सर्लाही । सर्लाहीमा कोरोना भाइरसबाट थप एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा हरिपुर नगरपालिका वडा न. ९ का अन्दाजी ५५ वर्षिय एक जना पुरुष रहेको स्वास्थ्य कार्यालय सर्लाहीले जनाएको छ । मृतक ती पुरुष भरतपुर अस्पताल चितवन उपचार गराउने सिलसिलामा गएका थिए ।
भदौ १८ गते भरतपु्र अस्पतालमा ती पुरुषमा कोरोना पाजेटिभ रिपोर्ट आएको थियो । कोरोना संक्रमित पुरुषको उपचारकै क्रममा अशोज २ गते बिहान साढे १० बजे मृत्यु भएको थियो । योसँगै सर्लाहीमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ५ पुगेको स्वास्थ्य कार्यालयका जनस्वास्थ्य निरीक्षक सुशिल झाले जानकारी दिए ।
तपाइको प्रतिक्रिया
(Visited 152 times, 1 visits today)