चार वर्षपछि पुनः निगम फर्नेस आयल बिक्री गर्दै

काठमाडौं । नेपाल आयल निगमले चार वर्षपछि पुनः फर्नेस आयल बिक्री गर्ने भएको छ । पछिल्लो समय निगममा पुनः फर्नेस आयलको माग आउन थालेपछि बिक्री गर्ने तयारी गरेको हो । फर्नेस आयलको मागसँगै निगमले आप्mनो व्यापार व्यवसायलाई विविधीकरण गर्न निगमले चार वर्षपछि पुनः फर्नेस आयल बिक्री गर्न लागेको हो ।

लामो समयदेखि फर्नेस आयल बिक्री गर्दै आएको निगमले आर्थिक वर्ष २०७३/७४ वर्ष यतादेखि फर्नेस आयल बिक्री वितरण बन्द गरेको थियो । फर्नेस आयलको माग कम भएको पछि निगमले फर्नेस आयल बिक्री गर्ने छोडेको थियो । निगमले कारोबार गर्दै आएको सो आयल बिक्री वितरण विगत चार वर्ष बन्द गरेको थियो । फर्नेस आयलको उच्चतम प्रयोगकर्ता नेपाल विद्युत् प्राधिकरणअन्तर्गतको मल्टी फ्युल पावर प्लान्ट बन्द भई माग घटेपछि निगमले यसको बिक्री वितरण रोकेको थियो । निगमले फर्नेस तेल आर्थिक वर्ष २०७३/७४ मा ३६ टन आयात गरेको थियो । वर्ष २०७३ /७३ मा ७७ टन आयात गरेको थियो । त्यस्तै, आर्थिक वर्ष २०७१/७२ मा ८ सय ८३ टन आयात गरेको थियो । त्यस्तै, आर्थिक वर्ष २०७०/७१ मा हजार १ सय ७१ टन आयात गरेको थियो ।

फर्नेस आयल निगमले बिक्री गर्न छोडेको भए पनि निजी क्षेत्रले भने इन्डियन आयल कर्पाेरेसनबाट आयात गर्दै बिक्रीवितरण गरी रहेका छन् । निगमका अनुसार निजी क्षेत्रले इन्डियन आयल कर्पाेरेसनबाट आयात गरेर बिक्रीवितरण गर्ने फर्नेस आयललाई नियन्त्रण गरी निगम आफैंले बिक्री गर्नेछ । व्यापारलाई व्यवस्थित गर्न सो कार्य गर्न थालेको निगमले जनाएको छ ।

निगमका प्रवक्ता विनितमणि उपाध्यायले फर्नेस आयल बिक्री कार्यलाई एकदर प्रणालीबाट बिक्री गर्न पुनः निगमले फर्नेस आयल खुला गरिएको जानकारी दिए । उनले हाल निजी क्षेत्रले गर्दै आएको सो व्यापारलाई आफ्नो क्षेत्राधिकारभित्र ल्याउँदै निगमले बिक्री खुला गरेको बताए । उनले यसका लागि निगमले पीडीयो खुला गरिएको जानकारी दिए । निगमले फर्नेस आयल बिक्री गर्न थालेपछि निजी क्षेत्रले आफंै आयात गरेर कारोबार गर्न पाउने छैन ।

व्यवसायीले स्वतःस्फूर्त रूपमा खरिदबिक्री गर्न पाउनेछैनन् । अब व्यवसायीले यस्तो आयलको कारोबार गर्न निगमको अनुमति अनिवार्य लिनुपर्नेछ । अहिलेसम्म व्यवसायीले भारतीय आयल कर्पाेरेसन (आईओसी)बाट सिधै खरिद गर्दै आएका थिए । प्रवक्ता उपाध्यायले भने, ‘यो व्यवस्थाले निगमको एकाधिकार कायम हुनुका साथै कारोबार व्यवस्थित हुने अपेक्षा छ ।’ निगमका अनुसार व्यवसायीले भारतको हल्दिया रिफाइनरी डिपोबाट आयल ल्याउन सक्नेछन् । साथै भारतकै मथुरा रिफाइनरी पीडीओ जारी गर्ने निगमले जानकारी दिएको छ ।

निगमका अनुसार व्यवसायीले फर्नेस आयल खरिदका लागि निगमले तोकेका तीनवटा कार्यालयमा सम्पर्क गर्न सक्नेछन् । प्रदेश १ को विराटनगर, प्रदेश २ को अमलेखगन्ज र निगमको केन्द्रीय कार्यालय काठमाडौंका सम्पर्क गर्नुपर्ने बताइएको छ । विशेष गरेर फर्नेस आयल नेपालमा खासगरी औद्योगिक प्रयोजनका लागि प्रयोग गरिँदै आएको छ । नेपालमा हालसम्म कति र कुनकुन कम्पनीले यस्तो आयल आयात गरी कारोबार गर्दै आएका छन् भन्ने तथ्यांक यकिन नभएको निगमले जनाएको छ ।

निगमका अनुसार विशेषगरी फर्नेस आयल डिजेलको तुलनामा निकै सस्तो हुन्छ । अहिले डिजेलको कारोबार प्रतिलिटर ९० रुपैयाँमा बिक्री हुँदै आएको छ भने फर्नेस आयल प्रतिलिटर ६० रुपैयाँसम्ममा बिक्री हुन्छ । फर्नेस आयल बिक्रीको एकाधिकार हातमा ल्याएपछि निजी क्षेत्रले गर्दै आएको कारोबार थप व्यवस्थित हुने निगमको अपेक्षा छ । निगमले फर्नेस तेलको मूल्य प्रतिटन ५३ हजार ८ सय ३६ रुपैयाँ निर्धारण गरेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 215 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

बीपी र पुष्पलालले हेरिरहेका छन् कि ?

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
मेयरकी उम्मेदवार सिर्जना सिंहलाई प्रश्न : नेताको श्रीमती भएर सहजै टिकट पाउनुभएको हो ?