Wednesday, October 21, 2020
Home बिचार गाउँघरमा व्याप्त जातीय विभेद

गाउँघरमा व्याप्त जातीय विभेद

जातीय तथा अन्य सामाजिक छुवाछूत र भेदभाव (कसुर र सजाय) ऐन २०६८ अनुसार प्रत्येक व्यक्तिको अधिकार र मानवीय मर्यादामा समान हुने सिद्धान्तलाई आत्मसात गर्दै प्रथा, परम्परा, धर्म, संस्कृति, रीतिरिवाज वा अन्य कुनै नाममा उत्पत्ति, जाति, वंश, समुदाय, पेसा वा व्यवसाय वा शारीरिक अवस्थाका आधारमा छुवाछूत तथा भेदभाव नहुने अवस्था सिर्जना गरी प्रत्येक व्यक्तिको समानता, स्वतन्त्रता र सम्मानपूर्वक बाँच्न पाउने अधिकारको संरक्षण गर्ने व्यवस्था गरिएको छ । यस ऐनमा ‘कुनै पनि स्थानमा गरिने छुवाछूत, बहिष्कार, प्रतिबन्ध, निस्कासन, अवहेलना वा त्यस्तै अन्य मानवताविरोधी भेदभावजन्य कार्यलाई दण्डनीय बनाई त्यस्तो कार्यबाट पीडित व्यक्तिलाई क्षतिपूर्तिको व्यवस्था गरी सर्वसाधारणबीच सुसम्बन्ध सुदृढ गरी राष्ट्रिय एकता अक्षुण्ण राखी समतामूलक समाजको सिर्जना गर्ने सम्बन्धमा समयानुकूल व्यवस्था गर्न वाञ्छनीय भएकाले नेपालको अन्तरिम संविधान २०६३ को धारा ८३ बमोजिमको व्यवस्थापिका संसद्को हैसियतमा संविधान सभाले यो ऐन बनाएको’ स्पष्ट गरिएको छ ।

तर, उन्मूलन हुनुपर्ने जातीय भेदभाव अहिलेसम्म यथाअवस्थामै छ । व्यक्ति विशेषमा मात्र होइन, जातीय भेदभाव समुदायस्तरमै अझ व्यापक बन्दै गएको रुकुम पश्चिमको सोती हत्याकाण्ड र सो पछिका अन्त्य यस्तै घटनाले पुष्टि गर्दछ । जातीय विभेदको पृष्ठभूमिबाट घटेको सोती घटनाले हाम्रो ऐन, कानुनले सामुदायिक भावनालाई सम्बोधन गर्न नसकेको प्रतिबिम्बित गरेको छ । ऐन कानुन कार्यान्वयन गराउन राज्य असफल भएको सोती घटनाले प्रमाणित गर्दछ । कानुन ल्याउने मात्र होइन, त्यसको कार्यान्वयन पक्ष प्रभावकारी नभए कागजमै सीमित ऐन कानुनको औचित्य हुँदैन भन्ने कुरा पनि सोती घटनाले उजागर गरेको छ । राज्यले सर्वसाधारणको परम्परागत मानसिकता अझै परिवर्तन गर्न सकेको छैन । कानुन ल्याउनुअघि त्यसको उद्देश्य र प्रभावकारिताको बारेमा जनस्तरसम्म बहस र चर्चाको विषय नबनाइएको कारणले यो समस्या निम्तिएको हो । यसर्थ कानुन निर्माण गर्ने जनप्रतिनिधि पनि यसमा दोषी छन् ।

वास्तवमा जातीय विभेदको जड हाम्रो परम्परा र रीतिरिवाजमा आधारित मानसिकता नै हो । दुर्गम स्थानका गाउँबस्तीमा मात्र होइन, राजधानीमै परम्परागत मान्यता र रीतिरिवाज यथावत छन् । कानुनी चेतनाको ज्योति अझै पनि दुर्गभ गाउँबस्तीमा पुग्न सकेको छैन । राज्य तथा जनप्रतिनिधिले नै त्यसतर्फ ध्यान पु¥याएका छैनन् । कतिपय दुर्गम गाउँबस्तीका बासिन्दालाई जातीय विभेद के हो भन्ने कुरा नै अझै थाहा छैन । यो अवस्थामा ऐन काननुनको औचित्य र महŒवको बारेमा बोध गराउन अनिवार्य छ । गाउँबस्तीबाटै कानुनी चेतनाको लहर विस्तार नगरिएसम्म कानुन कार्यान्वयनमा सधैं समस्या आइरहन्छ । कतिपय दुर्गम जिल्लाको सदरमुकाममा बसोबास गर्ने नागरिकको मानसिकता नै अझै एकीकरण अगाडिको छ भन्ने कुरा सबैलाई विश्वास नहोला । जिल्लास्थित सरकारी कार्यालयका प्रमुखको फेरबदलले हुँदा ‘हाकिम कहाँका आया हुन् गोरखाली आया हुन् कि पश्चिमा ?’ भन्ने अवस्थाका सदरमुकाम आसपासकौ बासिन्दा अहिले पनि धेरै छन् । गोर्खाली भए ‘गोर्खाली मान्ठा हाम्रा भाग खाना आय हुन्’ भन्ने उनीहरूको प्रतिक्रिया हुन्छ । यो केबल दृष्टान्तको रूपमा मैले अनुभव गरेको कुरालाई यहाँ राखेको मात्र हुँ, यसलाई अन्यथा नठानिदिन अनुरोध गर्दछ । कानुनी चेतनारहित त्यो समूलाई हामीले सबैभन्दा पहिले कानुनी चेतना प्रदान गर्नुपर्दछ ।

समाजबाटै जातीय विभेदको अन्त्य गर्ने कदम नचालिएसम्म राजधानीका तारे होटलमा गरिने भेला, अन्तक्र्रिया र प्रचारप्रसारले कुनै अर्थ राख्दैन

गाउँबस्तीबाट कानुनी चेतनाको विस्तार कसरी गर्ने ? यो पनि विचारणीय पक्ष हो । तर, अहिलेको अवस्थामा तीन तहकै सरकार क्रियाशील रहँदा पनि तीनवटै सरकारको ध्यान कानुनी चेतना विस्तारतर्फ गएको देखिएन । उल्टै स्थानीय सरकारमा रहेकै जनप्रतिनिधि उल्टै कानुन उल्लंघन गर्ने समूहको नेतृत्वदायी भूमिकामा उत्रनु अत्यन्त दुःखद हो । तीन तहकै सरकारका प्रतिनिधि समाजको सुधार र उत्थानको लागि भन्दा आफ्नै सुधार र उत्थानमा लागिपर्दै आएका छन् । संघीयता मुलुकको विकासका लागि होइन, जनप्रतिनिधिकै विकास र हितका निम्ति ल्याइएको पुष्टि हुँदै छ । केन्द्रदेखि स्थानीय तहसम्मका जनप्रतिनिधि जनताको लागि सेतो हात्ती पालेसरह बन्दै छन् । प्रतिनिधिकै कमाउ मानसिकताले संघीयता उपर नै प्रश्न उब्जन थालेको छ । जनताका प्रतिनिधिहरू सामुदायिक हितको निम्तिभन्दा आफ्नै हितको निम्ति बजेटको दुरुपयोग गरिरहेको छन् । कानुन बनाएर आफ्नो सेवा सुविधा बढाउन जनप्रतिनिधिहरू आपसी प्रतिस्पर्धामा उत्रिएका छन् । साँझबिहानको छाक टार्न नसक्ने विपन्न जनताको जीवनस्तर झन् दयनीय बन्दै छ । राज्यकै संक्षणमा संस्थागत भ्रष्टाचार भइरहेको छ । कानुन उपहास गर्न जनप्रतिनिधि नै लागिपर्दा मुलुक स्वेच्छाचारी ढंगले सञ्चालित हुन पुगेको छ । जातीय विभेदको अन्त्य नहुनुको रहस्य पनि जनप्रतिनिधिको स्वेच्छाचारी प्रवृत्ति नै हो ।

सर्वप्रथमतः समाजका अगुवा जनप्रतिनिधिको मानसिकता परिवर्तन नभएसम्म सामाजिक विभेदको अन्त्य हुन सक्दैन । सामाजिक विभेदभन्दा जनप्रतिनिधिको मानसिकता अहिले राष्ट्र उत्थानका लागि घातक र बाधक बन्दै आएको छ । आफूलाई कानुनभन्दा माथिको ठान्ने जनप्रतिनिधिले अक्षरशः कानुन पालना नगरेसम्म जातीय विभेदको अन्त्य हुँदैन । कानुन कार्यान्वयन प्रभावकारी हुन विशेषगरी तीन पक्षमा ध्यान पु¥याउनुपर्ने हुन्छ । पहिलो त कानुन सर्वसाधारणको जीवनस्तरलाई साथ दिन र कार्यान्वयन गर्ने अवस्थाको हुनुपर्दछ । दोस्रो कानुनले आमनागरिकको भावनालाई समेट्न सक्नुपर्दछ । तेस्रो महत्वपूर्ण पक्ष राज्यले समानुपातिक ढंगले कानुनको अक्षरशः पालन गराउन सक्नुपर्दछ । यसो गरिए राज्यका ऐन कानुनहरू क्रियाशील हुन्छन् । कानुनी अवधारणा अनुरूपै सुधार हुने भएकोले राज्य गतिशील बन्छ । तर, यस्तो उपलब्धि हासिल गर्नको निम्ति आम नागरिकमा कानुनी चेतना अपरिहार्य हुनुपर्दछ । आफूले गर्ने कुन कार्य कानुन सम्भवतः हो कुन होइन ? भन्ने कुराको साथै कानुन उल्लंघन गरिए हुन सक्ने दण्डसजायका बारेमा सर्वसाधारण जानकार भएको अवस्थामा कानुन कार्यान्वयन पक्ष सुदृढ बन्छ । यसका लागि राज्य प्रशासन र जनप्रतिनिधिको भूमिका सर्वोपरि हुन्छ । तर, हाम्रोमा भने ध्यान पु¥याउनुपर्ने यही आधारभूत पक्षको जनप्रतिनिधिबाटै उपहास भइरहेको छ ।

कार्यान्वयन पक्षलाई ध्यान नदिई सरकारले कानुन मात्रै बनाउने, जनप्रतिनिधिले कानुन आफ्ना लागि होइन, सर्वसाधारण नागरिककै लागि हो भन्ने ठान्ने तथा सर्वसाधारणले कानुनलाई आफ्नो स्वतन्त्रताको बाधक मान्ने मानसिकताले हाम्रो कानुन कार्यान्वयनको पक्ष फित्तलो भइरहेको छ । कानुन कार्यान्वयन गर्न लागिपर्ने राज्य संयन्त्र पनि सत्ता र शक्तिकै प्रभावमा चल्न बाध्य भएको कारण विभेदित ढंगले कानुन कार्यान्वयन हुनेक्रम बढ्दै आएको हो । दुर्गम स्थलको गाउँबस्तीमा रहेका नागरिकहरूलाई जागरुक बनाउन स्थानीय सरकारको भूमिका सबैभन्दा महŒवपूर्ण हुन्छ । स्थानीय निकायलाई अर्धन्यायिक प्रकृतिका सामाजिक असमझदारी निराकरण गर्ने अधिकार प्रदान भएको परिप्रेक्ष्यमा सम्बन्धित पालिकाको उपाध्यक्षको संयोजकत्वमा टोली गठन गरी आआफ्नो क्षेत्रभित्रका सर्वसाधारण नागरिकलाई जातीय विभेदलगायत अन्य अत्यावश्यक आधारभूत कानुनका बारेमा जानकारी गराउने अभियान सञ्चालन गरिनुपर्दछ । प्रचारात्मक अभियानको साथसाथै विभेदको अन्त्य भएको अनुभूति दिलाउन पारस्परिक व्यवहार सार्वजनिक गतिविधि तथा सार्वजनिक स्थलमा आयोजना गरिने सबै प्रकारको औपचारिक एवं अनौपचारिक कार्यक्रममा खाने, बस्ने क्रममा समानता अपनाई नमुना प्रस्तुत गराउन स्थानीय निकायका प्रमुखहरू नै अग्रसर पर्नुपर्दछ । विभेदको अन्त्यका लागि यो सबैभन्दा प्रभावकारी उपाय हो । यसको अलावा शीर्षस्थ नेताहरूले नै आफ्ना छोरी चेली अरूलाई दिँदा र अर्काका छोरी चेली भिœयाउँदा जातीयतालाई होइन, मानवतालाई मात्रै आधार मानी समानुपातिक ढंगले लेनदेन गरे सर्वसाधारणले त्यसको अनकुरण गर्दै जाने भएकोले विभेद अन्त्य हुँदै जान्छ ।

कानुन सर्वसाधारणको जीवनस्तरलाई साथ दिने र कार्यान्वयन गर्न अवस्था अनुकूल हुनुपर्दछ

जातजातिको प्रारम्भको पृष्ठभूमिको बारेमा पनि हामीले सर्वसाधारण सबैलाई जानकारी गराई विश्वस्त बनाउनुपर्दछ । सर्वप्रथम त मानिसलाई चार जात र छत्तीस वर्गमा विभाजित गर्न प्रचलन जयस्थिति मल्लको पालाबाटै प्रारम्भ भएको हो । साथै यो प्रचलन १४औं शताब्दीको अन्त्यतिर हालको कर्णाली भेगमा पर्ने तत्कालको खसिया मल्ल राज्यकालमा अझ विस्तारित भयो । खसिया मल्ल राज्य १४४८ पछि टुक्रँदै बाइसे र चौबीसे राज्यमा परिणत हुनु अगावै त्यहाँ व्यक्ति विशेषले गर्ने पेसा, व्यवसाय र बसोबास गरेको स्थान विशेषको आधारमा थर कायम गर्ने प्रचलनको सुरुवात भयो । यस क्रममा खसिया मल्ल राज्यको कर्मचारीको रूपमा खटिएका पदाधिकारीहरू जस्तो भण्डारको राखनधरन गर्ने भण्डारी, पदीय अख्तियारी पाएर कार्य गर्ने अधिकार प्राप्त व्यक्ति अधिकारी, लेखनदासको काम गर्ने लेखक, विद्वान् पण्डित भट्ट, नित्य वेदपाठ गरेर खाने पाठक, संख्याअनुसार वेरपाठ गर्ने द्विवेदी, त्रिवेदी, चर्तुवेदी, मुगल वादशाहबाट उपाधि धारण गर्ने व्यक्तिका सन्तान शाह, सेनामा रही अंगरक्षकको कार्य गर्ने खड्गधारी खडका थरले परिचित हुँदै आए । यसैगरी खसिया मल्ल राज्यको कर्मचारीको पद जस्तो रोकाया, पात्र, भट्ट, पदमा रही कार्य गर्ने पछि त्यही थरले परिचित भए ।

यो पनि पढ्नुहोस   सुरक्षा जोखिमबीच बडा दसैं

यसैगरी बसोबास गर्ने स्थान वा गाउँको नामसँग जोडिएको कतिपय व्यक्तिको प्रारम्भको उपनाम नै पछि थरमा परिणत हुँदै आयो । जस्तो अछामको बजगाउँ बस्ने बजगाईं, अछामको दर्नागाउँ बस्ने दर्नाल, अछामको रेगमजिउला बस्ने रेग्मी, जुम्लाको पाण्डुसेरा बस्ने पाण्डे जुम्लाको नियापानी बस्ने नौपाने, बाजुराको कुडीगाउँ बस्ने कुइकेल, डोटीको काँडागाउँ बस्ने कडेल, दैलेखको रिजुगाउँ बस्ने रिजाल, दैलेखको भुषाकोट बास्ने भूषाललगायत यस्तै सयौं थर स्थान विशेषकै आधारमा बने । यसैगरी कतिपय व्यक्तिको थर उसले अपनाएको खास प्रकारको पेसा र व्यवसायअनुसारै बन्यो । जस्तो चित्रकार, मालाकार, चर्मकार, शिल्पकार, लोहार, सुनार आदि । समान प्रकृतिले बनेका थरमध्ये कोही उच्च र कोही नीच ठान्ने हाम्रो सामाजिक संकुचित मानसिकता मात्र हो । जन्म, जात वा थरको आधारमा कोही पनि ठूलो सानो हुँदैन । ठूलो सानो भन्ने कुरा व्यक्तिको स्वच्छ मानसिकता, उदार भावना र आदर्श व्यवहारमा आधारित रहन्छ । इज्जत र प्रतिष्ठामा सबै समान हुन्छन् । धनसम्पत्ति सबैमा समान नभए पनि धनी र गरिबबीचको सम्मान र प्रतिष्ठामा कुनै फरक हुँदैन । यो कुरोलाई गाउँस्तरका सबै बासिन्दामा हामीले नै बोध गराउन सक्नुपर्दछ । माथिकै दृष्टान्त हेर्ने हो भने दैलेखको भुषाकोट गाउँ बस्ने भुसाल फलाम वा लोहारको काम गर्ने लोहार, छालाको काम गर्ने चर्माकारमध्येकै पर्ने कतिपय व्यक्तिहरूलाई अझै पनि सामाजिक व्यवहारमा तल्लो जातको मानिँदै छ । कानुनमा दण्डनीय भए पनि व्यवहारबाट पूर्ण रूपमा यो प्रवृत्ति हटिसकेको छैन ।

जात प्रचलनमा आएको उपरोक्त आधारका बारेमा सर्वसाधारणलाई जानकारी गराउनुको साथै सबैसँग समान व्यवहार नअपनाउँदा हुने दण्डसजायबारे पनि जानकारी गराइए विभेदित मानसिकतालाई परिवर्तन गराउन सकिन्छ । गाउँ समाजबाटै जातीय विभेदको अन्त्य नगरीय यो यथावतै चुनौतीपूर्ण बनिरहनेछ । यसका लागि राजधानीको तारे होटलमा गरिने प्रचारप्रसार, अक्षरशः कानुन कार्यान्वयन गरिन्छ, भनी नेताले बराबर गर्ने प्रतिबद्धता तथा केही सचेत नागरिकले सुगम वा नगर क्षेत्रमा अपनाएको समान व्यवहारले मात्र गाउँबस्तीमा प्रभाव पार्न सक्दैन । तर, यही कार्य हरेक दुर्गम गाउँबस्तीमा गरिए त्यसले विशेष परिवर्तन ल्याउँछ । दुर्गम स्थानमा गरिने कार्य विभेद अन्त्य गर्ने माध्यम बन्न सक्छ । पश्चिम रुकुमको सोतीमा घटेको पछिल्लो घटनामा पक्राउ परेकामध्ये २३ जना पुर्पक्षमा थुनामा परे । तीन जना आरोपित सादा तारिकमा छुटे । प्रमु्ख विपक्षीमध्येमा पर्ने स्व. नवराज विककी प्रेमीका भनिएकी किशोरीकी आमा १ लाख रुपैयाँ धरौटीमा रिहा भइन् । केही कसुरदार फरार रहेको अवस्थाले जातीय विभेद दण्डनीय हुन्छ भन्ने सन्देश त प्रवाह भएको छ । हालको लागि पुर्पक्षको निम्ति थुनामा परेका सबैलाई पछिको अदालतको अन्तिम निर्णयमा पनि यथावत् दण्ड सजाय भयो भने जातीय विभेद गर्न अग्रसर रहने सबै क्षेत्रका व्यक्ति अवश्य निरुत्साहित बन्नेछन् । तथापि, स्थानीय प्रशासन, संघसंस्था, अधिकारकर्मी र स्थानीय सरकारसमेतको सहकार्यमा दुर्गम गाउँबस्तीबाटै संयुक्त रूपमा विभेद अन्त्य गर्ने अभियान सञ्चालन गरी सबैको मासिकताबाट जातीय विभेद हटाउन सकिन्छ । यसका लागि सम्बन्धित सबै पक्षले यथाशीघ्र आवश्यक पहल र समन्वय गर्न जरुरी छ ।

(Visited 80 times, 1 visits today)
Loading comments...

आजको समाचार

नेकपा नेता भन्छन्, सरकार दायित्वबाट भाग्न मिल्दैन

काठमाडौंं । कोरोना भाइरस संक्रमित विरामीको उपचार निःशुल्क नगर्ने सरकारको निर्णयसंगै सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्रबाटै विरोध सुरु भएको छ । सत्तारुढ नेकपाका शीर्षनेताले कोरोना...

जनताको जीवन रक्षा गर

सबैको घरदैलो नजिकै आइसकेको दसैंको रहर कोरोनाको कहरले नमीठो र निरस बनाइदिएको छ । जनस्वास्थ्यको विषय निकै जटिल बन्दै गइरहेको छ । जनताले महामारीका...

परिश्रमीको मनपरेको मायाले…सार्वजनिक

काठमाडौं । डिलाइटेड नेपालले बडादशै २०७७ को कोशेली स्वरुप ‘मनपरेको मायाले’ नामक गीतको म्युजिक भिडियो बजारमा ल्याएको छ । पछिल्लो समय चर्चामा रहेकी लोकप्रिय...

राष्ट्रपतिद्वारा रानीपोखरीको उद्घाटन, उपत्यकाको विकासमा कोशेढुङ्गा सावित हुने

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले पुनःनिर्मित रानीपोखरीको आज उद्घाटन गरेकी छन् । गोर्खा भूकम्पबाट क्षतिग्रस्त ३५२ वर्ष पुरानो न्हुँपोखरी राष्ट्रिय पुनःनिर्माण प्राधिकरणबाट तयार गरिएको...

विज्ञापन बोर्ड तत्काल गठन गर्न माग

काठमाडौं । मिडियासम्बद्ध संघसंस्थाले विज्ञापन नियमन ऐन २०७६ तत्काल कार्यान्वयनसहित बोर्ड गठन गर्न माग गरेका छन् । छाता संगठन मिडिया अलाइन्स नेपाल, नेपाल केबल...

साताका लोकप्रिय समाचार

मलमास आजदेखि सकिँदै

काठमाडौँ । प्रत्येक ३२ महिना १६ दिन एक घण्टा ३६ मिनेटमा आउने मलमास वा अधिकमास आजदेखि समापन हुँदैछ । असोज २ गतदेखि शुरु भएको अधिकमास...

नेपालमाथि धार्मिक आक्रमण भयो : कोमल वली

तुलसीपुर । राष्ट्रिय सभा सदस्य कोमल वलीले पश्चिमाहरुद्धारा धार्मिक आक्रमण तिब्र पारिएको बताएकी छन् । पैसा दिएर क्रिश्चियन धर्ममा लैजाने कार्यलाई पश्चिामा एजेन्टहरुले तिब्र...

कोरोना संक्रमणबाट थप १८ जनाको मृत्यु 

काठमाडौँ । नेपालमा कोरोना भाइरसको सङ्क्रमणबाट पछिल्लो २४ घण्टामा थप १८ जनाको मृत्यु भएको छ । यससँगै नेपालमा कोरोना भाइरसको सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या ७५७...

काँग्रेसका सबै सांसदहरुले दशैँ भत्ता फिर्ता गर्ने

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो पार्टीका सङ्घीय सांसदलाई दशैँ भत्ता फिर्ता गर्न निर्देशन दिएका छन् । काँग्रेसको...

मिथुनका छोराले महिलालाई बेहोस बनाएर बलात्कार गरेका थिए !

मुम्बई । बलिउड नायक मिथुन चक्रबर्तीका छोरा महाक्षय चक्रवर्तीलाई एक महिलाले बलात्कारपछि भु्रण हत्या गराएको अभियोगमा प्रहरीमा एफआरआइ दर्ज गराएकी छिन् । एक ३८...

ट्रेन्डिङ

यसरी सुरु हुँदैछ आजबाट संघीय संसद्को बजेट अधिवेशन

काठमाडौं । संघीय संसद्को छैटौं अधिवेशन अर्थात् बजेट अधिवेशन शुक्रबारबाट सुरु हुने भएको छ । विश्वभर कोरोना संक्रमण फैलिरहेकाले सांसदहरूले कोरोना परीक्षणको नेगेटिभ रिपोर्ट...

कोरोना प्रभावित देशमा नेपाली कामदार नपठाउने सरकारको निर्णय

काठमाडौँ । सरकारले वैदेशिक रोजगारीमा जाने कामदारको श्रम स्वीकृति तत्कालका लागि स्थगन गरेको छ । चीनबाट फैलिएको कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण विश्वव्यापी बनेसँगै...

बेनीका किसानकाे दुःख, भैसी दुहुँदै भैसीलाई दुध खुवाउदै

बेनी । विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोना भाइरको सङ्क्रमण फैलन नदिन जारी भएको लकडाउनका कारण दूध उत्पादन गर्ने गाईभैँसीपालक कृषकहरु समस्यामा परेका...

बर्दियामा कोरोना संक्रमित ५ सय नाघे

बर्दिया । कोरोना महामारी सुरु भएयता हालसम्म बर्दियामा कोरोना संक्रमितको संख्या ५ सय नाघेको छ । स्वास्थ्य कार्यालय बर्दियाको तथ्याङ्क अनुसार हालसम्म ५ सय...

उपाध्यक्ष गौतमको मन्त्री बन्ने चाहनामा तत्काल पूर्णविराम

काठमाडौं । नेकपाका उपाध्यक्ष वामदेव गौतमको राष्ट्रिय सभा सदस्यमा मनोनय भएर मन्त्री बन्ने चाहनामा तत्कालका लागि ब्रेक लागेको छ । सर्वोच्च अदालतका न्यायाधीश आनन्दमोहन...

भारतमा कोरोनाबाट संक्रमितको संख्या ७८ हजार नाघ्यो, एक दिनमा १३४ को मृत्यु

नयाँ दिल्ली । भारतमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमितको संख्या बिहीबारसम्म ७८ हजार ३ जना पुगेको छ । गत २४ घण्टामा भारतमा थप ३...

संकटका बीच खुसी साट्न आयो दसैं

ललितपुर । कोरोना भाइरसको महामारीका बीच नेपालीको महान् पर्व बडादसैं आज (शनिबार)बाट सुरु भएको छ । संकटका बीच पनि नेपालीहरू दसैंको आगमनसँगै खुसी साट्ने...

ट्रम्पको भारत भ्रमण

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको दुई दिने भारत भ्रमण नया“ दिल्लीका लागि जति महत्वपूर्ण थियो, त्यति नै महत्वपूर्ण वासिङ्गटनका निम्ति पनि थियो । महाअभियोगको आरोपबाट...

RAJDHANIDAILY VIDEO

HAMRO PATRO

प्रमुख

रुपन्देहीमा दुई जना कोरोना संक्रमितको मृत्यु

लुम्बिनी । रुपन्देहीमा कोरोना सङ्क्रमित दुई जनाको आज बिहान मृत्यु भएको छ । कोरोना भई बुटवलको धागो कारखानास्थित कोरोना विशेष अस्पतालमा उपचाररत एक महिला...

गण्डकीमा थप १६ जनामा कोरोना संक्रमण, दुई जनाको मृत्यु

गण्डकी । गण्डकी प्रदेशमा थप १८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ भने दुई जनाको मृत्यु भएको छ । प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या छ...

बाँस्कोटामाथिको मुद्दा तामेलीमा राख्ने अख्तियारको तयारी

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदका विषयमा ७० करोड रुपैयाँ घुस प्रकरणको आरोप लागेका तत्कालीन सञ्चारमन्त्री गोकुल बाँस्कोटालाई मुद्दा चलाउन...

दैलेखमा बस र टिपर दुर्घटना, ३ जनाको मृत्यु १५ घाइते

दैलेख । मंगलबार कर्णाली प्रदेशको राजधानी सुर्खेतबाट दैलेखको चामुण्डाविन्द्रासैनी नगरपालिका जाँदै गरेको बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । बसमा सवार १४...

भर्खरै

परिश्रमीको मनपरेको मायाले…सार्वजनिक

काठमाडौं । डिलाइटेड नेपालले बडादशै २०७७ को कोशेली स्वरुप ‘मनपरेको मायाले’ नामक गीतको म्युजिक भिडियो बजारमा ल्याएको छ । पछिल्लो समय चर्चामा रहेकी लोकप्रिय...

समुदायस्तरमा कोरोना फैलिएपछि बजार बन्द गराउन सेना परिचालन

दार्चुला । सदरमुकाम खङ्लगाको समुदायस्तरमा कोरोना सङ्क्रमण फैलिएपछि बजार बन्द गराउन नेपाली सेना परिचालन गरिएको छ । बजारमा पसल बन्द नहुने अवस्था आएपछि नेपाल...

नेकपा नेता भन्छन्, सरकार दायित्वबाट भाग्न मिल्दैन

काठमाडौंं । कोरोना भाइरस संक्रमित विरामीको उपचार निःशुल्क नगर्ने सरकारको निर्णयसंगै सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्रबाटै विरोध सुरु भएको छ । सत्तारुढ नेकपाका शीर्षनेताले कोरोना...

यसरि नष्ट गरियो म्याद गुज्रेका खाद्य सामग्री

रौतहट । रौतहटको चन्द्रपुर नगरपालिकाले म्याद नाघेका करिब २ लाख बराबरको समान बरामद गरी नष्ट गरेको छ । चन्द्रपुर नगरपालिकाकी उप प्रमुख रामरती चौधरीको...

धेरै पढिएका

बियर भन्दै लोकल रक्सी उत्पादन र बिक्री गर्दै गोर्खा ब्रुअरी

काठमाडौं । बहुराष्ट्रिय कम्पनी गोर्खा ब्रुअरीले विद्यमान ऐनमा उल्लेख गरेको गुणस्तरलाई बेवास्ता गर्दै बियर भनेर गुणस्तरहीन लोकल रक्सी उत्पादन गरी बिक्री गर्दै आएको पाइएपछि...

भोक लाग्यो, अब जाउँ ‘हङ्ग्री वेल्स’

काठमाडौं । स्वस्थ खानाको महत्व विशेष हुन्छ । विहान बेलुकीको भागदौडको शहरी जीवनशैलीलाई स्वस्थ र तन्दुरुस्त राख्न स्वस्थ तथा स्वच्छ खानपान गर्नु अपरिहार्य छ...

कोरोना बिमामा पाँच महिनामै ८७ करोडभन्दा बढी संकलन

काठमाडौं । कोरोना बिमा गर्नेहरूले पाँच महिनाको अवधिमा ८७ करोड रुपैयाँभन्दा बढी प्रिमियम रकम बुझाएका छन् । नेपालमा गत ७ वैशाखदेखि सुरु गरिएको कोरोना...

क्यान्सर पीडित भोजराजलाई सहयोगको अपिल

काठमाडौं । बिगत केही महिनादेखी क्यान्सरबाट पीडित भोजराज निरौलाको उपचारका लागि परिवारका सदस्यले सहयोगको अपिल गरेका छन् । ‘बिगत केही महिनादेखी मेरो बुबाको घाँटीको...

ई-पेपर

छुटाउनुभयो कि?

(Visited 80 times, 1 visits today)