Wednesday, October 21, 2020
Home प्रदेश प्रदेश ३ ‘भूकम्पले भन्दा डोजरले बढी पहिरो जोखिम निम्त्याएको छ’

‘भूकम्पले भन्दा डोजरले बढी पहिरो जोखिम निम्त्याएको छ’

काठमाडौँ । मुलुकका पहाडी गाउँबस्तीमा पछिल्लो समय पहिरो निम्त्याउने मुख्य कारक मानिएको डोजर आतङ्कबारे संसदीय समितिमा फेरि गम्भीरपरूपले प्रश्न उठेको छ । हुम्ला जिल्लाबाट प्रतिनिधित्व गर्ने सांसद रङ्गमती शाहीले डोजरको जथाभावी प्रयोगले गाउँबस्तीमा एकपछि अर्को गर्दै पहिरो गई सन्त्रास बढाएको हुँदा यसलाई कसरी नियन्त्रण गर्ने भन्ने अहिले ठूलो चिन्ताको विषय बनिरहेको बताइन् ।

प्रतिनिधिसभा विकास तथा प्रविधि समितिको बुधबारको बैठकमा सांसद शाहीले भनिन्, ‘पहिरोबाट यस वर्ष ठूलो जनधनको क्षति भएको छ, विकासका नाममा वातावरण, भूक्षय, लागत एवं योजनाको लेखाजोखाबिना होडबाजीका रूपमा अन्धाधुन्ध पाखो र भित्तो भत्काउने कार्यले पहिरोका घटना ह्वात्तै बढेकोछ, यो ठूलो चिन्ताको विषय हो ।’ मुलुकका विभिन्न भागमा यस वर्षको पहिरोमा मात्रै सयौँले ज्यान गुमाउनुपरेको घटनाको विवरण सुनाउँदै उनले स्थानीय जनप्रतिनिधिकै संलग्नतामा यस्तो कार्य भइरहेको जिकिर गरिन् ।

अहिले गाउँगाउँमा विकासका लागि भनेर बाटो खन्ने लहर चलेको भए पनि योजनाबिना जथाभावी डोजरको प्रयोग गरी बाटो बनाउने अभियानले तत्कालका लागि विकास भएजस्तो देखिए पनि दीर्घकालीनरूपमा यो दीगो र जनताको हितमा नहुने समितिको ठहर छ ।

सिन्धुलीबाट प्रनितिधित्व गर्ने सांंसद गणेशकुमार पहाडी भन्छन्, ‘मुलुकमा अहिले ८५ हजार किलोमिटर ग्रामीण सडक बनेका छन् । एकाधभन्दा बाहेक कुनै पनि सडक वातावरणीय अध्ययन मूल्याङकन, योजना तथा लागतको लेखाजोखा बेगर खनिएको देखिन्छ । त्यस्ता सकडक नै अहिले पहिरोको जोखिम निम्त्याउने प्रमुख कारक बनिरहेका छन् ।’

स्थानीय तहका जनप्रतिनिधिले मात्र होइन, सांसदसमेतको मिलोमतोमा सस्तो लोकप्रियताका लागि टोलटोलमा सडक पुर्याउने होडबाजीले हरियाली भिरपाखा पहिरोमा परिणत भएको तथा जथाभावी भएको डोजर प्रयोगले सुन्दर गाउँबस्ती ढुङ्गाको बगरमा परिणत हुँदै गएको छ ।

सांसद पहाडी भन्छन्, ‘जनताको माग पनि जसरी भए पनि घर टोलमा बाटो आओस् भन्ने छ, जनप्रतिनिधिमा पनि आफूले किनेको मेसिनलाई नै काम दिएर पैसा कमाउँ भन्ने ध्याउन्न देखिन्छ, तर यस्तो गलत प्रवृत्तिलाई रोक्न वातावरणीय अध्ययन मूल्याङ्कनलाई अनिवार्य गर्नुपर्छ, अनि मात्र क्षति न्यूनीकरण गर्न सकिन्छ ।’

मुलुकका केही स्थानीय तहका जनप्रतिनिधि स्वयं तथा राजनीतिक दलका नेता तथा कार्यकर्ताकै मिलेमतोमा डोजर किन्ने र स्थानीय तहलाई भाडामा दिने गरेको पाइएको छ । डोजरका चालकलाई वरिष्ठ इन्जिनीयर बनाएर भकाभक खनिएका सडकको नतिजाका रूपमा धमाधम पहिरो गई मुलुकले ठूलो धनजनको क्षति व्यहोर्नु परिरहेको छ । साथै, जथाभावी डोजरको प्रयोगले वातावरण विनाश, भूक्षय र पानी परेपछि बगाउने भेलले बगाउने बाटोका कारण एउटै बाटोमा पटकपटक ठूलो परिमाणमा रकम रकम खन्याउनु पर्ने बाध्यता हुँदै आएको छ ।

यो पनि पढ्नुहोस   अग्रिम टिकट नखुले पनि समस्या भएन

भौगर्भिक र वातावरणीय अध्ययन बेगर सडक बनाउँदा माथिबाट खनिएको सडकले गाउँबस्तीमा पहिरो लडाउने गरेको तथा गाउँ तलबाट सडक खन्दा समग्र बस्तीनै जोखिमा पर्ने मात्र होइन, मुलुकको विकासलाई दीगोपन दिन नसक्ने विभिन्न घटनाक्रमले पुष्टि गर्दै आएको छ ।

सिन्धुपाल्चोकबाट प्रतिनिधित्व गर्ने सांंसद शेरबहादुर तामाङ भन्छन्, ‘प्राकृतिकरूपमा जमेर बसेको माटोलाई भूकम्पले खलबल्याई दिएकोमा त्यसमाथि सडक खन्ने नाममा डोजर चलाएर जमिन थर्काउने काम हुँदा पहिरोको जोखिम थप निम्तिएको छ ।’

मुलुकमा बेरोजगारी बढेर भयावह स्थिति बनिरहेको सन्दर्भमा दिनभर कोदालो, पिक र सावेलजस्ता साना औजार चलाएर राति पेटभर खान पुग्ने तरिकाले ग्रामीण हरित सडक निर्माण गर्ने योजना बनाउन सके निम्न वर्गीय श्रमिकको दैनिक रोजीरोटी समेत खोसिने थिएन ।

उनी भन्छन्, ‘पछिल्लो समय डोजरले खनेर बाटो टोलटोलमा पुर्याउने होडबाजी चलेको छ, जनतामा पनि डोजरलाई दिने पैसा हामीलाई देऊ, हामी बाटो खन्छौँ भन्ने देखिन्न । जनप्रतिनिधि पनि गाउँमा डोजर कुदाएर विकास भएको देखाउन खोज्ने, सयौँको सङ्ख्यामा जनता पनि डोजर कुदेको रमिते बन्ने प्रवृत्ति मौलाएको छ, यो ठिक होइन, डोजर होइन, स्थानीयलाई रोजगारी दिने ढङ्गबाट विकास कार्यक्रम बनाउनुपर्छ ।’

विकास भनेको बाटो भन्ने जागरण आउनु उत्साहजनक भए पनि हिउँदभर सडक खन्ने बर्सातमा भेलले बगाउने निरन्तरताले देश विकास हुन नसक्ने भएकाले सडक निर्माण गर्नुअघि गुरुयोजना बनाएर मात्र काम थाल्न बाग्लुङबाट प्रतिनिधित्व गर्ने सांसद दुर्गा पौडेल सुझाव दिन्छिन्।

यस वर्षको बर्सातमा अरु जिल्लाको तुलनामा सिन्धुपाल्चोक र बाग्लुङमा बाढीपहिरोबाट बढी धनजनको क्षति भएको छ । उनी भन्छिन्, ‘सडक बनाउनुअघि भूगर्भविद्लाई लगेर अध्ययन गराउनुपर्छ, त्यो भएन भने वातावरणमा नकारात्मक असर पर्छ, भूक्षय हुन्छ, भूकम्पले भन्दा डोजरले निम्त्याएको पहिरोको क्षति ठूलो देखिएको छ ।’

रु एक करोडभन्दा तलका आयोजनामा डोजर प्रयोग गर्न नमिल्ने नीति बनाइए पनि रु पाँच लाखका योजनामा पनि डोजर चलाएर गाउँघरका भिरपाखालाई थिलथिलो बनाई पहिरोलाई मलजल गर्ने ढङ्गबाट भइरहेका गलत कामलाई तत्काल रोक्न आवश्यक छ । गाउँगाउँमा हुने डोजरको प्रयोगबाट राष्ट्रिय राजमार्गमा समेत पहिरो गई यातायात अवरुद्ध हुँदै गएका छन् ।

(Visited 27 times, 1 visits today)
Loading comments...

आजको समाचार

जनमैत्री प्रशासनको झलक : जनताको साथी सीडीओ

२०५१ सालको अन्त्यतिरको कुरा हो । म भूमिसुधार मन्त्रालयबाट अछाम जिल्लाको प्रजिअमा सरुवा भएँ । सो बखत गृहमन्त्री केपी शर्मा ओली हुनुहुन्थ्यो । उहाँले...

सुरक्षा जोखिमबीच बडा दसैं

नेपालीहरूको महान् पर्व विजया दशमी नजिकिएको छ । सधैं उत्साह र उमंगका साथ आउने विजया दशमी यसपटक भने समस्याकै भूमरीबीच भित्रँदै छ । सुविधाभोगी...

‘खेलाडीको पीडा बुझेको छु’ – राखेप सदस्य खड्का

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप)का नवनियुक्त बोर्ड सदस्य हरि खड्काले आफू पनि खेलाडी भएकाले खेलाडीको पीडा राम्रोसँग बुझेको बताएका छन् । नेपाल राष्ट्रिय...

बाँस्कोटामाथिको मुद्दा तामेलीमा राख्ने अख्तियारको तयारी

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदका विषयमा ७० करोड रुपैयाँ घुस प्रकरणको आरोप लागेका तत्कालीन सञ्चारमन्त्री गोकुल बाँस्कोटालाई मुद्दा चलाउन...

७ सय ७९ सदस्यीय जसपाको केन्द्रीय समिति घोषणा

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) संघीय परिषद्को अध्यक्षमा डा. बाबुराम भट्टराई नियुक्त भएका छन् । जसपा कार्यकारिणी समितिको मंगलबार सम्पन्न दुई दिने बैठकले...

साताका लोकप्रिय समाचार

नेयमार दोस्रो सर्वाधिक गोलकर्ता

लिमा । स्टार फरवार्ड नेयमार जुनियर ब्राजिलको दोस्रो सर्वाधिक गोलकर्ता बनेका छन् । बुधबार बिहान विश्वकप छनोटको दोस्रो खेलमा पेरुविरुद्ध ४–२ को जित निकालेको...

नवनियुक्त बोर्ड सदस्यद्वारा शपथग्रहण

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप)का नवनियुक्त बोर्ड सदस्यहरूले पद तथा गोपनीयताको सपथ लिएका छन् । त्रिपुरेश्वरस्थित राखेपमा सोमबार युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्मा...

किरा र लेदोसहितको हानिकारक पानी बजारमा

सप्तरी, राजविराज । शुद्ध पिउने पानी भनेर उपभोक्तलाई बिक्रि गर्दै आएको “एकुवा (एक्युयुए) वाटर” भित्र किरा र फोहरको लेदो भेटिएपछि उपभोक्ताले उत्पादक कम्पनीलाई कारवाही...

कोरोना नियन्त्रणमा सरकार असफल : कांग्रेस

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले कोरोना संक्रमण रोकथाम तथा नियान्त्रणमा सरकार असफल भएको निष्कर्ष निकालेको छ । झन्डै सात महिनेमा सरकार चुकेको भन्दै...

संकटका बीच खुसी साट्न आयो दसैं

ललितपुर । कोरोना भाइरसको महामारीका बीच नेपालीको महान् पर्व बडादसैं आज (शनिबार)बाट सुरु भएको छ । संकटका बीच पनि नेपालीहरू दसैंको आगमनसँगै खुसी साट्ने...

ट्रेन्डिङ

अब ७५ रुपैयाँमा विषदीरहित एकछाक खाना

काठमाडौँ । नेपाल युथ डेवलपर क्लबले अबको एक वर्षभित्र २० हजार युवालाई रोजगारी दिने उद्देश्यका साथ विषादीरहित सस्तो र गुणस्तरीय किचेन...

समाज, सत्ता र सदाचार

जब समाजमा मेलमिलाप , भाइचारा , सहयोग, स्थिरता र एकता हुन्छ, समाज स्वतःसंगठित हुन्छ । जुनबेला स्थिर राज्यप्रणाली, सुदृढ सरकार, सफा र स्वच्छ राजनीति,...

लकडाउनमा २ अर्ब १४ करोड राजस्व संकलन

काठमाडौं । कोरोना भाइरस नियन्त्रणका लागि सरकारले देशव्यापी रूपमा लकडाउन गर्दा पनि २ अर्ब १४ करोड ९ लाख रुपैयाँ राजस्व संकलन भएको...

सेती नदीको सुक्खा पहिराले जोखिमपूर्ण बन्दै पोखरा

पोखरा । पोखरा महानगरपालिका वडा नं १५ र १७ को बीचमा पर्ने रातोपैह्रो क्षेत्रमा गत भदौमा सेती नदी किनारमा गएको सुक्खा पहिरो र त्यसले...

लकडाउन हटेपछि सुटिङमा पल शाह

काठमाडौं । सामाजिक दूरी कायम गर्दै संगीतकर्मीहरूले म्युजिक भिडियोको छायांकन थालेका छन् । यसै लकडाउन खुलेसँगै सामाजिक दूरी कायम गरेर गायक सरोज ओलीले नयाँ...

स्थानीय सरकारप्रति व्यापारीको गुनासो

कर दोहोरो लिने, समाग्री खरिद सहरबजारवाट ?
यो पनि पढ्नुहोस   अग्रिम टिकट नखुले पनि समस्या भएन
कालिकोट। कालिकोट जिल्लाका स्थानीय व्यापारिहरुले स्थानीय सरकारप्रति व्यापक गुनासो गरेका छन । उद्योग वाणिज्य संघको १८ आँै...

भेरी अस्पतालमा दुई कोरोना संक्रमितको मृत्यु

बाँके । नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचाररत दुई कोरोना सङ्क्रमितको गएराति मृत्यु भएको छ । नेपालगञ्ज उपमहानगरपालिका वडा नं.१०, भृकुटीनगर, निवासी ६१ वर्षीय पुरुष र...

ललितपुरमा कोरोनाको आशंकामा ६ जना आइसोलेसनमा

ललितपुर । ललितपुरका ३ वटा स्थानीय तहमा कोरोना भाइरसका ६ जना संक्रमित भएको आशंकामा आइसोलेसनमा राखिएको छ । स्वास्थ्य कार्यालय ललितपुरले गरेको ¥यापीड डाइग्नोष्टिक...

RAJDHANIDAILY VIDEO

HAMRO PATRO

प्रमुख

एकैदिन ५ हजार ७४३ जनामा कोरोना पुष्टि, उपत्यकामा ३१०७ जना संक्रमित

काठमाडौँ । देशभरि कोरोना भाइरसको संक्रमण ५ हजार ७४३ जनालाई देखिएको छ । देशभरका प्रयोगशालामा २० हजार ११८ जनाको पिसिआर परीक्षणका क्रममा ५ हजार...

रुपन्देहीमा दुई जना कोरोना संक्रमितको मृत्यु

लुम्बिनी । रुपन्देहीमा कोरोना सङ्क्रमित दुई जनाको आज बिहान मृत्यु भएको छ । कोरोना भई बुटवलको धागो कारखानास्थित कोरोना विशेष अस्पतालमा उपचाररत एक महिला...

गण्डकीमा थप १६ जनामा कोरोना संक्रमण, दुई जनाको मृत्यु

गण्डकी । गण्डकी प्रदेशमा थप १८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ भने दुई जनाको मृत्यु भएको छ । प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या छ...

बाँस्कोटामाथिको मुद्दा तामेलीमा राख्ने अख्तियारको तयारी

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदका विषयमा ७० करोड रुपैयाँ घुस प्रकरणको आरोप लागेका तत्कालीन सञ्चारमन्त्री गोकुल बाँस्कोटालाई मुद्दा चलाउन...

भर्खरै

कोरोना संक्रमणबाट एकैदिन २६ जनाको मृत्यु

काठमाडौँ । नेपालमा कोरोना भाइरसको सङ्क्रमणबाट पछिल्लो २४ घण्टामा थप २६ जनाको मृत्यु भएको छ । यससँगै नेपालमा कोरोना भाइरसको सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या ७९१...

एकैदिन ५ हजार ७४३ जनामा कोरोना पुष्टि, उपत्यकामा ३१०७ जना संक्रमित

काठमाडौँ । देशभरि कोरोना भाइरसको संक्रमण ५ हजार ७४३ जनालाई देखिएको छ । देशभरका प्रयोगशालामा २० हजार ११८ जनाको पिसिआर परीक्षणका क्रममा ५ हजार...

परिश्रमीको मनपरेको मायाले…सार्वजनिक

काठमाडौं । डिलाइटेड नेपालले बडादशै २०७७ को कोशेली स्वरुप ‘मनपरेको मायाले’ नामक गीतको म्युजिक भिडियो बजारमा ल्याएको छ । पछिल्लो समय चर्चामा रहेकी लोकप्रिय...

समुदायस्तरमा कोरोना फैलिएपछि बजार बन्द गराउन सेना परिचालन

दार्चुला । सदरमुकाम खङ्लगाको समुदायस्तरमा कोरोना सङ्क्रमण फैलिएपछि बजार बन्द गराउन नेपाली सेना परिचालन गरिएको छ । बजारमा पसल बन्द नहुने अवस्था आएपछि नेपाल...

धेरै पढिएका

जीन्दगी बर्बाद लिएर आए चन्दन

काठमाडौं । नेपाली गीतसंगीतको संरक्षण र प्रवर्दनका लागि 'समर्पण' सांगेतिक समुह मार्फत स्तरिय संगीत सिर्जनाहरु सार्वजनिक गर्दै आएका युवा संगीतकर्मी लभ ध्वज केसी र...

कोरोना कहर: सुरक्षाकर्मीलाई नै झुक्याउँदै सरकार

काठमाडौं । कोरोना भाइरस संक्रमण नियन्त्रण तथा रोकथामका लागि अग्रपंतिमा खटिएका सुरक्षाकर्मीलाई प्रोत्साहन भत्ता दिन सरकार अझै आनाकानी गरिरहेको छ । कोरोना महामारी सुरु झण्डै...

सुनसान छ भक्तपुर दरवार स्क्वायर क्षेत्र

काठमाडौं । २०७२ सालको बिनासकारी भुकम्पले तहस नहस भएको भक्तपुरको पर्यटकीय स्थल अझै पूर्ननिर्माण हुन सकेको छैन । भक्तपुर दरवार स्क्वायर लगायतका पुरातात्विक स्थलहरुको...

राजेश हमालले अभिनय गरेकाे लाेकगीत (भिडियाेसहित)

काठमाडाै‌ं ।  अभिनेता राजेश हमालको नृत्य रहेको लोकदोहोरी गीत ‘मञ्जरी’को म्यूजिक भिडियोलाई दर्शक/स्रोताले रुचाएका छन् । गीतको भिडियोमा अभिनेता हमालसँगै अभिनेत्री वर्षा सिवाकोटी र गायक...

ई-पेपर

छुटाउनुभयो कि?

(Visited 80 times, 1 visits today)