जनकपुरधाम । कोराना महामारीका कारण देशभरी पठनपाठन ठप्प भएको बेला केही युवाले गरिब दलित बालबालिकाका लागि ‘होम ट्युुसन’ सुरु गरेका छन् । जनकपुरधाम ११ का किशन साह, बालकिशन भगत, नितेश सिंह र नितिश साह अहिले गरिब र दलित परिवारका घर घरमा ट्युसन पढाउन जान्छन् ।
चारैजना जनकपुरधामको एक निजि क्याम्पसमा १२ मा अध्ययनरत विद्यार्थी हुन् । विद्यालयमा पठन पाठन पूर्णरुपले बन्द रहेको र फागुनदेखी ट्युसन कोचिङ पनि ठप्प रहेको होम ट्यूसन सुरु गरेको उनीहरुको भनाई छ ।
एक कक्षा देखि ८ कक्षासम्मका विद्यार्थीलाई ट्युसन पढाउन सुरु गरेका युवाहरु भन्छन् बालबालिकाले स्कुल नबिर्सुन भनेर ट्युसन सुरु गरेका हौं । अहिले उनीहरुले जनकपुरधाम ११ को हनुमान मन्दिर नजिकका १७ जनालाई पढाई रहेका छन् ।
जतिवेला उनीहरुले पठाउने कुरा गरे अभिभावक र विद्यार्थी दुबैले चासो देखाएनन् । कतिपय अभिभावक कोरोना संक्रमण हुन्छ कि भनेर पनि डराए । ‘हामीले मास्क पञ्जा र सेनिटाइजर प्रयोग गरेर पढाउछौं भनेपछि अभिभावकहरु राजी भए ।’ नितेश सिंहले वताए । मास्क र सेनीटाइजरको पनि व्यवस्था गरिएको छ । त्यहा शिक्षक र विद्यार्थी मास्क लगाएर पढने पढाउने गर्छन् ।
एक कक्षा देखि ८ कक्षासम्मका विद्यार्थीलाई ट्युसन पढाउन सुरु गरेका युवाहरु भन्छन् बालबालिकाले स्कुल नबिर्सुन भनेर ट्युसन सुरु गरेका हौं
अहिले पढिरहेको सबै दलित र गरीबका परिवारका बालबालिका रहेका छन् । ‘सरले टयुसन पढाएपछि निकै रमाइलो लागेको छ’ दश वर्षिय गुडीया मण्डलले भनिन् । ट्युसन पढिरहेकी मालती साह भन्छिन् ‘घरमै आएर पढाउँदा सरले कुट्नु हुन्न, कहिलेकाही चकलेट पनि दिनुहुन्छ ।’
अहिले ट्युसन पढ्दै गरेका प्राय बालबालिकासंग किताब कापी थिएनन । स्थानीय समाजिक कार्यकर्ता अमित झाले सबैका लागि कापी र किताब व्यवस्था गरिदिएका छन् ।
प्रदेश २ का सांसद रामअशिष यादवले मास्क र सेनिटाइजर उपलब्ध गराएका छन् भने सांसद यादवले बेला बेलामा होम टयूशनको अनुगमन गर्ने गरेका छन् । ‘भरखर क्याम्पसमा पढ्दै गरेका विद्यार्थीले कसरी यसप्रकारको अभियान शुरु गरे ? कतिपयले प्रश्न गर्ने गरेका छन् ।
उनीहरुले शुरु गरेको ‘होम ट्युसनकै कारण यहाँका गरीब दलित विद्यार्थी र तिनका परिवारदले राहत महसुस् गरेका छन् । ‘कारोना संक्रमणका कारण अहिले छोरालाई बाख्रा चराउन पठाउन पनि सकिदैन घरमै दिनभरी बस्दा भाई बहिनीसंग झगडा पथ्र्यो ।’ एक अभिभावक भन्छन् ‘टयूसन शुरु भएपछि छोरो पठाइमै केन्द्रित भएको छ । भाइ बहिनीसंग झगडा पर्दैन ।’
‘निःशुल्क नै किन नहोस् हाम्रो पनि समय बितेको छ र बालबालिकाले पनि ज्ञान पाइरहेका छन् ।’ किशन शाहले भने । यहि अभियानबाट प्रेरित भएर धनुषाको सबैला नगरपालिकाको रघुनाथपुरमा पनि यस्तै शैलिको ट्युसन सुरु गरेको छ ।