राप्रपाको चुनाव चिह्न हलो

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको चुनाव चिह्न हलो हुने भएको छ । गत फागुनमा विभिन्न शक्तिबीच पार्टी एकताको घोषणा भए पनि चुनाव चिह्न टुंगो लागेको थिएन । नयाँ पार्टीको चुनाव चिह्न गाई हुने कि हलो भन्नेमा विवाद थियो ।

पार्टीका तीनवटै अध्यक्षहरु कमल थापा, डा. प्रकाशचन्द्र लोहनी र पशुपति शमशेर राणा चुनाव चिह्न हलो राख्ने सहमतिमा पुगेका हुन् । हलो तत्कालीन राप्रपा संयुक्तको चुनाव चिह्न थियो ।

अध्यक्ष कमल थापाले हिन्दु राष्ट्रको एजेन्डा बोकेको राप्रपाको निम्ति गाई उपयुक्त चुनाव चिह्न भए पनि पार्टी एकता जोगाउन सम्झौता अनिवार्य भएको बताएका छन् । उनले सामाजिक सञ्जालमार्फत परिस्थितिजन्य यो बाध्यतालाई सहजरुपमा लिइदिन पार्टीका शुभचिन्तकहरुमा अपिल समेत गरेका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 157 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

देउवा-नेपालको भेटले सत्ता समीकरणमा तरंग

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
माझी महिला बनिन् वडाअध्यक्ष