Wednesday, October 21, 2020
Home प्रमुख केन्द्रीय कारागारमा कैदीको शंकास्पद मृत्यु

केन्द्रीय कारागारमा कैदीको शंकास्पद मृत्यु

काठमाडौं । केन्द्रीय कारागार सुन्धारामा जेल जीवन बिताइरहेका एक कैदी बन्दीको शंकास्पद मृत्यु भएको छ । केन्द्रीय कारागारको भद्र ब्लकमा जेल जीवन बिताइरहेका सिद्धार्थनगर नगरपालिका–५, रूपन्देहीका कैदी बन्दी ६३ वर्षीय रामलखन जैसवाललाई स्वास्थ्यमा समस्या देखिएपछि शनिबार राति पौने १० बजे वीर अस्पताल लगिएको थियो ।
केन्द्रीय कारागारका जेलर लक्ष्मीप्रसाद बाँस्कोटाका अनुसार जैसवालमा पार्किन्सनको समस्या थियो । उनी बेलाबेला श्वासप्रश्वासमा समस्या हुँदा लड्ने गरेका थिए । उनलाई चार वर्षअघि सोही समस्याका कारण भैरहवाबाट काठमाडौं सारिएको थियो ।

‘श्वासप्रश्वासमा समस्या भएपछि कारागारकै अस्पतालमा लग्यौं, त्यहाँबाट फेरि वीर अस्पताल लगिएको हो, उहाँमा पार्किन्सनको समस्या थियो,’ केन्द्रीय कारागारका जेलर बाँस्कोटाले राजधानीसँग भने ।

केन्द्रीय कारागारमा कोरोना संक्रमित कैदीहरू बढ्दै गएका कारण वीर अस्पतालले भने जैसवालको कोरोना परीक्षण गरेको थियो भने परीक्षणको रिपोर्ट सोमबार पोजेटिभ आएको थियो । त्यसैकारण कारागारले कोरोना संक्रमणकाबाट उनको निधन भएको हुन सक्ने भनेको छ ।

अस्पतालको रिपोर्ट: कोरोना
परिवार भन्छ: हत्या गरियो

तर जैसवालको परिवार भने सो दाबीमा सहमत छैन । उनीहरूले जैसवालको मृत्यु नभई हत्या भएको बताउँदै आइरहेका छन् । जैसवालको शव राखिएको स्थानमा मंगलबार बिहान उनकी छोरी गएर हेर्दा आँखा सुन्निएको, शरीरमा फोकाहरू रहेको र रगतसमेत बगिरहेको देखेपछि उनको परिवारले मृत्यु नभई हत्या भएको दाबी गरेको हो ।

मृतकका भतिजा शिवम जैसवालले आँखा सुन्निएको, आँखा र मुखबाट रगत बगिरहेको र शरीरमा पानीका फोकाहरू समेत देखिएका कारण कोरोनाकै कारण मृत्यु भएको मान्न नसकिने र छानबिन हुनुपर्ने बताए ।

‘आँखा सुन्निएको, अाँखा र मुखबाट रगत बगिरहेको र शरीरमा पानीका फोकाहरू समेत देखिएका कारण कोरोनाकै कारण मृत्यु भएको मान्न सकिँदैन । सत्यतथ्य छानबिन हुनुपर्छ, हामी यसै शव लैजान दिँदैनौं,’ मृतकका भतिजा शिवमले राजधानीसँग भने ।

यो पनि पढ्नुहोस   दैलेखमा बस र टिपर दुर्घटना, ३ जनाको मृत्यु १५ घाइते

वीर अस्पतालका निर्देशक डा. केदार सेन्चुरीले भने जैसवालको अस्पताल ल्याउँदा नै निधन भइसकेको र धेरै दिन भएकाले शव सडेको बताए । ‘उहाँलाई अस्पताल ल्याउँदा नै डाक्टरहरूले मृत घोषणा गरिसकेका थिए, अस्पताल ल्याएपछि मृत्यु भएको होइन तर कोराना परीक्षण गर्दा पोजेटिभ रिपोर्ट आयो, शरीरमा त्यस्तो चोटपटक रहेको भन्ने सत्य होइन, अहिले शव सडेको अवस्थामा पुग्दै छ,’ वीर अस्पतलका निर्देशक सेन्चुरीले भने ।

कारागार प्रशासनले खबर गरेपछि भैरहवाबाट जैसवालकी पत्नी, छोरीसहित उनका आफन्त वीर अस्पताल आइपुगेका छन् । सुरुमा जैसवाललाई कोरोना पुष्टि भइसकेकाले अस्पताल प्रशासनले परिवारका सदस्यलाई शव हेर्न दिएको थिएन ।
‘सुरुमा शव हेर्न समेत दिइएको थिएन, हामीले एक पटक हेर्न दिन आग्रह ग¥यौं, पटक पटकको आग्रहपछि जर्बजस्ती शव हेरियो,’ हामी शवको सद्गति त्यसै गर्न दिन्नौं,’ मृतकका आफन्तले भने ।

कारागार प्रशासनले भने मृतकका परिवारले लगाएको आरोप सत्य नभएको बताउँछ । ‘उहाँहरूको आरोप आँखा झिकेको र मिर्गाैला पनि झिकिएको भन्ने छ, हामीसँग घटना सुरु हुँदा देखिकै सीसीटीभी फुटेज छ, उहाँहरूलाई देखाउन सबै प्रमाण राखेका छौं, डेथबडीमा रगत किन देखियो भन्ने मेडिकल्ली अनुसन्धान होला,’ कारागारका जेलर बाँस्कोटाले भने ।

मृतककी छोरीले भने शवको दृश्य मोबाइलमा कैद गरेकी छन् । परिवारले पोस्टमार्टम नगरी शव उठाउन नदिने अडान लिएको छ । कोरोना पोजेटिभ भएका व्यक्तिको शव आफन्तले दाहसंस्कार गर्न नपाउने कार्यविधिअनुसार परिवारलाई शव दिएको छैन । पूर्ववडाध्यक्षसमेत रहेका जैसवाल २९ वैशाख २०६९ सालदेखि कैद जीवन बिताइरहेका थिए ।

(Visited 90 times, 1 visits today)
Loading comments...

आजको समाचार

विज्ञापन बोर्ड तत्काल गठन गर्न माग

काठमाडौं । मिडियासम्बद्ध संघसंस्थाले विज्ञापन नियमन ऐन २०७६ तत्काल कार्यान्वयनसहित बोर्ड गठन गर्न माग गरेका छन् । छाता संगठन मिडिया अलाइन्स नेपाल, नेपाल केबल...

गण्डकीमा थप १६ जनामा कोरोना संक्रमण, दुई जनाको मृत्यु

गण्डकी । गण्डकी प्रदेशमा थप १८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ भने दुई जनाको मृत्यु भएको छ । प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या छ...

राष्ट्रपतिद्वारा रानीपोखरीको उद्घाटन, उपत्यकाको विकासमा कोशेढुङ्गा सावित हुने

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले पुनःनिर्मित रानीपोखरीको आज उद्घाटन गरेकी छन् । गोर्खा भूकम्पबाट क्षतिग्रस्त ३५२ वर्ष पुरानो न्हुँपोखरी राष्ट्रिय पुनःनिर्माण प्राधिकरणबाट तयार गरिएको...

धोनी २ सय म्याच खेल्ने पहिलो क्रिकेटर

भारतीय क्रिकेट टोलीका सर्वाधिक सफल पूर्वकप्तान तथा चेन्नई सुपर किंग्सका कप्तान महेन्द्रसिंह धोनीले इन्डियन प्रिमियर लिग क्रिकेट आईपीएलमा नयाँ रेकर्ड बनाएका छन् । आईपीएलका...

पोग्बासँग ‘बालोन डी’ओर जित्ने क्षमता छ

लन्डन । इंग्लिस मिडफिल्डर एन्डर हेरेराले फ्रान्स तथा इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडका अट्याकिङ मिडफिल्डर पल पोग्बासँग बालोन डी’ओर जित्ने सबै चिज रहेको बताएका छन्...

साताका लोकप्रिय समाचार

जस्केलाबाट सत्तामा छिरेर तुजुक नदेखाउन नारायणकाजीलाई बाबुरामको चेतावनी

काठमाडौं । पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठलाई सत्ताको तुजुक नदेखाउन चेतावनी दिएका छन् । नेता भट्टराईले बुधबार बेलुका सामाजिक सञ्जालमार्फत...

कोरोनाको जोखिम र निषेधाज्ञाले खोस्यो दशैंको रोनक

सप्तरी । मठ मन्दिर, शक्तिपिठ तथा घरघरमा घटस्थापनासँगै शनिबार मिथिलाञ्चलमा पनि बडा दशैं सुरु भएको छ । तर कोरोनाको कहरका कारण स्थानिय प्रशासनले शनिबार...

कोरोना संक्रमणबाट थप १९ जनाको मृत्यु

काठमाडौँ । कोरोना भाइरसको सङ्क्रमणबाट पछिल्लो २४ घण्टामा थप १९ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार योसँगै नेपालमा कोरोना भाइरसको सङ्क्रमणबाट...

लहठी बालामा मिथिला जादु

‘मैले दुई जोडा मिथिला चित्रकला लहठी आजै किनें,’ जनकपुरधाम–५ की रञ्जिता मण्डलले सुनाइन् । उनीसँगै छिमेकी रतिया देवीले पनि लहठी र वाला किनिन् ।...

रितेशमाथिको निलम्बन फुकुवा

काठमाडौं । ठीक पाँच वर्षपछि नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्वगोलरक्षक रितेश थापामाथि नेपाल प्रहरीले लगाएको निलम्बन फुकुवा गरेको छ । २ असारमा सर्वोच्च अदालतबाट...

ट्रेन्डिङ

कोरोना प्रभावकैबीच १३ जलविद्युत् आयोजनालाई निर्माण अनुुमति

काठमाडौं । विश्वव्यापी महामारीका रूपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) को प्रभावकैबीच १३ वटा जलविद्युत् आयोजनाले निर्माण अनुमति पाएको छ । विद्युत् विकास विभागले चैत...

पाल्पामा कोरोना संक्रमित महिलाको मृत्यु

पाल्पा । तानसेन नगरपालिका ८ की कोरोना संक्रमित ३० बर्षीया महिलाको उपचारको क्रममा आज साँझ मृत्यु भएको छ । लुम्बिनी मेडिकल कलेजको आइसोलेशन कक्षमा...

नेकपा सचिवालय बैठक ३ बजे

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक आज अपरान्ह ३ बजे बस्ने भएको छ । प्रधानमन्त्री निवास वालुवाटारमा बैठक बस्ने नेकपा प्रचार...

लक डाउनको पीडा : ‘पेन्टिङ बन्द भयो, खट बुन्दै छु’

काठमाडौं । कोरोना संक्रमणको त्रासले विश्व नै आक्रान्त छ । सो सन्त्रासबाट नेपालसमेत अछुतो छैन । पूरै देश ‘लकडाउन’ छ । बिहान–बेलुका...

कास्कीमा कोरोनाका सक्रिय केस ५ सय पार

पोखरा । गण्डकी प्रदेशमा पहिलो पटक कास्कीमा सक्रिय संक्रमितको संख्या ५ सय नाघेको छ । प्रदेशका अन्य जिल्लामा क्रमशः संक्रमित संख्या घट्दै गएकोमा कास्कीमा...

धनुषामा थप २ जना कोरोना संक्रमितको मृत्यु

जनकपुरधाम । प्रदेश २ मा पछिल्लो २४ घण्टामा २ जना कोरोना संक्रमितको मृत्यु भएको छ । आज धनुषाको सबैला नगरपालिका वडा नम्बर ३ का...

अनियन्त्रित बन्दै कोरोना

काठमाडौं । मंगलबार नेपालमा हालसम्मकै सबैभन्दा धेरै संख्यामा कोरोना भाइरस संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार मात्रै १ हजार १६...

जुम्लामा ज‌ंगली परम्परा : अपहरणपछि बलात्कार अनि विवाह

जुम्ला । करिब चार महिनाअघि जिल्लाको पातारासी–३ स्थित महरी गाउँकी एक किशोरीलाई एक युवकले जबर्जस्ती श्रीमती बनाए । त्यसको दुई महिनापछि पातारासी–२ तल्फीका युवाले...

RAJDHANIDAILY VIDEO

HAMRO PATRO

प्रमुख

रुपन्देहीमा दुई जना कोरोना संक्रमितको मृत्यु

लुम्बिनी । रुपन्देहीमा कोरोना सङ्क्रमित दुई जनाको आज बिहान मृत्यु भएको छ । कोरोना भई बुटवलको धागो कारखानास्थित कोरोना विशेष अस्पतालमा उपचाररत एक महिला...

गण्डकीमा थप १६ जनामा कोरोना संक्रमण, दुई जनाको मृत्यु

गण्डकी । गण्डकी प्रदेशमा थप १८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ भने दुई जनाको मृत्यु भएको छ । प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या छ...

बाँस्कोटामाथिको मुद्दा तामेलीमा राख्ने अख्तियारको तयारी

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदका विषयमा ७० करोड रुपैयाँ घुस प्रकरणको आरोप लागेका तत्कालीन सञ्चारमन्त्री गोकुल बाँस्कोटालाई मुद्दा चलाउन...

दैलेखमा बस र टिपर दुर्घटना, ३ जनाको मृत्यु १५ घाइते

दैलेख । मंगलबार कर्णाली प्रदेशको राजधानी सुर्खेतबाट दैलेखको चामुण्डाविन्द्रासैनी नगरपालिका जाँदै गरेको बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । बसमा सवार १४...

भर्खरै

परिश्रमीको मनपरेको मायाले…सार्वजनिक

काठमाडौं । डिलाइटेड नेपालले बडादशै २०७७ को कोशेली स्वरुप ‘मनपरेको मायाले’ नामक गीतको म्युजिक भिडियो बजारमा ल्याएको छ । पछिल्लो समय चर्चामा रहेकी लोकप्रिय...

समुदायस्तरमा कोरोना फैलिएपछि बजार बन्द गराउन सेना परिचालन

दार्चुला । सदरमुकाम खङ्लगाको समुदायस्तरमा कोरोना सङ्क्रमण फैलिएपछि बजार बन्द गराउन नेपाली सेना परिचालन गरिएको छ । बजारमा पसल बन्द नहुने अवस्था आएपछि नेपाल...

नेकपा नेता भन्छन्, सरकार दायित्वबाट भाग्न मिल्दैन

काठमाडौंं । कोरोना भाइरस संक्रमित विरामीको उपचार निःशुल्क नगर्ने सरकारको निर्णयसंगै सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्रबाटै विरोध सुरु भएको छ । सत्तारुढ नेकपाका शीर्षनेताले कोरोना...

यसरि नष्ट गरियो म्याद गुज्रेका खाद्य सामग्री

रौतहट । रौतहटको चन्द्रपुर नगरपालिकाले म्याद नाघेका करिब २ लाख बराबरको समान बरामद गरी नष्ट गरेको छ । चन्द्रपुर नगरपालिकाकी उप प्रमुख रामरती चौधरीको...

धेरै पढिएका

जनताको जीवन रक्षा गर

सबैको घरदैलो नजिकै आइसकेको दसैंको रहर कोरोनाको कहरले नमीठो र निरस बनाइदिएको छ । जनस्वास्थ्यको विषय निकै जटिल बन्दै गइरहेको छ । जनताले महामारीका...

बाँकेमा ४२ वर्षीय कोरोना संक्रमित पुरुषको मृत्यु

बाँके । बाँकेको भेरी अस्पताल नेपालगञ्जमा बर्दियाको ठाकुरबाबा–६ का सङ्क्रमित ४२ वर्षीय पुरुषको उपचारको क्रममा आज बिहान मृत्यु भएको छ । उनलाई गत असोज...

मिथुनका छोराले महिलालाई बेहोस बनाएर बलात्कार गरेका थिए !

मुम्बई । बलिउड नायक मिथुन चक्रबर्तीका छोरा महाक्षय चक्रवर्तीलाई एक महिलाले बलात्कारपछि भु्रण हत्या गराएको अभियोगमा प्रहरीमा एफआरआइ दर्ज गराएकी छिन् । एक ३८...

सुर्नया गाउँपालिका वडा नं ५ का वडाअध्यक्ष मडैको निधन

बैतडी । बैतडीको सुर्नया गाउँपालिका वडा न. ५ का वडाअध्यक्ष केशबसिंह मडैको निधन भएको छ । जण्डिसका बिरामी समेत रहेका मडैको उपचारका लागि अस्पताल...

ई-पेपर

छुटाउनुभयो कि?

यो पनि पढ्नुहोस   दैलेखमा बस र टिपर दुर्घटना, ३ जनाको मृत्यु १५ घाइते

कुखुरा चोरको आरोपमा बावु–छोराको कुटपिटबाट युवकको मृत्यु

(Visited 80 times, 1 visits today)