विद्यालय लिग गराउने एन्फाको तयारी

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले मंसिर दोस्रो सातादेखि विद्यालय लिग खेलाउने तयारी थालेको छ । एन्फाले मंगलबार एक सूचना जारी गर्दै सूचना प्रकाशित भएको १५ दिनभित्र एन्फा सचिवालयमा प्रतियोगिता खेल्न इच्छुक काठमाडौं, ललितपुर, भक्तपुर र काभ्रेपलान्चोकका विद्यालयहरूलाई नाम दर्ता गर्न आह्वान गरेको छ । एन्फाले विद्यालय लिगबाट खेलाडी छनोट गरी उमेर समूहको राष्ट्रिय टिमसम्म लैजाने उद्देश्यसहित लिग आयोजना गर्न लागेको जनाएको छ ।

विद्यालय लिगका लागि एन्फाले विभिन्न मापदण्ड राखेको छ । सहभागी हुने विद्यालयले न्यूनतम एएफसी ‘सी’ लाइसेन्स कोर्स पूरा गरेका प्रशिक्षक टिममा अनिवार्य राख्नुपर्ने प्रावधान राखेको छ । विद्यालयको आफ्नै यू–१५ टिम हुनेपर्ने र टिममा कम्तीमा पनि २३ देखि ३० सम्म खेलाडी रहनुपर्नेछ । यस्तै, प्रतियोगितामा सहभागी जनाउने विद्यालयको आफ्नै खेल मैदान (चौडाइ कम्तीमा ३५ देखि ५० र लम्बाइमा कम्तीमा ६० देखि १०० मिटर) हुनुपर्नेछ । र त्यहाँ होम म्याच खेलाउन सक्ने सम्भाव्यता हुनुपर्नेछ ।

तपाइको प्रतिक्रिया
(Visited 184 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

बागमतीका मुख्यमन्त्री जम्कट्टेलले चैत १९ मा विश्वासको मत लिने

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
यी हुन् मतपरिणाम घोषणा हुन बाँकी पालिका