Tuesday, October 27, 2020
Home बिचार लोकसेवामा एसिसमेन्ट सेन्टर मेथडोलोजी

लोकसेवामा एसिसमेन्ट सेन्टर मेथडोलोजी

लोकसेवा आयोगको प्रशंसनीय विशेषता भनेको निरन्तर सुधार हो । आफ्नो विशिष्ठ पहिचान योग्यता, निष्पक्षता र स्वच्छताका लागि आयोगले आफ्नो परीक्षा प्रणालीलार्ई क्रमिक रूपमा सुधार गर्दै लगेको छ । परीक्षा प्रणालीको नियमित पुनरावलोकन र परिवर्तनले आयोगलाई आधुनिक र समसामयिक बनाउँदै लगेको छ । नेपालको निजामती प्रशासनको इतिहास मूल्याकंन गर्दा तात्कालिक शासक राजाहरू मुखको भरमा सरकारी कर्मचारीको नियुक्ति र पजनी गर्ने गर्दथे । सरकारी सेवामा तोक आदेशको भरमा कर्मचारी नियुक्त गर्दै आएको जहानियाँ निरंकुश राणा शासनमा पनि सरकारी सेवा सञ्चालन गर्न योग्य कर्मचारी चाहिँदो रहेछ भन्ने आवश्यकता महसुस गरी उम्मेदवारको योग्यता परीक्षण गरेर मात्र निजामती सेवामा योग्य र सक्षम कर्मचारी राख्नुपर्दछ भन्ने चेतना आए पछि दरखास्त परिषद्को व्यवस्था गरियो । नेपालको अन्तरिम शासन विधान २००७ को संवैधानिक व्यवस्थापछि मात्र लोकसेवा आयोगको स्थापना भएको हो ।

संविधानहरूमा गरिएको व्यवस्थालाई अध्धयन गर्दा लोकसेवा आयोगले हिजोका दिनमा निजामती कर्मचारीको अभिभावकको भूमिका निर्वाह, निजामती सेवाको पदमा नियुक्तिका लागि उपयुक्त उम्मेदवार छनोट गर्नु, सरकारलाई परामर्श दिने परामर्शदातासम्बन्धी कार्य, संगठित संस्थाको सेवाका कर्मचारीको सेवाका सर्तसम्बन्धी कानुनी सामान्य सिद्धान्तको व्यवस्था, निजामती कर्मचारीको क्षमता विकाससम्बन्धी कार्य र राज्य प्रमुखलाई वार्षिक प्रतिवेदन बुझाउनेजस्ता कार्य सम्पादन गर्दै आएको छ । लोकसेवा आयोगले लामो समयदेखि नेपालको निजामती सेवाका कुनै पनि पदमा नियुक्ति गर्दा उम्मेदवारको उपयुक्तता जाँच गर्ने मुख्य काम निष्पक्षता, तटस्थता एवं जिम्मेवारीपूर्वक वहन गर्दै आएको छ ।

आयोगले आफ्नो कार्यसम्पादन गर्दा योग्यता (मेरिट) सिद्धान्तको उच्च परिपालना गरेको छ भने कार्यसम्पादनको सन्र्दभमा नयाँ नीतिहरू पनि विकास गर्दै लगेको पनि छ । यर्सथ, कार्यसम्पादनमा निष्पक्षता र गुणस्तरीयता उदाहरणीय रूपमा कायम हुने गरेको पाइन्छ । आयोगको स्थापनापछि सरकारको निजामती सेवामा मनोमानी नियुक्ति गर्ने अवस्थालाई पूर्णतः बन्द भएको छ । सरकारी सेवाका लागि मेरिटमा आधारित भई निष्पक्ष ढंगले उम्मेदवारको छनोट गरिआएकाले सरकार र सर्वसाधारण नेपाली जनताले आयोगलाई पत्याएका छन् । लोकसेवा आयोगप्रति नेपाली युवाले अगाध आस्था प्रकट गरेका छन् । आयोगको साख वृद्धि हुँदै गएको छ । लोकसेवा आयोगले नेपाली समाजमा आफ्नो शिर उँचो राख्न सकेको छ र आयोग आफ्नो गरिमालाई चिरकालसम्म उच्च राख्न प्रतिबद्ध, सचेत र क्रियाशील पनि रहेको छ ।

एसीएम लागू भएपछि सार्वजनिक प्रशासनमा प्रवेश गर्न चाहने अनैतिक सोच, भ्रष्ट प्रवृत्ति, अनुत्तरदायीपन र काम पन्छाउने प्रवृत्ति भएका उम्मेदवारलाई केही रोक्न सकिन्छ

लोकसेवा आयोग सार्वजनिक प्रशासनको एउटा महŒवपूर्ण अंग हो । लोकसेवा आयोगको तटस्थता र निष्पक्षताले मात्र सर्वसाधारण जनताका छोराछोरीले सरकारी सेवामा प्रवेश गर्न सक्ने तथ्य प्रमाणित भई पनि सकेको छ । यद्यपि, परीक्षार्थीहरूको संख्या बढेसँगै कतिपय कमजोरी पनि देखिएका छन् । आयोगको सिफारिसमा नियुक्त कर्मचारीहरूले अपेक्षाकृत रूपमा सेवाप्रवाह र विकाससम्बन्धी कार्यसम्पादन गर्न नसकेकाले लोकसेवा आयोगले आफ्नो जिम्मेवारी पूरा गर्नुका साथै कर्मचारीहरूको उत्पादकत्व बढाउन र नैतिकवान् बनाउन आफ्नो कार्यसम्पादन नीति र प्रणालीमा निरन्तर सुधार गर्दै लैजानुपर्ने आवश्यकता महसुस गरेको छ ।

सुधारको सन्दर्भमा आयोगको व्यावसायिक क्षमता अभिवृद्धि गर्न आयोगले परीक्षा प्रणाली सुधारका लागि एसिसमेन्ट सेन्टर मेथडोलोजी (एसीएम) अवलम्बन गरी सुधार गर्न खोज्दै छ । सामान्य बुझाइमा एसीएम उम्मेदवारहरूको खुबी र मन मूल्यांकन गर्ने एक परीक्षा प्रणाली हो । एसिसमेन्ट सेन्टर मेथडोलोजी खासगरी उम्मेदवारको क्षमताको मूल्यांनमा केन्द्रित हुन्छ । एसीएमले उम्मेदवारहरूको बहुमूल्यांकनका तरिकाहरू जस्तै परीक्षा, अन्तर्वार्ता, सिमुलेसन अभ्यास, भूमिका प्रदर्शन, व्यावसायिक गेम, समूहगत छलफल, प्रस्तुतीकरण र साइकोमेट्रिक (मनोविज्ञान) अभ्यास आदि अवलम्बन गरी उम्मेदवारहरूको खुबी वा सक्षमता मूल्यांकन गर्दछ । सेन्टरमा उम्मेदवारहरूको क्षमता स्वीकृत खुबीको आधारमा नाप्ने गरिन्छ । मूल्यांकन गर्दा उम्मेदवारले के जानेको छ भन्दा पनि के गर्न सक्छ हेर्ने गरिन्छ । मूल्यांकन गर्दा व्यक्ति र उम्मेदवारले सम्पादन गरेको काम र गर्नुपर्ने कार्यविवरण, पूर्वनिर्धारित खुबीहरू, पूर्वाग्रहविहीन अवलोकन गर्दै रेकर्ड गरिन्छ । उम्मेदवारले देखाएका व्यवहारको सही वर्गीकरण गर्दै मूल्यांकनका लागि स्वीकृत सक्षमता र विधिको आधारमा मूल्यांकन गरिन्छ । खासगरी एसिसमेन्ट सेन्टरमा परिभाषित खुबी, मूल्यांकनका विधि र उपकरण तथा सीपयुक्त दक्ष अनिवार्य रूपमा रहनुपर्दछ ।

कार्यसम्पादनमा योगदान दिने व्यक्तिमा अन्तर्निहित देख्न र नाप्न सकिने ज्ञान, सीप र व्यवहारलाई व्यक्तिको खुबी वा सक्षमता मानिन्छ । अर्थात् व्यक्तिमा रहेको ज्ञान, सीप र गुणको समग्र जोड नै खुबी वा सक्षमता हो । खुबी व्यक्तिगत विशेषता हो, जसले व्यक्तिको कार्यसम्पादनलाई प्रभावित गर्दछ । सन्दर्भमा आइसबर्ग सिद्धान्तअनुसार व्यक्तिमा भएको सीप, ज्ञान देख्न सकिने र गुण, मूल्य, स्वविचार छोपिएको खुबी हो । ज्ञान व्यक्तिले बुझेको सैद्धान्तिक एवं तथ्यगत पक्ष हो । सीप परिस्थिति अनुकूल ज्ञानलाई प्रशोधन गर्ने कला हो भने प्रवृत्ति कार्यसम्पादन गर्न उद्धत हुने गुण स्वविचार र प्रेरणा हो । यसर्थ, खुबी भनेको कार्यसम्पादन गर्न व्यक्तिले परिस्थितवश सोच्ने, देखाउने र व्यवहारमा उतार्ने व्यक्तिमा रहेको क्षमता हो ।

उम्मेदवारहरूको मूल्यांकन गर्न प्रयोगमा ल्याइने विभिन्न विधि र उपकरण नै एसिसमेन्ट उपकरण हुन् । उम्मेदवारको मूल्यांकन बहुउपकरणको उपयोग र बहुमूल्यांकनकर्ताबाट गर्ने गरिन्छ । वास्तवमा एसिसमेन्ट उपकरण धेरै भए पनि तिनलाई मूलतः तीन वर्गमा विभाजन गर्न सकिन्छ ः व्यक्तिगत, समूहगत र मनोविज्ञान अभ्यास । व्यक्तिगत मूल्यांकनका लागि मामिला अध्ययन, इनट्रे अभ्यास, व्यवहारमूलक अन्तर्वार्ता तथा भूमिका प्रदर्शन प्रयोग गर्ने गरिन्छ । व्यक्तिको खुबी परीक्षण गर्न सुझबुझपूर्ण ढंगले संकटमा आधारित, घटनाको विषयवस्तु विस्तार तथा रचनात्मक क्षमता परीक्षण गर्ने उद्देश्य राखी मामिला बनाइएको हुन्छ । इन ट्रे अभ्यास कार्यालयमा निश्चित समयभित्र प्राप्त पत्र, गुनासा र मागहरूको काल्पनिक आधारमा उम्मेदवारले पत्र वा गुनासा व्यवस्थापन गरी कसरी परिणाम प्राप्त गर्दछ भनी उसको खुबीको पारख गरिन्छ । व्यवहारमूलक अन्तर्वार्ता उम्मेदवारको विगत अनुभवको सोधपुछमा केन्द्रित हुन्छ । कसरी उम्मेदवारले आफ्नो अगाडि आएको सामान्य वा असमान्य स्थितिको व्यवस्थापन गरेको थियो हेर्ने गरिन्छ । ज्ञान भएर पनि ज्ञानलाई परिस्थिति व्यवस्थापन गर्ने सीप र कलाको रूपमा उम्मेदवारले उद्घाटन गर्छ-गर्दैन सो एकल वा समूहगत रूपमा पनि हेर्ने गरिन्छ ।

एसीएम सार्वजनिक सेवामा नियुक्त हुने उम्मेद्वामरको खुबी जाँच गर्ने विधि पनि हो

एसिसमेन्ट सेन्टरका लागि नेतृत्वविहीन समूहगत छलफलमा वास्तविक जीवनमा भएका समस्या, अवसर र आवश्यकता दिइन्छ । छलफलमा समूहगत व्यवहार, लिइने सहभागिता र परिणामउन्मुख क्षमताको अध्ययन गरिन्छ । एसिसमेन्ट उपकरणको तेस्रो पक्ष उम्मेदवारको मनोविज्ञान परीक्षण हो । मनोविज्ञान परीक्षणमा उम्मेदवारको व्यवहारगत पक्ष, उम्मेदवारको प्रवृत्ति तथा कग्नेटिभ क्षमता हेर्ने गरिन्छ । कुनै परिस्थितिको व्यवस्थापन गर्न तत्काल देखाइएको चातुर्यताको अवलोकन गरिन्छ । उम्मेदवारले कस्तो संवेगात्मक भावना देखाउँछ र नतिजामा कसरी पुग्छ, त्यसको पारख इमोसनल इन्टलिजेन्टको माध्यमबाट गर्ने गरिन्छ ।

सूचना सञ्चार प्रविधिको विकास र प्रयोगले लोकसेवा आयोगलाई परिवर्तनका लागि घच्घच्याइरहेको छ । आयोगले आफ्नो रणनीतिक दृष्टिकोण स्पष्ट गर्दै एसिसमेन्ट सेन्टर मेथडोलोजीलाई लागू गर्न सुरुवात गरिसकेको छ । एसीएम सार्वजनिक सेवामा नियुक्त हुने उम्मेदवारको खुबी जाँच गर्ने विधि पनि हो । लोकसेवा आयोगले अवलम्बन गरी आएका परीक्षण विधिहरू आंशिक वा पूर्ण रूपमा एसिसमेन्ट सेन्टरकै क्षेत्रभित्र रहेका छन् । एसीएम लागूपश्चात् हाम्रा परीक्षण विधि अझ परिमार्जित अझ वैज्ञानिक र थप गुणस्तरीय हुने स्पष्ट नै छ । एसिसमेन्ट सेन्टर मेथडोलोजी लागू हुँदा हाम्रा परीक्षा सञ्चालन, प्रश्नपत्र निर्माण, उत्तरपुस्तिका परीक्षण प्रक्रियासमेत परिमार्जन हुँदै जानेछन् ।

आयोगले विज्ञहरूको परामर्शमा (क) नैतिकता र इमानदारिता (ख) विविधताको सम्मान (ग) सेवामुखी प्रवृत्ति (घ) विश्लेषणात्मक र निर्णय क्षमता (ङ) योजना, संगठन र समन्वय गर्ने क्षमता (च) परिमाणमुखी प्रवृत्ति (छ) संवेगात्मक भावना (ज) नेतृत्व सीपको मूल्यांकन गर्ने खुबीहरू तय गरेको छ । सामान्यतया उम्मेदवारको अवलोकन गर्ने, अवलोकन गर्दा देखेको सुनेको व्यवहार र तर्क रेकर्ड गर्ने, रेकर्डलाई मूल्यांकनका लागि वर्गीकरण गर्ने र वर्गीकरणको आधारमा मूल्यांकन गर्ने प्रक्रिया एसीएमको मुटु मानिन्छ । एक उम्मेदवारको एकभन्दा धेरै विधि उपकरणको प्रयोग गरी एकभन्दा धेरै मूल्यांकनकर्ताबाट मूल्यांकन गरेर मात्र व्यक्तिको सक्षमता पारख गर्न सकिने विश्वास एसीएमले गर्दछ । एसीएम लागू गर्न मुख्य रूपमा विज्ञको तत्परता र क्षमताले ठूलो भूमिका खेल्दछ । विज्ञ विकासको कार्य एसीएम कार्यान्वयनको पूर्वसर्त हो । उम्मेदवारको मूल्यांकन गर्ने विज्ञहरू आफैं सीप र ज्ञानयुक्त तथा धैर्यवान् हुन जरूरी छ । एसीएमको प्राण भनेको विधि र विज्ञहरू हुन् । यसकारण मूल्यांकनकर्तामा खास क्षमता, गुण जस्तो कि धैर्य, तटस्थता, सुन्ने, सही अवलोकन गर्ने क्षमता हुन् र उनीहरू सामाजिक पूर्वाग्रहभन्दा माथि उठ्नु पनि पर्दछ ।

लोकसेवा आयोगबाट परीक्षण गरी सफल भएका कर्मचारी सेवामुखी, परिणाममुखी र सदाचारी नभएको, उत्पादकत्व न्यून भएको र उत्तरदायी नभएको आलोचना भइरहेको पृष्ठभूमिमा उम्मेदवारको लुकेको प्रवृत्ति मूल्यांकन गर्न आवश्यक छ र सो मूल्यांकन एसीएम विधिबाट हुन्छ भन्ने आधारमा एसीएम कार्यान्वयनको प्रारम्भ भएको छ । एसीएम लागू भएपछि सार्वजनिक प्रशासनमा प्रवेश गर्न चाहने अनैतिक सोच, भ्रष्ट प्रवृत्ति, अनुत्तरदायीपन र काम पन्छाउने प्रवृत्ति भएका उम्मेदवारहरूलाई केही रोक्न सकिन्छ भन्ने अपेक्षा गर्न सकिन्छ ।

(Visited 245 times, 1 visits today)
Loading comments...

आजको समाचार

कोलकतालाई पञ्जावको धक्का

युएइ । इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत गएराति सम्पन्न खेलमा किंग्स इलेभन पञ्जाव विजयी भयो । पञ्जावसँग कोलकता नाइट राइडरलाई ८ विकेटले पराजित मात्र...

आज दशैंको दोस्रो दिन, टीका र आर्शिवाद थाप्ने क्रम जारी

काठमाडौं । आज दशैंको दोस्रो दिन हो । टीका र आर्शिवाद थाप्ने शुभसाइत सोमबार नै सकिए पनि टीका लगाउने र मान्यजनबाट आर्शिवाद थाप्ने क्रम...

ह्यारी र सनको तालमेल

लन्डन । इङ्गलिस प्रिमियर लिग फुटबल अन्तर्गत गएराति भएको खेलमा टोटनह्याम हट्सपरले बर्नलेलाई १ –० गोल अन्तरले पराजित गरेको छ । टोटनह्यामको जितमा ह्यारी...

सुनिल र एलिनाको ‘मसला’मा भट्टीमा आउने ग्राहकको कथा

काठमाडौं । लोकप्रिय लोकपप गायक सुनिल गिरीको नयाँ गीत मसला सार्वजनिक भएको छ । सुनिल र एलिना चौहानको स्वरमा सजिएको गीतमा पछिल्लो समय चर्चित...

बिहेबाट फर्किएका बिककाे अपरिचित व्यक्तिले खुट्टा काटिदिए

तुलसीपुर । गएराति अज्ञात समूहले खुट्टा काटिदिएपछि एक व्यक्ति गम्भिर घाईते भएका छन् । घाइते हुनेमा दाङको तुलसीपुर उपमहानगरपालिका–११ नवलपुर निबासी ४५ बर्षका कुमार...

साताका लोकप्रिय समाचार

मुम्बई इन्डियसन्स शीर्ष स्थानमा

युएइ । इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत गएराति सम्पन्न खेलमा मुम्बाइ इन्डियन विजयी भयो । उसले चेन्नाइ सुपर किंगलाई १० विकेटले पराजित गरेको हो...

कोभिड–१९ बाट सुदूरपश्चिममा २१ जनाको मृत्यु

महेन्द्रनगर । सुदूरपश्चिम प्रदेशमा कोरोना भाइरस सङ्क्रमण ९ कोभिड–१९० बाट हालसम्म २१ जनाको मृत्यु भएको छ । सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार मृत्यु हुनेमा...

लुम्बिनी प्रदेशको हिउँदे अधिवेशन देउखुरीमा राख्ने तयारी

देउखुरी । लुम्बिनी प्रदेशको हिउँदे अधिवेशन प्रादेशिक राजधानी देउखुरीमा राख्नेबारे गृहकार्य शुरु भएको छ । स्थायी राजधानीको टुंगो लागिसकेका अवस्थामा प्रदेशसभा बैठक सञ्चालन गरेर स्थायी...

डा. भट्टराई–हिसिलालाई काेराेना संक्रमण

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराई र उनकी पत्नी हिसिला यमीलाई कोरोना संक्रमण पुष्टि भएको छ । नेता...

कुँवरलाई एनआरएनको बधाई

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप)का नवनियुक्त बोर्ड सदस्य एकेन्द्र कुँवरलाई गैरआवसीय नेपाली संघ (एनआरएनए) खेलकुद प्रतिष्ठानले बुधबार बधाई दिएको छ । प्रतिष्ठानका सल्लाहकार...

ट्रेन्डिङ

आज ७२ जनामा कोरोना संक्रमण पुष्टि, काठमाडौंबाट थपिए ३ जना

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार बिहान जारी गरेको विज्ञप्तिअनुसार आज ७२ जना कोरोना संक्रमण पुष्टि भएको छ । आज काठमाडौंको टोखामा २...

विश्व वरियतामा नेपाली महिला भलिबल

काठमाडौं । अन्तरराष्ट्रिय भलिबल महासङघ (एफआइभीबी)ले सार्वजनिक गरेको विश्व वरियतामा नेपालले ८७औं स्थान हासिल गरेको छ । विश्व...

इंग्ल्यान्डको बलियो योगफल

लन्डन । घरेलु टोली इंग्ल्यान्डले वेस्ट इन्डिजसँगको दोस्रो टेस्ट खेलमा पहिलो इनिङमा विशाल अग्रता लिएको छ । अलराउन्डर बेन स्टोक्सको सानदार शतकमा दोस्रो दिन...

बार सिंगरका रूपमा अभिनेत्री रेखा

काठमाडौं। अभिनेत्री रेखा थापा गायिका पनि हुन् । उनी एउटा चलचित्रमा बार सिंगरका रूपमा प्रस्तुत भएकी छन् । यही ३० फागुनबाट रिलिज हुने लचचित्र ‘नीरफूल’मा उनी बार सिंगरका रूपमा प्रस्तुत भएकी हुन् ।

कञ्चनपुरमा उच्च ज्वरोका कारण ३ जनाको मृत्यु

कञ्चनपुर । कञ्चनपुरको महाकाली नगरपालिकामा उच्च ज्वरोको लक्षण देखिएका तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा १३ वर्षीया पूजा बोगटी, ६५ वर्षीय गम्भीर...

वडाध्यक्ष अनशनमा !

भरतपुर । माडीवासीको अति आवश्यक मागप्रति राज्यले ध्यान नदिएको गुनासो गर्दै माडी नगरपालिका–१ का वडाध्यक्ष कृष्णप्रसाद पौडेल सहितले आमरण अनशन शुरु गरेका...

बाँकेमा जुम्ल्याहा बच्चा जन्माएकी कोरोना संक्रमित सुत्केरीको मृत्यु

राँझा । बाँकेको कोहलपुरस्थित शिक्षण अस्पतालमा उपचाररत एक सुत्केरीको कोरोना सङ्क्रमणबाट आज मृत्यु भएको छ । भीमदत्त नगरपालिका २ महेन्द्रनगर कञ्चनपुर निवासी २९ वर्षीय...

पर्यटनमन्त्री भट्टराइलाई कोरोना संक्रमण

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेश भट्टराईलाई कोरोना भाइरस (कोभिड(१९) को संक्रमण पुष्टि भएको छ । शुक्रबार बेलुकी ज्वरो आएपछि मन्त्री भट्टराईले शनिबार...

RAJDHANIDAILY VIDEO

HAMRO PATRO

प्रमुख

कोरोनाले चौपट सप्तरीको शिक्षा : विद्यालय जान सरकारले दिएको साईकल घरमै थन्कियो

राजविराज । सप्तरीको तिलाठी कोईलाडी गाउँपालिका स्थित बभनगामा कट्टीकी संगीताकुमारी मण्डललाई विद्यालय जान सहयोग पुगोस् भन्दै गत फागुनमा साईकल प्रदान गरियो । बभनगामा कट्टीस्थित...

रावणको संहार गर्नु अघि भगवान रामले नीलकण्ठ चराको दर्शन गरेका थिए

जनकपुरधाम । तपाई दर्शन गर्नु भयो ? विहानैदेखि जनकपुरधाममा एकअर्कालाई सोध्ने गरिएको देखियो । प्रसिद्ध धार्मिक पिठ राजदेवी मन्दिर वा दुर्गा माताको दर्शनको कुरा...

त्यसपछि हस्तनाको घरमा दसैं आयो

दैलेख । दैलेख आठविस नगरपालिका –५ कि हस्तना विक दसैं कसरी मान्ने होला भनेर चिन्तामा थिइन् । केही दिन अगाडी ६ सन्तानकी एक्ली आमा...

दशैँको मुख्य दिन विजयादशमी, उत्तम साइत १०ः१९ बजे

काठमाडौँ । दुर्गापक्षको मुख्य दिन आज विजयादशमी मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाएर मनाइँदैछ ।...

भर्खरै

आज दशैंको दोस्रो दिन, टीका र आर्शिवाद थाप्ने क्रम जारी

काठमाडौं । आज दशैंको दोस्रो दिन हो । टीका र आर्शिवाद थाप्ने शुभसाइत सोमबार नै सकिए पनि टीका लगाउने र मान्यजनबाट आर्शिवाद थाप्ने क्रम...

ह्यारी र सनको तालमेल

लन्डन । इङ्गलिस प्रिमियर लिग फुटबल अन्तर्गत गएराति भएको खेलमा टोटनह्याम हट्सपरले बर्नलेलाई १ –० गोल अन्तरले पराजित गरेको छ । टोटनह्यामको जितमा ह्यारी...

कोरोनाले चौपट सप्तरीको शिक्षा : विद्यालय जान सरकारले दिएको साईकल घरमै थन्कियो

राजविराज । सप्तरीको तिलाठी कोईलाडी गाउँपालिका स्थित बभनगामा कट्टीकी संगीताकुमारी मण्डललाई विद्यालय जान सहयोग पुगोस् भन्दै गत फागुनमा साईकल प्रदान गरियो । बभनगामा कट्टीस्थित...

कोलकतालाई पञ्जावको धक्का

युएइ । इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत गएराति सम्पन्न खेलमा किंग्स इलेभन पञ्जाव विजयी भयो । पञ्जावसँग कोलकता नाइट राइडरलाई ८ विकेटले पराजित मात्र...

धेरै पढिएका

टिकटक स्टार हुने, बिजेतालाई कार पुरस्कार

काठमाडौँ । सामाजिक सञ्जालमा लोकप्रिय हुँदै गएको टिकटकको लोक प्रियतालाई ध्यान दिंदै एचपी ईन्टरटेन्मेटले ‘टिकटक स्टार’ अनलाईन प्रतिस्पर्धा आयोजना गर्ने भएको छ । घरमै...

यसरि नष्ट गरियो म्याद गुज्रेका खाद्य सामग्री

रौतहट । रौतहटको चन्द्रपुर नगरपालिकाले म्याद नाघेका करिब २ लाख बराबरको समान बरामद गरी नष्ट गरेको छ । चन्द्रपुर नगरपालिकाकी उप प्रमुख रामरती चौधरीको...

खाद्य कम्पनीमा खसीबोका किन्नेको भीड

काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनीमा खसीबोका किन्ने सर्वसाधारणको भीड लागेपछि कम्पनीले थप एक हजार खसीबोका खरिद गरेको छ । दसैंलाई लक्षित गरेर खाद्य...

स्वाथ्यमन्त्री भन्छन् ‘कोरोनाबाट जोगिन साबुन पानीले हात धोऔ’

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री माननीय भानुभक्त ढकालले भिडियो सन्देश जारी गर्दै दशै, तिहार, नेपाल सम्बत, छठ लगायतका चाडपर्वहरू मनाउँदा विशेष सावधानी अपनाउन आग्रह...

ई-पेपर

छुटाउनुभयो कि?

(Visited 85 times, 1 visits today)