सुनिल र एलिनाको ‘मसला’मा भट्टीमा आउने ग्राहकको कथा

काठमाडौं । लोकप्रिय लोकपप गायक सुनिल गिरीको नयाँ गीत मसला सार्वजनिक भएको छ । सुनिल र एलिना चौहानको स्वरमा सजिएको गीतमा पछिल्लो समय चर्चित...

ह्यारी र सनको तालमेल

लन्डन । इङ्गलिस प्रिमियर लिग फुटबल अन्तर्गत गएराति भएको खेलमा टोटनह्याम हट्सपरले बर्नलेलाई १ –० गोल अन्तरले पराजित गरेको छ । टोटनह्यामको जितमा ह्यारी...

बिहेबाट फर्किएका बिककाे अपरिचित व्यक्तिले खुट्टा काटिदिए

तुलसीपुर । गएराति अज्ञात समूहले खुट्टा काटिदिएपछि एक व्यक्ति गम्भिर घाईते भएका छन् । घाइते हुनेमा दाङको तुलसीपुर उपमहानगरपालिका–११ नवलपुर निबासी ४५ बर्षका कुमार...

कोरोनाले चौपट सप्तरीको शिक्षा : विद्यालय जान सरकारले दिएको साईकल घरमै थन्कियो

राजविराज । सप्तरीको तिलाठी कोईलाडी गाउँपालिका स्थित बभनगामा कट्टीकी संगीताकुमारी मण्डललाई विद्यालय जान सहयोग पुगोस् भन्दै गत फागुनमा साईकल प्रदान गरियो । बभनगामा कट्टीस्थित...

कोलकतालाई पञ्जावको धक्का

युएइ । इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत गएराति सम्पन्न खेलमा किंग्स इलेभन पञ्जाव विजयी भयो । पञ्जावसँग कोलकता नाइट राइडरलाई ८ विकेटले पराजित मात्र...

साताका लोकप्रिय समाचार

पीसीआर परीक्षण नै नहुने इटहरीमा कसरी थपिन्छन् संक्रमित !

इटहरी । गएको असोज २७ गते इटहरी उपमहानगरपालिकाले एक सूचना जारी गर्दै २८ गतेदेखि पीसीआर परीक्षण नहुने जानकारी गरायो । स्वाब संकलनका लागि किट अभाव...

उपाराष्ट्रपति पुनद्धारा चाडपर्व खर्च कोरोना कोषमा प्रदान

काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ज्यूले यस वर्षको चाडपर्व खर्च बापतको रकम ‘कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोष’लाई प्रदान गरेका छन् । उनको...

कक्षा १२ को परिक्षा मंसिर ९ गतेदेखि

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) का कारण स्थगित कक्षा १२ को परीक्षा मंसिर ९ गतेदेखि सञ्चालन हुने भएको छ । परीक्षा तालिका र कार्यविधि तयार...

गोरखाबाट हनुमानढोका दरबारका लागि पठाइयो फूलपाती

गोरखा दरबारस्थित दशैँघरबाट काठमाडौँको हनुमानढोका दरबारका लागि फूलपातीसहितको डोली पठाइएको छ । विधिपूर्वक पूजाअर्चना गरी दरबारका सुसारेले आज बिहान ९ः१० बजेको शुभसाइतमा फूलपातीसहितको डोली...

एकैपटक चार खेलाडीको सम्झौता

क्याटलान । क्याटलान क्लब बार्सिलोनाले च्याम्पियन्स लिगको समूह चरणको पहिलो खेलमा हंगेरियन क्लब फेरेन्कभारोसमाथि ५–१ को सहज जित पाएको खेलपछि आफ्ना चार स्टार खेलाडीको...

ट्रेन्डिङ

थप २५ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ४२७ पुग्यो

काठमाडौं । नेपालमा थप २५ जनामा कोरोना संक्रमण देखा परेको छ । नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ४२७ पुगेको छ । बुधबार स्वास्थ्य तथा जनसंख्या...

मन्त्रीलाई थाहै नदिई स्वास्थ्य सामग्री खरिद गर्ने जिम्मा सेनालाई

काठमाडौं । कोभिड–१९ रोकथाम, नियन्त्रण र उपचारका लागि आवश्यक पर्ने औषधि, उपकरणलगायतका सामग्री नेपाली सेनालाई खरिद गर्न दिने मन्त्रिपरिषद्को निर्णयप्रति क्याबिनेटका मन्त्रीले...

कोरोनाको मारमा दीर्घरोगी र ज्येष्ठ नागरिक

काठमाडौं । कोरोना भाइरस संक्रमण फैलिँदै जाँदा दीर्घरोगी र ज्येष्ठ नागरिक निकै मारमा परेका छन् । ६० वर्षमाथिका र दीर्घरोगीहरू कोरोनाको उच्च जोखिम समूहमा...

सिन्धुपाल्चोकमा लकडाउन अघि सम्झौता भएका योजनाहरु सुचारु गरिने

सिन्धुपाल्चोक । लकडाउनले ठप्प भएको सिन्धुपाल्चोकमा सञ्चालित विभिन्न ठूला र अन्य आयोजना सुचारु गर्ने जिल्ला कोरोना संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) ले निर्णय...

अबैध सालको काठ बोकेको बस पश्चिम दाङमा पल्टियो

तुलसीपुर । अबैध सालको काठ बोेकेको बस पश्चिम दाङमा पल्टिएको छ । माथिल्लो ट्वाङखोलाबाट अबैध काठ लिएर हापुरे तर्फ आउँदै गरेको ग १ ख...

भृकुटी मण्डपमा नेपथ्य साँझ

काठमाडौं । शनिबार बेलुकीको ठीक पाँच बजेदेखि मञ्चको पृष्ठ भागमा घडीको संकेत देखिन सुरुभएको थियो। त्यतिबेलै बाहिर प्रदर्शनीमार्गमा दर्शकहरुको चहलपहल...

कोरोनामुक्त जीवनशैली : सरसफाइ र भौतिक दूरी

जीवनयापनमा केही सहज हुनेगरी ३० जेठबाट लकडाउन खुकुलो भएको छ । परीक्षणको अधिकतम मात्रा र क्षमताले हरेक दिन ३ अंकमा बढ्दै ५ हजार नाघिसकेको...

सबै प्रदेशले पाए डीआईजी

काठमाडौं । गृह मन्त्रालयले हालै बढुवा गरेका सबै डीआईजीलाई जिम्मेवारीसहित पदस्थापन गरेको छ । प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)बाट प्रहरी नायब महानिरीक्षक (डीआईजी)मा...

RAJDHANIDAILY VIDEO

HAMRO PATRO

प्रमुख

कोरोनाले चौपट सप्तरीको शिक्षा : विद्यालय जान सरकारले दिएको साईकल घरमै थन्कियो

राजविराज । सप्तरीको तिलाठी कोईलाडी गाउँपालिका स्थित बभनगामा कट्टीकी संगीताकुमारी मण्डललाई विद्यालय जान सहयोग पुगोस् भन्दै गत फागुनमा साईकल प्रदान गरियो । बभनगामा कट्टीस्थित...

रावणको संहार गर्नु अघि भगवान रामले नीलकण्ठ चराको दर्शन गरेका थिए

जनकपुरधाम । तपाई दर्शन गर्नु भयो ? विहानैदेखि जनकपुरधाममा एकअर्कालाई सोध्ने गरिएको देखियो । प्रसिद्ध धार्मिक पिठ राजदेवी मन्दिर वा दुर्गा माताको दर्शनको कुरा...

त्यसपछि हस्तनाको घरमा दसैं आयो

दैलेख । दैलेख आठविस नगरपालिका –५ कि हस्तना विक दसैं कसरी मान्ने होला भनेर चिन्तामा थिइन् । केही दिन अगाडी ६ सन्तानकी एक्ली आमा...

दशैँको मुख्य दिन विजयादशमी, उत्तम साइत १०ः१९ बजे

काठमाडौँ । दुर्गापक्षको मुख्य दिन आज विजयादशमी मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाएर मनाइँदैछ ।...

भर्खरै

ह्यारी र सनको तालमेल

लन्डन । इङ्गलिस प्रिमियर लिग फुटबल अन्तर्गत गएराति भएको खेलमा टोटनह्याम हट्सपरले बर्नलेलाई १ –० गोल अन्तरले पराजित गरेको छ । टोटनह्यामको जितमा ह्यारी...

कोरोनाले चौपट सप्तरीको शिक्षा : विद्यालय जान सरकारले दिएको साईकल घरमै थन्कियो

राजविराज । सप्तरीको तिलाठी कोईलाडी गाउँपालिका स्थित बभनगामा कट्टीकी संगीताकुमारी मण्डललाई विद्यालय जान सहयोग पुगोस् भन्दै गत फागुनमा साईकल प्रदान गरियो । बभनगामा कट्टीस्थित...

कोलकतालाई पञ्जावको धक्का

युएइ । इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत गएराति सम्पन्न खेलमा किंग्स इलेभन पञ्जाव विजयी भयो । पञ्जावसँग कोलकता नाइट राइडरलाई ८ विकेटले पराजित मात्र...

बसन्तको ‘डाँफे चरी’मा पल र रियासाको प्रेम

कात्तिक । गायक बसन्त लम्सालको नयाँ गीत ‘डाँफे चरी’ सार्वजनिक गरिएको छ । सार्वजनिक गरिएको गीतमा बसन्त सँगै शान्ति श्रीसार्वज परियारको स्वर रहेको छ ।...

धेरै पढिएका

कांग्रेस समय अनुसार बदलिन सकेन डाइनाेसर जस्तै भयाे : प्रभु साह

गौर। नेपाल कम्युनिष्ट पार्टीका नेता तथा सांसद प्रभु साहले नेपाली कांग्रेस समय अनुकुल बदलिन नसकेको बताएका छन् । आइतबार रौतहटको फतुवा विजयपुर नगरपालिका-११, भैसहीमा आयोजित...

सरकारी अस्पतालमा परीक्षण निःशुल्क गर

अब सरकारले सबै सरकारी अस्पतालमा कोरोना संक्रमण परीक्षण निःशुल्क गर्नुपर्छ । यो जनसेवासँग सम्बन्धित गम्भीर विषय त हुँदै हो, सरकार हुनुको दायित्व पनि हो...

भर्चुअल रुपमा जीवन रुपान्तरणको कला सिकाउँदै

कोभिड १९को महामारीका कारण दशैं लक्षित थु्रपै कार्यक्रमहरु स्थगित भएका छन् । तर, भिजनरी इन्टरनेसनले भने भर्चुअल रुपमा प्रेरणादायी लाभई ३६० डिग्री कार्यक्रम गरेर...

बाबुरामकाे मुद्दा, जनलोकपाल गठन नगरी सुखै छैन

सत्तारुढ दल नेकपाका नेताहरुको नयाँ फण्डा सुरु भएको छ दुई दिनदेखि । ‘मैले दशैं भत्ता फिर्ता गरेँ’ आशयको विज्ञप्ति सामाजिक सञ्जालमा पोष्ट गर्ने ।...

ई-पेपर

छुटाउनुभयो कि?

यो पनि पढ्नुहोस   त्यसपछि हस्तनाको घरमा दसैं आयो

अग्रिम टिकट नखुले पनि समस्या भएन

(Visited 85 times, 1 visits today)