Wednesday, October 21, 2020
Home प्रदेश प्रदेश ३ विद्युतीय राहदानी छपाइको टेन्डर दोस्रो पटक रद्द

विद्युतीय राहदानी छपाइको टेन्डर दोस्रो पटक रद्द

काठमाडौं । परराष्ट्र मन्त्रालयअन्तर्गत राहदानी विभागले विद्युतीय पासपोर्ट छपाइका लागि गरेको अन्तर्राष्ट्रिय बोलपत्र आह्वान दोस्रो पटक रद्द गरेको छ । विभागले सोमबार राहदानी छपाइको टेन्डर रद्द गर्ने निर्णय गरेको हो ।

अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आईकाओ)ले सन् २०२५ सम्ममा ई–पासपोर्टमा जानुपर्ने मापदण्ड तोकेको छ । सोही मापदण्डअनुसार ई–पासपोर्ट छपाइका लागि नेपालले अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरेको भएपनि पटक पटक रद्द हुँदै आएको छ । पहिलो पटक सरकार आफैँले निर्णय गरेर बोलपत्र आह्वान रद्द गरेको थियो । दोस्रो पटक भने मागपत्रअनुसार आवदेन नपरेको कारण देखाउँदै टेन्डर रद्द गरिएको हो ।

– राहदानी छपाइमा ढिलाइ हुँदा संकट आउन सक्ने
– आइकाओको मापदण्डमा सन् २०२५ सम्ममा ई–पासपोर्टमा जानुपर्ने

यसअघि पहिलोपटक १० भदौ २०७६ मा पासपोर्ट छपाइका लागि बोलपत्र आह्वान गरिएको थियो । त्यतिबेला १९ वटा कम्पनीले पासपोर्ट छपाइका लागि प्रस्ताव पेस गरेका थिए । सरकारको निर्देशनमा राहदानी विभागले प्रस्ताव पेस गर्ने म्याद एक दिन बाँकी रहदै २० कात्तिक २०७६ मा टेन्डर रद्द गरेको थियो ।

दोस्रो पटक १९ फागुन २०७६ मा पुनः अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरेपछि चार वटा कम्पनीले विद्युतीय राहदानी छपाइका लागि प्रस्ताव पेस गरेका थिए । प्रस्ताव पेस गरेका चार वटा कम्पनीले मागपत्रअनुुसार आवेदन नपरेपछि रद्द गरेको राहदानी विभागले जनाएको छ ।

विभागले दोस्रो पटक २० लाख प्रति पासपोर्ट छपाइका लागि बोलपत्र आह्वान गरेको थियो । जसअनुसार जर्मनीको मुएलबाउअर आईडी सर्भिसेज जीएमबीएच, अमेरिकाको एचआईडी ग्लोबल र चीनको एसिनो कर्पोरेसनको आवेदन परेको थियो । यी चार वटै कम्पनीले हालेको बोलपत्रमा कागजात नपुगेपछि परराष्ट्र मन्त्रालयको मूल्यांकन समितिले दुई साताअघि टेन्डर रद्द गर्ने निर्णय गरेको थियो । सो निर्णय राहदानी विभागलाई पठाएपछि सोमबार अन्तर्राष्ट्रिय बोलपत्र रद्द भएको हो ।

दोस्रो पटक पनि राहदानी छापाइको बोलपत्र रद्द भएसँगै अब बोलपत्र कहिले खुल्छ भन्ने अन्योल छ । राहदानी विभागले २१ दिनको सूचना निकालेर पुनः अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गर्नुपर्ने हुन्छ । लामो समयदेखि राहदानी छपाइमा ढिलाइ हुँदा संकट उत्पन्न हुने देखिएको छ । नेपाल अन्तर्राष्ट्रिय मापदण्डअनुसार ई—पासपोर्ट प्रक्रियामा जानुपर्ने हुन्छ । विद्युतीय राहदानी प्रणालीमा विश्वका धेरै मुलुक गइसकेका छन् ।

यो पनि पढ्नुहोस   रुपन्देहीमा दुई जना कोरोना संक्रमितको मृत्यु

सुरक्षा र संवेदनशीलताको कारण देखाउँदै अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आईकाओ)ले सन् २०२५ सम्ममा ई–पासपोर्टमा जानुपर्ने मापदण्ड तोकेको छ । सो मापदण्ड पूरा गर्नका लागि तत्काल कदम चाल्नुपर्नेमा नेपालमा त्यसो हुन नसकेको हो ।

कोरोना महामारीका कारण अहिले राहदानीको काम ठप्प छ । तर, विदेश यात्रा खुलेको अवस्थामा विभागसँग अब चार महिनाका लागि पुग्ने पासपोर्ट मात्रै रहेको बताइएको छ ।

आर्थिक वर्ष २०७१÷७२ मा १३ लाख ३६ हजार राहदानी बाँडिएका थिए । त्यसयता यो दर बर्सेनि ५ देखि साढे ५ लाखसम्म छ । गत आर्थिक वर्षमा मात्र ५ लाख १५ हजार राहदानी बाँडिएको थियो ।

यसअघि विभागले ५० लाख राहदानी छाप्नका लागि १० भदौ २०७६ मा बोलपत्र आह्वान गरेको थियो । तर, सरकारले बोलपत्रको प्रस्ताव पेस गर्ने अन्तिम दिन २० कात्तिकमा विभागले अन्तर्राष्ट्रिय बोलपत्र रद्द गरेको थियो । विभागको तथ्यांकअनुसार आर्थिक वर्ष २०६७-६८ देखि २०७५-७६ सम्म ९ वर्षमा कुल ५९ लाख ७३ हजार ३ सय ११ एमआरपी जारी भएको देखिन्छ । यो तथ्यांकलाई आधार मान्दा औसतमा प्रतिवर्ष ६ लाख ६३ हजार ७ सय १ एमआरपी जारी भएका छन् । प्रतिमहिना ५५ हजार ३ सय ८ भन्दा बढी एमआरपी जारी हुँदै आएको देखिन्छ ।

२०७५ साउनमा मन्त्रिपरिषद् बैठकले एमआरपीलाई स्तरोन्नति गर्दै ई–पासपोर्टमा जान विभागलाई सैद्धान्तिक सहमति दिएको थियो । जसको एक महिनाअघि असारमा ई–पासपोर्टमा जाने प्रस्ताव परराष्ट्र मन्त्रालयले मन्त्रिपरिषद् लगेको थियो । त्यसपछि थप छलफल गर्नुपर्ने भन्दै प्रस्तावलाई मन्त्रिपरिषद्ले सामाजिक समितिमा पठाएको थियो । समितिको सुझावका आधारमा मन्त्रिपरिषद्ले गत वर्ष साउनमा ई–पासपोर्टमा जान स्वीकृत दिएको थियो ।

(Visited 58 times, 1 visits today)
Loading comments...

आजको समाचार

कोरोना उपचारबाट पछि हटेको सरकारको स्पष्टोक्ति

काठमाडौं । कोरोना भाइरस संक्रमण पहिचानदेखि अस्पताल भर्ना, उपचारलगायतबाट पछि हटेकामा सरकारको सर्वत्र निन्दा भइरहेको बेला सरकारले भने नागरिक तथा निजी क्षेत्रको चाहना र...

आईपीएल: पन्जाबको प्लेअपमा पुग्ने आशा जिवितै

युएइ । इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत गएराति दिल्ली क्यापिटल्सलाई किङ्स इलाभेन पन्जाबले पराजित गरेको छ । पञ्जावसँग दिल्ली ५ विकेटले पराजित भएको हो...

विज्ञापन बोर्ड तत्काल गठन गर्न माग

काठमाडौं । मिडियासम्बद्ध संघसंस्थाले विज्ञापन नियमन ऐन २०७६ तत्काल कार्यान्वयनसहित बोर्ड गठन गर्न माग गरेका छन् । छाता संगठन मिडिया अलाइन्स नेपाल, नेपाल केबल...

जनताको जीवन रक्षा गर

सबैको घरदैलो नजिकै आइसकेको दसैंको रहर कोरोनाको कहरले नमीठो र निरस बनाइदिएको छ । जनस्वास्थ्यको विषय निकै जटिल बन्दै गइरहेको छ । जनताले महामारीका...

गण्डकीमा थप १६ जनामा कोरोना संक्रमण, दुई जनाको मृत्यु

गण्डकी । गण्डकी प्रदेशमा थप १८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ भने दुई जनाको मृत्यु भएको छ । प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या छ...

साताका लोकप्रिय समाचार

लोकसेवा सूचना प्रविधि परीक्षा स्थगित

काठमाडौं । सर्वोच्च अदालतले सूचना प्रविधि विज्ञ पदको लिखित परीक्षा तत्काल सञ्चालन अन्तरिम आदेश दिएको छ । निवदेक रमेशराज सुवेदीले दिएको रिटमा सुनुवाई गर्दैै न्यायाधीश...

थप ३१६७ जनामा कोरोना संक्रमण पुष्टि, १२ जनाको मृत्यु

काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा थप ३ हजार १६७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । यससँगै नेपालमा कोरोना भाइरसबाट सङ्क्रमितको सङ्ख्या एक...

जनमैत्री प्रशासनको झलक : जनताको साथी सीडीओ

२०५१ सालको अन्त्यतिरको कुरा हो । म भूमिसुधार मन्त्रालयबाट अछाम जिल्लाको प्रजिअमा सरुवा भएँ । सो बखत गृहमन्त्री केपी शर्मा ओली हुनुहुन्थ्यो । उहाँले...

यस्तो छ नीर शाह र एलिना चौहानले अभिनय गरेको ‘दशैं गीत’

काठमाडौं । गत शनिबारबाट दशैं शुरु भएसँगै दशैंका गीतहरु आउने क्रम पनि बढ्दो छ । यही क्रममा गायिका एलिना चौहान र अस्मिता जुरेलीको स्वरमा...

नेपाल प्रहरीमा भर्ना खुल्यो, पाँच हजारले जागीर पाउने

काठमाडौं । नेपाल प्रहरीमा रिक्त रहेको प्रहरी जवान (जनपद) पदका लागि ५ हजार २ सय २७ जनाका लागि भर्ना खुल्ला भएको छ । खुल्ला...

ट्रेन्डिङ

काँग्रेसमा क्रियाशील सदस्यता धमाधम वितरण गरिँदै

काठमाडौं । नेपाली काँग्रेसले पार्टीको १४ औँ महाधिवेशनको तयारीका लागि नयाँ क्रियाशील सदस्यता वितरण र नवीकरणको कामलाई तीव्र बनाएको छ । पार्टी विधानले तोकेको...

नेपाली राजनीति, सीमा अतिक्रमण र समाधान

सिमानासम्बन्धी समस्या अत्यन्त संवेदनशील हुन्छन् । यी समस्याको यथासमयमा उपयुक्त र न्यायोचित समाधान हुन नसक्दा दुई देशका बीच विवाद र द्वन्द्वको अवस्था सिर्जना भई...

नवलपुरमा क्वारेन्टाइनमा बसेका ६६ जना घर फर्किए

नवलपुर । पूर्वी नवलपरासीमा कोरोना संक्रमणको आशंकामा क्वारेन्टाइनमा बसेका ८२ जना मध्ये ६६ जना घर फर्किएका छन् । नवलपुरमा अहिलेसम्म ८२ जना...

बालुवाटार जग्गा प्रकरणमा दोषी नभएको नेपालको दाबी

मोरङ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालले बालुवाटार जग्गा प्रकरणमा आफू दोषी नभएको दाबी गरेका छन् ।...

१० हजारभन्दा बढी विदेशमा रहेका नेपाली कोरोना संक्रमणमुक्त, ४० वटा शब नेपाल ल्याइयो

लन्डन । कोरोना भाइरसको संक्रमणका कारण यो साता विदेशमा रहेका थप तीन जनाको मृत्यु भएको छ । गत साता संक्रमणका कारण मृत्यु भएकाको संख्या...

सहकारीले १४.७५ प्रतिशतभन्दा बढी ब्याज लिन नपाउने

काठमाडौं । सरकारले सहकारी संस्थाले ऋण लगानी गर्दा १४.७५ प्रतिशतभन्दा बढी ब्याजदर लिन नपाउने निर्णय गरेको छ । सहकारी विभागले गठन गरेको ब्याजदर निर्धारण...

पैदल आवतजावतमा पूर्ण खुला

काठमाडौं । सरकारले विगत ८० दिनदेखि जारी बन्दाबन्दी (लकडाउन)लाई खुकुलो बनाउँदै विभिन्न क्षेत्रलाई खुला गर्ने निर्णय गरेको छ । सर्वसाधारण, श्रमिक, मजदुर तथा व्यापारी...

समृद्धि र सुखका लागि शान्ति सुरक्षा मजबुत हुनुपर्छ : गृहमन्त्री थापा

चितवन । गृहमन्त्री रामबहादुर थापाले समृद्धि र सुखका लागि शान्तिसुरक्षा मजबुत हुनुपर्ने बताएका छन् । प्रहरी चौकी जुटपानीको नवनिर्मित भवनको आज यहाँ...

RAJDHANIDAILY VIDEO

HAMRO PATRO

प्रमुख

रुपन्देहीमा दुई जना कोरोना संक्रमितको मृत्यु

लुम्बिनी । रुपन्देहीमा कोरोना सङ्क्रमित दुई जनाको आज बिहान मृत्यु भएको छ । कोरोना भई बुटवलको धागो कारखानास्थित कोरोना विशेष अस्पतालमा उपचाररत एक महिला...

गण्डकीमा थप १६ जनामा कोरोना संक्रमण, दुई जनाको मृत्यु

गण्डकी । गण्डकी प्रदेशमा थप १८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ भने दुई जनाको मृत्यु भएको छ । प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या छ...

बाँस्कोटामाथिको मुद्दा तामेलीमा राख्ने अख्तियारको तयारी

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदका विषयमा ७० करोड रुपैयाँ घुस प्रकरणको आरोप लागेका तत्कालीन सञ्चारमन्त्री गोकुल बाँस्कोटालाई मुद्दा चलाउन...

दैलेखमा बस र टिपर दुर्घटना, ३ जनाको मृत्यु १५ घाइते

दैलेख । मंगलबार कर्णाली प्रदेशको राजधानी सुर्खेतबाट दैलेखको चामुण्डाविन्द्रासैनी नगरपालिका जाँदै गरेको बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । बसमा सवार १४...

भर्खरै

परिश्रमीको मनपरेको मायाले…सार्वजनिक

काठमाडौं । डिलाइटेड नेपालले बडादशै २०७७ को कोशेली स्वरुप ‘मनपरेको मायाले’ नामक गीतको म्युजिक भिडियो बजारमा ल्याएको छ । पछिल्लो समय चर्चामा रहेकी लोकप्रिय...

समुदायस्तरमा कोरोना फैलिएपछि बजार बन्द गराउन सेना परिचालन

दार्चुला । सदरमुकाम खङ्लगाको समुदायस्तरमा कोरोना सङ्क्रमण फैलिएपछि बजार बन्द गराउन नेपाली सेना परिचालन गरिएको छ । बजारमा पसल बन्द नहुने अवस्था आएपछि नेपाल...

नेकपा नेता भन्छन्, सरकार दायित्वबाट भाग्न मिल्दैन

काठमाडौंं । कोरोना भाइरस संक्रमित विरामीको उपचार निःशुल्क नगर्ने सरकारको निर्णयसंगै सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्रबाटै विरोध सुरु भएको छ । सत्तारुढ नेकपाका शीर्षनेताले कोरोना...

यसरि नष्ट गरियो म्याद गुज्रेका खाद्य सामग्री

रौतहट । रौतहटको चन्द्रपुर नगरपालिकाले म्याद नाघेका करिब २ लाख बराबरको समान बरामद गरी नष्ट गरेको छ । चन्द्रपुर नगरपालिकाकी उप प्रमुख रामरती चौधरीको...

धेरै पढिएका

सामाखुशीमा बसको ठक्करबाट पैदल यात्रुको मृत्यु

काठमाडौँ । काठमाडौँको सामाखुशीमा बसको ठक्करबाट आज एक पैदल यात्रुको मृत्यु भएको छ । काठमाडौँ महानगरपालिका–२६ सामाखुशी चोकमा ना ६ ख ४०१६ नम्बरको बसको ठक्करबाट...

थप ३०९३ जनामा कोरोना पुष्टि, ८ जनाको मृत्यु

काठमाडौँ । देशभर पछिल्लो २४ घण्टामा थप ३ हजार ९३ जनामा कोरोना भाइरस (कोभिड –१९) को सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको...

काठमाडौँ उपत्यकामा थपिए १७०२ जना संक्रमित

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा १ हजार ७०२ कोरोना सङ्क्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए । थपिएका...

गण्डकीमा एकै दिनमा अहिलेसम्मकै बढी संक्रमित

गण्डकीमा एकै दिनमा अहिलेसम्मकै बढी संक्रमित
यो पनि पढ्नुहोस   स्वाथ्यमन्त्री भन्छन् ‘कोरोनाबाट जोगिन साबुन पानीले हात धोऔ’
पाेखरा । गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ५ हजार ३ सय ५६ पुगेको छ । बिहिबारमात्र १ सय ६९...

ई-पेपर

छुटाउनुभयो कि?

(Visited 80 times, 1 visits today)