पुराना राजनीतिज्ञ आचार्यको निधन

काठमाडौं । वरिष्ठ राजनीतिज्ञ, साहित्यकार तथा तत्कालीन राजपरिषद स्थायी समिति सदस्य यज्ञप्रसाद आचार्यको निधन भएको छ । उहाँका सुपुत्र सुरेशप्रसाद आचार्यका अनुसार काठमाडौको नर्भिक अस्पतालमा मंगलबार अपरान्ह ५ः४५ बजे उहाँको निधन भएको अस्पतालका चिकित्सकहरुले जानकारी दिएका थिए । मुटु र मृगौला सम्बन्धी समस्याबाट पीडित आचार्यको काठमाडौको नर्भिक अस्पतालको सघन कक्षमा उपचार भईरहेको थियो ।

केही दिन अगाडि मात्र नर्भिक अस्पतालमा उहाँलाई पेसमेकर प्रत्यारोपण गरिएको थियो । मृगौला, मुटु र फोक्सोमा पनि समस्या देखिएकोले नर्भिकमा उपचार भईरहेको थियो । मंगलबार अचानक ह्ृदयघात भए पछि चिकित्सकहरुले उहँको उपचार सम्भव नभएको घोषणा गरेका थिए ।

राजा बीरेन्द्रको शासनकालमा गाउँफर्क राष्टिय अभियान, नेपाल युवक संगठनका केन्द्रीय सभापति र राजपरिषद स्थायी समितिका सदस्य समेत रहनु भएका आचार्यले कम्युनिष्ट पार्टीको सदस्यताबाट राजनीति सुरु गर्नु भएको थियो ।

साहित्यकार तथा लेखक समेत रहनु भएका आचार्यका ‘मुक्तात्मा र फ्युजनको जगमा शिल्यान्यास’ नामक कथा संग्रह र ‘जे देखे जे भोगे’ नामक आत्मकथा भर्खरै प्रकासित भएको थियो । धनकुटामा जन्मनु भएको भए पनि धरानबाट उहाँले राजनीति सुरु गर्नु भएको हो । धरान नगरपालिकामा तीन पटक नेतृत्वमा पुग्नु भएको थियो ।

तपाइको प्रतिक्रिया
(Visited 79 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

सरकारका सचिव र विभागीय प्रमुखलाई अख्तियारको ‘वार्निङ’

कुरी-कुरी