बैंग्लोरसँग हैदरावाद १० रनले पराजित

अबुधावी । इन्डियन प्रिमियर लिग (आईपीएल) टि-२० क्रिकेटअन्तर्गत गएराति सम्पन्न खेलमा रोयल च्यालेन्जर्स बैंगलोरसँग सनराइजर हैदरवादसँग १० रनले पराजित भयो । दुबईमा भएको खेलमा बैंगलोरले यो सिजनमा सुखद सुरुवात गरेसँगै अंक तालिकाको खातामा महत्वपूर्ण २ अक जोडेको छ ।

खेलमा बैंगलोरले दिएको १ सय ६४ रनको लक्ष्य पछ्याएको हैदराबाद १९ ओभर ४ बलमा सबै विकेट गुमाउँदा १ सय ५३ रनमै समेटियो । उसका लागि इग्लिस खेलाडी जोनी ब्रिजस्टोनले ६१ रन बनाए पनि टोलीलाई जिताउन सकेनन् । बैंग्लोरका युजभेन्द्र चाहलले ३ विकेट लिए । किफायती बलिंग गर्दै युजभेन्द्रले ४ ओभरको स्पेलमा १८ रन मात्र खर्चिएका थिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको बैंगलोरले २० ओभरमा ५ विकेट गुमाएर १ सय ६३ रन बनाएको थियो ।बैंगलोरका लागि देबदत्त पडिक्कल र एबीडी भिलियर्सले अर्धशतकीय इनिङ्स खेले । डेब्यु खेलाडी देबदत्तले ५६ रन जोड्दा डी भिलायर्सले ५१ रनको योगदान गरे ।

आईपिएल क्रिकेटमा आज राजस्थान रोयल्सचेन्नाई सुपर किङ्स भिड्नेछन् ।

तपाइको प्रतिक्रिया
(Visited 141 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

संसद्का कर्मचारीको आन्दोलनवारे अर्थमन्त्रीसँग भएको छलफल निष्कर्षविहीन

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
सुदूरपश्चिमका ५१ पालिकाको मतगणना सम्पन्न (सूचीसहित)