काठमाडौं । सलोन सलिना फिल्मस्को व्यानरमा निर्माण भइरहेको फिल्म ‘लक्ष्मीपूजा’ यही दशैंमा रिलिज हुने भएको छ । फिल्मको यतिबेला उपत्यकाका विभिन्न स्थानमा छायांकन भइरहेको छ ।
समिर मियाँले निर्देशन गरिरहेको फिल्ममा शोभित बस्नेत निर्माता छन् । फिल्ममा जयकिशन बस्नेत, जाहान्वी बस्नेत, अस्मिता जुुरेली, नीर शाहको अभिनय रहेको छ । फिल्ममा सलोन बस्नेत र रियाशा दाहाल विशेष भूमिकामा देखिँदैछन् ।
निर्माता शोभितका अनुसार जाहान्वीको शीर्ष भूमिका रहने फिल्ममा उनी दोहोरो भूमिकामा देखिँदैछिन् । उनले पारिवारिक प्रेमकथा रहने फिल्ममा दशैं र तिहारको परिवेश देखाइनेछ । फिल्ममा विपिन आचार्यको संगीत, दयाराम पाण्डेको गीत, केदार भुषालको लेखन, रामजी लामिछानेको कोरियोग्राफी र जयकुमार दर्लामीको छायांकन रहेको छ ।
तपाइको प्रतिक्रिया
(Visited 201 times, 1 visits today)