स्क्रब टाइफसका बिरामी बढ्दै

वैशाख महिनायता देशभरमा पाँचांै तथा गण्डकी प्रदेशमा पहिलो जिल्ला म्याग्दी परेको छ । गण्डकी प्रदेशका ११ जिल्लामा पुस १५ यता १ सय ५ डेंंगी र ५४ स्क्रब टाइफसका बिरामी पुष्टि भएका छन् । म्याग्दीमा मात्रै डेंगी ६४ र स्क्रब टाइफसका ४३ बिरामी भेटिएका छन् । सुदूरपश्चिमदेखि पूर्व तथा राजधानीमै स्क्रब टाइफसका बिरामी बढेका छन् तथापि बिरामीमा थप त्रास पर्दछ भन्दै अस्पताल, चिकित्सक मिडियामा खुल्ने गरेका छैनन् । हरेक १ सय डेंगी संक्रमणमा ३० जना बढीसम्म स्क्रब संक्रमण देखिने गरेका छन् । डेंगीभन्दा ३० गुणा बढी मृत्यृदर भएको स्क्रब टाइफसका बारेमा मौन घातक हुन सक्छ । यद्धपि कोरोना तब डेंगीको प्रकोपले गर्दा मिडिया र आम मानिसको स्क्रब टाइफस संक्रमणले ध्यानाकर्षण गर्न सकेको छैन ।

प्रकोप : विश्वमा पहिलोपटक सन् १९३० मा जापानमा सेनामा देखापरेको स्क्रब टाइफस सन १९४४ तिर दोस्रो विश्वयुद्धमा अमेरिकी सेनामा पनि युद्धका क्रममा जंगलमा घर्सनेक्रममा देखापरेको थियो । विशेष स्थान प्रशान्त महासागरीय क्षेत्रका ग्रामीण इलाकामा भेटिएको यसलाई सिचिटो वा ह्याट्सुका फिबर भनिन्थ्यो । नेपालमा सन् २००४ मा पहिलोपटक देखापरेको स्क्रब सन् २०१५ देखि बर्सेनि लगातार देखापरिरहेको छ । सन् २०१७ मा रोगबाट ६ सय ७० जना संक्रमित भई ९ जनाको मृत्यु भएको थियो । त्यसैगरी सन् २०१८ मा १ हजार ९८ संक्रमण र ४ जनाको मृत्यृ भएको आँकडा छ । त्यस्तै, सन् २०१९ मा बढोत्तरी छ । सबैभन्दा बढी संक्रमण चितवनमा देखिने गरेको छ ।

सर्ने माध्यम : मुसा वा सोही प्रजातिमा हुने एक प्रकारको संक्रमित किर्नाले टोकेमा यो रोग लाग्छ । यो जुम्राजस्तै तर सूक्ष्म हुने किर्ना मुसाको कान वा अन्य जीवजन्तुमा बस्छ, रगत चुसेर बा“च्दछ । घ“ासपात तथा झार झरेको बेलामा मानिस बस्दा यो किर्ना सर्ने र टोक्दा रोग लाग्छ । झाडी भएका बस्तीमा बढी देखिने स्क्रब टाइफस चिगार नामको किर्नाबाट मुसा तथा मानिसमा यसको संक्रमण हुन्छ । मानिसबाट मानिसमा नसर्ने तथा संक्रमित किर्नाले टोक्दा सर्ने रिकेटसिया सुसुगामुसी नामक ब्याक्टेरिया परजीवीको संक्रमणले लाग्ने स्क्रब टाइफस ससाना बोटबिरुवाको घासे मैदान, जंगल, झाडीमा बस्ने माइट अर्थात् किर्ना जातिको सूक्ष्म कीराले सार्ने गर्दछ । नेपालमा भने झाडीमा बस्ने मुसाको कानमा माइट सर्ने र झाडीमा मानिस जाँदा माइटले टोकी रोग लाग्ने गरेको छ ।

स्क्रब टाइफसबाट जोगिन घर वरिपरि र व्यक्तिगत सरसफाइमा विशेष ध्यान दिनुपर्छ । घर वरपर मुसा आउन नदिने वातावरण बनाउने, खेतबारीमा काम गर्न तथा झाडीमा जाँदा पूरा बाहुला भएको कपडा लगाउने, हातमा पन्जा, लामो बुट लाउने, खुला चौरमा नसुत्ने, बस्नुपर्दा केही बिछ्याएर मात्र बस्ने र संक्रमित मुसाले टोकेको खण्डमा लक्षण देखिना साथ चिकित्सकसँग उपचार सुरु गर्नुपर्दछ

लक्षण तथा चिह्न : बेलायतको नेसनल हेल्थ सर्भिसका अनुसार रिकेटसिया सुसुगामुसीबाट संक्रमित सूक्ष्म कीरा माइट, जुम्राको टोकाइबाट समेत संक्रमण हुन्छ । जापानी शब्द सुसुगाको अर्थ सानो र खतरनाक एवं मुसीको अर्थ सूक्ष्म कीरा हुन्छ । अत्यधिक धेरै १०४ डिग्रीभन्दा बढी र काम ज्वरो आउने, टाउको दुख्ने, खोकी लाग्ने, मांसपेसी दुख्ने, पाचन अंगमा गडबडी, शरीरमा रातो बिबिरा, गिजाबाट रगत तथा कालो पाप्रो, खटिरा, दाग प्रमुख लक्षण हुन् । समयमै उपचार नगरे जीर्ण बन्दै कलेजो, मिर्गाेला, मस्तिष्क, फोक्सो, मुटुलगायत अंगमा संक्रमण फैलिई बिरामीको मल्टिअर्गन फेलर भई मृत्युसमेत हुन सक्छ । डेंगुभन्दा घातक लिइने स्क्रब टाइफस सुरुमा पहिचान भए पूर्ण निको हुन्छ ।

किर्नाले टोकी परजीवी शरीरमा भित्रिएपछि सामान्यत ५ देखि १४ दिनमा तथा बढीमा २० दिनमा लक्षण देखिन थाल्छ । कडा टाउको दुख्ने, अचानक कडा खालको १०४ डिग्री ज्वरो आउने, शरीरका विभिन्न भाग गर्दन र घ“ाटी वरपर मसिना गुलाबी बिमिरा आउने, पसिना आउने, ग्रन्थी सुन्निने, छालामा किर्नाले टोकेको दाग, रातो बिबिरा, रातो आ“खा यसका लक्षण हुन् । जिउ, जोर्नी, मांशपेसी दुख्छ, श्वासप्रश्वासमा समस्या आउँछ । कहिलेकाहीँ पेट दुख्ने, पखाला लाग्न सक्छ, रोग जटिल भएमा श्वासप्रश्वासमा अवरोध आउने तथा निमोनियाका कारण बिरामीको मृत्यु हुन सक्छ ।

स्क्रब टाइफसको उपयुक्त उपचार नगर्दा दीर्घकालीन रूपमा सुन्ने क्षमता गुम्ने, निम्न रक्तचाप, अंगहरूमा क्षति, मिर्गाेला फेल, निमोनिया, छारे रोग, अन्योल, सुस्तता, मासु कुहिनेजस्ता समस्या देखिन सक्ने र मल्टिअर्गन फेलरको अवस्थामा पुग्ने एनएचएसले जनाएको छ । रोग पहिचान भए एन्टिबायोटिकले सजिलै निको हुन्छ । सामान्य औषधि तथा एन्टिबायोटिकले निको हुने स्क्रब टाइफसमा उपचार नपाए मात्र रिकेटसिया नामक सूक्ष्म ब्याक्टेरिया शरीरका अन्य भागमा सर्दाका कारण ज्यादै ढिलो र सिकिस्त भए मात्र स्वास्थ्य संस्था बिरामी पुग्नाले रोग जटिल देखिने गरेको छ ।

निदान : डाक्टर नभएमा सरल पहिचान गर्ने तरिका पनि यदाकदा उल्लेख गरिएको देखिन्छ । ग्रामीण क्षेत्रमा रोग पहिचान किट नपाउने र टाइफाइड भन्दै अन्य प्रतिजैविक औषधि सेवनले पहिचान ढिलो भई मृत्युसमेत हुने गर्दछ । माथि उल्लेख गरिएका लक्षण देखिएमा, उक्त क्षेत्र वा वरपरका सहर र गाउँमा पहिले पनि स्क्रब टाइफस देखिएको इतिहास (किनभने पुनः दोहोरिने सम्भावना छ ) र निरन्तर ज्वरो १० दिनभन्दा बढी देखिँदा डोक्सिसाइक्लिन औषधि सेवन गर्दा दुई दिनमा ज्वरो कम भए स्क्रब टाइफसको सम्भावना प्रबल मानिन्छ । रोगको निश्चित पहिचान बिरामीमा देखिएको लक्षण, किर्नाले टोकेको चिह्न र रक्त परीक्षणबाट गरिन्छ । लिभर फंक्सन टेस्ट, सीबीसी काउन्ट, स्क्रब टाइफसको एन्टिबडीका लागि इलाइजा तथा दु्रत परीक्षण गरिन्छ ।

उपचार : संक्रमणको शंका भए तातो, झोलिलो खाद्य पदार्थ खाने तथा आशंका भए प्रयोगशालाको रिर्पाेट नकुरी एन्टिबायोटिक दिन तथा लिन सकिन्छ । सुरुमै उपयुक्त एन्टिबायोटिकले उपचार गर्दा बिनाजटिलता रोग निको हुन्छ । स्क्रब टाइफसको आंशका भएका बिरामीलाई प्रयोगशाला प्रतिवेदन आउनुभन्दा पहिलेदेखि नै एन्टिबायोटिक औषधि दिन सकिन्छ । डक्सिसाइक्लिन वा टेट्रासाइक्लिनले उपचार गरे धेरैजसो बिरामीमा ४८ घण्टाभित्रै सुधार देखिन्छ र पूर्ण स्वस्थसमेत हुन्छन् । डक्सिसाइक्लिन, एजिथ्रोमाइसिन, क्लोरोमफेनिकल, रिफाम्पिन, सिप्रोफ्लोक्सिसिलिनमध्ये कुनै एक एन्टिबायोटिक पाँचदेखि दस दिनसम्म प्रयोग गर्दा ठीक हुन्छ तर गर्भवतीले सिप्रोफ्लोक्सासिलिन प्रयोग गर्न हुँदैन । स्क्रब टाइफस रोकथामका लागि टाइफस भएका क्षेत्रमा जाँदा डक्सिसाइक्लिनको एक साताको उपचार प्रक्रिया गर्न सकिने बताइएको छ ।
बचावट ः कोभिड–१९ संक्रमितको संख्या ६० हजार उकालो चढ्दै गर्दा सक्रिय संक्रमित १७ हजार बढी र मृत्यु करिब ४ सय छन् । बन्दाबन्दी खुकुलो तब हटाएपछि जति पीसीआर परीक्षण बढ्दै छ, त्यति नै संक्रमित संख्या बढोत्तरी छ । पछिल्लो समयमा लाक्षणिक, जटिलता र मृत्युको संख्या बढ्दै गइरहेको छ । यस्तो अवस्थामा कुनै पनि रोग लाग्नु झनै समस्याको जड बनेको छ । तसर्थ, सबै रोगका लागि रोग लागेर उपचार गर्नुभन्दा रोग लाग्नै नदिनका लागि रोकथामका उपाय अबलम्बन गर्न जरुरी छ ।

स्क्रब टाइफसबाट जोगिन घर वरिपरि र व्यक्तिगत सरसफाइमा विशेष ध्यान दिनुपर्छ । घर वरपर मुसा आउन नदिने वातावरण बनाउने, खेतबारीमा काम गर्न तथा झाडीमा जाँदा पूरा बाहुला भएको कपडा लगाउने, हातमा पन्जा, लामो बुट लाउने, खुला चौरमा नसुत्ने, बस्नुपर्दा केही बिछ्याएर मात्र बस्ने र संक्रमित मुसाले टोकेको खण्डमा लक्षण देखिना साथ चिकित्सकसँग उपचार सुरु गर्नुपर्दछ । बिरामीले प्रोटिनयुक्त खाना र झोल पर्याप्त खानुपर्छ ।

अन्तमा, हालसम्मको अवस्थालाई हेर्दा व्यक्तिगत सरसफाइ, खाद्य स्वच्छता तथा किर्ना र मुसाको प्रत्यक्ष तथा अप्रत्यक्ष संक्रमणबाट जोगिनु नै रोकथाम हो ।

तपाइको प्रतिक्रिया

अन्य समाचार पनि पढ्नुहोस्

जात र धर्मले सफलतालाई छेक्दैन : नाजिर हुसेन
धितोपत्र बजार : साढे चार अर्बको कारोवार
जुम्लामा दोस्रो पटक हिमपात, स्याउ र ओखर खेती गर्ने खुसी
अष्टलक्ष्मीले भनिन् ‘मैले माधव नेपाललाई धोका दिएको छैन’
नपोली कोपा इटालिया च्याम्पियन
जोखिममै सङ्क्रमित गर्भवतीलाई सुत्केरी गराउँदा...

आजको समाचार

गृहमन्त्री खाँणले गरे १२ जना सिडियाेकाे सरूवा
अरिङ्गालको टोकाइबाट ९ जना घाइते, ३ जनाको अवस्था गम्भीर
सिन्धुपाल्चोकमा बस दुर्घटना हुँदा ३५ घाइते

साताका लोकप्रिय समाचार

गृहमन्त्री खाँणले गरे १२ जना सिडियाेकाे सरूवा
यहि श्रावण १७ र १८ गते शैक्षिक मेला हुँदै ,४२ भन्दा धेरै कलेजले भाग लिने
उपराष्ट्रपतिकी श्रीमती पक्राउ

ट्रेन्डिङ

epaper

प्रमुख

अरिङ्गालको टोकाइबाट ९ जना घाइते, ३ जनाको अवस्था गम्भीर
धनुषामा एक युवककाे घाँटी रेटेर हत्या, मृतकको मोबाइल फेला
सरकारको गोजीमा दाम छैन, ८० प्रतिशत खर्च भए संचित कोष ‘माइनस’मा
पाँच जिल्ला कार्यक्षेत्र, कर्मचारी दुई जना मात्रै

भर्खरै

गृहमन्त्री खाँणले गरे १२ जना सिडियाेकाे सरूवा
Dhruba Lamsal || 17 October 2021
काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले १२ जना प्रमुख जिल्ला अधिकारी (प्रजिअ)को सरुवा गरेका छन् । दसैँ सकिन नपाउँदै आइतबार...

कुरी-कुरी