बर्दियामा कोरोनाबाट वडाध्यक्षसहित २ जनाको मृत्यु

सांकेतिक तस्वीर

बर्दिया । कोरोना संक्रमणका कारण बर्दियामा पछिल्लो २ दिनमा २ जनाको ज्यान गएको छ । कोरोना संत्रमणका कारण बुधबार बारबर्दिया नगरपालिका वडा नं ३ का ३९ वर्षीय सूर्यबहादुर थारुको मृत्यु भएको हो । भने मंगलबार ठाकुरबाबा नगरपालिका वडा नं ७ का ६४ वर्षीय एक पुरुषको मृत्यु भएको हो ।

बारबर्दियाका सूर्यबहादुर थारु वडा नं ३ का वडाध्यक्ष हुन् । उनी भदौ २९ गतेदेखि भेरी अस्पतालमा उपचारारत् थिए । उपचारकै क्रममा थारुको बुधबार विहान मृत्यु भएको भेरी अस्पतालले जनाएको छ ।

ठाकुरबाबाका ६४ वर्षीय पुरुषको नेपालगंज मेडिकल शिक्षण अस्पताल कोहलपुरमा उपचारारत् थिए । स्वास्थ्यमा जटिल समस्या आएपछि उनी असोज २ गते अस्पताल भर्ना भएका थिए । भर्ना पश्चात असोज ४ गते उनको पीसीआर विधीबाट स्वास्थ्य जाँच गर्दा कोरोना पोजेटिभ देखिएको थियो । उपचारकै क्रममा उनको मृत्यु भएको अस्पताल स्रोतले जनाएको छ ।

करिव एक महिना अघि मधुवन नगरपालिकाका एक जना पुरुषको कोरोना संक्रमणकै कारण मृत्यु भएको थियो । बर्दियामा हालसम्म कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ३ पुगेको स्वास्थ्य कार्यालय बर्दियाका प्रमुख गोकर्ण गिरीले जानकारी दिए ।

जिल्ला प्रशासन कार्यायका अनुसार बर्दियामा हालसम्म ५९५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भने ४३८ जना कोरोना निको भएर घर फर्केका छन् । १५६ जना आइशोलेसनमा छन् । जिल्लामा हालसम्म ११ हजार १६५ जनाको पीसीआर विधीबाट स्वास्थ्य जाँच गरिएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 166 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

‘अर्थतन्त्रमा दीर्घकालीन असर’

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
नेपालगञ्ज उपमहानगरमा मेयरका लागि दर्जन बढी आकांक्षी