Wednesday, October 21, 2020
Home Not-to-be-missed सिटीको विजयी सुरुवात

सिटीको विजयी सुरुवात

लन्डन । साबिकको उपविजेता म्यानचेस्टर सिटीले नयाँ सिजनको इग्लिस प्रिमियर लिगमा सुखद सुुरुवात गरेको छ । नयाँ सिजनको पहिलो खेलमा वल्भ्सलाई ३–१ ले पराजित गर्दै सिटीले विजयी सुरुवात गरेको हो ।
वल्भ्समा सोमबार राति भएको खेलमा सिटीलाई जिताउन केभिन डि ब्रुयन, फिल फोडेन ग्याब्रियल जेससले गोल गरे ।

घरेलु टोलीका राहुल जिमिनेजले सान्त्वना गोल फर्काए । घरेलु टोलीलाई खेलको सुरुवातदेखि नै दबाबमा राख्दा सिटीले २०औं मिनेटमा पेनाल्टी गोलमार्फत अग्रता लिएको थियो । रोमेन सइसले पेनाल्टी बक्समा केचिन डि ब्रुयनमाथि अनावश्यक ट्याकल हानेपछि प्राप्त पेनाल्टीमा ब्रुयन आफैंले गोल गर्दै सिटीलाई अग्रता दिलाए । त्यसअघि १२औं मिनेटमा ग्याब्रियल जेससलाई फल गरेपछि प्राप्त फ्रिकिकमा ब्रुयनको २० यार्ड टाढादेखिको प्रहार वल्भ्सका गोलरक्षक रुई प्याट्रिसियोले पञ्च गर्दै बचाए । ३१औं मिनेटमा फिल फोडेनले गोल गर्दै सिटीको अग्रता दोब्बर पारे ।

रहिम स्ट्रलिङको लो क्रस पासमा फोडेनले पेनाल्टी बसभित्रबाट सहजै गोल गरेका थिए । पहिलो हाफको इन्ज्युरी समयमा ब्रुयन र जेससको उत्कृष्ट समन्वयमा राम्रो मुभ बने पनि रुई प्याट्रिसियो बाधक बन्दा सिटीले थप गोल गर्न सकेन । दोस्रो हाफको सुरुवातमा भने वल्भ्सले सिटीलाई दबाबमा राख्दै ८ मिनेटको अन्तरमा चार आक्रमण बुने पनि सदुपयोग गर्न नसक्दा वल्भ्सले गोलअन्तर घटाउन सकेन । ५६औं मिनेटमा ड्यानियल पोडेन्सको प्रहारलाई सिटीका डिफेन्डर बेन्जामिन मेन्डीले ब्लक गरे । ५८औं मिनेटमा पेड्रो नेटोको पासमा पोडेन्सले १५ यार्डमा अवसर पाए पनि सदुपयोग गर्न सकेन । त्यसपछि रुवेन नेभेसले प्रयास गरे पनि फोडेनले ब्लक गर्दै गोल टारे ।

६१औं मिनेटमा पोडेन्सले दुई डिफेन्डर नाथन एके र जोन स्टोन्सलाई बिट गर्दै गरेको प्रहारमा सिटीका गोलरक्षक इडर्सन मोरेस बाधक बन्दा वल्भ्स अग्रता घटाउनबाट चुक्यो । लगत्तै राहुल जिमिनेजको सुवर्ण अवसर पाए पनि सदुपयोग गर्न सकेन । ७३औं मिनेटमा जेससले गोल गरे पनि भीएआरको मान्यता पाएन । फिल फोडेनको थ्रु पासमा जेसस सुरुमै आफसाइड पोजिसनमा रहेको भीएआरमा देखिएको थियो ।

यो पनि पढ्नुहोस   टिकटक स्टार हुने, बिजेतालाई कार पुरस्कार

७८औं मिनेटमा राहुज जिमिनेजले गोल गर्दै वल्भ्सलाई खेलमा फर्काउने संकेत दिए । डि ब्रुयनलाई बिट गर्दै दिएको उत्कृष्ट क्रसमा जिमिनेजले हेडुरमार्फत जाली चुमाएका थिए । इन्ज्युरी समयको थप गरिएको चौथो मिनेटमा जेसस चुकेपनि पाँचांै मिनेटमा जेससले गोल गर्दै सिटीलाई ३–१ को सहज जित दिलाए । जेससले केभिन डि ब्रुयनको पासमा गोल गर्न सफल भएका थिए । जितसँगै सिटीको ३ अंक जोडेको छ । वल्भ्सको यो पहिलो हार हो । यसअघि वल्भ्सले सेफिल्डलाई हराएको थियो ।

ज्लाटनको दुई गोल
भेट्रान स्विडिस फरवार्ड ज्लाटान इब्राहिमोभिचले नयाँ सिजनको इटालियन सिरी ‘ए’को सिजनको पहिलो खेलमा नै दुई गोल गरेपछि एसी मिलानले विजयी सुरुवात गरेको छ । मिलानो इटालीमा सोमबार राति भएको खेलमा मिलानले बोलोग्नालाई २–० ले पराजित गर्दै विजयी सुरुवात गरेको हो । ज्लाटनले पहिलो र दोस्रो हाफमा समान एक गोल गरेका थिए ।

प्रतिस्पर्धात्मक बनेको खेलको ३५औं मिनेटमा ज्लाटनले गोल गर्दै घरेलु टोलीलाई १–० ले अघि बढाए । थियो हर्नान्डेजको क्रसमा ज्लाटनले हेडरमार्फत जाली चुमाएका थिए । दोस्रो हाफको सुरुमै मिलानले पेनाल्टीमार्फत अग्रता दोब्बर बनायो । बेनासेरलाई पेनाल्टी बक्समा रिकार्डाे ओर्साेलिनीले फल गरेपछि भीएआरको सहायतामा प्राप्त पेनाल्टीमा ज्लाटनले कुनै गल्ती गरेनन् । खेलको अन्तिम समयतिर बोलोग्ना १० खेलाडीमा समेटिएको थियो । बोलोग्नाका मिटचेल दोहोरो पहेंलो कार्ड खाँदै मैदानबाट बाहिरिएका थिए ।

(Visited 26 times, 1 visits today)
Loading comments...

आजको समाचार

अब फोनकै भरमा पुरिन्छ काठमाडौंका सडकका खाल्टाखुल्टी

काठमाडौं । काठमाडौं उपत्यकाका सडकमा फोन गरेकै आधारमा सडकका खाल्टाखुल्टी पुरिन्छन् भन्दा धेरैलाई पत्यार नलाग्न पनि सक्छ । तर, सडक डिभिजन कार्यालय काठमाडौंले कसैले...

सुरक्षा जोखिमबीच बडा दसैं

नेपालीहरूको महान् पर्व विजया दशमी नजिकिएको छ । सधैं उत्साह र उमंगका साथ आउने विजया दशमी यसपटक भने समस्याकै भूमरीबीच भित्रँदै छ । सुविधाभोगी...

नेकपा नेता भन्छन्, सरकार दायित्वबाट भाग्न मिल्दैन

काठमाडौंं । कोरोना भाइरस संक्रमित विरामीको उपचार निःशुल्क नगर्ने सरकारको निर्णयसंगै सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्रबाटै विरोध सुरु भएको छ । सत्तारुढ नेकपाका शीर्षनेताले कोरोना...

पर्यटन र वन्यजन्तुको संरक्षणमा टेवा पु-याउँदै होमस्टे

नेपालगन्ज । प्रकृति र वन्यजन्तुको संरक्षणमा टेवा पु¥याउने उद्देश्यले सञ्चालनमा ल्याइएका घरबास (होमस्टे)ले आयआर्जनमा राम्रो प्रभाव पारेको पाइएको छ । बर्दियाको मधुवन नगरपालिका–१ डल्लामा...

अग्रिम टिकट नखुले पनि समस्या भएन

काठमाडौँ । सरकारले विगतका वर्षमा जसरी दशैँ तिहार, छठलगायतका चाडपर्वमा घर जान चाहने नागरिकका लागि अग्रिम टिकट नखुलाए पनि यात्रु कम भएकाले सजिलै टिकट...

साताका लोकप्रिय समाचार

काँग्रेसका सबै सांसदहरुले दशैँ भत्ता फिर्ता गर्ने

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो पार्टीका सङ्घीय सांसदलाई दशैँ भत्ता फिर्ता गर्न निर्देशन दिएका छन् । काँग्रेसको...

सल्यानमा आफ्नै भाइले गरे दाइको हत्या

सल्यान । यहाँ आफ्नै भाइले दाइको हत्या गरेका छन् । वनगाड कुपिण्डे नगरपालिका –१० थापाचौरमा दाउरा प्रहार गरी बिहीबार राति भाइले दाइको हत्या गरेको...

घुस लिएको अभियोगमा वन उपभोक्ता समितिका अध्यक्ष पक्राउ

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रु ८० हजार घुस लिएको अभियोगमा सीताराम सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष रामप्रसाद रानालाई पक्राउ गरेको छ ।...

पर्सामा सुन भण्डार गरिएको ठाउँमा प्रहरीको छापा, साढे २२ किलो सुन बरामद

पर्सा । चाडपर्वको मौका छोपी अवैध तरिकाले ओसार पसार गरी सुन भण्डारण गरिएको ठाउँमा पर्सा प्रहरीले छापा मारेको छ । अवैध तरिकाले ओसार पसार...

‘सांसद विकास कोष र दसैं भत्ता खारेज गरौं’

कठमाडौं । प्रमुख प्रतिपक्षी दल नेफाली कांग्रेसले सांसद विकास कोष, दसैं भत्ता लगायत खारेज गरेर जनताको जीवन जोगाउनेतर्फ लगानी बढाउन सरकारलाई आग्रह गरेको छ...

ट्रेन्डिङ

गीतसंगीतबाट अरुण थापाको सम्झना

काठमाडौं । गायक अरुण थापाको गीतसंगीत प्रस्तुतसँगै उनको सम्झना गरिएको छ । थापाको २१औं स्मृति दिवसमा उनको योगदानको स्मरण गर्दै सोमबार भक्तपुरमा एक सांगीतिक...

यस वर्षको प्रिमनसुन शुरु, हावाहुरी र मेघगर्जनसहित वर्षा हुने

काठमाडौँ । यस वर्षको प्रि–मनसुन शुरु भएको छ । मार्च, अप्रिल र मेसम्म तीन महिना प्रि–मनसुन चल्ने भएकाले देशका पहाडी भू–भागको मौसम...

बर्खामा कच्ची सडक सञ्चालन गर्न नगरले सुरक्षाकर्मी राख्ने

बागलुङ । अविरल वर्षाको कारण बागलुङका अधिकांश ग्रामिण सड्क क्षतविक्षत छन् । ठाउँ–ठाउँमा खसेको पहिरोले सडक अवरुद्ध छन् । पहिरो र सडककोबीच हुँदै बग्ने...

बालबालिकामा कोरोना संक्रमण दर बढ्दो

काठमाडौं । विश्वव्यापी महामारीका रूपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट नेपालमा बालबालिका प्रभावित हुने क्रम बढेको छ । कोरोना भाइरस संक्रमण सुरु भएको १...

महोत्तरीमा तीन दिनमा ५ जनाको मृत्यु, गाउँले आतङ्कित

जलेश्वर । महोत्तरी जिल्लाको मनरासिस्वा नगरपालिकाको मनरा गाउँमा पछिल्लो तीन दिनमा पाँचको मृत्यु भएको छ । नगरपालिका–१ साविकको मनरा गाउँका ५० वर्षीय ब्रह्मदेव मण्डल,...

सडकका जनावर बचाउन शाहरुखको आग्रह

मुम्बई । बलिउडमा सिनेमामा कार्यरत २५ हजार सिने प्राविधिकलाई एक महिनाको खाना खुवाउन जिम्मा लिएका अभिनेता शाहरुख खानले अन्य सामाजिक कार्य पनि...

बलात्कार विरुद्ध कडा कानून ल्याइने : प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा हुने जुनसुकै प्रकारका हत्या, हिंसा, अतिवाद र सामाजिक अपराध नियन्त्रणमा सरकार दृढ–सङ्कल्पित रहेको बताएका छन् । प्रहरी प्रधान...

सुनको मूल्य प्रतितोला ९४ हजार पुग्यो, कारोवार शून्य

काठमाडौँ । नेपाली बजारमा आज एकै दिन सुनको मूल्य प्रतितोला रु एक हजार ३०० ले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाल...

RAJDHANIDAILY VIDEO

HAMRO PATRO

प्रमुख

रुपन्देहीमा दुई जना कोरोना संक्रमितको मृत्यु

लुम्बिनी । रुपन्देहीमा कोरोना सङ्क्रमित दुई जनाको आज बिहान मृत्यु भएको छ । कोरोना भई बुटवलको धागो कारखानास्थित कोरोना विशेष अस्पतालमा उपचाररत एक महिला...

गण्डकीमा थप १६ जनामा कोरोना संक्रमण, दुई जनाको मृत्यु

गण्डकी । गण्डकी प्रदेशमा थप १८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ भने दुई जनाको मृत्यु भएको छ । प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या छ...

बाँस्कोटामाथिको मुद्दा तामेलीमा राख्ने अख्तियारको तयारी

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदका विषयमा ७० करोड रुपैयाँ घुस प्रकरणको आरोप लागेका तत्कालीन सञ्चारमन्त्री गोकुल बाँस्कोटालाई मुद्दा चलाउन...

दैलेखमा बस र टिपर दुर्घटना, ३ जनाको मृत्यु १५ घाइते

दैलेख । मंगलबार कर्णाली प्रदेशको राजधानी सुर्खेतबाट दैलेखको चामुण्डाविन्द्रासैनी नगरपालिका जाँदै गरेको बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । बसमा सवार १४...

भर्खरै

परिश्रमीको मनपरेको मायाले…सार्वजनिक

काठमाडौं । डिलाइटेड नेपालले बडादशै २०७७ को कोशेली स्वरुप ‘मनपरेको मायाले’ नामक गीतको म्युजिक भिडियो बजारमा ल्याएको छ । पछिल्लो समय चर्चामा रहेकी लोकप्रिय...

समुदायस्तरमा कोरोना फैलिएपछि बजार बन्द गराउन सेना परिचालन

दार्चुला । सदरमुकाम खङ्लगाको समुदायस्तरमा कोरोना सङ्क्रमण फैलिएपछि बजार बन्द गराउन नेपाली सेना परिचालन गरिएको छ । बजारमा पसल बन्द नहुने अवस्था आएपछि नेपाल...

नेकपा नेता भन्छन्, सरकार दायित्वबाट भाग्न मिल्दैन

काठमाडौंं । कोरोना भाइरस संक्रमित विरामीको उपचार निःशुल्क नगर्ने सरकारको निर्णयसंगै सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्रबाटै विरोध सुरु भएको छ । सत्तारुढ नेकपाका शीर्षनेताले कोरोना...

यसरि नष्ट गरियो म्याद गुज्रेका खाद्य सामग्री

रौतहट । रौतहटको चन्द्रपुर नगरपालिकाले म्याद नाघेका करिब २ लाख बराबरको समान बरामद गरी नष्ट गरेको छ । चन्द्रपुर नगरपालिकाकी उप प्रमुख रामरती चौधरीको...

धेरै पढिएका

काठमाडौँ उपत्यकामा थप १७४६ जना संक्रमित

काठमाडौँ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा १ हजार ७४६ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएकामध्ये काठमाडौँका एक हजार ४५१, ललितपुरका १५२ तथा भक्तपुरका १४३...

कोरोना कहर : प्रदेश २ का सरकारी कार्यालय धमाधम बन्द हुँदै

जनकपुरधाम । सरकारी कर्मचारीहरु कोरोना संक्रमित हुन थालेपछि प्रदेश २ का कार्यालयहरु धमाधम बन्द हुन थालेको छ । लकडाउन खुलेपछि प्रदेशका दर्जनो कर्मचारी कोरोना...

सर्वोच्चको फैसला कार्यान्वयन गर

कोभिड–१९ संक्रमणको पीसीआर परीक्षण निःशुल्क गर्नु-गराउनु भन्ने सर्वोच्चको फैसला निकै समसामयिक र जनहितमा छ । यो फैसला आफैंमा नेपालको संविधानले व्यवस्था गरेको जनस्वास्थ्यसम्बन्धी मौलिक...

साझा पार्टीका प्रदेस सभा सदस्य शाक्यले दशैं भत्ता नलिने

काठमाडौं । साझा पार्टीको बागमती प्रदेश सभा सदस्य शोभा शाक्यले दशैं भक्ता फिर्ता गर्ने भएकी छिन् । कोभिड १९ को महामारीका कारण देश संकटमा...

ई-पेपर

छुटाउनुभयो कि?

यो पनि पढ्नुहोस   च्याम्पियन्स लिग: बार्सिलोना र युभेन्ट्सको सुखद् सुरुवात

लकडाउनमा दलित समुदायका १३ जनाको हत्या, ४ बलात्कारका घटना

(Visited 80 times, 1 visits today)