काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौँ उत्यकामा ६३७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार नयाँ थपिएका संक्रमितमध्ये काठमाडौँका ४९२, ललितपुरका ५० र भक्तपुरका ९५ जना रहेका छन् । उनीहरूको उपत्यकाका विभिन्न प्रयोगशालामा परीक्षण गरिएको थियो ।
त्यसैगरी पछिल्लो २४ घण्टामा उपत्यकामा थप ३ जनाको कोरोनाबाट मृत्यु भएको छ । मृत्यु हुनेमा २ पुरुष र १ महिला रहेका छन् । मन्त्रालयका अनुसार मृत्यु हुनेमा काठमाडौँका २ र ललितपुरका १ जना रहेका छन् ।
तपाइको प्रतिक्रिया
(Visited 173 times, 1 visits today)