सर्लाही । सर्लाहीमा पछिल्लो समय कोरोना संक्रमित बढेसँगै कोरोना जितेर निको हुनेको संख्या पनि बढिरहेको छ । सर्लाहीमा मङ्गलबार साझ सम्ममा कोरोना केश शुन्य भएपनि हाल सम्म कोरोना संक्रमित हुने बिरामीको संख्या २ हजार २७ पुगेको छ ।
त्यस्तै २ हजार २७ संक्रमित मध्ये हाल सम्ममा १५ सय १८ जना कोरोना जितेर घर फर्किसकेका छन । जिल्लामा हाल सक्रिय कोरोना संक्रमितको संख्या भने ५ सय ४ रहेको स्वास्थ्य कार्यालय सर्लाहीका जनस्वास्थ्य निरीक्षक सुशिल झाले जानकारी दिए ।
सक्रिय कोरोना संक्रमित ५ सय ४ जनाकै जिल्लामा रहेको विभिन्न आइसोलेसन तथा होम आइसोलेसनमा उपचार भैरहेको जनस्वास्थ्य निरीक्षक झाले बताए । सोमबार मात्र बलरा नगरपालिकामा ५ जना कोरोना संक्रमित व्यक्ति थपिएको थियो ।